सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Sauravshreatha55

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वेद  

रिग वेद यजुर वेद अथर्व वेद साम वेद ऋग्वेद

ऋक अर्थात् स्थिति र ज्ञान । यसमा १० मण्डल र १०२८ ऋचाहरू छन् । ऋग्वेदका ऋचाहरूमा देवताहरूकाे प्रार्थना, स्तुति र देवलोकमा उनीहरूकाे स्थितिकाे वर्णन पाइन्छ । यसमा ५ शाखाहरू छन् – शाकल्प, वास्कल, अश्वलायन, शांखायन, मण्डूकायन ।

यजुर्वेदयजुर्वेदकाे अर्थ : यत् + जु = यजु । यत् काे अर्थ हो गतिशील तथा जु काे अर्थ हो आकाश । यसकाे अलावा कर्म। श्रेष्ठतम कर्मकाे प्रेरणा । यजुर्वेदमा १९७५ मन्त्र र ४० अध्याय छन् । यस वेदमा धेरैजसाे यज्ञका मन्त्रहरू छन् । यज्ञकाे अलावा तत्वज्ञानकाे वर्णन छ । यजुर्वेदका दुर्इ शाखाहरू छन् कृष्ण र शुक्ल ।

सामवेदसाम अर्थात रूपान्तरण र संगीत । सौम्यता र उपासना । यसमा १८७५ (१८२४) मन्त्रहरू छन् । यसमा ऋग्वेदका नै अधिकतर ऋचाहरू छन् । यस संहिताका सबै मन्त्र संगीतमय छन्, गेय छन् । यसमा मुख्य ३ शाखाहरू छन्, ७५ ऋचाहरू छन् र विशेष गरी संगीतशास्त्रलार्इ समावेश गरिएकाे छ ।

अथर्ववेद

थर्व काे अर्थ हाे कम्पन र अथर्व काे अर्थ अकम्पन । ज्ञानले श्रेष्ठ काम गर्दै जाे परमात्माकाे उपासनामा तल्लीन हुन्छ त्यही नै अकम्प बुद्धि प्राप्त गरेर माेक्ष धारण गर्दछ भन्ने अथर्ववेदकाे मुख्य अभिप्राय रहेकाे पाइन्छ । अथर्ववेदमा ५९८७ मन्त्र तथा २० काण्ड छन् । यस वेदमा पनि ज्यादातर ऋग्वेदका ऋचाहरू नै छन् । यसमा रहस्यमय विद्याकाे पनि वर्णन पाइन्छ । उपराेक्त सबैमा परमात्मा, प्रकृति र अात्माकाे विशद वर्णन र स्तुतिगान गरिएकाे छ । यसबाहेक वेदहरूमा अाफ्नाे समयका महापुरूषहरूकाे महिमा, गुणगान एवं उक्त समयकाे सामाजिक,राजनीतिक तथा भाैगाेलिक अवस्थाकाे वर्णन पनि पाइन्छ ।