प्रयोगकर्ता:Subedi Jibanath/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेखनाथको ॱसत्यसन्देश[सम्पादन गर्नुहोस्]

(सारकथन (Abstract)- यस लेखमा पूर्वीय साहित्यशास्त्र परम्परा अनुसार शब्दक्ति अन्तर्गत व्यञ्जनाका आधारमा लेखनाथ पौड्यालको ॱसत्य सन्देशॱ शीर्षक कविताको विश्लेषण गरिएको छ । यसमा पूर्वीय आचार्यहरूद्वारा प्रतिपादन गरिएको शब्दशक्ति र त्यसका प्रकार तथा व्यञ्जना शक्तिको सामान्य चर्चा गरिएको छ । त्यसपछि विवेच्य कवितामा उक्त सिद्धान्त अनुरूपको व्यञ्जनाको खोजी गरिएको छ । यस क्रममा विवेच्य कवितामा सामाजिक र आध्यात्मिक व्यञ्जना रहेको पाइयो । अभिधा नै उत्कृष्ट भएको यस कवितामा व्यञ्जना झन् गहन र प्रभावकारी भएको हुँदा वाच्यार्थ एवम् अझ व्यङ्ग्यार्थका आधारमा यो कविता उत्कृष्ट भएको निष्कर्ष निकालिएको छ ।)

विषय प्रवेश[सम्पादन गर्नुहोस्]

स‍ंस्कृत काव्यशास्त्र परम्परा अन्तर्गत आचार्यहररूद्वारा प्रतिपादित शब्दशक्ति सिद्धान्त साहित्य विवेचनको महत्त्वपूर्ण आधार हो । शब्दको अभिधा अर्थ र लक्षणा अर्थभन्दा भिन्न व्यञ्जना व्यापारबाट बुझिने व्यङ्ग्यार्थ नै साहित्यको उत्कृष्टताको महत्वपूर्ण कसी हो । अभिधा कुनै पनि अभिव्यक्तिको आधारभूत अर्थ हो भने कतिपय सिद्धहस्त साहित्यकारले अभिधा नै रमणीय भएको साहित्य सृजना गरेका हुन्छन् । अभिव्यक्तिको विशेष प्रभावकारिता र कलात्मकताका लागि अभिधेयार्थभन्दा भिन्न अर्थमा भाषाको प्रयोग गरी साहित्यलाई प्रतीकात्मक वा रमणीय बनाउन लक्षणा शब्दशक्तिले पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । अझ एउटा अभिव्यक्तिले विविध र व्यापक अर्थ प्रतीति गराउने व्यञ्जना शक्ति त साहित्य सृजनाको मूलभूत तत्त्व र सफल साहित्यकारको खुबीको चिनारी नै हो । यस आधारमा व्यञ्जना शक्तिद्वारा उत्पन्न हुने व्यङ्ग्य नै साहित्यिक उत्कर्षता हो ।

ॱसत्य द्न्देशॱ (शारदा, २०९५, २०९९ र २०००) नेपाली साहित्यका कविशिराेमणि लेखनाथ पौड्याल (१९४१-२०२२) काे प्रसिद्ध फुटकर कविता हाे । स्रग्धरा छन्दका पाँच श्लाेक र शार्दूलविक्रीडित द्छन्दकाे एक श्लाेक मुक्तकका रूपमा शारदा पत्रिकाका विवभन्न अङ्कमा भिन्ना भिन्नै एकएक श्लाेक प्रकाशित भएका यी सत्य सन्देशहरूलाई 'लेखनाथका प्रमुख कविता' (२०४६) कवितासङ्ग्रहमा सङ्कलन गरिएकाे छ । मानव जीवनलाई सहज बनाउनका लागि याे कविता निकै प्रेरक र ज्ञानवर्द्धक भएकाले बालकहरूलाई नीति सन्देश दिन उपयुक्त ठानी स्रग्धरा छन्दका ४ श्लाेकलाई कक्षा ९ काे नेपाली पाठ्यपुस्तकमा पाठ्यवस्तुका रूपमा राखिएकाे छ । सरल, सरस र सहज प्रस्तुति भएकाे यस कविताकाे वाच्यार्थ बालसुलभ तथा सर्वसाधारणका लागि सम्प्रेष्य र रमणीय त छँदै छ । वाच्यार्थ जति सरल र मन छुने छ त्यति नै यस कविताका विविध व्यञ्जना वा व्यङ्ग्यार्थहरू गहन, रमणीय र मर्मस्पर्शी छन् । अतः व्यञ्जनाका दृष्टिले प्रस्तुत कविताकाे समीक्षा कार्य उपयुक्त र महत्त्वपूर्ण रहेकाे छ । यस लेखमा शब्दशक्ति अन्तर्गत व्यञ्जनाका अाधारमा कक्षा ९ काे नेपाली किताबमा राखिएका 'सत्यसन्देश' कविताका चार श्लाेककाे विश्लेषण गरिएकाे छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]