प्रयोगकर्ता:Rohit sharma Nepal
हेम प्रसाद थपलिया
हेम प्रसाद थपलिया नेपाल सरकारको भन्सार विभाग द्वारा नियुक्त सरकारी भन्सार एजेन्ट (एजेन्ट नं 966) हुन्। उनी राष्ट्रिय भन्सार एजेन्ट परिषद्, TIA का अध्यक्ष हुन् र नेपालका प्रमुख भन्सार एजेन्ट तथा अन्तर्राष्ट्रिय व्यापार र कार्गो/लजिस्टिक व्यवसायमा सक्रिय व्यक्ति मानिन्छन्।
---
प्रारम्भिक जीवन र शिक्षा
हेम प्रसाद थपलिया विक्रम संवत् २०४१ भदौ ८, धनुषा जिल्ला, रघुनाथपुर, सबैला १३ नं वडा, मा पिता: गोविन्द प्रसाद थपलिया, माता: सावित्री थपलिया को कोखबाट जेठा सुपुत्रको रूपमा जन्मिएका थिए।
उनको प्रारम्भिक शिक्षा स्थानिय श्री द्वारिका प्रथमिक विद्यालय बाट सुरु भएको र माध्यमिक शिक्षा श्री फकिरचन्द्र गाउँ उच्च माध्यमिक विद्यालय, वर्कुरवा बाट सम्पन्न भएको हो।
उच्च शिक्षा र प्रविणता
हेम प्रसाद थपलिया स्नातक तहको शिक्षा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पश्चिमाञ्चल ईन्जिनियरिङ अध्ययन संस्थान, पोखरा (लामाचौर) बाट Electrical Engineering मा पूरा गरे।
स्नातकोत्तर तहको अध्ययन पूर्वाञ्चल विश्वविद्यालय बाट सम्पन्न गरेका छन्।
---
पेशागत जीवन
हेम प्रसाद थपलिया २०७९/४/२३ मा नेपाल सरकारबाट भन्सार एजेन्टको ईजाजतपत्र प्राप्त गरे। त्यसपछि उनी पूर्णरूपमा भन्सार एजेन्टका रूपमा काम गर्दै, अन्तर्राष्ट्रिय व्यापार, कार्गो, कुरियर्स, लजिस्टिक र फर्वार्डिङ व्यवसायमा संलग्न छन्।
उनी चोभार भन्सारबाट पहिलो पटक निर्यातसम्बन्धि काम गर्ने एजेन्ट र transshipment मार्फत पहिलो पटक EV गाडीहरू छुटाउने एजेन्ट हुन्।
---
शिक्षा क्षेत्रमा योगदान
उनी काठमाण्डौ मोडल माध्यमिक विद्यालय, विशाल बाग बजारमा अध्यापन गर्दै आउनु भएको छ। साथै कक्षा ११ र १२ का Computer Science-I र Computer Science-II का पाठ्यक्रमका लेखक पनि हुन्।
---
नेतृत्व र समाजसेवा
हेम प्रसाद थपलिया राष्ट्रिय भन्सार एजेन्ट परिषद, नेपालका संस्थापक उपाध्यक्ष तथा वर्तमानमा केन्द्रीय सदस्य हुन्। हाल उनी राष्ट्रिय भन्सार एजेन्ट परिषद, TIA का अध्यक्ष भएर परिषद्का गतिविधि र नीति निर्माणमा अग्रसर छन्।
उनी World Customs Organization (WCO) द्वारा आयोजित व्यापार सहजिकरण, कार्यशाला र भन्सार विभागका विविध कार्यक्रममा परिषद् प्रतिनिधित्व गर्ने व्यक्ति हुन्।
हेम प्रसाद थपलिया स्वच्छ, निस्पक्ष र पारदर्शी भन्सार प्रशासनमा दृढताका साथ वकालत गर्छन् र भन्सार एजेन्टहरूको हकहितको लागि सक्रिय छन्।
---
प्रमुख उपलब्धिहरू
चोभार भन्सारबाट पहिलो निर्यात एजेन्ट
Transshipment मार्फत पहिलो EV गाडीहरू छुटाउने एजेन्ट
कक्षा 11 र 12 का Computer Science-I र Computer Science-II का पाठ्यक्रम लेखक
राष्ट्रिय भन्सार एजेन्ट परिषद, TIA का अध्यक्ष
WCO र भन्सार विभागका कार्यक्रमहरूमा प्रतिनिधित्व
शिक्षा, भन्सार र अन्तर्राष्ट्रिय व्यापार व्यवसायमा उल्लेखनीय योगदान