प्रयोगकर्ता:Nabaraj Sharma 'Namin'/प्रयोगस्थल
'नेपालका युवाहरुमा बढदो लागुपर्दाथ दुव्र्यसनी र सरकारी मौनता
आजका नेपाली युवाहरुमाझ लागुपर्दाथको दुव्र्यसनी बढदो अवस्थामा रहेको छ । अधिकांश १६ देखी ३० बर्षका युवाहरुमा यस्को लत रहेको तथ्य गुह मन्त्रालयले गरेको एक सर्वेक्षणमा उल्लेख गरिएको छ । धेरै जसो युवाहरु घरायसी तनावका कारण लागुपर्दाथको दुव्र्यसनीमा फस्ने गरेका छन । घरानिया परिवारका बाबुआमाले बाल्यकालमा छोराछोरी प्रति जिम्मेवारी बहन नगनेै कारणले गर्दा बाल्यकालदेखी नै उनीहरु लागुपर्दाथको अम्मली बन्ने गरेका छन । कतिपय अवस्थामा बाबुआमाले अधिक नियन्त्रणमा राख्नाले पनि तनाव कम गर्न लागुपर्दाथ प्रयोग गर्ने गरेका छन ।
गम सुघने, माउसुली पोलेर धुलो बनाएर खाने जस्ता प्रवृती सडक बालबालिकाहरुमा समेत अत्याधिक देखिने गरेको छ गृह मन्त्रालयले लागुऔषध नियन्त्रण कार्यक्रम २०६९ अन्र्तगत २०६८ बैखाख १ देखी २०६९ जेठ ३२ गते सम्म नेपालका १८ जिल्लाका २६ नगरपालिकामा गरेको सर्वेक्षण प्रतिबेदनमा उल्लेख गरिए अनुसार नेपालमा ९१५३४ जना लागुऔषधको अत्याधिक अम्मली रहेको तथ्य सार्वजनिक गरेको छ । जस्मा ८५२०४ जना पुरुष र ६३३० जना महिलाहरु रहेका छन । २०६३ को सर्वेक्षणमा ४६३०९ जना लागुऔषध प्रयोगकर्ताहरु रहेकोमा ६ बर्षको अवधीमा ९८% ले लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि भएको छ । प्रति बर्ष नेपालमा लागुऔषध प्रयोगकर्ताहरु ११.३६% ले बढदै गइरहेका छन । काठमाण्डौ उपत्यकामा मात्र प्रयोगकर्ताको ४०.४१ प्रतिशत अर्थात ३६९९८ जनाले लागुऔषध प्रयोग गरिरहेका छन । त्यसै गरी झापामा ६००८, मोरङमा ६४१५ सुनसरीमा ७४०७, कास्की ६९१७, रुपन्देही ५९९७, चितवन ४५१५, बाँके ४०५०, पर्सा २१३० र अन्य ९ जिल्लामा ११०९७ रहेका छन । लागु औषधका प्रयोगकर्ताको ६५.१% अविवाहित नै रहेका छन । लागु औषध प्रयोगकर्ता मध्ये २२% अध्ययनरत विद्यार्थीहरु रहेका छन । ३८.४ % युवाहरुले दैनिक २ पटक लागुऔषधको प्रयोग गर्ने गरेका छन भने ३२.९ %ले दैनिक २ पटक भन्दा बढी लागुऔषध सेवन गर्ने गरेका छन । ७८% साथी भाईको संगतले लागुऔषधको प्रयोगकर्ता बनेका छन भने १९ % घरायसी तनावका कारणले बनेका छन । त्यस्तै गरी २१ प्रतिशत विद्यार्थीहरु यस्को सिकार भएका छन । भारतबाट विभिन्न अवसरमा नेपाल भित्रिने साधु एवम जोगीहरुले समेत लागुपर्दाथ नेपाल भितयाउने गरेका छन ।
यि सवै तथ्याङ्कलाई मध्यनजर गर्दा नेपालमा लागु औषधको प्रयोग दैनिक रुपमा बढदै गइरहेको छ । युवाहरुमा लागुऔषधको अम्मलीपन बढदो क्रममा रहेको पाइन्छ । लागुऔषध प्रयोगर्कताहरु मध्ये अधिकाँशले एउटै सुइको प्रयोग गर्ने गरेकाले उनीहरुमा एडस जस्तो प्राण घातक रोगको संक्रमण देखापर्ने गरेको छ । नेपालका ३० हजार एचआइभी संक्रमितहरु मध्ये ४ हजार जना सुइको प्रयोगका कारण एचआइभीको संक्रमित हुने गरेका छन । एउटा सुइ अधिकतमा ५ जना सम्मले प्रयोग गर्ने गरेको तथ्य स्वास्थ्य मन्त्रालयले निष्र्कष निकालेको छ । नेपाल लागुपर्दाथ ओसारपसारको लागी ट्रान्जिट पोइन्टको रुपमा विस्तार भएको छ । नेपालका विभिन्न स्थानहरुमा १००० भन्दा बढी पुनस्थापना केन्द्रहरु संचालन भइरहेका छन तर पनि लागुऔषधको प्रयोगकर्ताका संख्यामा झन झन बढने क्रम देखिरहेको छ । भारतीय नाका हदै फेनारगन डाइपोजिम, क्यान्विसीस लगायतका लागु औषध भित्रिरहेका छन । दैनिक रुपमा लागुऔषध सहित युवाहरु पक्राउ परेको समाचार बाहिर आएपनि लागुऔषध प्रयोगकर्ताको संख्या त्यती धेरै असर परेको देखिदैन ।
सरकारले लागुऔषध नियन्त्रण ऐन २०३३ लाई प्रभावकारी कार्यान्वयन गर्न नसक्दा लागुऔषध एक विकाराल समस्याको रुपमा देखापरेको छ । १५ बर्षमुनीका बलाबालिकाहरुलाई लागुपर्दाथ ओसारपसारमा लगाइने गरेको छ । तराइका भु–भागहरुमा अत्याधिक मात्रामा अफिम खेती हुँदै आएको छ । सञ्चारमाध्यमहरुमा लागुऔषधको स्थितीको विषय विविध जानकारीहरु सार्वजनिक हुँदा समेत प्रशासन निष्क्रिय हुने परिपाटीमा अझै सुधार हुन सकेको छैन । सानालाई ऐन ठुलालाई चैन भने जस्तै प्रहरी प्रशासनले स–साना किसानहरुको अफिम खेती नष्ट गरेता पनि सरकारी मन्त्रिहरुको पहुँचका आधारमा वास्तिवक अफिम माफियाहरुले ठुलो परिमाणमा अफिम उत्पादन गरिरहेका छन जसलाई सरकारले समेत कारवाही गर्न सकेको छैन । 'मोटा अक्षर'