प्रयोगकर्ता वार्ता:कला संसार

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते

नमस्ते!
कला संसारजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०५९ लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस्।
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

शाश्वत(Shaswat) (वार्ता) १२:१८, ९ फेब्रुअरी २०१२ (युटिसी(UTC))


भनिन्छ, कला बिनाको जीवन अधुरो र निरर्थक हुन्छ । तसर्थ जीवनमा कलाको महत्वपूर्ण स्थान रहेको हुन्छ । जीवनको महत्वपूर्ण रस नै सार्थक जीवन जिउने कला हो । मानव जीवनका तीनै कलाका विविध पक्षहरुको उजागर गर्ने अभिप्रायले प्रकाशित भएको छ, कला संसार मासिक (Kala Sansar) ।

यस मासिक पत्रिकाले कला, संगीत, साहित्य, संस्कृतिलगायत विभिन्न जीवनशैलीहरुलाई उजागर गर्नेछ । जीवनमा सफलताको सिंढी चढ्नको लागि गर्नुपरेका संघर्षका विविध पक्षहरु पनि हाम्रा बिषयबस्तु हुनेछन्, जसले गर्दा हामीमा मेहनत र संघर्ष गर्दै जीवनलाई सफलतातिर लैजान उर्जा मिलोस् ।

जीवन सधैं सकारात्मक तत्वहरुले निर्देशित हुनुपर्दछ भन्ने मूल ध्येयका साथ सधै सकारात्मक बाटोको खोजी गर्दै जीवनप्रति सकारात्मक धारणाको विकास गर्ने नै यस प्रकाशनको लक्ष्य रहेको छ । पहिलो खुड्किलोको रुपमा प्रकाशित यस अङ्कमा थुप्रै कमी कमजोरीहरु रहेका होलान्, यसप्रति यहाँहरुको अमूल्य सुझाव एवं स्वस्थ आलोचनाको अपेक्षा गदैछौं ।

यहाँहरुको सल्लाह सुझाव अनुसार नै यस पत्रिकालाई परिमार्जन गर्दै लगिनेछ ।

कला संसार मासिकलाई 'www.kalasansar.com' मा पनि हेर्न सक्नु हुनेछ । आगामी अङ्कहरुमा हाम्रो नियमित भेट हुने नै छ । अहिलेलाई यति...