सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:113.199.240.246/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हरितगृह ग्याँस उत्सर्जन नियन्त्रित गर्न अनिबार्य चाल्नु पर्ने अभियानहरु

सर्वप्रथमतः वायुमण्डलमा फैलिसकेका यी ग्याँसहरुको मात्रा घटाउन ८०% स्थान ओगटेको कार्वन डाइअक्साइड ग्याँसलाई शोषण गर्न वनको क्षेत्रफल बढाउँदै लानुपर्दछ । वन फँडानी गर्ने तथा वनमा डढेलो लगाउने जस्ता निकृष्ट कार्यमा पूर्ण वन्देज लगाउ सक्नुपर्दछ । जति जति वनस्पतिको शरीर (आयतन) बढ्दै जान्छ, उति उति वनस्पतिको शरीरमा कार्वोन सञ्चित हुँदै जान्छ जसलाई वनस्पतिले वायुमण्डलबाट शोषण लिने हुदा हरित गृह प्रभाव (Green house effect) कमि ल्याउन मद्दत पुग्नेछ । यसैले वनको हैसियत झन् झन् बढाउँदै लाने अभियान निरन्तर रुपमा चलिरहनु पर्दछ । दोश्रो अभियान अन्तरगत यी ग्याँसहरु उत्सर्जन गर्ने कृयाकलापहरुलाई क्रमशः घटाउँदै लानको निम्ति यस्ता ग्याँसहरु अति बढि उत्सर्जन गर्ने देशहरुले आफ्ना नागरिकहरुलाई सो अनुकूल अभ्यस्त बनाउँदै लानुपर्दछ । उद्योगहरु Clean Energy मा आधारित भै सञ्चालित हुनुपर्दछ । निजी व्यवसाय र व्यवहारहरु वैकल्पिक उर्जा तथा नवीकरणीय उर्जामा आधारित भै संचालन गर्न अभ्यस्त हुनुपर्दछ । Krishna Dhungana Terse Secondary School Talamarang, Sindhupalchok,

Nepal