प्रयोगकर्ता:Dbdrbasnet

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

"मेरो परिचय नेपाली भाषा मा पहिले Friday April 20, 2007को लेख पढेर त्यस पछि अरु पढनु होला" "क्रिपया जसरी भए पनि अलि कता समय निकालेर पुरा पढि दिनु होला" यो भन्दा पहिले मैले मेरो परिचय ममा मात्र सिमित राखेको थिए तर आज तपाईलाई पनि जनाउन पाउदा ममा खुसिको अनुभब भएको छ ! यो नेपाली भाशामा लेखनु को अर्थ चाहि साधारन नेपाली पढ लेख भएका नेपाली ले पनि पढन सकुन भन्ने मेरो धाराना छ. मेरो जिबन कहानि को बारेमा केहि सुझाबहरु दिन चाहानु हुन्छ भने मेरो ई-मेल आईडि मा सम्पर्क गर्नु होला ! नोटिस:- मेरो कोहि पनि लेख रचनाहरुलाई कपि गरेर पुर्ण प्रकासित गर्नको लागि म सित अनुमति लिएर मात्र गर्नु होला !!

Friday, April 20, 2007 " मेरो परिचय नेपाली भाषा मा "

"क्रिपया जसरी भए पनि अलि कता समय निकालेर पुरा पढि दिनु होला" तपाईलाई मेरो परीचय म एउटा नेपाली आमाको छोरो हु ! नेपाली आमाको छोरो भए भनेर नै म आफु मा गौरबको अनुभब गर्दिन ! मैले आज सम्म आफ्नो देश नेपालको लागि के गरे भनेर मलाई नै थाहा छैन !

तर मेरो भावाना अनुशार मेरो ब्यक्तिगत स्वार्थि बनेर आफ्नो ब्यव्हारिक सम्स्या लाई मात्र पुरा गर्न नचाहेर आफ्नो देश नेपालको लागि हाल सम्म नसकेता पनि भबिशेयमा केहि गर्न चाहान्छु ! मेरो घर रामेछाप हो ! हाल म नोकरी गर्ने सिलसिला मा प्रदेशमा छु ! आफ्नो देश नेपालमा कहिले पनि शान्ति न-आउने जस्तो छ !

म सानो हुदै देखि दु:ख-सुख दुबै लाई आफ्नो साथि बनाएर हाल सम्म यो दु:ख - सुखको जिबन बिताई नै राखेको छु ! यो मेरो १३ बर्शको हुदा खेरि को फोटो हो ! म मेरो येहि १३ बर्शको उमेरको छ्दै मेरो यो कलिलो उमेरमा आफ्नो आमाको त्यो न्यानो काखलाई चट्कक छोडेर आफ्नो कोमल हिर्दए लिएर आफ्नो मात्रु भुमि लगाएत सम्पुर्न कुरालाई छोडेर पर्देशमा हिडे !

मेरो पढाईको बारेमा भन्नु पर्दा खेरि हाल सम्झेर ल्याउदा खेरि पनि यो बिशेक भई सकेको मेरो मुटुको घाउ पनि फेरि बल्जिएर आउछ ! र पनि हजुरलाई छोट्करि मा बताउन गई रहेको छु:- मेरो बाउ आमा अनपढ हुनुहुन्छ ! मेरै मामाले मलाई पढन हौसला दिएर मलाई मेरो आमाको जोडमा मलाई स्कुल भर्ती गराएको रहेछ ! म पछि बुझने भए पछि थाहा पाए ! मेरो मामा को पनि तेति खेर नै गाउकै सामन्तिहरुले हतिया गरि मारिनु भयो ! मेरो मामा एउटै हुनुहुन्थ्यो ! मेरो बाउले मलाई एकदम पढाउन स्कुल भर्ति गर्न चाहानु भएको रहेन्छ ! मेरो आमाले दु:ख सुख गरेर मलाई पढाउनु भएको थियो !

जब म ५ पास गरेर ६मा गए यसले छोरालाई बिगारि सम्पति को पनि नास गरि भनेर बाउ आमाको झै-झगडा हुन लाग्यो र म आफैले हेड्सर सित ५० रुपैया रिन मागेर चक्लेट किनि ल्याएर बिक्रि गर्न लागेर त्यही पैसाको नाफा आएको पैसाले अरु चक्लेट ल्याएर बिक्रि गरि स्कुलको फिस, कापि, कलम, किताबहरु किनेर चलाउन लागे ! आफुले सात ठाउमा टालेको कपडा लगाएर पढन जान्थे ! साथि हरु मलाई टाले भनेर जिस्काउन्थे ! यसरि पढदा पढदै पनि मेरो आफ्नै ब्यक्तिगत सम्स्याले गर्दा होईन, मेरो गाउको स्कुल भनेको सिरिप ५ कक्छा सम्म मात्र भएको कारनले आफ्नो गाउको स्कुलको पढाई सके पछि पुरा २ घन्टा हिडेर डाडा पाखा बन जगल नदि र खोला हरु पार गरेर अर्को गाउमा जानु पर्छ ! त्यस स्कुलमा भएका अरु साथिहरुले मलाई असाध्यै नराम्रो सित हेप्ने र लडाई झगडा गर्ने गर्थे ! यसको एउटै कारन तेर्स बेला ५ कक्छाको परिछा भनेको जिल्ला स्तरिय थियो ! मेरो स्कुलमा म फस्ट भएर त्यस स्कुलमा गएको थे ! पढाईमा सबै लाई जितेको थे ! मेरो जब तेति सानो उमेरमा नै धेरै किर्ति गरेको देखेर तिनिहरु सहन सकि रहेका थिएन्न ! एक बिहानाको पढाई हुदा खेरि राति ४ बजे उठेर घरबाट हिडनु परथियो दोस्रो कुरा बाटामा जगल ठुलो भएको कारन बाघ र जगली जनावार देखि डराउनु पर्यो ! तेस्रो कुरा मेरा साथिहरु सबै म देखि रिसाएर मलाई नपर्खि हिडथे ! चौथो कुरा त्यस स्कुलमा भएका साथिहरु कुटन भनेर बाटामा लुकेर बस्दथे ! खाई नखाईकन पनि त्यस स्कुलको पढई जसरि भए पनि सके !

तेति सानो उमेरमा पनि यो सबै दुख-सुखहरु सहेर पनि तेस स्कुलको पनि ७ कक्छा सम्म मात्र भएको कारनले त्यो पनि पढाई सकेर फेरि अर्को स्कुलको लागि जानु पर्ने थियो अब भने घरबाट धाएर हुने थिएन र आफ्नो दुखि परिवर अनुसारको ओढने ओछ्याउने र साम्ल तुमल लिएर हप्ता भरि को लागि जानु पर्ने भयो ! ओखलढुग्गा जिल्लामा बस्ने मेरै आफ्नै नातेदार पर्ने ले भन्नु भयो कि येति सानो उमेरमा यसले यो सबै गर्न सक्दैन मेरो घरबाट स्कुल नजिकै छ ! मेरो घरैमा बसेर यसले पढन सक्यो भने राम्रो हुने छ ! तर वहाले भने बमोजिम केहि दिन सम्म त ठिक ठाक थियो केहि दिन पछि तेसको बिपरित हुन लाग्यो ! मेरो बाल्य अबस्था मा नै मेरो शरीरिक र मानशिक सोसन र दमन हुन लाग्यो ! एउटी घरकी बुवाहारि चेलिले गर्ने काम जस्तै घर लीप्नु पोतनु देखि लिएर, पिन्नु, केलाउनु, घास, दाउरा छोटकरिमा भन्नु पर्दा घरयाईसी कुराहरु सम्पुर्न नै मैले सकि नसकि गर्नु पर्यो ! बिहानको घरको धन्दा सकेर स्कुल जानु पर्थियो दिउसो १ बजे छुट्टी हुदा पनि घरमा आएर बस्तु भाउलाई घास पानि गरेर आफु पनि अलिकति सुकेको रोटि खाएर फेरि स्कुल जानु पर्थो ! बेलुका आएर फेरि घर्कै काम गर्नु पर्थियो ! जब उनिहरुलाई खाना ख्वाएर ओछ्यान लगाई दिएर म उनिहरु सित अनुमति नलिईकन मेरो घरबाट लिएर गएको मट्टीतेलको सानो टुकि बालेर पढन बस्दथे ! तिनि आएर तेरो बाउले तलाई बत्ति बालेर पढनु भन्यो ! अब पढेर ठुलो मान्छे बन्न आटिस भनेर बत्ति निभाई हप्काई झप्काई जानु हुन्थ्यो ! तेति खेर मेरो त्यो कलिलो मुटु र भबिस्यको अभिभारा चक्नाचुर भएर छ्या-छ्या हुन्थ्यो र रुन लाग्थे र रुन थाकेर जब सम्म निदाउदैन्थे तब सम्म रोई रहन्थे ! भोलि पल्ट बिहानबाट फेरि त्यहि दिन चरया चन्दथ्यो ! वाहाले भने बमोजिम हुन सकेन र म सानै उमेर भएता पनि उच्च भवनको थिए ! जसरी भएपनि तेहि ठाउको स्कुलको ८ पास गरेर फेरि अर्को स्छुलको लागि जान खोज्दा मेरो परमान पत्र तेश स्कुलबाट लिनलाई सो ब्यक्ति को नोकरी पनि सोहि स्कुलमा मास्टर भएको कारनले मेरो स्कुलको परमान पत्र लिन सकिन.

सोहि जिल्लाको अर्को स्कुलमा गई ५ महिना सम्म बिना परमान पत्रले त्यस स्कुलको छात्राबासमा बसेर दाउराको अबाब अत्यन्तै थियो ! बासको पटेस बालेर खाना पकाएर खान्थे ! पानि भरेर ल्याउने भाडो नभएर भात पकाउने भाडो नै लिएर पानि को पधेरोमा गएर माझिकन त्यहि भाडामा पानि भरेर ल्याउथे ! त्यस गाउका महिलाहरु ले मलाई हुनेसम्म सहाएता गर्दथे ! कसैले दाउरा दिन्थे ! जस सग जे हुन्थियो मलाई दिएर सहाएता गर्द्थे ! यि कुराहरु सम्झेर ल्याउदा यो मन अहिले पनि रुन्छ ! २ महिना सम्म छात्राबासमा बसेकोथे र ति महिलाहरुले मेरो दु:ख देखेर कहिले कसको घरमा त कहिले कसको घरमा बुलाएर लैजाने गर्द्थे ! पढेर सो स्कुलको हेड मास्टरले हुने सम्म मेरो साहाएता गर्नु भयो तर आखिरिमा केहि सिप नलागे पछि मेरो पढाई तेहि स्थकित हुन पुग्यो र म मेरो नै यस मुटु मा जलेको आगो लाई निभाउन नसकेर मात्रु भुमि देश नेपाललाई चटटक छोडेर इन्डिया को कोल्काता भन्ने ठाउमा आए ! यस ठाउमा सानो देखेर मलाई कसै ले पनि नोकरी मा राखन मान्दैन्थे !

घरबाट कहिले पनि नहिडेको मान्छे कोलकाता को भासा पनि जान्दैन्थे ! बारहि महिना नै गरमि हुने ! भनेको बेलामा एक पेट भरि पनि खान पनि पाईन ! जसले ल्याएको थियो त्यसको कोहि खबर नै थिएन ! मछेटले टोकेर मलेरिया पनि पटक पटक जरो आउथियो र पनि मैले रिन गरेर लेदर टेक्निकल स्कुलमा २ बर्श टेक्निकल टेनिईग लिएर सानो तिनो कम्पनि मा नोकरी जईन गरे ! ३ बर्श सम्म सो नोकरी गरेर फेरि त्यो काम मन नपरेर बिजुलिको हाउस वाईरिन्गको लागि फेरि टेनिईग लिए ! यो काम गरदै कम्पुटर पनि सिके र पारट टाइममा कम्पुटर पनि चलाउने र बनाउने काम पाए र गर्न लागे ! येसै भित्र पनि मोटर कार ड्राइभिन्ग पनि सिके ! यसको बजार धेरै भएको कारनले मैले यस काम पनि पाए ! येहि कामको बारेमा मेरो भाग्गेले साथ दिएर नै होला एउटा ताइवानमा एउटा होटेल कम्पनि मा सानो तिनो नोकरी पाए र म तेस तर्फ २ बर्सको भिसा लिएर गए ! १ बर्स नहुन पाउदै सो कम्पनि घाटा मा गएर कम्पनि बन्द भयो र म फेरि इन्डिया मा नै फर्के !

यहा बाट भेरि म दुबईको एउटा अल्ल्खानि शिपिन्ग कम्पनि मा नोकरि को लागि गए ! ३ बर्सको लागि गएको थिए ! त्यहा पनि सो शिप पुरा समान लिएर दुबईबाट जापान जाने करममा दुर्घटाना हुन गयो ! म सग भएका सम्पुर्न कागज पत्रहरु पानिमा डुबेर धेरै साथिहरु पनि मारिए मलाई चाहि एउटा लन्च बोर्ड्ले बचायो र तेस दुर्घटना बाट बचेर पनि शुख पाईन दुबईको सरकारले बिना पास्पोर्टले यहा आएको भन्ने आरोप लगाएर मलाई दुबईको झेलमा २ बर्स सम्म झेल खटायो. त्यो झेल खटि सकेर म फेरि धेरै दुखहरु सहदै फेरि इन्डियाको कोल्काता मा सानो तिनो कम्पनि मा नोकरि गरि रहेको छु ! मेरो जिबन चरया भनेको एस्तै चलि रहेको छ ! मेरो हाल उमेर भनेको २७ बर्स छ तर पनि मेरो जिबनको जिबन कथा भनेको धेरै लामो भई सकेको ममा अनुभब भई रहेको छ !

मेरो प्रेम कहानि पनि धेरै लामो छ ! जब म ७ कक्छामा पढ्थे तबबाट मेरो एउटि केटि साथि बनाएको थिए ! त्यो साथि र मेरो धेरै कुरामा बाधा र बाचाहरु भएका थिए. सबै भन्दा मुखए कुरा भनेको हामि दुईको जिबनमा के कसरि जिबनको सुरुवात गर्ने भनेर प्रोग्रामहरु भएको थियो ! तर मेरो पढाई बिचमै नै छुटेको कारनले ! म उनलाई धोका दिन चाहदैन्थे ! तर उनले मेरो पढाई छुट्यो भनेर बिश्वास गरीनन ! मेरो घर र उनको घर धेरै टाढा पर्छ ! उनको पढाई अघि बढ्दै गयो तर म चाहि यो प्रदेशमा नोकरी गरि रहे ! उनले १२ पास गरेर सि.एम.ए ! को तालिम गरेर आफ्नो दबाई र आफै डाक्टर बनेर चेम्बरको दोकन खोलिछिन ! हर दीन मेरो ईन्तिजार गरेर बसि रहिन तर उनको घर परिवरले र मेरो घर परिवरमा सहमती भएन ! मैले पनि उन्लाई सम्पुर्न कुराहरु भन्दा पनि मानिन्न ! उनको घर परिवरबाट मेरो हतिया गर्ने कोशिस पनि भयो तर सो योजना बाट पनि म बचेर उनलाई पनि मैले भनिन ! मेरो जिबनको सत्यानाश पहिले नै एक जना को आफ्नो ब्यतिगत स्वाथपुर्ति को गर्नको लागी मेरो जिबनको सिढिहरु भत्किएर चक्नाचुर भई सकेको कारनले म उनको जिबनमा कोहि रुकावटहरु पनि हाल्न न चाहादा पनि उनले म बिना एक छिन पनि न रहने भनेर बसि रहेकि रहेछिन ! जब म दुबईको जेल खानामा बस्दा उन्ले सोचिछन्कि मेरो हतिया भयो ! मेरो उन्लाई कोहि ठेगाना दिएको थिईन ! मेरो उनसित खालि ई-मेल आई डि थियो ! तेहि आई डि मार्फत चाटिन्ग हुन्थियो ! पोहोर साल उनको घर्कै मान्छेले उनिहरु लाई मन पर्ने मान्छे लाई उनी सित जबर जस्तीकरन गराई आफ्नो ईजत पनि पानि मा फालेर उन्को बिहे गराएछन. अन्तिम उनी सित मेरो सम्पर्क ई-मेल मार्फत भएको थियो उनि ले पनि मलाई सुईकार्नु हुन्छ भने तपाईको लागि म बच्न चाहन्छु नत्र भने म यस धर्ति र तपाईबाट बिदा चाहान्छु ! तपाई खुसि सित जिबन ग्यापन गर्नुहोला ! तपाईले आफ्नो जिबनको हर बाटामा धोका खानु भएको कारनले म तपाईलाई साहाएता दिई रहेको थिए र पनि तपाईले किन हो सुन्नु भएन. यसतै - यसतै धेरै जिबनको कहानि जस्तै भएको छ !

म घरमा पनि जाने गेरेको छुईन ! मेरो घरमा पनि के भई रहेको छ भनेर हाल सम्म मलाई केहि थाहा छैन ! मैले एउटा खबर कागजमा पढे अनुसार मेरो घर र मेरा घरपरिवार बस्ने ठाउ पहिरो ले पुरेर कोहि पनि बाचेन्न यो कुरा सतये हो या होईन भनेर हाल सम्म पनि मैले खोजि गरेको छुईन ! मैले जिबनमा एउटा कुरा चाहि राम्रो सित सिके कि मानिसको जिबन भनेको :- शुखमा शुकेर जादो रहेछ, दु:खमा पलाएर आउदो रहेछ ! हजुरलाई मेरो तर्फबाट एउटै कुराको बिनति छ जानि-जानि कन कसै लाई धोका हुने कुरा र ब्वहार नगरि दिनु होला ! यो उनले पनि पढिन होला ! उनको र मेरो यस्तै घटनाहरु को बेथा र मर्म हामि दुबै लाई नै थाहाछ. एक जना ले गर्दा खेरि हामि दुईको जिबन चक्नाचुर भएको छ. अब बचेर यो प्रिथिबि लाई भार मात्र बढाउनु हो ! र पनि मेरो देशको माया छ मलाई प्रदेशमा बाहादुर भने पछि सबै ले हेप्छन र पनि मैले मेरो नामबाट बाहादुर हटाएको छुईन ! हामीहरुले सबैले जानेको र सुनेका छौकि आईमाईहरुको मात्र बल्तकार र सोसन हुन्छ भनेर यस प्रदेशमा लोग्ने मान्छेको पनि बलत्कार, शारिरीक सोसन, मान्सिक तनाबहरु हुदा रहेछन !

फलानाको छोराले यसो गर्यो, मेरो छोराले केहि पनि गर्न सकेन भन्ने मात्र हुन्छन ! कसलाई होला र म सबै भन्दा पछि परओ भनेर होईन ता ? तपाईलाई के भन्न चाहान्छु भने सबै भन्दा पहिले सहन शक्ति बढाउनुस ! रिस र डाहा भने कहिले पनि मनमा आउन नदिनुस ल !! मैले येत्रो भोगि चेति गरेर पनि अझै पनि मलाई मेरो जिबनमा साथ दिएर बाच र बचाउ भन्ने साथि पाए भने फेरि पनि नया जिबन जिउन कोसिस गर्ने छु ! सदा तपाईको साथ चाहान्छु ! यो मेरो छोटो जिबनमा लामो घटेको घटनाहरु पढेर तपाई आफ्नो मनलाई दु:खित नपार्नुस ल !!! यो काल्पनिक जिबन कथा होईन !! असत्य भन्नु छ भने त्यस कुरालाई घोक्नु पर्छ तर सत्य कुरालाई कहिले पनि घोक्नु पर्दैन भनेर तपाईलाई थाहा नै छ होला !! अब म फेरि यो ईन्डिया बाट पनि बिदा माग्दै साउथ अफ्रिका एक दुई महिना भित्रै नै बुल डोजर चलाउन एउटा रोड बनाउने कम्पनि एस. एस. सि. आई. लिमिटेडमा जदै छु ! यो भन्दा पहिले मैले मेरो परिचय ममा मात्र सिमित राखेको थिए तर आज तपाईलाई पनि जनाउन पाउदा ममा खुसिको अनुभब भएको छ ! यो नेपाली भाशामा लेख्नु को अर्थ चाहि साधारन नेपाली पढ लेख भएका नेपाली ले पनि पढन सकुन भन्ने मेरो धाराना छ. मेरो जिबन कहानि को बारेमा केहि सुझाबहरु दिन चाहानु हुन्छ भने मेरो ई-मेल आईडि मा सम्पर्क गर्नु होला !

अब धेरै ज्यादा नलेखौ बाकि कुरा ई-मेल मार्फत गरौला ! अरु पनि धैरै दुख सुख का कुराहरु थिए र पनि हजुरलाई पढनलाई बोर लाग्ला भनेर अरु लेख्न चाहादीन !

बाई........बाई.............बाई..............बाई...............बाई..!!! "फेरि भेटौला"...........बाई..............बाई........बाई !!!!!!!!!!!!!!!!!!!!!!!

ढक बहादुर बस्नेत (प्रदेशि)

मेरो परिचय तपाईलाई कस्तो लाग्यो ?