सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Mpgatpashupati

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
  • About Pashupatinath
  • Names of Shiva
  • Bhajans / Kirtans
  • Related Documents

ॐ नम: शिवाय । ॐ नम: शिवाय ।। ॐ नम: शिवाय ।।।

सन्सारको शागर तर्न लाई

नौका तिमी ज्ञान भयो मलाई

पर्दै चरण् गर्दछु विन्ति रोई

मेरो सहारा अरु छैन कोही

***

पानी विना वाँच्दछ के र माछो

हावा विना प्राणि रहन्न साँचो

जो धर्ममा अड्दछ कर्म साथ

ईस्वर् सधैं चुम्दछ सोही माथ

***

माता तिमी हौ ममता तिमी नै

बाबू तिमी शाहस हौ तिमी नै

मेरो गुरो शास्त्र सबै तिमी हौ

हे ईश सम्पत्ति सबै तिमी हौ ।

सम्पर्क ठेगाना : मोहन प्रसाद घिमिरे , शान्तिनगर, ९८५११०५०७७

(यहाँ भएका केही सन्दर्भहरु मेरो आफ्नै कृतिहरु हुन र केैयन् सामग्रीहरु इन्टरनेटबाट, पत्र पत्रिका बाट खोज गरी राखिएका हुन् । कसैको विरोध भए सम्पर्क गर्नुहोला आफ्नो कृति वाहेक अरु हटाइदिने छु ।)

About Pashupatinath

पशुपतिनाथ भनेको नेपाली हिन्दुहरुको श्रद्धाको केन्द्र हो । यी देवतामात्र नभएर महादेवता पनि हुन् । पशुपतिनाथलाई हिन्दुहरुले आराध्यदेव, आफ्ना रक्षक साथै आफ्नो देशको समेत रक्षकको रूपमा सम्झँदै आएका छन् । पशुका पति अर्थात प्राणिहरुका पति (संरक्षक, मालिक) भएकोले यी देवतालाई पशुपति भनिएको हो। पशुपतिनाथ लाई नेपालका मात्र नभएर भारत तथा अन्य देशका पनि हिन्दुहरुले संरक्षक, मालिकका रूपमा पुज्ने गर्दछन् । हिन्दुहरुमध्ये जुनसुकै देवताका अनुयायी भएतापनि पशुपतिको अर्चना सवैजसोले गरेका हुन्छन् ।

पशुपतिलाई नेपालीहरुले आराध्यदेव, देशका रक्षक, प्राणिहरुका रक्षक आदि अनेकौं रूपमा मान्ने तथा पुज्ने गरेको पाइन्छ । हिन्दुहरुका बिभिन्न शाखा, प्रशाखाहरु छन्। पशुपतिलाई आराध्य देव, देवाधीदेव भनेर मान्ने चाहीं शैव धर्ममा आस्था राख्ने र कुनै पनि एक देवताको मात्र अर्चना नगर्ने वहुसंख्यक हिन्दुहरु नै हुन् ।

पशुपतिलाई हिन्दुहरुले मुख्यत: तीन अवस्थाका रूपमा वर्णन गरेको र सोही अनुसार अर्चना गरेको पाइन्छ । १) योनी माथिको लिङ्गस्वरूप २) ज्योती स्वरूप ३) मूर्तिस्वरूप । नेपालमै पशुपति भनेर चिनिने स्थानहरुमा देवपत्तनको पशुपतिनाथ मन्दिर साथै काठमाण्मडौको मखनमा पनि पशुपति छन् । मूलत: पशुपतिनाथ भन्नाले काठमाण्डौंको देवपत्तन (देउपाटन) मा रहेको पशुपतिनाथको मन्दीर लाईनै जनाउँछ। शिवलाई पशुका पति भनिने भएकोले जहाँ शिवको लिङ्गको पूजा गरिन्छ त्सय स्थानलाई पशुपति भन्दा पनि फरक पर्दैन ।

शिवका अनन्त नामहरु छन् , कतै सहस्रनाम त कतै शतनामको पनि व्याख्या गरिएको हुन्छ । जे भएपनि शिवलाई महादेव, देवाधिदेव, रुद्र, शिव, भोलानाथ, जटाजुटधारी, भष्मधारी, शम्भो आदि नामले पुकारिन्छ ।

१) योनीमाथिको लिङ्गस्वरूप : यस स्वरूपको पूजा, अर्चना गर्दा लिङ्गमा पाँच मुख भएको र मुख नै नभएको लिङ्गस्वरूपको अर्चना गरिन्छ । पूर्व, पश्चिम, उत्तर, दक्षिण को साथै उर्ध्वमुख जसलाई ईशान भनेर भनिन्छको पूजा, अर्चना हुन्छ ।

शिवको पाँच मुखको नाम र दिशा

१) सद्योजात - पश्चिममुख (पृथ्वी तत्व)

प्रार्थना :

हिउँ,चन्द्र, चमेली फूल सरिको सेतो विना दागको

उम्लेको दूधफिंज झै चहकिलो मुहार पश्चिमको

सेतै भष्म दलेर अङ्ग भरिनै शोभा बढेको ठूलो

रतिका पतिलाई भष्म गरने लोचन् झनै तेजिलो

ब्रह्मा,विष्णु मरुद्गणादि सवले पूज्ने शिशु रुपको

पृथ्वी तत्व यहि त हो श्री शिवको ऋग्वेद उद्गम थलो

मृत्युजन्म कुचक्रको भूमरिमा पर्नै नपर्ने गरी

तत्वज्ञान दिलाउने छ सवमा दर्शन उनैको गरी

यो सन्सार अथाह शागर तरि उन्कै पुरी पाउने

सद्योजात चिनेर उत्तम भनि जो छन् भजन् गाउने ।

२) अघोर - दक्षिणमुख (तेज तत्व)

प्रार्थना :

मेघ,गाजल भन्दा झन् कालो रुप भयङ्कर

अथर्व वेदको स्रोत, तेज तत्व श्रीशंकर

शिरमा मणिलेयूक्त सर्पले छ सुशोभित

अर्धचन्द्र पनि कान्ति छर्दै छर्दै सुसज्जित

खैरो माहुरी झै लाग्ने चुलबुले नेत्र रुद्रको

रुप दक्षिण पट्टिको नाम यिन्को अघोर हो

दाँत सुन्दरले गर्दा मुख उज्जल देखिने

यिनको स्तुती गर्नाले अन्त्यमा सद्गती हुने

राजसी,तामसी,सात्वी तीनै गुन समाहित

सृष्टि,लय,स्थिति सारा शिवको यहि विग्रह

जन्म,मृत्यु,बुढा,रोग त्राशबाट सुरक्षित

यहि नाम भजे हुन्छ बन्छ मानव रक्षित ।

३) बामदेव - उत्तरमुख (जलतत्व)

प्रार्थना :

जटा निलो लामो शिरभरि, तीलक् कुमकुम घसि

स्वरुप् गोरो उज्ज्वल् मुख छ हँसिलो लाग्दछ शशि

छ आँखि भौं सुन्दर् नयन मन हर्ने छ जसको

अति सेतो घाँटि अधर फलझैं रक्त रसिलो

***************

उत्तर स्वरुप शिवको जल तत्व मानि

हुन् बामदेव भगवान भनेर जानि

जस्ले गर्‌यो नमन श्रीशिव साथ पायो

कैलाशकै पुरी पुगी उ सदा रमायो

****************

यजुर्वेद्को उद्गमस्थल यहि भनि विव्दतहरु

कहन्छन् - नौ शक्तिस्वरुपहरु यिन्कोपनि अरु

प्रथम् जेष्ठ,श्रेष्ठ व्दितीय त्रितीय रुद्र चिनिने

अनि चौथा शक्तिस्वरुप यिनको काल भनिने

छ पाचौंमा पर्ने कलविकरण हो बल अनि

छ छैटौंमा , सातौं बलविकरण शक्ति यि पनि

छ आठौंमा पर्ने बल प्रमथन भज्दछ मन

नवौं शक्तिरुपि जलथल    सवैभूतदमन

गरे दर्शन मिल्ला समिप उनको मानिस मरि

नपर्ला है फेरि जनमलिनु यहिं घरि घरि ।

४) तत्पुरुष - पूर्वमुख (वायुतत्व)

प्रार्थना :

उत्तप्त सुन भन्दानि उज्यालो वर्णको मुख

अर्ध चन्द्र जटामाथी शिरमा सर्प आसित

तामा भन्दा पनि रातो ओठ सुन्दर देखिने

सिद्ध, दानव का साथै देवले पनि पूजिने

साम गायनमा ब्यस्त सामवेद प्रवर्तक

त्रिशूल हातको शोभा छन् तत्पुरुष संज्ञक

वायुतत्वरुपि शंभु शिवगायत्री सर्जक

गायत्रीमन्त्रको पाठ दु:ख रोग विनाशक

ज्ञान,ध्यान दुवै मिल्छ गरे दर्शन यिनको

सुख,भोग सवै मिल्छ शिवत्व मन्त्र योगको

त्यसैले पूर्वको रुप तत्पुरुष भजौं सदा

मनमा क्लेश वस्दैन, शान्ति आनन्द सर्वदा ।

५) ईशान - उर्ध्व (माथितिर फर्केको) मुख (आकाशतत्व)

प्रार्थना :

चतुषष्ठी कला-विद्या, चारै वेद प्रकाशक

ओम्कारात्मक् परब्रह्म वेदका प्रतिपालक

सवै ब्रह्माण्डको रक्षक् चौधै भूवनका पति

तीनैलोक र ब्रह्माका नियन्ता यि पशुपति

शुक्ष्म भन्दा पनि शुक्ष्म,व्यक्त,अव्यक्त रुपमा

कसैले देख्न सक्दैन – न योगीको छ दृष्टिमा

मृत्युलाई पनि जित्ने मृत्युन्जय प्रवर्तक

आकाश तत्व मानिन्छन् आकाशैतिर मुख छ

यिनै ईश्वरको नाम हो ईशान जगत्पति

श्रेष्ठ दैविक शक्तिले युक्त देख्दछ यो मति

नमस्कार गरौं हामि – भई मानिस उत्तम

उनैको भक्तिले हुन्छौं उनैसंग समागम ।

पाँचै मुखको विशेषता:

शिवको मुख पाँचैको गर्दा भजन किर्तन

भुक्ति भोग गरी फेरि मुक्ति पाइन्छ अन्त्यमा

त्यसैले भज हे मान्छे शिवनाम छ पावनि

शिवको लोकको आशा तिमिमा छ यदि भने । (यस किर्तनलाई http://www.mpgblogspot.blogspot.com मा पनि हेर्न / पढ्न सकिने छ)

शिवलाई आदि अन्त्य नभएका, अजन्मा परब्रह्म स्वरूप मान्दै पाँच मुख भएका शिवको साथै स्वरूप हीन (आकृति नै नभएको) भगवानको रूपमा अर्चना गरिन्छ । विराट स्वरूप देखि लिएर स्वरूप हीन भगवानलाई हिन्दुहरुले पूर्ण आस्था र विश्वास साथ पूजा अर्चना गर्दछन् ।

शिवले किन पाँच मुख धारण गर्नुभयो भन्ने एउटा प्रशङ्ग के छ भने -

सुन्दा र उपसुन्दा नाम गरेका दानवहरुले प्राणिहरुलाई दु:ख दिन थाले पछि तिनिहरुको बध गर्ने हेतुले शिवजीले एक अप्सरा सृष्टि गर्नुभयो अथवा आह्वान गर्नुभयो । त्यस अप्सराले शिवनगिच आएर सुन्दर हाउभाउले नृत्य प्रदर्शन गर्न लागिन् । देवाधीदेव महादेवजीले अप्सरा जता जता नाच्दथिन उतै उतै आफ्नो मुख सृष्टि गर्दै अप्सराको नृत्य हेर्नुभएकोले चारै तिर उहाँको मुख सृष्टि भयो भन्ने कथन पाइएको छ । जे होस् सदाशिव भगवान देवाधिदेव महादेवलाई मूर्तिमान ,लिङ्गस्वरूप र निराकार रूपमा हिन्दुहरुले पूजा अर्चना गर्ने गरेको पाइन्छ ।

Names of Shiva

Shiva Astottarasata namavali

ॐ शिवाय नमः

ॐ महेश्वराय नमः

ॐ शम्भवे नमः

ॐ पिनाकिने नमः

ॐ शशिशेखराय नमः

ॐ वामदेवाय नमः

ॐ विरूपाक्षाय नमः

ॐ कपर्दिने नमः

ॐ नीललोहिताय नमः

ॐ शङ्कराय नमः (10)

ॐ शूलपाणये नमः

ॐ खट्वाङ्गिने नमः

ॐ विष्णुवल्लभाय नमः

ॐ शिपिविष्टाय नमः

ॐ अम्बिकानाथाय नमः

ॐ श्रीकण्ठाय नमः

ॐ भक्तवत्सलाय नमः

ॐ भवाय नमः

ॐ शर्वाय नमः

ॐ त्रिलोकेशाय नमः (20)

ॐ शितिकण्ठाय नमः

ॐ शिवाप्रियाय नमः

ॐ उग्राय नमः

ॐ कपालिने नमः

ॐ कौमारये नमः

ॐ अन्धकासुर सूदनाय नमः

ॐ गङ्गाधराय नमः

ॐ ललाटाक्षाय नमः

ॐ कालकालाय नमः

ॐ कृपानिधये नमः (30)

ॐ भीमाय नमः

ॐ परशुहस्ताय नमः

ॐ मृगपाणये नमः

ॐ जटाधराय नमः

ॐ क्तेलासवासिने नमः

ॐ कवचिने नमः

ॐ कठोराय नमः

ॐ त्रिपुरान्तकाय नमः

ॐ वृषाङ्काय नमः

ॐ वृषभारूढाय नमः (40)

ॐ भस्मोद्धूलित विग्रहाय नमः

ॐ सामप्रियाय नमः 

ॐ स्वरमयाय नमः

ॐ त्रयीमूर्तये नमः

ॐ अनीश्वराय नमः

ॐ सर्वज्ञाय नमः

ॐ परमात्मने नमः

ॐ सोमसूर्याग्नि लोचनाय नमः

ॐ हविषे नमः

ॐ यज्ञमयाय नमः (50)

ॐ सोमाय नमः

ॐ पञ्चवक्त्राय नमः

ॐ सदाशिवाय नमः

ॐ विश्वेश्वराय नमः

ॐ वीरभद्राय नमः

ॐ गणनाथाय नमः

ॐ प्रजापतये नमः

ॐ हिरण्यरेतसे नमः

ॐ दुर्धर्षाय नमः

ॐ गिरीशाय नमः (60)

ॐ गिरिशाय नमः

ॐ अनघाय नमः

ॐ भुजङ्ग भूषणाय नमः

ॐ भर्गाय नमः

ॐ गिरिधन्वने नमः

ॐ गिरिप्रियाय नमः

ॐ कृत्तिवाससे नमः

ॐ पुरारातये नमः

ॐ भगवते नमः 

ॐ प्रमधाधिपाय नमः (70)

ॐ मृत्युञ्जयाय नमः

ॐ सूक्ष्मतनवे नमः

ॐ जगद्व्यापिने नमः

ॐ जगद्गुरवे नमः

ॐ व्योमकेशाय नमः

ॐ महासेन जनकाय नमः

ॐ चारुविक्रमाय नमः

ॐ रुद्राय नमः

ॐ भूतपतये नमः 

ॐ स्थाणवे नमः (80)

ॐ अहिर्भुथ्न्याय नमः

ॐ दिगम्बराय नमः

ॐ अष्टमूर्तये नमः

ॐ अनेकात्मने नमः

ॐ स्वात्त्विकाय नमः

ॐ शुद्धविग्रहाय नमः

ॐ शाश्वताय नमः

ॐ खण्डपरशवे नमः

ॐ अजाय नमः 

ॐ पाशविमोचकाय नमः (90)

ॐ मृडाय नमः

ॐ पशुपतये नमः

ॐ देवाय नमः

ॐ महादेवाय नमः

ॐ अव्ययाय नमः

ॐ हरये नमः

ॐ पूषदन्तभिदे नमः

ॐ अव्यग्राय नमः

ॐ दक्षाध्वरहराय नमः

ॐ हराय नमः (100)

ॐ भगनेत्रभिदे नमः

ॐ अव्यक्ताय नमः

ॐ सहस्राक्षाय नमः

ॐ सहस्रपादे नमः

ॐ अपपर्गप्रदाय नमः

ॐ अनन्ताय नमः

ॐ तारकाय नमः

ॐ परमेश्वराय नमः

Siva Sahashranamavli

ॐ शिवाय नमः

ॐ महेश्वराय नमः

ॐ शम्भवे नमः

ॐ पिनाकिने नमः

ॐ शशिशेखराय नमः

ॐ वामदेवाय नमः

ॐ विरूपाक्षाय नमः

ॐ कपर्दिने नमः

ॐ नीललोहिताय नमः

ॐ शङ्कराय नमः (10)

ॐ शूलपाणये नमः

ॐ खट्वाङ्गिने नमः

ॐ विष्णुवल्लभाय नमः

ॐ शिपिविष्टाय नमः

ॐ अम्बिकानाथाय नमः

ॐ श्रीकण्ठाय नमः

ॐ भक्तवत्सलाय नमः

ॐ भवाय नमः

ॐ शर्वाय नमः

ॐ त्रिलोकेशाय नमः (20)

ॐ शितिकण्ठाय नमः

ॐ शिवाप्रियाय नमः

ॐ उग्राय नमः

ॐ कपालिने नमः

ॐ कौमारये नमः

ॐ अन्धकासुर सूदनाय नमः

ॐ गङ्गाधराय नमः

ॐ ललाटाक्षाय नमः

ॐ कालकालाय नमः

ॐ कृपानिधये नमः (30)

ॐ भीमाय नमः

ॐ परशुहस्ताय नमः

ॐ मृगपाणये नमः

ॐ जटाधराय नमः

ॐ क्तेलासवासिने नमः

ॐ कवचिने नमः

ॐ कठोराय नमः

ॐ त्रिपुरान्तकाय नमः

ॐ वृषाङ्काय नमः

ॐ वृषभारूढाय नमः (40)

ॐ भस्मोद्धूलित विग्रहाय नमः

ॐ सामप्रियाय नमः 

ॐ स्वरमयाय नमः

ॐ त्रयीमूर्तये नमः

ॐ अनीश्वराय नमः

ॐ सर्वज्ञाय नमः

ॐ परमात्मने नमः

ॐ सोमसूर्याग्नि लोचनाय नमः

ॐ हविषे नमः

ॐ यज्ञमयाय नमः (50)

ॐ सोमाय नमः

ॐ पञ्चवक्त्राय नमः

ॐ सदाशिवाय नमः

ॐ विश्वेश्वराय नमः

ॐ वीरभद्राय नमः

ॐ गणनाथाय नमः

ॐ प्रजापतये नमः

ॐ हिरण्यरेतसे नमः

ॐ दुर्धर्षाय नमः

ॐ गिरीशाय नमः (60)

ॐ गिरिशाय नमः

ॐ अनघाय नमः

ॐ भुजङ्ग भूषणाय नमः

ॐ भर्गाय नमः

ॐ गिरिधन्वने नमः

ॐ गिरिप्रियाय नमः

ॐ कृत्तिवाससे नमः

ॐ पुरारातये नमः

ॐ भगवते नमः 

ॐ प्रमधाधिपाय नमः (70)

ॐ मृत्युञ्जयाय नमः

ॐ सूक्ष्मतनवे नमः

ॐ जगद्व्यापिने नमः

ॐ जगद्गुरवे नमः

ॐ व्योमकेशाय नमः

ॐ महासेन जनकाय नमः

ॐ चारुविक्रमाय नमः

ॐ रुद्राय नमः

ॐ भूतपतये नमः 

ॐ स्थाणवे नमः (80)

ॐ अहिर्भुथ्न्याय नमः

ॐ दिगम्बराय नमः

ॐ अष्टमूर्तये नमः

ॐ अनेकात्मने नमः

ॐ स्वात्त्विकाय नमः

ॐ शुद्धविग्रहाय नमः

ॐ शाश्वताय नमः

ॐ खण्डपरशवे नमः

ॐ अजाय नमः 

ॐ पाशविमोचकाय नमः (90)

ॐ मृडाय नमः

ॐ पशुपतये नमः

ॐ देवाय नमः

ॐ महादेवाय नमः

ॐ अव्ययाय नमः

ॐ हरये नमः

ॐ पूषदन्तभिदे नमः

ॐ अव्यग्राय नमः

ॐ दक्षाध्वरहराय नमः

ॐ हराय नमः (100)

ॐ भगनेत्रभिदे नमः

ॐ अव्यक्ताय नमः

ॐ सहस्राक्षाय नमः

ॐ सहस्रपादे नमः

ॐ अपपर्गप्रदाय नमः

ॐ अनन्ताय नमः

ॐ तारकाय नमः

ॐ परमेश्वराय नमः

Bhajan / Kirtans

करचरण क्रितम्बाक्कायजम्कर्मजम्बा श्रवणनयनजम्बा मानसम्वाSपरार्धम्

विहितमविहितम्बा सर्वमेतत्क्षमस्व जय जय करुरार्धे श्रीमहादेव शम्भो ।

कर्पूर गौरम्करुणावतारं संसार सारं भुजगेन्द्र हारं

सदा वसन्तं हृदयारविन्दे भवं भवानि सहितं नमामि ।

मुक्तापीत पयोदमौक्तिकजवार्वर्णैर्मुखैर्पञ्चभि

त्र्यक्षैरञ्चितमीशमिन्दुमुकुटं पुर्णेन्दुकोटी प्रभम् ।

शूलं टङ्ककृपाणवज्रदहनान् नागेन्द्र घण्टान् कुशान्

पाशं भीति हरं दधानममिता कल्पोज्वलं चिन्तयेत् ।

सर्वेशब्रह्मतत्वेन्द्रविषयकलाभूतसादाख्यमूर्ति

र्स्वेकैकस्येनपञ्चात्मसुतववदनेस्यादि हीनेषु सत्सु

योSयं सुन्दोपसुन्दासुरहनननिमित्ताप्सरस्तल्लजेक्षा

प्रादुर्भावसतद्भक्त्यतिरभषकृतेजायधा पञ्च वक्त्र ।

एतानी पञ्च वदनान्वी महेस्वरस्य

ते किर्तयन्ती मनुजो सततं प्रदोषे

गच्छन्ती ते शिवपुरिं रुचिरैर्विमानै

कृन्दन्ती नन्दनवने सहलोकपालै: ।

सकृदपि नमन् कृत्वा तत्पुरे पशुपं प्रभुम्

सर्वं पुण्य फलं लब्ध्वा विमुक्त पशुयोनिन: ।

रुद्राष्टकम्

नमामीशमीशान निर्वाण रूपम्

विभुम व्यापकम् ब्रह्म वेद:स्वरूपम्

निजं निर्गुण निर्विकिल्पं निरिहं

चिदाकाशमाकाशवासं भजेहं

निराकारमोङ्कार मूलं तुरियं

गिराज्ञान गोती तमीशं गिरिसं

करालं महाङ्काल कालं कृपालं

गुणागारसंसार पारं नतोहं

तुषारादिसंकाशगौरं गभीरं

मनोभूतकोटी प्रभाश्री शरीरं

स्फुरन्मौलिकल्लोलीनिचारुगङ्गा

लसद्भालबालेन्दु कण्ठे भुजङ्गा

चलत्कुण्डलं भ्रूसुनेत्रं विशालं

प्रसन्नाननं नीलकण्ठं दयालुं

मृगाधिस चर्माम्वरंमुण्डमालाम्

प्रियं शङ्करं सर्वनाथं भजामी

प्रचण्डं प्रकृष्ठं प्रगल्भं परेशं

अखण्डं अजं भानुकोटी प्रकाशं

त्रय:शूलनिर्मुलनं शूलपाणिं

भजेहं भवानीपतिंभाव गम्यम्

कलातीतकल्याण कल्पान्तकारी

सदा सच्चिदानन्ददाता (सज्जनानन्ददाता) पुरारी

चिदानन्दसन्दोहमोहापहारी

प्रसिद प्रसिद प्रभो मन्मथारी

नयावद्उमानाथ पादारविन्दं

भजन्तीहलोके परेवा नराणां

न तावत्सुखं शान्ति सन्तापं नाशं

प्रसिद प्रभो सर्वभूतादी वासं

न जानामी योगं जपं चैव पूजां

नतोहं सदा सर्वदा सम्भु तुभ्यं

जराजन्मदु:खौघता तप्यमानं

प्रभोपाहीआपं (सापा) नमामीश शम्भो

************

रुद्राष्टकमिदं प्रोक्तं विप्रेण हरतुष्टये

येपठन्ति नरा भक्त्या तेषां शम्भु प्रसिदती ।

ताण्डवस्तोत्रम

षडाक्षरस्तोत्रम

पञ्चाक्षरस्तोत्रम