सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Kalaiyalive/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कलैया नगरपालिकाको परिचय २०३९ सालमा स्थापित काठमाण्डौंबाट ३०६ कि.मी. र वीरगंजबाट पूर्व १२ कि.मी. को दुरीमा अवस्थित बारा जिल्लाको सदरमुकाम रहेको एक मात्र नगरपालिका हो । स्थापनाकालमा यस न.पा. मा तत्कालिन कलैया, बरेवा, भवानीपुर, बैरिया, बघवन, रामपुर गाविसलाई समेटिएको थियो । ११ वडामा विभाजित यस न.पा. मा २०४७ सालमा भतौडा, ब्रम्हपुरी, विशम्भरपुर गाविस थप गरी १४ वडामा विस्तार गरी यसको क्षेत्रफल बढाईएको थियो । ३२२३.५ हे. क्षेत्रफल भएको यस न.पा. हाल कृषि उत्पादनको दृष्टिले उर्वर भूमिको रुपमा चिनिन्छ भने एशियाकै ठूलो बली चढ्ने श्री गढीमाई मन्दिर नजिक भएको कारणले यस न.पा. पर्यटकीय क्षेत्रको रुपमा पनि विकसित हुने क्रममा छ।

  जनसंख्या

वि.सं. कुल जनसंख्या पुरुष महिला २०४८ २०,९६९ ११,२७० ९,६९९ २०५८ ३२,२६० १७,०२५ १५,२३५ २०६२ ३६,७७६ १९,२६५ १७,५११ (वार्षिक जनसंख्या वृद्धि दर ३.५%) साक्षरता : ५५.६% प्राथमिक स्तर : २२ % एस.एल.सी. : १० % ईन्टरमेडिएट र सोभन्दा माथि : ९% अन्य : १४.६ % घरधुरी संख्या : ५७३३ भौगोलिक अवस्थित

>>धरातलीय स्वरुप :

उचाई : समुद्र सतहबाट १५२ मी. देखि ९१५ मी. सम्म माटो : बलुटो र मलिलो >>हावापानी :

श्रावण देखि आश्विन : गर्मी र वर्षा कार्तिक देखि माघ : जाडो फागुनदेखि अषाढ : गर्मी, हावा— हुरी र बतास प्रशासनिक विभाजन संसदिय निर्वाचन क्षेत्र :३ विकास क्षेत्र : मध्यमाञ्चल प्रदेश : तराई अञ्चल : नारायणी नगरपालिका : कलैया वडा संख्या १४ (शहरी क्षेत्रमा ५, ग्रामीण क्षेत्रमा ९) क्षेत्रफल : ३२२३.५ हेक्टर बसोबास क्षेत्र : १०७० हेक्टर कृषि क्षेत्र : १५१० हेक्टर बजार/अन्य क्षेत्र : ६४३.५० हेक्टर स्वास्थ्य सुविधा अस्पताल (२७ सैंया) : १ हेल्थ पोष्ट संख्या : ३ आयुर्वेद औषधालय : १ सामुदायिक स्वास्थ्य केन्द्र : १ प्रशासनिक संरचना शाखा संख्या — ११ कर्मचारीको कुल संख्या — ९७ कार्यकारी अधिकृत — १ स्थायी — ५५ करार — २२ दैनिक ज्यालादारी — १९ सिमाना पूर्व : गाविस बघवन, सिसवा महेशपुर पश्चिम : गाविस सिसहनिया, भतौडा उत्तर : गाविस दोहरी, उत्तर झिट्कैया दक्षिण : गाविस धर्मनगर, बलिरामपुर मनोरंजन >>प्रमुख धार्मिक स्थलहरु : सिद्धेश्वर मन्दिर, राजदेवी मन्दिर, नुतनदेवी मन्दिर, मुक्तेश्वर मन्दिर, राधाकृष्ण मन्दिर, महावीर मन्दिर, बुद्ध मन्दिर, चिमनीमाई मन्दिर, बेलपाती मन्दिर, मस्जिद, बौद्धिमाई मन्दिर, हनुमान मन्दिर आदि । >>ऐतिहासिक तथा पर्यटकीय स्थल : रामराजा दरबार, सिद्धेश्वर मा.वि., रामजानकी मन्दिर, बरेवा हरियाली पार्क, रामपुरको पोखरी, लङ्गडा पोखरी, बावन बिगाहा फुलबारी, गढीमाई मन्दिर (७ कि.मी.पूर्व) >>खेल मैदान : अन्र्तराष्ट्रिय क्रिकेट मैदान — सिद्धेश्वर मा.वि. खेलकुद मैदान — श्री ३ चन्द मा.वि. खेलकुद मैदान — श्री दुर्गा मा.वि