प्रयोगकर्ता:Subba lama/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अफ्घनिस्थानमा नेपाली कामदार र नेपाल सरकारको दायित्व'

झण्डै २ दशकदेखी नेपाली कामदारले आफ्नो कार्यथलो बनाएको अफ्घनिस्थानमा कुनै यकिन तथ्याङ्क नभए पनि लगभग २० हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान गरिएको छ । अझै पनि नेपालको राजनैतिक अस्थिरता र खिचातानीले गर्दा बिदेशिने नेपालीहरुको संख्या भनें उकालो लाग्ने नै स्थितिमा छ । राम्रो कमाइको लागि खाडी राष्टहरु अग्र सूचिमा नरहेकले नेपाल सरकारले बन्देज लगाएक ध्वन्द मुलुक अफ्घनिस्थानमा अहिलेको स्थितीसम्म आइपुग्दा भने नेपाली कामदारहरुको रोजगरीको सुनिश्चितता र आय केही सन्तोषजनक स्थितिमा नै रहेको आभाष हुन्छ । कुनै समयमा नेपालीलाई सेक्युरिटी गार्ड कामदार मात्र भएको देश भनेर परिचय बनाएको नेपालीहरुले अहिलेको अवस्थामा भनें नेपाली समाजको केही नगन्य कामदारहरुले ठुला कम्पनिहरुमा आफ्नो प्रभुत्व जमाएर क्रमिक रुपमा नेपाललाई एउटा प्रचुर सम्भावना बोकेका र सिपमुलक कार्यदक्षता भएको राष्ट्रको रुपमा नेपाललाई चिनाउने प्रयास गरिरहेका छन । सहि तथ्याङ्क किटानीका साथ उल्लेख गर्न नसकिए पनि अफ्घनिस्थानमा झण्डै २० हजारको हाराहारीमा रहेका नेपालीहरुको बाहुल्यता भनें नटो सेनको सहयोगी कामदारको रुपमा कार्यरत लिएका छन । निकै लामो समयदेखी नेपाल सरकारले इराक र अफ्घनिस्थानमा नेपाली कामदर रोजगारीको लागि प्रतिबन्ध लगाए पनि भारतको बिभिन्न बिमानस्थल हुँदै अफ्घनिस्थान आइपुगेकाको संख्या भनें दिनानुदिन बढ्दो छ । स्मरण रहोस सन् २००३ मा १२ जन नेपालीलाई इराकमा आतङ्ककारी समुह तालिवानले बिभत्सा हत्य गरे पछी तत्कालिन श्री ५ को सरकारले प्रतिबन्ध लगएक थियो । आश्वासित गरेको राष्ट्रमा रहेका र जाने नेपाली कामदरहरु सम्बन्धी श्रम बिधेयक भनें १२ वर्ष पुरा हुँदा सम्म कुन कुनामा च्यापिएर बसेको छ ? कुनै सम्बन्धीत सरकारी निकाय सँग समेत यसको ठोस उत्तर छैन । कम्पनीको स्पोंसरशिपमा काम गर्ने अधिकांश कामदारको कामको प्रकृतिहरुमा एड्मिन (Admin), सेक्युरिटी गार्ड, वयर हाउस, डिफ्यक (DFAC), ड्राईभर, सपिङ्ग कम्प्लेक्स, ब्युटी पार्लर आदी पर्दछन । मासिक आम्दानीको सालाखाला हिसाब गर्ने हो भनें अझै पनि नेपालीहरुको बाहुल्यता रहेको राष्ट्रहरु मलेसिया, कतार, साउदी अरब आदी मुलुक भन्दा अफ्घनिस्थानको कमाईलाई सन्तोषजनक रुपले नै हेर्नुपर्दछ । आफ्नो आर्थिक स्थितिलाई केही सवल पार्ने र परिवारलाई समेत खुशी र सुखी राख्ने मनशायले बिदेशिएका अन्य नेपाली सरह अफ्घनिस्थानमा रहेका नेपालीहरुको उदेश्य पनि भिन्न किसिमको पक्कै नहुन सक्छ । तर पनि रोजगार दाताले सम्झौता पत्रमा तोके बमोजिमको शर्तनामा पालना नगरी दिनाले र अन्य बिबिध कारणले गर्दा पनि अफ्घनिस्थानमा अझै १०% भन्दा बढी नेपाली कुनै न कुनै समस्याको भुमरिमा रुमल्लीई रहेका छन । भनिन्छ रोग लाग्नु भन्दा अगावै रोगबाट बच्ने उपाय अपनाउनु नै राम्रो । अफ्घनिस्थानमा क्रमिक रुपमा घटेका एकपछी अर्को घटनाहरुको बिश्लेषण नेपाल सरकारले पटक-पटक गरेता पनि त्यसको सही कार्यान्वयन सम्बन्धित निकायबाट पालना नहुँदा यो एउटा समस्यालाई निराकरण तर्फ लैजानु भन्दा पनि आलटाल गर्ने खेल मात्र भईरहेको छ । दिन प्रतिदिन नेपाली काम्दरहरु अफ्घनिस्थानमा भित्रिई रहेको स्थिती हेर्ने हो भनें नेपाल सरकारले कामदारहरुलाई अफ्घनिस्थानको लागि लगाएको प्रतिबन्ध केबल एउटा कागजमा पुरा गरेको औपचारिकता जस्तो मात्र देखिन्छ । ९५% भन्दा बढी नेपाली कामदारहरु त्रीभुबण अण्टरस्ट्रिय बिमानस्थलबाटै र भारतका बिभिन्न बिमानस्थल हुँदै अफ्घनिस्थान आउने गर्दछन । हुन त यो स्थितिको बारेमा नेपाल सरकारलाई कुनै जानकारी नभएको भनें पक्कै होइन । तर बारम्बार परिवर्तन भईरहने सरकार र सत्ता प्राप्तिका लागि सधैं लडिरहने हाम्रो अग्रज निती निर्माता राजनीतिक पार्टीहरुले यो समस्यालाई हेर्ने फुर्सद अहिले सम्म पाउन सकेका छैनन् । अत: आफुले कार्यान्वयन गरेको नीति माथी स्पष्ट अवलोकन त त्यसको रेखदेख गर्न नसक्ने सरकारले कमसेकम वास्तविक यथार्थको धरातलमा उभिएर बरु अझ यसलाई समयसाक्षेप परिवर्तित गरी खाडी राष्ट्र बिशेष गरी अफ्घनिस्थान आउने कामदार प्रति स्पष्ट नियम साथै त्यसको क्रमिक रुपमा सुधार गरी बैदेशिक रोजगारीको लागि आउने कामदारको पेशालाई थप मर्यादित र उनिहरुको रोजगारको सुनिश्चित टेवा पुर्याउने खालको सिपमुलक आधारभूत तालिम र त्यसको सम्भाब्यता माथि छिटो भन्दा छिटो पहल गरि यो पेशालाई ब्यबस्थित बनाउने तर्फ कहिले हाम्रा नयाँ नेपालका नेताहरुको ध्यानाकर्षण हुने हो ? यो नै सबै जानी-नजानी बिदेशमा आएका नेपालीहरुको एउटै सवाल नेपाल सरकार प्रति रहि रहने छ subba lama, bagram, afghanistan, email: subbalama74@gmail.com