सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:भुवन घले

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ!

[सम्पादन गर्नुहोस्]
नमस्ते, भुवन घलेज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौँ!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) ०८:४८, ३१ अगस्त २०२० (नेपाली समय)

नेपालको इतिहासका लि:ल(घले)जातिको बिगत र बर्तमान अबस्था

[सम्पादन गर्नुहोस्]

नेपालको इतिहासलाई अनुसंन्धान र अन्बेषण गरी हेर्दा लि:ल(घले) जाति नेपालको राजबंशिय जाति भएको प्रमाण र तथ्यहरु प्रसस्त मात्रमा भेटिएको छ।जस्तै नेपालको सरकारी अड्डा अदालतमा प्रयोग भएका कागजात,तामपत्र,नेपालको विभिन्न जिल्ला तथा स्थानमा भेट्टिएका घले दरबार र संरचनाको भग्नावषेस आदि हुन।लि:ल मुरुम(घले राजा)को राज्य छलकपट पुर्बक अन्त्य गरी शाहबंशको उदय भएको इतिहास पाईन्छ। तर बिश्वको इतिहासलाई कोट्याएर हेर्दा इतिहास भनेको हार्ने र जित्ने दुबैको हुनुपर्छ।र हुन्छ।पनि तर नेपालको इतिहास भने शाहबंशीयबाट मात्र सुरु भएको देखिन्छ। यसमा पनि जित्नेको मात्र इतिहास छ। हार्नेको छैन। यसरी घले राजाको पृथक इतिहासलाई पुरै मेटाउनुका साथै घले राजाका संन्ततिहरु विभिन्न तत्वहरुसंग हातेमालो गरेर सिध्याउन खोजेको देखिन्छ। जसले गर्दा बाँचेका घलेहरुले चारै दिशामा भागेर आफ्नो सुरक्षा गर्दै ज्यान बचाएको देखिन्छ। र यहि कारणबाट प्राय ठाउँमा बस्नुहुने घले परीवारले पुर्खौदेखी(शाहवंशले घले राज्य बिस्थापित गरे पस्चात)पुस्ता हस्तांतरण को अभाबमा आफ्नो जातिय भाषा, धर्म,संस्कृति र पहिचान नै भुलेर अरुको भाषा,धर्म, संस्कृति र पहिचान अंगाल्दै आएको पाईन्छ।घले राजाको अन्त्य पस्चात स्थापित शासक बर्गबाट लि:ल(घले)जातिको वंशनाश गर्ने हेतुले लि:ल(घले)भन्ने सुनेमा भेटेमा मारीदिने जरिवाना गर्ने जस्ता अत्याचार गरीदा लि:ल(घले)जाति आफ्नो अस्तित्व बचाउन भागेर राज्यथलो छोडी कति अन्यत्र जान बाध्य भए कति त आफ्नो ज्यान बचाउन अरु समुदायमा गई लुकेर बसे कोही गुरुङ्ग समुदायमा गए कोही मगर समुदायमा गए कोही तामाङ्ग समुदायमा गए त को ही दलित समुदायमा गए यसरी अन्य जातिय समुदायमा रहंदा बस्दा उनीहरुले आफ्नो संस्कार,संस्कृति,भाषा,भेष सबै बिर्सिए र आफ्नो बचाउको लागि जो जुन जातिको समुदायमा गए त्यहि समुदायको जातिय थर आफ्नो जातिय थरसँग जोडेर लेख्न भन्न थाले तत्त पस्चात यसरी स्वतन्त्र मौलिक अस्तित्व बोकेको लि:ल(घले)जाति अरु जातिको थर जोडेर जिउन बाध्य भयो।फलस्वरुप लि:ल(घले)जातिको अस्तित्व धरापमा पर्दै गयो।तर नेपालको गोर्खा जिल्लाको बारपाक गाउँमा भने लि:ल(घले)जातिको जातिय भाषा,भेषभुषा र संस्कार,संस्कृति सुरक्षित राखिएको थियो।फलस्वरुप लि:ल(घले)जातिको मौलिक हक र पहिचान रक्षार्थको लागि सचेत लि:ल(घले)ब्यक्तित्वहरुबाट विभिन्न अनौपचारीक प्रयाहरु पस्चात २०६५ सालमा बिश्वबासी लि:ल(घले)जातिको हक हित र पहिचानको निम्ति औपचारीक रूपमा लि:ल फङ्(घले समाज)संस्थाको स्थापना भयो।जसको केन्द्रिय कार्यालय काठमान्डौमा छ।भने हाल विभिन्न जिल्ला र प्रवासमा समेत यसको शाखा उपशाखाहरु स्थापना भएका छन। बढ्दो सुचना प्रविधि र संञ्चारको विकास संगै लि:ल(घले)जातिको जातिय एकता दिन प्रतिदिन बढ्दोक्रममा रहेको छ।त्यसैगरी बि.स २०६८सालको जनगणना अनुसार नेपालमा लि:ल(घले)जातिको कुल जनसंख्या२२८८१रहेको छ।भने लि:ल(घले)जाति नेपालको गोरखा,लमजुङ्ग, मनाङ,कास्की,तनहु,रसुवा,नुवाकोट,धादिङ्ग,चितवन,मकवानपुर,सिन्धुपाल्चोक,सिन्धुली,लगायत नेपालको ३६वटा जिल्लामा लि:ल(घले)जातिको बसोबास रहेको भनि पुष्टि भएको छ।यसैकारण २०६८सालको जनगणना पस्चात नेपाल सरकाले लि:ल(घले)जातिलाई नेपालको जनजाति भित्रको अल्पसंख्यक जाति भनि संमबैधानिक रूपमा घोषणा गरीसकेको छ।तसर्थ लि:ल(घले)जाति नेपालको स्वतन्त्र मौलिक अस्तित्व र पहिचान बोकेको एेतिहासिक जाति भएको कारण लि:ल(घले)समुदाय अन्य जातिको थर वा उपथर नभएको कानुनी रूपमा प्रमाणीत भैसकेकोछ। भुवन घले (कुरा गर्ने) ०९:०२, ३१ अगस्त २०२० (नेपाली समय)