प्रयोगकर्ता:Sangaylama/प्रयोगस्थल
'आदिकवि भानुभक्त आचार्य' मोटा अक्षर हाम्रो नेपाली साहित्यिक नक्षेत्र आदिकवि भानुभक्त आचार्यको १९९ औँ जन्मजयन्ती आज नेपालभरि र विदेशमा बसेका नेपालीहरुले श्रद्धा तथा भक्तिपूर्वक मनाउँदै छन् । तत्कालीन नेपाली समाजमा बोलिने भाषा र शैलीमा आदर्शपुरूष भगवान् रामको जीवनगाथालाई प्रचलित नेपाली भाषामा अनुवाद गरेर
भानुभक्त सबै नेपालीका लोकप्रिय बनेका हुन् । यस बाहेक सामाजिक विकृति र विसंगतिविरूद्ध पनि उनका कलम प्रभावकारी रुपमा चलेका पाइन्छन् । नेपाली साहित्यको प्राथमिककाललाई बलियो बनाउन भानुभक्त आचार्यको योगदान अतुलनीय रुपमा रहेको कुरा हामी कसैले पनि बिर्सन सकिँदैन। नेपाली
गोर्खेर् साइँलो
समाजको तत्कालीन अवस्था र मनोविज्ञान बुझेका भानुले साहित्यको माध्यमबाट राम्रो सेवा गरेको कुरामा कसैको पनि दुई मत नहोला ।नेपाली साहित्य अहिले पनि उत्पादक बन्न सकिरहेको छैन । यतिखेर सम्म आर्थिक हिसाबले नेपाली साहित्य समृद्ध भैसकेको छैन । अध्यनशील पाठकहरुको संख्या पनि कम छ । कमै मात्र शिक्षित व्यक्तिहरु साहित्यका किताव किनेर पढ्न रूचाउँछन् । तर आदिकवि भानुभक्त आचार्यले अनुवाद गर्नु भएको रामायण भने वृद्ध पुस्ताले अझै पनि खोजीखोजी पढ्ने गर्दछन् ।
र त्यसको असर युवा पुस्तामा पनि परेको देखिन्छ। यसरी प्रत्यक जनजिब्रोमा झुन्डिएको भाषामा साहित्य सिर्जना गरेर उहाँले भाषिक एकीकरण गर्ने अर्को महान् कार्य पनि गर्नु भएको हामी पाउँछौँ । यसरी भाषा र साहित्यलाई एकैसाथ अघि बढाउने उल्लेखनीय काम उहाँबाट भएकोले नेपाली समुदायमा भानुभक्त आचार्य लामो कालखण्डसम्म पनि स्मरणीय रहनु हुनेछ । हुन त तत्कालीन अवस्थामा अरु पनि केही कविहरु थिए, तीमध्ये प्रायजसोले कोही न कोही शासकहरुको भजन गाउने गर्दथे । आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न उनीहरु आफ्नो कलम प्रयोग गर्दथे । त्यसकारण इतिहासले उनीहरुको सम्मान गर्न सकेन । तर भानुभक्त आचार्यले आफ्नो रचना सामाजिक जागरण ल्याउन र भाषिक एकता कायम राख्नमा नै प्रयोग गर्नुभयो । यसैकारण तत्कालीन समयको राष्ट्रले उहाँलाई आदिकविको सम्मान दिएको हुनुपर्छ । भीडमा पृथक् पहिचान बनाउन सफल भानुभक्तप्रति नेपाली साहित्य र समाज चिरकालसम्म पनि ऋणी रहने कुरामा कुनै दुइमत हुन सक्दैन। यतिखेरको साहित्याकाशलाई निहालेर हेर्ने हो भने नेपाली साहित्यले अति नै लामो फड्को मारिसकेको छ । आदिकवि भानुभक्त आचार्यका केही कृतिहरु विदेशका विश्वविद्यालयहरुमा समेत पढाइ हुने गरेका छन् । तर रामायणले भने हरेक घरघरमा पाएको लोकप्रियताको अलग्गै मूल्याङ्कन हुनुपर्दछ । धार्मिक विषयवस्तुलाई आधार बनाएर रचिएको रामायण अहिले पनि नेपालीहरुको जिब्रो–जिब्रोमा झुन्डिएको छ । त्यतिखेरको अवस्थामा पछिको समय र समाजलाई सूक्ष्म आँकलन गरेर साहित्य सिर्जना गर्न सक्नु उहाँको बुद्धिमत्तापूर्ण निर्णय हो । यसैकारण नेपाली समाज र नेपाली साहित्यले आदिकवि भानुभक्त आचार्यको योगदानलाई कहिल्यै पनि बिर्सन सक्ने छैन ।