प्रयोगकर्ता वार्ता:सुबास महत

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

"वर्तमान शिक्षा र आजको परिवर्तन" हा सार्वभौमसत्तासम्पन्न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्टि्रय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटकय्. पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै फेरि एउटा परिवर्तनको (क्रान्ति) आवाज उठाउँदै आएका छौं। त्यसको एक पक्षीय पाटो हो शिक्षा। अहिलको सन्दर्भमा नेपालको शिक्षा परमपरागत शिक्षा नै रहेको पाईन्छ। राणा शासन पछि अन्य क्षेत्रमाजे जति ठूला परिवर्तन भए तर शैक्षिक क्षेत्रमा खासै परिवर्तन भएको छैन। नेपाल काे अधिकांस क्षेत्रमा यही परम्परागत शिक्षाको पहुच पुग्न सकेको छैन। हाम्रो देश नेपाल प्राकृतिक श्रोत साधनले भरिपुर्ण मुलुक हो।नेपालमा रहेका प्राकृतिक श्रोत साधन र यहाँका जीवनस्तर सँग मेल खाने शिक्षा नरहेको पाईन्छ। अत: नेपालको यो सैदान्तिक शिक्षा दक्षीण एसियाको कुनै पनि मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने खालको छ।हाम्रो देश नेपालको शिक्षा सैदान्तिक मात्रै रहृयो।यो शिक्षा व्यावहारिक वा जीवनसँग उपयोगी बनाउन भने अझै सकिएको छैन। अझ यो शिक्षा पनि दुई किसिमको छ। एउटा धनीले पढ्ने र अर्को सर्वसाधारण जनताको छोरा छोरीले पढ्ने । जसरी पनि यी दुई शिक्षा आखिर नेपालको लागि कुनै काम छैन। धनीले पढेका शिक्षा ठूलै देशको लागि जस्तो कि जापान अमेरिका, अष्ट्रेलिया र सर्वसाधरनले पढेका शिक्षा खाडि मुलुकमा काम लाग्ने देखिन्छ । तर नेपालको लागि यो शिक्षा प्रणाली काम नलाग्ने अवस्थामा पुगेको छ।जुन यो देशको शिक्षा अहिले साक्षर हुनु बाहेक अरू विकल्प नरहेको पाईन्छ।नेपालको प्राकृतिक श्रोतको पहिचान सँगै त्यस सम्बन्धी गुणस्तरीय शिक्षा लागू गर्ने हो भने शिक्षामा ठूलो मात्रामा परिवर्तन भई देशको बिकाश प्रणालीमा पनि ठूलो मात्रा सहयोग पुग्ने सम्भावना रहेको छ।वर्तमान हाम्रो शिक्षा सानै उमेरका बालबालिकाले पढ्न पनि गार्हो हुने र सम्झन नसक्नु ,परीक्षामा अधिकांस पहाडी वा दुर्गम इलाकाका विद्यार्थीहरु फेल हुनुको कारण शिक्षा सिदान्त मा मात्र आधारित र व्यावहारिक नहुनु हो।यदि त्यो शिक्षा सिदान्त सँगै व्यावहारिक र जीवन उपयोगी हुने हो भने सानै उमेरका बालबालिकाले छिटै सिक्ने र नयाँ प्रविधिको विकास तर्फ उनीहरू आकर्षित हुने देखिन्छ।वर्तमान नेपालको संसदीय व्यवस्था र त्यस व्यवस्थाको रक्षा र सीमित त्यस प्रणालीको आवश्यकता परिपूर्ति को लागि मात्र देखिन्छ । अझ यो शिक्षा पूरा नगरेको हरु ले नै यो व्यवस्था चलाएको पाईन्छ।नेपालमा जुनसुकै १,२,३ वटा विषयमा डिग्री गर्ने व्यक्तिहरू धेरै छन् ।तर उनीहरू त्यस शिक्षा अनुसार वा आफ्नो क्षेमता अनुसारको रोजगार समेत नपाउने स्थिति वर्तमान नेपालमा रहेका छ।उनीहरू २,३ विषयमा डिग्री पढेर खाडि मुलुकमा जानुपर्ने वा नेपालमा केही व्यक्तिको पावर लगाएर चाकडी बाज गरेर आफ्नो क्षमता भन्दा पनि कम स्तरको रोजगार वा जागिर गर्नुपर्ने देखिन्छ । नेपालमा काम शैक्षीक अवस्था भएका व्यक्तिहरूबाट देश सञ्चालन गर्ने नियम बनाउने ,कानुन निर्माण गर्ने देखि लिएर सम्पूर्ण जिम्मा रणनीति ढंग बाट आफ्नो हातमा लिएको पाईन्छ ।हालै नेपालको शिक्षाको स्थिति हेर्दा कैयौँ संसद ,वडा अध्यक्ष,लगायत निर्वाचित हरु भर्खर एस ई ई परीक्षा दिदै गरेका छन्।नेपाल देश सञ्चालन गर्न वा देशका जिम्मेवार व्यक्ति काम शैक्षीक अवस्था भएर होला शैक्षिक नियम उचित लागू गर्न नसक्दा प्रदेश नं २ को बारा लगायत आसपासका जिल्लामा प्रश्न पत्र परीक्षा अगावै निष्कासित (आउट) हुने जस्ता विकराल समस्या देखिन्छ र आम सर्वसाधारन जनताका छोरा छोरीको वा सर्वसाधारण विद्यार्थीको भबिस्य माथि खेलबाड भएको पाइन्छ।नेपालमा हाल रहेको यो शिक्षा को परिवर्तन गर्नु नै अबको सम्पूर्ण विद्यार्थी आन्दोलनको मुख्य विषय हुनु जरूर देखिन्छ।नेपालमा अब विश्व अगाडि बढे सँगै नेपालमा यस्तो शिक्षा हुनु पर्दछ जुन शिक्षाबाट नै देशले मुक्ति पाओस्,देश स्वाधीन बनोस्,प्रविधिमा अगाडि बढोस् ,प्राकृतिक श्रोतको उचित उपयोग गरी देशमै रोजगार सिर्जना होस्,।भारत लगायत अन्य बाह्य राष्ट्रबाट सीमा अतिक्रमण लगायत हस्तक्षेप कम गरियोस्।यो नै अबको शिक्षाको माग हो र विद्यार्थी आन्दोलनको मुख्य एजेण्डा नै यो बनोस्।

नेपालको शैक्षिक अवस्था र देशलाई हेर्न हो भने शिक्षा एकदम कमजोर ,सामाजिक समस्या बाट टाढा रहेको देखिन्छ। शिक्षा सम्बन्धी सरकारले उचित लगानी नगरी बेवास्ता गर्नु नै यसको मुख्य समस्या हो। नेपालमा शैक्षीक क्षेत्रमा कम लगानी गर्नु र शैक्षिक क्षेत्र व्यवस्था नगर्दा आज नेपाल विश्व बाट धेरै टाढा रहेको छ।देशको भौगोलिक अवस्था अनुसार शिक्षा प्रयाप्त नहुँदा अधिकांस ६ लाख बालबालिका शिक्षा बाट आज वञ्चित छन्।सरकारले शिक्षमा उचित नियम बनाउन नसक्नु र नेपालको लागि आवश्यक शिक्षा बनाउन नसक्दा बाह्रय देशले विभिन्न नाम राखी निजी खोल्ने र त्यहाँ उत्पादित दक्ष विद्यार्थी लाई बाहिर लाने गरेका छन्।यसरी बाह्रय देशले नेपालको शिक्षामा हस्तक्षेप गरेको छन। उत्पादित जनशक्ति बाहिरिंदा देशलाई धेरै घाटा भएको छ।अब सम्पूर्ण विद्यार्थी,शिक्षक, बुद्धिजीवी लागत शैक्षिक जनशक्तिले ,शीक्षामा परिवर्तनको माग राख्नु नै उचित हुन्छ। मेरो आफ्नै लेख यहाँ पनि राखिएको छु। सुबास महत अखिल (क्रान्तिकारी)