प्रयोगकर्ता:Adincountret33/नेपालको शिक्षक आन्दोलन (२०८२)
नेपालको शिक्षक आन्दोलन (२०८२)
नेपालको शिक्षक आन्दोलन (२०८२) नेपालभरका सार्वजनिक विद्यालयका शिक्षकहरूले सञ्चालन गरेको एक राष्ट्रियस्तरको आन्दोलन थियो। २०८१ सालको चैत २० गते नेपाल शिक्षक महासंघको आह्वानमा विद्यालय शिक्षा विधेयक छिटो पास गर्नुपर्ने मागसहित काठमाडौं केन्द्रित शान्तिपूर्ण आन्दोलन सुरु भएको थियो। आन्दोलनको क्रममा शिक्षकहरूले सरकारसँग भएका अघिल्ला सम्झौता कार्यान्वयन गर्न माग गरे। मुख्य मागहरूमा शिक्षकको रोजगारी सुरक्षादेखि लिएर तलब सुविधा, सामाजिक सुरक्षा तथा स्थानीय तहलाई दिइएको शिक्षक व्यवस्थापन अधिकारको खारेजसम्म समेटिएको थियो।[१]
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]संघीय शासन प्रणाली लागू भएपछि शिक्षक व्यवस्थापन र नियुक्तिको अधिकार स्थानीय तहमा सरेको थियो। शिक्षक सङ्घसंस्थाहरूले यस व्यवस्थाले व्यापक हस्तक्षेप, राजनीतिक दबाब र असमानता बढाएको भन्दै आलोचना गर्दै आएका थिए। सरकारद्वारा २०८० सालमा प्रस्तावित शिक्षा विधेयकमा शिक्षक समुदायका अपेक्षाहरू समेटिएको नदेखिएको भन्दै व्यापक असन्तुष्टि व्यक्त गरिएको थियो।[२]
आंदोलन र मागहरू
[सम्पादन गर्नुहोस्]नेपाल शिक्षक महासंघको नेतृत्वमा सुरु भएको आन्दोलन क्रमशः मुलुकभर फैलियो। विद्यालयहरू बन्द भए र पठनपाठन प्रभावित भयो। आन्दोलनका मुख्य मागहरूमा:
- राहत, अस्थायी र करार शिक्षकहरूको रोजगारी सुरक्षाको ग्यारेन्टी
- निजामती सरह तलब र सेवा सुविधा
- सामाजिक सुरक्षा कोषमा समावेश
- शिक्षक व्यवस्थापनको अधिकार स्थानीय तहबाट हटाई केन्द्रमा राख्ने
प्रमुख घटनाक्रम
[सम्पादन गर्नुहोस्]- चैत २० – नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षा विधेयक छिटो पास गर्नुपर्ने मागसहित काठमाडौं केन्द्रित शान्तिपूर्ण आन्दोलन सुरु भयो। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन चाँडो टुंग्याउन शिक्षा विधेयक तत्काल संसदमा पेश गर्नुपर्ने स्पष्ट माग राखेको थियो।[४]
- वैशाख १ – काठमाडौंमा भएको प्रदर्शनले सार्वजनिक यातायात प्रभावित बनायो। माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा उल्लेख्य भिड देखियो।[५]
- वैशाख ८ – शिक्षामन्त्री विद्या भट्टराईले प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाउँदै पद त्याग गरिन्।[६]
- वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय सार्वजनिक गर्यो। परीक्षा वैशाख ११ गतेबाट सुरु हुने तालिका थियो।[७]
- वैशाख १५ – आन्दोलनको २६औँ दिनमा झडप भयो। काठमाडौंको सिंहदरबार क्षेत्रमा प्रदर्शनका क्रममा ६० जना शिक्षक, १ जना पत्रकार र केही सुरक्षाकर्मी घाइते भए।[८]
- वैशाख १७ – शिक्षा मन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरियो। सहमतिको मुख्य बुँदाहरूमा रोजगारी सुरक्षा, अघिल्ला सम्झौताहरूको मान्यता, र शिक्षा विधेयक छिटो पारित गर्ने विषय समावेश थिए।[९][१०]
वार्ता
[सम्पादन गर्नुहोस्]आन्दोलनको क्रममा नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच पटकपटक संवाद भए पनि सुरुका चरणहरूमा ती वार्ताहरू निष्कर्षविहीन बने। शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा पछि वार्ता प्रक्रिया पुनः सक्रिय भयो।
विभिन्न चरणका संवादपछि अन्ततः २०८२ वैशाख १७ गते शिक्षा मन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासंघबीच लिखित रूपमा ९ बुँदे सहमति कायम भयो। सहमतिपछि महासंघले आन्दोलन स्थगित गर्ने निर्णय गर्यो। सहमतिका विषयहरूमा शिक्षकहरूको सेवा सुरक्षासम्बन्धी व्यवस्था, अघिल्ला सम्झौताहरूको मान्यता, र शिक्षा विधेयकको शीघ्र पारित गर्ने प्रतिबद्धता समावेश थिए।[११]
निष्कर्ष
[सम्पादन गर्नुहोस्]९ बुँदे सहमतिमा शिक्षकहरूको सेवा सुरक्षाको स्पष्ट व्यवस्था, अघिल्लो सम्झौताहरूको पुनः मान्यता, राहत शिक्षकको भविष्य, सामाजिक सुरक्षा तथा शिक्षा विधेयकको समयमै पारित गर्ने प्रतिबद्धता उल्लेख थियो। सहमतिपछि आन्दोलन औपचारिक रूपमा अन्त्य गरियो।
हेर्नुहोस
[सम्पादन गर्नुहोस्]संदर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "शिक्षा विधेयक चाँडो ल्याउन शिक्षक महासंघको दबाब", नागरिक न्युज, नागरिक, २०८१-१२-२०, अन्तिम पहुँच २०८२-०१-१७।
- ↑ "Thousands of teachers protest over delay in endorsing education bill", ANI News, Asian News International, २०२५-०३-०८, अन्तिम पहुँच २०२५-०४-३०।
- ↑ "Teachers continue protests over 10 unmet demands despite repeated government agreements", OnlineKhabar, Online Khabar, २०२५-०४-२३, अन्तिम पहुँच २०२५-०४-३०।
- ↑ "शिक्षा विधेयक चाँडो ल्याउन शिक्षक महासंघको दबाब", नागरिक न्युज, नागरिक, २०८१-१२-२०, अन्तिम पहुँच २०८२-०१-१७।
- ↑ "In Photos: Teachers continue protest demanding enactment of School Education Act", MyRepublica, My Republica, २०२५-०४-१४, अन्तिम पहुँच २०२५-०४-३०।
- ↑ "शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा", Setopati, Setopati Media Pvt. Ltd., २०२५-०४-२१, अन्तिम पहुँच २०२५-०४-३०।
- ↑ "Thousands of teachers protest in Nepal against education bill, shutting schools", The Hindu, Kasturi & Sons, २०२५-०४-२४, अन्तिम पहुँच २०२५-०४-३०।
- ↑ "Teachers' protest continues for 25th day", The Himalayan Times, International Media Network Nepal, २०२५-०४-२७, अन्तिम पहुँच २०२५-०४-३०।
- ↑ "Teachers suspend month-long strike after nine-point deal with government", The Kathmandu Post, Kantipur Media Group, २०२५-०४-३०, अन्तिम पहुँच २०२५-०४-३०।
- ↑ "Agreement between government and teachers' federation ends protest", Setopati, Setopati Media Pvt. Ltd., २०२५-०४-३०, अन्तिम पहुँच २०२५-०४-३०।
- ↑ "शिक्षकको सडक र शैक्षिक हडताल स्थगित", ekantipur.com, Kantipur Publications, २०२५-०४-३०, अन्तिम पहुँच २०२५-०४-३०।