सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Keshav raj paudel

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वि सं २०३२ देखि स्कूल, जिल्ला र क्याम्पस तहको विद्यार्थी राजनितिमा संलग्न भर्इ नेपाल विद्यार्थी संघ विश्वविद्यालय क्याम्पस समिति त्रि वि कीर्तिपुरको पहिलो निर्वाचित अध्यक्ष हुनु भएका केशव राज पैाडेल, राजनीतिशास्त्र, इतिहास, व्यवस्थापन तथा शिक्षाशास्त्रमा स्नातकोत्तर गर्नु भएका पैाडेलले देशको ६७ जिल्लाको स्थलगत भ्रमण गरी देश विकासको आधार वहुसाँस्कृतिक समावेशी संघीयता नै हो भन्ने ठहर गर्नु भएको छ । अध्ययन, अनुसन्धान, अध्यापनमा र प्रशिक्षणमा रूची भएका पैाडेल शिक्षाशास्त्र संकायको पहिलो सामूदायिक स्नातकोत्तर तहसम्म अध्यापन गराइने काठमाडैाँ शिक्षा क्याम्पसको सफल क्याम्पस प्रमुखका रूपमा आफ्नो कार्यकाल सकी हाल शिक्षाशास्त्र संकाय, केन्द्रीय शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, त्रि वि कीर्तिपुरमा प्राध्यापनरत हुनुहुन्छ ।