प्रयोगकर्ता:Kishor karki

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुडुला कार्कीहरुको संक्षिप्त वंश परिचय नेपालको कर्णाली अञ्चल मुडुली कोटमा मुदगल ऋषिको आश्रम समेत रहेको र कार्की हरुको राज्य रहेको पनि हुंदा मुडुली कोट कार्की भनिन्दा मुडुला कार्की भन्ने चलन रहदैं गयो । मुदगल ऋषिको आश्रम क्षेत्रका सन्तान हुंदा मौदगल्यगोत्र मानिन्छन् हुनत "कार्की" भन्ने सहि अर्थमा-आज्ञामा कारक वा आज्ञापालक-देश मुलुकमा सैनिक क्षेत्रमा सुरक्षा सुव्यवस्थामा आज्ञा दिइनेमा र राजा महाराजाको आज्ञा अनुसार कार्यहरु सैनिक हरुलाई कार्यक्षेत्रमा व्यवस्थित पार्न कुशल ब्यक्तीत्वको नाम नै कारकि अर्थात कार्की हो ।

कार्की राजा धामदेव कार्की मुडुली कोटमा बसि राज्य गरेको प्रमाण पनि छ । मौदगल्य गोत्रलाई पत्तो लगाउंदा मौडाल्यायन बाट (जस्ले २७ नक्षत्र मध्य अभिजित नक्षत्रको खोजगर्ने ऋषि मुडाल हुनाले मौदगल्यायन मुडाल र उन्का सन्तान मौदगल्य भएको हो । प्राचीनकालमा ऋषिमुनिहरु धेरै जसो ब्राह्मण वर्ग र क्षेत्री वर्गमा हुन्थे । वेद विधा पढेर ब्राह्मणको आचरण गर्नेलाई ब्राह्मण र देश सेवाकार्य गर्नेलाई कर्म अनुसार ब्राह्मण क्षत्रीको दर्जा हुने गर्थियो । हुनपनी विश्वामीत्र पैला राजाथिए, पछि तपस्यामा लागेर ब्रह्मऋषि भयपनि , मुदगलका जेठाछोरा इन्द्रसेनलाई पनि ब्रह्मऋषिमा मानिएको छ । यिनीहरुले आंगिरस गुरुकुल पक्ष लिएकाले आंगिरस मुदगला र कण्ठा कुल संग सम्बन्ध राखेकाले कण्ठामुदगला पनि भनिए, त्यती बेला मातृपक्षको समेत गोत्र वा वंशाको नाममा राखिने गरिन्थियो । ऋगवेद र अथर्व वेदका सुक्तहरु निर्माण कर्ता र गंकुवेदका मुदगल कठ शाखाको ब्याख्याताको रुपमा चर्चित महर्षी मुदगुलका सन्तान चेलामौदगल्य कहलाए । यसरि प्राचीनकालमा पुर्खाको र गुरुको पनि चेलाले गोत्र चलाउन हक हुन्थ्यो । मौदगल्यगोत्रमा-त्रिप्रवरमध्य मौदगल्य, आंगिरस, माम्यवच्चेती त्रिप्रवर हरु हुन । मौदगल्य गोत्रि मुडुला कार्कीहरु आजको युग सम्म ताकाधारी झरा क्षत्री अर्थात असली क्षेत्रीमा मानिन्छन् । त्यती बेला बाट नै कार्कीहरु शिवपच्चायन मान्ने, कुलपुजा गर्ने तुलसीको बोट नलगाउने, एकादशी हरिबोधनी नमान्ने, तिहारमा गाई नपुज्ने, सहि झरा क्षत्री र ब्राह्मण बाहेक अरुले पकाएको नखाने, विहे गरेर गएका चेलीहरुले मात्र पकाएको सेल र खिर खाने झरा क्षत्री बाहेक अरु क्षेत्रीहरुलाई आफ्ना चेलीनदिने, सतीजाने प्रथा स्वीकार नगर्ने जस्ता चलनहरुमा पनि दीर्घकाल सम्म कहरता देखिन्थ्यो ।

यस्को पछि कुनै न कुनै रहस्य रहेको प्रमाणिक कथा बताउँछन । मुडुला कार्कीहरुका संगोत्रिमा पर्ने हरुमा कोइराला, उप्रेती, तिम्ल्सिना, बेल्काणि हरु प्रवर मिल्ने संगोत्रि हुन । थरले जातिका स्थान क्षेत्र या कर्म विशेष र गोत्रले ऋषि कुलको परिचय दिन्छ । यसरी नै आफ्ना संगोत्रि हरु पनि अलग स्थान अलग्गै कर्मले गर्दा थर हरु फेरिएका हुन्छन् । मुडुला कार्कीहरु प्रायसो क्षत्री कर्ममा निपुण हुने हुँदा आदिकाल देखिनै साहसी, इमानदार, सुशील, निर्भीक न्यायप्रेमी परोपकारी आदि कार्यले कुलीन मानिन्छन्