प्रयोगकर्ता:Dilip Bantawa/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Ishwarman Rai (ईश्वरमान राई)


सकारात्मक सोँचले आमुल परिबर्तनका खातिर निरन्तर प्रयत्न गर्ने हो भने कुनै पनि काम असम्भव छैन भन्ने ज्वलन्त उदाहरण सगरमाथा उच्च मा.बि. घोडेटार, भोजपुरका निबर्तमान प्रधानाध्यापक ईश्वरमान राईको दृढताबाट प्रष्ट हुन्छ । समाज परिवर्तन तथा सामुदायिक विकासका लागी कुनै महत्वपुर्ण पद, हैसियत वा आर्थीक रुपले समृद्ध हुन जरुरी छैन, खाँचो छ त केवल निस्वार्थ भावले काम गर्ने सोँच अनी परिवर्तन गर्न सक्ने चिन्तन तथा साहस र धैर्यताको । राज्यको सोझो आँखा पर्न नसकेको पुर्वी नेपालको दुर्गम जिल्ला भोजपुरको तत्कालिन सिन्द्राङ्गमा वि. स. २०१२ सालमा जन्मनुभएका राई एक दिनको पैदल दुरीमा रहेको भोजपुर सदरमुकाम स्थित श्रीराम रात्री हाईस्कुलबाट बि. सं. २०२७ सालमा एस. एल. सीँ उतिर्ण हुनुभएपछि शुरु भयो शिक्षण पेशासंगै समाजसेवाको गर्विलो र सुनौलो यात्रा । तत्कालिन राज्यको शिक्षानीति तथा ब्यवस्था एवं पुरातन सामाजिक चिन्तनले गर्दा त्यो समयका युवा युवतीहरुमा पढ्नुपर्छ, सिर्जनशिल हुनुपर्छ भन्ने चेतनाको अभाव थियो । त्यसैले आमुल परिबर्तनका लागी सबैभन्दा पहिले आफु र आफ्नो समाजलाई रुपान्तर गर्न सक्नुपर्छ भन्ने मान्यताका साथ आफ्नै ठाउँ घोडेटारको सगरमाथा मा. बि.मा बि. सं. २०३२ सालमा स्थायी नियुक्ति लिई २०४१ सालबाट प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि तत्कालिन विद्यालय भवनको नजिकै भएको लगभग २५ मीटर अग्लो डाँडालाई आफ्नै पहलमा जनश्रमदान मार्फत सम्याएर एउटा ब्यबश्थित तथा नमुना विद्यालयको रुपमा परिणत गराउन सफल हुनुका साथै वनमारा घारीमा स्याल दौडिहिड्ने घोडेटारलाई अढाई दशक मै सुन्दर तथा ब्यवस्थित बजारको रुपमा विकास गर्ने बाटो देखाउनुभयो। उहाँ विद्यालयको काममा नै अनवरत रुपले लागिरहदा घरपरिवारको लागि र व्यक्तिगत व्यबहारको चिन्ता गरेको याद नभएको परिवारको सदस्यहरुको भनाई छ भने आजसम्म कहिल्यै पनि उहाँमा सामाजिक, संस्थागत कामहरुमा थकान नदेखिएको स्थानीयहरुको अनुभव छ । विद्यालय संचालनका लागी आफ्नो तलवको अलावा नीजि सम्पति समेत ऋणको रुपमा विद्यालयमा प्रयोग गर्नुभएको राईले विद्यालयले फिर्ता गर्न सक्ने अवस्था नभए पछि तत्कालिन अवश्थाको पाँच लाख रुपैंया भन्दा बढी दानको रुपमा विद्यालयलाई दिनुभएको अभिलेख भेटिन्छ । हाल कक्षा ६ देखि १२ सम्म पढाई हुने विद्यालयमा सुविधा सम्पन्न भवन, विज्ञान प्रयोगशाला, पुस्तकालय, दुईवटा ब्यवस्थित खेलमैदानहरु, पर्याप्त कम्प्युटर तथा ईन्टरनेट सेवा सहितको विद्यालयलाई मजबुत कम्पाउण्डद्धारा सुरक्षित गरिएको यो भौतिक सेवा सुविधा सम्पन्न विद्यालयलाई समग्र पहाडी ईलाकाहरुमा अवस्थित विद्यालयहरु मध्ये नमुना विद्यालयको रुपमा लिईन्छ ।

विद्यालय संचालन संगसंगै घोडेटारलाई दक्षिणी भोजपुरको तत्कालिन ३३ वटा गा. वि. स. हरुको शैक्षिक, प्रशासनिक, स्वाश्थ्य,यातायत,संचार लगायत पुर्बाधारहरुको केन्द्रविन्दु बनाउनका लागी समेत निरन्तर योजनाबद्ध रुपमा लागिरहनुहुने राईकै नेतृत्वमा आज भोजपुरको सिंगो दक्षिणी क्षेत्रमा स्वास्थ्य, यातायात लगायतका सेवालाई प्रभावकारी वनाईएको छ ।

  कर्मबाहेक अन्यत्र ध्यान नदिने, व्यक्तिगत लाभ र पारिवारिक चिन्तनबाट सदैव माथी उठेर सामाजिक हितका खातिर मरिमेट्ने स्वभावको कारण नै हुनुपर्छ बि. सं. २०३९ सालमा बेलायतमा एक बर्षसम्म अध्ययन गर्न पाउने सरकारी छात्रवृत्तिले समेत लोभ्याउन नसकेको राईलाई त्यो अवसर भन्दा हजारौं विद्यार्थी र सिंगो समुदायको उन्नती कैँयौ गुणा प्रिय र महत्वपुर्ण लाग्यो । बि.सं. २०७२ चैत मसान्तबाट उमेर हदका कारण सेवा निबृत्त हुनु अगाडि पुरै कार्यकालभर बिद्यालयको भौतिक, प्रसासनिक ब्यबस्थापनका लागि हरदिन बिहान सबेरैदेखी बेलुकि अबेरसम्म बिद्यालय मै रहनुहुन्थ्यो भने बाँकी र आवस्यक परेको समयमा क्षेत्रगत भौतिक, सामाजिक बिकासका लागि निरन्तर छलफल र बहसहरुमा भेटिनुहुन्थ्यो।

सेवा निबृत्त भएपछी पनि बिद्यालयले उहाँको आवस्यकता टड्कारो महसुस गरि बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षको रुपमा सोही बिद्यालयको थप श्रीबृद्धिमा लागिरहनुभएको छ भने सामाजिक दायित्व र नेतृत्वको जिम्मेवारी थपिएको छ। राईले लामो समयदेखि पुर्याउनुभएको योगदानलाई मध्यनजर गर्दे उहाँलाई शिक्षा ज्योति पदक (नेपाल सरकार),२०६९ र अलवा रत्न अवार्ड, ( नेपाल पाक्षिक), २०६७ लगायत विभिन्न अवार्ड र पदकले सम्मानित गरिएको छ ।