प्रयोगकर्ता:Mahendra sapkota/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सहयोग महेन्द्र Dailekh ==यी पनि हेर्नुहोस्==


लेखक गोविन्ददेव भारती हाम्रो तेस्रोआँखा दैनिकका प्रकाशक ।

खिलराज अन्तत ः माओवादीकै कार्यकर्ता हुनेछन् ............................

एकपटक संसदिय निर्वाचनमा बिजय प्राप्त गरिसकेको ब्यक्ति फेरी फर्केर वडा अध्यक्षमा चुनाव लड्ला कि नलड्ला रु अर्थात जसले राज्य संचालनको कुनै एउटा अंगलाई चलाईरहेको थियो त्यहि ब्यक्तिले समग्र राज्य संचालनको जिम्मा पाईसकेपछि फेरी पुरानै अवस्थामा जाला कि नजाला रु यहाँ उठान गर्न खोजिएको प्रसंग यहि हो । न्यायपालिकाको कार्य सम्पादन गरिरहेको ब्यक्ति यतिबेला कार्यपालिकाको प्रमुखको रुपमा आसिन छन् । यो पौने तीन करोड नेपाली जनताको एक मात्र आशा र भरोसाको बिन्दु मानिएको न्यायपालिकाप्रति बितृष्णा जगाउने कार्य मात्र होईन हजारौँ जनताको रगत बगाएर सारा जीवन देश र जनताका निम्ती सुम्पेको नाटक गर्ने नेपालका प्रमुख राजनीतिक शक्तिहरु नलायक छन् भन्ने कुराको पुष्टि पनि हो । नेपालको इतिहासमा सवैभन्दा लोकप्रिय बन्न खोजेका तर सवै भन्दा नालायक बन्न पुगेका निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमनका लागि त कुनै न कुनै बिकल्पमा जानु आवश्यक थियो तर जसरी गैरराजनीतिक दलको ब्यक्तिलाई राज्य संचालनको तालाचावी बुझाउने काम गरियो यसले भोली हिजोको भन्दा अझ भयावह स्थिति न निम्त्याउला भन्ने बिश्वस्त आधार छैन । यदि त्यहि विगतको रोग सल्कियो भने रेग्मी सरकार बाबुराम सरकारको पनि बाबु हुनेछ जुन सरकारले निरंकुशता लाद्न चाह्यो भने सानो तिनो बलले त्यो निरंकुशता हट्ने संभावना छैन । सुरु सुरुमा यो प्रस्ताव एकिकृत माओवादीको मात्र भएको र यसमा आप्mनो पार्टीको सहमति नरहेको भन्दै आन्दोलनमा होमिएर कुर्लिँदै हिँडेका केहि बिपक्षी दलहरु जनताको साथको महशुष गर्न नपाउदै उही माओवादीको प्रस्तावमा लम्पसार परेर स्वीकार गर्नुले पनि नेपालका राजनीतिक दलले अव आईन्दा गर्ने आन्दोलनमा जनताले साथ दिने कि नदिने भन्ने प्रश्नचिन्ह खडा गरेको छ । जसले जतिसुकै जस लिन खोजेपनि अन्ततः खिलराज रेग्मी एमाओवादीकै प्रस्तावमा चुनावी सरकारको नेतृत्व गर्न पुगेका हुन् र जतिसुकै सहमति र सहकार्यका कुरा गरेपनि उनले एमाओवादीलाई यो गुणको पैँचो तिर्ने पक्का पक्की छ । यसको अर्थ चुनाव सम्पन्न भैसकेपछि उनले के गर्लान भन्ने नै हो । यदि नेपालका राजनीतिक दलहरुले आशा गरे अनुसारनै उनले निर्वाचन सम्पन्न गरे भनेपनि के उनि फेरी फर्किएर उहि प्रधानन्यायाधिशको पदमा पुनर्वहाली होलान् रु नेपालको राजनीतिक घटनाक्रम र हरेक ब्यक्तिको कुर्सिमोहलाई हेर्ने हो भने यो कुराको कल्पना नगर्दा नै बेस हुनेछ । किनकी सत्तामा जाँदा निश्चित शर्तहरु राख्ने र त्यो पुरा गर्न नसके तत्काल राजिनामा दिने प्रतिबद्धताका साथ सत्ताको बागडोर सम्हालेका सवैजसो ब्यक्तिलाई सत्ताबाट हटाउनु पर्दा देशब्यापी रुपमै आन्दोलनको आँधिवेहेरी ल्याउनु परेको इतिहाँस हामिमाझ ताजै छ । यसरी हेर्ने हो भने खिलराज रेग्मी पनि कुनै दुधले नुहाएर आएको ब्यक्ति होईनन् र उनले अहिले जे जति भनेपनि सर्वोच्च अदालतको कुर्सिको स्वाद र सिंहदरवार भित्रको कुर्सिको स्वादलाई वेसरी तुलना गर्नेछन् । फलस्वरुप उनि फेरी सर्वोच्च अदालतको कुर्सिमा फर्किदा त्यो कुर्सिको कुनै अर्थ देख्ने छैनन् जुन कुर्सिलाई हिजो उनले सर्वश्रेष्ठ मान्दथे । उनलाई संविधान सभाको निर्वाचन सम्पन्न गरेर नेपाली जनता र नेपालका राजनीतिक दलको मन जितेको खुसि भन्दा पनि त्यो अत्यन्तै चुम्वकिय शक्ति रहेको कुर्सि छोड्नु पर्दाको पिडाले बढी सताउने छ । साथै उनले न्यायपालिकाको कार्य सम्पादन भन्दापनि राजनीतिको मुलप्रवाहमा आउने प्रयास गर्नेछन् । जसलाई साकार रुप दिने काम एमाओवादीले गर्ने कुरामा कुनै सन्देह छैन किनकी यि दुवै पक्षले एकले अर्कालाई स्वीकार्न पाएकोमा गौरवको महशुस गर्ने निश्चित प्रायः छ ।