प्रयोगकर्ता:Pasangts

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्यार्पा जाति

श्यार्पा जाति नेपालको पूर्वी हिमाली क्षेत्रमा बसोबास गर्ने तिब्बती जनजातिय समूह अन्तर्गत पर्ने एक जाति हो । श्यार्पा शब्द तिब्बती भाषाको 'श्यार' अर्थात् पूर्व र 'पा' अर्थात् बासिन्दा मिलेर बनेको हो । श्यार्पाहरु १६ अौं शताब्दीमा पूर्वी तिब्बतको खाम क्षेत्रबाट बसाइँ सराइका क्रममा नेपालको पूर्वी क्षेत्रमा अाएर बसोबास गरेको पाइन्छ । श्यार्पाहरु अापसमा "श्यार्पा" भन्दा पनि बढि "पोकि मि" अर्थात् "भोटको मानिस" भन्न रुचाउँछन् । पूर्वी नेपालमा बसाइँ सरि अाउनु पूर्व तिब्बतको पूर्वी क्षेत्रमा बसोबास गर्ने जाति भएकाले यश जातिलाई "श्यार्पा" अर्थात् "पूर्वेली" भनिएको हो । अहिलेको "शेर्पा" शब्द यहि नै "श्यार्पा" को परिवर्तित रुप हो । यद्यपि शेर्पा अन्तर्गत पर्ने जातिय परम्परा र संस्कृति भने श्यार्पाको भन्दा केही फरक किसिमको रहेकोे पाइन्छ ।

श्यार्पाका थरहरु:

१. पया २. वदाम्बा ३. नाउ मि ४. याता ५. रिक्तो ६. एस्याङ ७. पाङ्गालि ८. चुक्टे ९. हालुङ्डा १०. खाँबा ११. कुलुङ्गे १२. गोरुङ् १३. राखा १४. ङोबा १५. स्याङ्देन् १६. क्षुकुले १७. ज्युङ्बा

श्यार्पाका नृत्यहरु: १. याँडो- यो नृत्य बिवाहको समयमा एकले अर्काको ढाडमा हात राखेर तेस्रो व्यक्तिको हात समातेर "सिँला याँडो सिँबा लो सो......" भन्दै स्वरमा स्वर मिलाएर गाउँदै् सिधा वा हल्का बाङ्गो लहरमा नाचिने नृत्य हो । २. खिर्कुले- यो नृत्य पनि बिवाहको समयमा एकले अर्काको ढाडमा हात राखेर तेस्रो व्यक्तिको हात समातेर "सुङ्या लो......" भन्दै दुईवटा समूहमा बाँडिएर पालैपालो स्वरमा स्वर मिलाएर गाउँदै गोलो घेरामा कहिले तिब्र त कहिले सुस्त गतिमा नाचिने नृत्य हो ।

सम्पादन जारि......