प्रयोगकर्ता:Devisinghghartimagar/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

"शेशी" खाम भाषा --

यो शेशी खाम भाषा रोल्पा जिल्लामा बसोबस गर्ने मगरहरुले बोल्ने भाषा मध्य प्रचलित खामा भाषा हो। यो भाषा रोल्पाली मगरक्षेत्रहरुमा सबैभन्दा धेरै ठाउँमा बोलिन्छ,जस्तै:जंकोट,कोर्चबाङ,कोटगाउ,ह्वमा गाउ बिकास समितिमा बोलिन्छ। यो भाषा बोल्नेहरुको आफ्नै भाषा, भेष तथा परम्परा छ|यी मगरहरुले बोल्ने शेशी खाम भाषा अठार मगरात समुह अन्तर्गत पर्दछ।

"पुवा" खाम भाषा--

यो पुवा खाम भाषा रोल्पा जिल्लामा बसोबास गर्ने मगरहरुले बोल्ने अर्को दोश्रो भाषा हो। यो भाषा रोल्पाली मगरक्षेत्रहरुमा शेशी खाम भाषाको तुलनामा अलिक कम थाउमा बोलिन्छ,यो भाषा रोल्पाको भाबाङ(गा बि स)को प्रख्यात गाउहरु दहबाङ,बाछे,मजबाङ,बाईबाङ,काजबाङ,सरुवा,एनाबाङ,धाङमा मात्र बोलिन्छ। यो पुवा भाषा शेशी खामसँग मिल्दोजुल्दो हुन्छ,जस्तै:-शेशी भाषामा गाई लाइ हार भन्छ भने पुवा भषामा हाइ भन्छ,यी भाषाहरु एकाआपसमा मिल्दोजुल्दो हुदा यी दुबै भाषा बोल्नेक्षेत्रकामान्छेहरु सहजै एक अर्काको भाषा बुझ्छन् र बोल्छन् पनि।