प्रयोगकर्ता:Baatpati/प्रयोगस्थल
यो प्रयोगकर्ता Baatpatiको प्रयोगस्थल हो। एक प्रयोगकर्ता प्रयोगस्थल प्रयोगकर्ता पृष्ठको उपपृष्ठ हो। यो प्रयोगकर्ताद्वारा परीक्षण र पृष्ठ विकास गर्ने स्थल हो। विश्वकोषको लेख होइन्। तपाईँ आफ्नै प्रयोगस्थल सृजना वा सम्पादन यहाँ गर्नुहोस्। अन्य प्रयोगस्थलहरू: मुख्य प्रयोगस्थल | स्वशिक्षा प्रयोगस्थल | रूपरंग प्रयोगस्थल | सहायता पृष्ठ | सन्दर्भ प्रयोगस्थल | ध्यान प्रयोगस्थल | ढाँचा प्रयोगस्थल यो मस्यौदा पेश गरिसकिएको र हाल समीक्षाको प्रतिक्षामा छ। |
केशव राना क्षेत्री | |
|---|---|
| हिमालप्रेस डट्कम | |
| व्यक्तिगत विवरण | |
| जन्म | 1993-01-08 AD (२०४९-०९-२४) |
| शिक्षा | स्नातक |
| पेशा | पत्रकार |
केशव राना क्षेत्री एक नेपाली पत्रकार हुन्, जो विगत एक दशकभन्दा बढी समयदेखि रिपोर्टिङ, सम्पादन र डिजिटल मिडियामा सक्रिय छन्। उनी हाल हिमालप्रेस डटकम (Himalpress.com) मा वरिष्ठ संवाददाताको रूपमा कार्यरत छन्।[१]
प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन गर्नुहोस्]उनको स्थायी घर बाँके जिल्लाको बैजनाथ-१, चिसापानीमा रहेको छ। उनले आफ्नो उच्च शिक्षा पत्रकारिता र आमसञ्चार विषयमा केन्द्रित गरेका छन्:
- स्नाकोत्तर (M.A.): मदन भण्डारी मेमोरियल कलेजबाट पत्रकारिता र आमसञ्चारमा स्नातकोत्तर तहको शोधकार्य (Thesis) गरिरहेका छन्।
- स्नातक (B.A.): मध्यपश्चिम विश्वविद्यालयबाट सन् २०१८ मा २.९० CGPA सहित उत्तीर्ण।
- प्रवीणता प्रमाणपत्र तह (I.Com): रामजानकी मावि, कोहलपुर सन् २०१० (२०६७ BS) मा द्वितीय श्रेणीमा उत्तीर्ण।
- एसएलसी: सन् २००८ (२०६४ BS) मा द्वितीय श्रेणीमा उत्तीर्ण।
पत्रकारिता यात्रा
[सम्पादन गर्नुहोस्]रानाले सन् २०१३ देखि बाँकेको कोहलपुरस्थित 'मिसन टुडे दैनिक' बाट आफ्नो पत्रकारिता यात्राको सुरु गरेका हुन्। उनको व्यावसायिक अनुभवको तालिका निम्न अनुसार छ:[२]
| अवधि | संस्था | पद |
| सन् २०२२ जुलाई – हालसम्म | हिमालप्रेस डटकम | वरिष्ठ संवाददाता |
| सन् २०२१ जुलाई – २०२२ जुलाई | लोकान्तर डटकम | डेस्क सम्पादक |
| सन् २०२१ जनवरी – २०२१ जुलाई | नेपालसमय डटकम | संवाददाता |
| सन् २०१९ सेप्टेम्बर – २०२० डिसेम्बर | देखपढी डटकम | संवाददाता |
| सन् २०१७ जुलाई – २०१९ सेप्टेम्बर | नेपाल रिपब्लिक मिडिया | कनिष्ठ संवाददाता |
| सन् २०१३ जनवरी – २०१७ अप्रिल | मिसन टुडे दैनिक | संवाददाता |
पुरस्कार तथा सम्मान
[सम्पादन गर्नुहोस्]समाज र वातावरणको क्षेत्रमा पुर्याएको योगदानका लागि उनले विभिन्न प्रतिष्ठित सम्मानहरू प्राप्त गरेका छन्:
- मिडिया अवार्ड (२०२५): पत्रकारिता क्षेत्रमा एक दशकभन्दा बढी पुर्याएको योगदानका लागि कोहलपुर मिडिया हाउसद्वारा सम्मानित।[३][४]
- संरक्षण पुरस्कार: वातावरण र वन्यजन्तु संरक्षणमा पुर्याएको योगदानका लागि सामुदायिक चोरी-निकासी नियन्त्रण ईकाई (CBAPU) बाँकेद्वारा प्रदान गरिएको।[५]
- दलित कल्याण संघ (DWO) सम्मान: सामाजिक विभेद र छुवाछूत न्यूनीकरणका लागि प्रभावकारी पत्रकारिता गरेबापत बाँके शाखाद्वारा सम्मानित।
- राष्ट्रिय तेक्वान्दो युनियन नेपाल सम्मान: खेलकुद क्षेत्रको प्रचारप्रसार र मिडिया कभरेजमा पुर्याएको योगदानका लागि।
- कदर पत्र: 'मिसन टुडे दैनिक' बाट प्रभावशाली रिपोर्टिङका लागि सम्मानित।
सामाजिक र सल्लाहकार भूमिका
[सम्पादन गर्नुहोस्]- नेपाल पत्रकार महासंघ : सन् २०१३ देखि महासंघको सदस्य र सन् २०१७ देखि २०२० सम्म बाँके शाखाको कोषाध्यक्षको रूपमा सेवा गरेका।[६]
- ↑ "केशव राना क्षेत्री", Himal Press (en-USमा), अन्तिम पहुँच २०२६-०२-०५।
- ↑ संवाददाता, मिसनटुडे (२०१७-०३-०४), "मिसन टुडेद्वारा मिसनकर्मी सम्मानित » Mission", Mission (en-USमा), अन्तिम पहुँच २०२६-०२-०५।
- ↑ "हिमालप्रेसकर्मी क्षेत्रीलाई मिडिया अवार्ड", Himal Press (en-USमा), अन्तिम पहुँच २०२६-०२-०५।
- ↑ "कोहलपुर टुडेको तेस्रो वार्षिकोत्सव तथा ‘कोहलपुर टुडे स्मारिका’ विमोचन - Kohalpurtoday Kohalpurtoday" (en-USमा), २०२५-०७-०५, अन्तिम पहुँच २०२६-०२-०५।
- ↑ Sadarline, Sadarline (१ असार २०७४, बिहीबार १८:५८), "बाँकेका पत्रकार रानालाई संरक्षण पुरस्कार", Sadarline (en-USमा), अन्तिम पहुँच २०२६-०२-०५।
- ↑ "बाँकेमा थारूको प्यानलै विजयी", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२६-०२-०५।
पत्रकार केशव राना क्षेत्रीको बायो
[सम्पादन गर्नुहोस्]| समीक्षा प्रतीक्षा गर्दैहुनुहुन्छ, धैर्य गर्नुहोस्।
यसले एक हप्ता सम्म, किनकि मस्यौदा कुनै विशेष क्रममा समीक्षा नगरिनाले समय लिन सक्छ। यहाँ ९ बाँकी निवेदनहरू समीक्षाको लागि पर्खँदै छन्।
कहाँ मद्दत लिने
आफ्नो लेख कसरी सुधार गर्ने
तपाइँको जस्तो प्रस्तावित लेख विषयहरूमा विकिपिडियाका उत्तम लेखका उदाहरणहरूको लागि प्रमुख लेख र राम्रा लेखहरू पनि खोज्न सक्नुहुन्छ। शीघ्र समीक्षाको लागि तपाईँले अनौंठो सुधार गर्ने
शीघ्र समीक्षाको लागी तपाईँको समस्याहरूलाई सुधार्न, सम्बन्धित विकिपरियोजना खोज्न सक्नुहुन्छ। उदाहरणका लागि, विकिपरियोजना नेपाल, विकिपरियोजना भूगोल, आदि। तपाईँ त्यसपछि थप्न सक्नुहुन्छ {{WikiProject TOPIC}} को शीर्षमा यस मस्यौदाको वार्ता पृष्ठमा, यो जस्तै। यसले विकिपरियोजनाहरूलाई थाहा दिन्छ कि नयाँ मस्यौदा पेश गरिएको छ।*सब भन्दा राम्रो २-३ विकिपरियोजनाहरू थप्नु पर्याप्त हुन्छ। उदाहरणका लागि, यदि तपाइँ सम्पादक स्रोतहरू
समीक्षक उपकरण
|
