सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Hikmat Gharti Magar

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पोर्चुगलको राजधानी लिस्वनमा डिसेम्बर ०१ मा सम्पन्न हुन लागेको कराँते ओपन लिस्वन २०१७ मा नेपाली कराँते खेलाडी हिक्मत घर्तिमगरले सहभागिता जनाउने भएका छन् । घर्तिमगरले कुमेटी ६७ केजी तौल समुह र एकल काता तर्फ प्रतिस्पर्धा गर्दैछन । कुमेटी र कातामा अब्बल मानिने घर्तिमगरले दोस्रो युरोप कराँते नोमिचि प्रतियोगितामा काता तर्फ रजत पदक हात पार्दै इटालीबाट कराँतेमा डिप्लोमा पास गरेका थिए । हिक्मतले सन् २०१४ जर्मनी मा सम्पन्न अन्तर्राष्ट्रिय जर्मन वादो कपमा ५५ केजी तौल समुह कुमेटी नेपालीलाई रजत पदक दिलाएका थिए । सन् २०१४ मै बेल्जियमा सम्पन्न भएको प्रथम गेन्त सिटी अन्तर्राष्ट्रिय बुदो कराँते कपमा ६० केजी तौल समुहमा क्यूबाका खेलाडीलाई फाइनलमा हराउँदै नेपाललाई स्वर्ग पदक दिलाएका थिए ।

फ्रान्सको चार्ल्स डे गौल्ली शहरमा सम्पन्न भएको केड्लु एफ अन्तर्राष्ट्रिय कराँते प्रतियोगीतामा ५५ केजी देखि ६२ केजी तौल समुह कुमेटीमा रजत पदक तथा व्यतिगत ६७ केजी काता तर्फ स्वर्ण पदक दिलाएका घर्तिमगरले जर्मनको हम्बुर्ग शहरमा सम्पन्न भएको एल्बी कप अन्तर्राष्ट्रिय कराँते कपमा काता तर्फमा पनि कास्य पदक पाएका हुन् । घर्तिमगरले यसपटक कुमेटी ६७ केजी तौल समुह तर्फ पहिलो खेलमै पोर्तुगिस खेलाडी विराआ डानिएलको सामाना गर्नुपर्ने छ । विराआ डानिएल सन् २०१७ जनवरीमा फ्रान्समा भएको ओपन डि पेरिस २०१७ का स्वर्ण पदक बिजेता हुन । कुमेटी ६७ केजी तौल समुहलाई दुई तालिका समुहमा विभाजन गरीएको तालिका समुह १ र तालिका समुह २ मा १६,१६ खेलाडी गरी ३२ खेलाडी रहेका छन् । कम्तीमा पनि स्वर्ण पदकको लागि पनि पाँच खेल जित्ननै पर्न छ । लिस्बनमा हुन लागेको खेलमा नेपाल लगायत फ्रान्स, जर्मनी, स्कटल्याण्ड, स्पेन, अङगोला, लुथुनिया, इटाली, नेदरल्यान्ड, युक्रेन, इङ्ल्यान्ड, स्विट्जरल्याण्ड, लक्जमबर्ग, अन्डोर्आ र आयोजक देश पोर्चुगल गरी १५ देशका १०३१ जना देशका खेलाडीहरुले भाग लिनेछन् ।