सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Raic841

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चन्द्र राईः- साविक खोटाङ्ग जिल्लाको नुनथला गा.वि.स. वडा नं. ६ र पछिल्लो राज्य पुनर्संरचना पछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं. १६ खाम्लामा जन्म भई प्रारम्भिक शिक्षा सोहि गाउँमा सञ्चालित विद्यालय श्री पञ्चकन्याबाट  प्रा.वि तह, श्री जालपा नुनथलाबाट नि.मा.वि. तह, श्री चम्पावति मा.वि. बुईपाबाट मा.वि. तह, श्री त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटबाट स्नातक तहसम्मको अध्ययन पुरा गरेका छन् ।

   बुबा राजधन राई र आमा गंगा राईको कान्छा छोराको रुपमा जन्मिएका राईको हाल उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं. ११ मा स्थायी बसोबास रहेको छ । राई स्वयम शारीरिक अपाङ्गता भएका कारण पनि २०५७ साल देखि निरन्तर अपाङ्गता क्षेत्र लगायतको सामाजिक अभियान र पत्रकारीतामा क्षेत्रमा संलग्न रहँदै हाल राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आवद्ध रहेर काम गरिरहेका छन् ।