सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:तेज बोहरा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: ८ महिना पहिले तेज बोहराद्वारा विषय तेडि मस्टो गडसेरा डोटि नेपाल।मा

विकिपिडियामा स्वागत छ!

[सम्पादन गर्नुहोस्]
नमस्ते, तेज बोहराज्यू
हालसम्म नेपाली विकिपिडियामा २९,८८९ लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्नुहोस्) २३:११, १४ मे २०२५ (नेपाली समय)जवाफ

तेडि मस्टो गडसेरा डोटि नेपाल।

[सम्पादन गर्नुहोस्]

"तेडि देवता" को अर्थ "तीन देव" वा "त्रिमुर्ति" हो, {ब्राहम,विष्णु,,शिव}

तेडी मस्टो गडसेरा डोटीको साइँलो देवता हुन ।

तेडीका धामी र भँराणे खडायत रहेका छन् । गडसेराबासिहरु र मुख्यतः खडायत परिवार १२ गाँई शाहीहरु, शाला गाउँका खड्यात, पुनेवाटी खडयत तेडी पूज्ने गर्दछन्।

तेडी देवता सच्याउँदा कश्यप गोत्रीय मुल निवासी बोहराको गादी र तल्लो चोखालको पोेटेलो (कपडाको एक धर्सौ) भएर मात्र सच्चिने गर्दछ।

तेडीका पूजारी मष्टोलाई कुलदेवता मान्ने चिउर्याल भाट/भट्ट बामनका भैयाद मानिने कश्यप गोत्रीय जोशी छन् ।

तेडी देवता र ताडकासुर(तारकासुर) देवता भनेका एकै हुन् । ताडकासुर, ताडकेश्वर, ताडेश्वर, तेड़ेश्वर भन्दै गर्दा यसको अपभारंम्सबाट तेडी नाम रहेको हो । यो मष्ट(मष्टो) देवता हो । शिव पुराणमा यसलाई ताडकासुर (तारकासुर ) भनिएको छ । डोटेली समाजमा तेडी भनियो । यो सत्यता हुँदा हुँदै पनि यसको बिषयमा विभिन्न ब्याख्या गर्ने गरेको पनि पाईन्छ ।

डोटी रैकाराजा (जुम्लाको रैका मल्ल राजा ) का कुलदेवता तेडी र निमाउने को स्थापना डोटी गडसेरामा नागीमल्ल राजाका वंशजले गरेको भनाइ पाईन्छ । गडसेराबासिको पुर्खाहरुको अर्ति अनुसार केइ फरक बताईएको पाईन्छ। तेडी देवता (तेडि थान) लाई पूजा आराधानाकालागि त्यस भेगमा जमिन गुठि दिएकाछन् । डोटी राजा रुद्रशाहीका पालामा वि.स.१६८७–९४ देखिका अभिलेखमा तेडी देवताको उल्लेख पाईएको छ ।

प्रा.डा.सूर्यमणि अधिकारी बाइसेराज्यको इतिहास पृष्ठ ३११ मा डोटेली राजाहरुका कुलदेवता तेडी देवता भन्ने मष्टो थिए । डोटेली परम्परामा तेडी देवताको ठूलो स्थान छ । डोटी रैका राजाका मष्टो कुलदेवता मध्य र पूर्वी नेपालमा कूलदेवतालाई वराहमष्टो भन्ने चलन छ । वास्तवमा मष्टो र वराहको कुनै सम्बन्ध छैन । वाह्र (१२) भाइ मष्टो भन्दा भन्दै वराहमष्टो भन्न थालेको वुझिन्छ भनेर डा.सूर्यमणी अधिकारीले पनि बाईसे राज्यको इतिहासको पेज न.२८७ मा मष्टो जहाँ बस्यो त्यहाँ स्थानका नामबाट मष्टाको नाम रहन गयो । कर्णाली क्षेत्रमा रहेका १२ भाइ मष्टा क्र.स मष्टाका नामहरु प्रमूख स्थानहरु ज्येष्ठानुक्रम मष्टो देवता :-

१ ढँडार मस्टो बझाङ्ग भातेखोला जेठो

२ खापर÷खापरे मस्टो खप्तड माइलो

३ तेडी मस्टो गडसेरा डोटी साइँलो

४ कवा मष्टो अछाम कवालेख राइँलो

५ कालासिल्ला मस्टो अछाम विनायक ठाइँलो

६ रुमाल मस्टो कालिकोट खिड्किसैन काइँलो

७ वुडु मस्टो जुम्ला अन्तरे

८ थार्प मस्टो जुम्ला र मुगु जन्तरे

९ गुरो मस्टो हुम्ला र मुगु मन्तरे

१० दाह््रे (दाढे) मस्टो जुम्ला,मुगु र जाजरकोट पानी मन्तरे

११ दुधे मस्टो जुम्ला, मुगु र जाजरकोट लखन्तरे

१२ बाबिर मस्टो जुम्ला कान्छो

मष्टा देबताका १५ बहिनीहरु निम्नानुआर छन्:

१)दुर्गा २)सुर्मा ३ जालपा ४ लखपा ५ भैरव ६  कालिका ७ मालिका ८ लक्ष्मी ९ गंगा

१० सरस्वती

११ नमर्दा १२ कावेरी १३ मण्डली १४शैलेश्वरी १५ निङ्लासैनी।

मालिका पूजिए पछि मात्र तेडी र निमाउने अन्तरगतका देवताहरु पूजिन्छन् । यो स्थान तेलेको लेकदेखि दक्षिण पश्चिममा रहेको छ । तेडीको “अनामजेलीभराँड” लाई भँराडे र पूजारी मात्र गएर पूज्ने गर्दछन् । तेडी १२ गाँई शाहीहरु आएपछि पूजिन्छ । यो रैका शाहीको कुलदेवता हो । गडसेरामा रहेको तेडीको माडौ रैका शाहीका पूर्वजले तामाले छाएका हुन, त्यहाँ तामाको गजुर छ। रैका शाही खान्दानका शंकर शाही डोटी जिल्ला सभापती भएको समयमा वजेट छुट्ट्याएर तामाको गजुर बनाएका हुन् । तेडीको पाईतलो गडसेरा हो । नाभी दिपायल हो, भने तेडीको शिर गीरचौका हो । गीरचौकामा तेडी पूज्दा गडसेराको तेडी पूज्ने पूजारीको खोजी हुन्छ । शाला गाउँका खड्यात, पुनेवाटी खडयत र शाहीहरु तेडी पूज्ने गर्दछन् । यस तेडीका धामी र भँराणेहरु पनि खड्यात थरका क्षेत्रीहरु छन् । तेडी दूधधारी देवता हुन् ।

तेडी देवताका करिया १२ गाँइ रैका शाही र खडायत हुन् । खडायत भनेका लगाएको काम गर्ने वाला हुन् । गडसेरामा भएका सबै थरका ब्राह्मण, चोखाल, रावल, पातली थरका क्षेत्रीहरु गैरिलेकको मालिकामा समावेस हुन्छन् । तेडी पूज्ने स्थान गैरीलेकको मालिकामा छ । चोखालको पनि तेडी पूज्ने स्थान अलग छ । तेडी देवता सच्याउँदा कश्यप गोत्रीय मुल निवासी बोहराको गादी र तल्लो चोखालको पोेटेलो (कपडाको एक धर्सौ) भएर मात्र सच्चिने गर्दछ । तेडीका अन्य पनि करिया छन् । तेडीको देव कचहरीमा निर्णय हुन्,नसकेको कुराको निर्णय भुलखेतका भारद्वाज गोत्रीय भट्टले भनेको र सामुहिक पन्चहरुका कुरा निर्णायक हुन्छन। भारद्वाज गोत्रीय भट्टलाई तेडीको जेठो टीको तिलक वनाउनुभन्दा पहिले सुरुवाबाट लगाई दिने गर्दछन् ।

तेडीका धामी र भँराणे खडायत छन् । तेडीका पूजारी मष्टोलाई कुलदेवता मान्ने चिउर्याल भाट/भट्ट बामनका भैयाद मानिने कश्यप गोत्रीय जोशी छन् ।

पहिलेका दिनमा दानसिह खडयतका दुई भाइ थिए । ती दुई भाइमा एक जना धामी र एक जना भँराणे भए कालान्तरमा यी दुई जनामा आपसमा झगडा हुन् गयो । प्रसादे खडयतको छोरी मरी त्यो लास तेडीको सिहासनमा राखि दियो । धामीपट्टीको मानिने प्रसादेको अपुताली भयो । तेडी देवताको खुट्टा “गडसेरा”, नाभी “दिपायल” र शरीर सेती नदीदेखि उत्तर दिपायलबाट एक दिनको पैदल बाटोमा रहेको स्थान “गिरीचौका” लाई मानिन्छ तेडी पुजन विधि — भारद्वाज गोत्रीय भट्ट ब्राह्मणले वेद पढी दिने, अत्रि गोत्रका ओझाले कर्मकाण्ड गर्ने र कश्यप गोत्रीय जोशीले पूजन गर्ने गर्दछन् । यस देवताको बयाँल हुन्छ। भातेखोलाका जोशी र सुवेडाका कुशाभट्टका सन्तानले यस देवताको पूजा गरेको भन्ने छ । यस मानेमा गडसेराको भातेखोला, निमाउने देवता र ढँडारमष्टोको सम्बन्ध कुनै न कुनै रूपमा एउटै छ ।

श्रावण शुक्ल पुर्णीमामा मालिका पूजे पछि मात्र तेडी देवता पूजिन्छ । तेडी देवताको स्थापना रहेको स्थान भन्दा माथि गडसेरा धामी गाउँदेखि माथि रहेको डाँडालाई गैरीलेक भनिन्छ। यसै डाँडाको टुप्पामा मालिकाको स्थापना रहेको छ । रैकाराजा मल्लबाट शाही भएपछि तेडी पुजिने तिथि मितिमा पनि हेरफेर गरेर वर्षमा तेडी देवता चार पटक पूजिन थालेका हुन् ।

१— वैशाष शुल्क अष्टमी तिथि,

२— भाद्र शुक्ल अष्टमी तिथि, (यो तिथि कहिले काँही श्रावणमा पनि पर्दछ)

३— कार्तिक शुक्ल अष्टमी तिथि

४— माघ शुक्ल अष्टमी तिथि गरी चार पटक पूजिन्छ । त्यो भन्दा पहिले तेडी दुई पटक पूजिन्थ्यो । हाल पनि वैशाख शुक्ल अष्टमी र श्रावण मालिका पूजिएपछि गरी दुई पटकनै पूजिन्छ ।

तेडीसँगैका देवताहरु

मसानी,किमकडे,पँरणे,बेताल,निराल,निमौने,डुडोमसानी, रातोढुङ्गो,दुर्गा, बूढो तेडि,

ब्राहम: ब्रह्माण्ड वा ब्रह्माण्ड जसले ब्रह्माण्ड वा ब्रह्माण्ड सिर्जना गर्दछ।

विष्णु: ब्रह्माण्डको पलाथर र संरक्षक देवता।

शिव: ब्रह्माण्डको विनाशकारी ईश्वरत्व, जसले ब्रह्माण्डलाई विनाशको लागि बाटो प्रस्ट पार्छ।

त्रिमुर्ती :यी तीन देवताहरू सँगै त्रिमुर्ती

वा त्रिदेब भनिन्छ, जुन हिन्दूवादमा सर्वोच्च शक्तिको प्रतीक हो।

Supernatural #divinepower The Hindu Spiritual Inspiration

https://www.facebook.com/share/r/1EJkEeTpAT/ तेज बोहरा (कुरा गर्नुहोस्) २३:२६, १४ मे २०२५ (नेपाली समय)जवाफ