सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Mahirshi Vedacharya/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वेदमा विज्ञान: वैज्ञानिक समालोचना भाग १ प्रकाशित

क्यानेडियन वैदिक हेरिटेजले वेदमा विज्ञान: वैज्ञानिक समालोचना भाग १ यही सोमबार प्रकाशित गरेको छ। यो कृति २०२४ मा कपिराइट © अन्तर्गत लेखक अथर्ववेदाचार्य नारायण घिमिरे द्वारा रचित हो। तनहुँ, बन्दीपुरमा जन्मेका घिमिरे विगत दुई दशकदेखि क्यानडामा वरिष्ठ खाद्य तथा औषधि वैज्ञानिकको रूपमा कार्यरत छन्।

पुस्तकको विषयवस्तु यो पुस्तकले वैदिक दर्शनभित्रका जीवन निर्माण, जीवनयापन, र जीवनको समाधिसँग सम्बन्धित गतिविधिहरूको सूक्ष्म वैदिक र वैज्ञानिक विश्लेषण प्रस्तुत गर्दछ। लेखकले ब्रह्माण्डीय चेतनाबाट उत्पन्न मानव चेतनालाई ब्रह्माण्ड चेतनामा फर्काउने वैदिक दृष्टिकोणलाई वैज्ञानिक परिप्रेक्ष्यबाट उजागर गर्ने प्रयास गरेका छन्।

प्रकाशकको धारणा क्यानेडियन वैदिक हेरिटेजले यो कृति क्रियोल नेपाली भाषामा प्रकाशित गर्दै पाठकसम्म पुर्‍याउन पाएकोमा सन्तोष व्यक्त गरेको छ। संस्थाले लेखकप्रति आभार प्रकट गर्दै पाठकहरूको चासोप्रति कृतज्ञता व्यक्त गरेको छ।

लेखकको परिचय अथर्ववेदाचार्य नारायण घिमिरे वरिष्ठ खाद्य तथा औषधि वैज्ञानिक हुन् र यस पुस्तकसँगै उनको यो सातौँ प्रकाशित कृति हो।

निशुल्क डाउनलोड सुविधा पुस्तकको प्रिमियम गोल्ड कपी पाठकहरूले निशुल्क डाउनलोड गर्न निम्न लिङ्क प्रयोग गर्न सक्दछन्:

यो कृति वैदिक अध्ययनमा रुचि राख्ने पाठकहरूको लागि एक महत्वपूर्ण योगदानका रूपमा प्रस्तुत गरिएको छ।