प्रयोगकर्ता वार्ता:२०नु

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

योगिनी एकादशी महत्व[सम्पादन गर्नुहोस्]

योगिनी एकादशी

असार महिनाको कृष्ण पक्षको एकादशी तिथीलाई योगिनी एकादशी भनिन्छ । यस दिन नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुका साथै पर्वको रुपमा मनाउने गर्दछन् ।

व्रत कथासम्पादन-२०नु प्रसाद न्यौपाने(20nupneu@gmail.com)

एक पटकको कुरा हो धर्मराज युधिष्ठिर भन्न लागे कि भगवान, मैले ज्येष्ठ शुक्ल एकादशीको व्रतको माहात्म्य सुनें । अब कृपया आषाढ कृष्ण एकादशीको कथा सुनाउनुहोस् । यसको नाम के हो ? माहात्म्य के हो? यो पनि बताउनुहोस् ।

श्रीकृष्ण भन्न लागे कि हे राजन! आषाढ कृष्ण एकादशीको नाम योगिनी एकादशी हो । यसको व्रतले समस्त पाप नष्ट भएर जान्छन् । यो यस लोकमा भोग र परलोकमा मुक्ति दिने एकादशी हो । यो तीनै लोकहरूमा प्रसिद्ध छ । म तिमीलाई पुराणहरूमा वर्णन गरिएको कथा भन्छु । ध्यानपूर्वक सुन ।[१]

स्वर्गधामको अलकापुरी नामक नगरमा कुवेर नामका एक राजा रहन्थे । उनी भगवान शिवका भक्त थिए र प्रतिदिन शिवको पूजा गर्ने गर्दथे । हेम नामको एक माली पूजनको लागि उनको यहाँ फूल ल्याउने गर्दथ्यो । हेमकी विशालाक्षी नामकी सुन्दर पत्नी थिइ । एक दिन उसले मानसरोवर बाट पुष्प त ल्यायो तर कामासक्त भएका कारण उ आफ्नी पत्नीसँग हास्य-विनोद तथा रमण गर्न लाग्यो ।

उता राजा उसको दोपहरसम्म बाटो हेर्दैरहे । अन्तमा राजा कुबेरले सेवकहरूलाई आज्ञा दिए कि तिमीहरू गएर माली न आउनाको कारण पत्ता लगाउ, किनकी उ अहिलेसम्म पुष्प लिएर आएन । सेवकहरूले भने- महाराज त्यो पापी अतिकामी छ, आफ्नी पत्नीको साथमा हास्य-विनोद र रमण गर्दैहोला । यो सुनेर कुबेरले क्रोधित भएर उसलाई बोलाए ।

हेम माली राजाको डरले काँप्दै ‍उपस्थित भयो । राजा कुबेरले क्रोधमा आएर भने- ‘अरे पापी! नीच! कामी! तँहिले मेरो परम पूजनीय ईश्वरहरूका ईश्वर श्री शिवजी महाराजको अनादर गरेको छस्, यसैले म तँलाई श्राप दिन्छु कि तँ स्त्रीको वियोग सहने छस् र मृत्युलोकमा गएर कोढी हुनेछस् ।’

कुबेरको श्रापले हेम मालीको स्वर्गबाट पतन भयो र त्यो त्यसौ क्षण पृथ्वीमा झर्यो । भूतलमा आउने बित्तिकै उसको शरीरमा श्वेत कोढ उत्पन्न भयो । उसकी स्त्री पनि उसै समय अंतर्ध्यान भई । मृत्युलोकमा आएर मालीले महान दु:ख भोग्यो, भयानक जंगलमा गएर बिना अन्न र जल भटक्दै रहयो । रात्रिमा निद्रा पनि लाग्दैनथ्यो, परंतु शिवजीको पूजाका प्रभावले उसलाई पहिलो जन्मको स्मृतिको ज्ञान अवश्य थियो । घुम्दा-घुम्दै एक दिन त्यो मार्कण्डेय ऋषिका आश्रममा पुग्यो, मार्कण्डेय ऋषि ब्रह्मा भन्दा पनि अधिक वृद्ध थिए र उनको आश्रम ब्रह्माकै सभा झैं लाग्दथ्यो । हेम माली वहाँ गएर उनको खुट्टामा पर्यो ।

उसलाई देखेर मारर्कण्डेय ऋषिले भने तिमीले यस्तो कुन पाप गरेका छौ, जसका प्रभावले तिम्रो यो हालत भयो । हेम मालीले सारा वृत्तान्त ‍सुनायो । यो सुनेर ऋषि बोले- निश्चित नै तँहिले मेरा सम्मुख सत्य वचन भनेको छस्, यसैले तेरा उद्धारको लागि म एक व्रत बताउँछु । यदि तँहिले आषाढ मासको कृष्ण पक्षको योगिनी नामक एकादशीको विधिपूर्वक व्रत गरिस् भने तेरा सबै पापहरू नष्ट भएर जानेछन् ।

यो सुनेर हेम मालीले अत्यन्त प्रसन्न भएर मुनिलाई साष्टांग प्रणाम गर्यो । मुनिले उसलाई स्नेहका साथ उठाए । हेम मालीले मुनिको कथनानुसार विधिपूर्वक योगिनी एकादशीको व्रत गर्यो । यस व्रतका प्रभावले आफ्नो पुरानो स्वरूपमा आएर त्यो आफ्नो स्त्रीको साथमा सुखपूर्वक रहन लाग्यो ।

भगवान कृष्णले भने- हे राजन! यो योगिनी एकादशीको व्रत ८८ हजार ब्राह्मणहरूलाई भोजन गराउनुको बराबर फल दिन्छ । यसको व्रत बाट समस्त पाप दूर भएर जान्छन् र अन्तमा स्वर्ग प्राप्त हुन्छ । हरे कृष्ण।। yogini Ekadashi

July Month Krishna party Ekadashi dates elf Ekadashi day. This Day in Nepal and India, as well as a variety of countries who are living in the Hindu favor applying safeguard fast and they celebrate the festival.

Story fastediting

On one occasion Dharmaraja Yudhisthira went on to say that God, my eldest Shukla Ekadashi Vrat listen to his authority. Now please expiry Krishna Ekadashi story. Its name? Upshot of this? Explain it. [1]

Krishna went on to say that, O king! Yogini Ekadashi is the name of expiry Krishna Ekadashi. The vratale end with all sin. It is in this realm of evil and the eschatological salvation Ekadashi. This is the famous three worlds. I will tell the story of puranaharuma described. Listen carefully. [1]

Alakapuri into heaven, called the city Snack named a King waited. He was Lord Shiva 's devotee, and did worship Shiva every day. Hem name used to bring flowers, they are a gardener for worship. Hemaki Vishalakshi beautiful wife named Hannah. One day he Mansarovar from the flower because it brought, but kamasakta he took his wife to persiflage and Raman.

Meanwhile, the king of his dopaharasamma herdairahe way. Finally, the king commanded his servants kuberale that you do not come for financial reasons to go find yourselves, because he did not have with flowers. Adding, King if he is atikami servants, with his wife and Raman gardaihola persiflage. He heard it called kuberale anger.

The king was present fear of Mali's searing hem. King kuberale anger come, adding, "Oh, sinner! You pervert! Kami! My most revered Shri Shiva, the king of gods tamhile disrespect a man's, so I will give you a curse that you bear her separation by her blood and death go leprosy. '

Kuber fall from heaven, and the curse of Ham tyasau moment gardener fell to earth. The ground floor of his body when they came to the white leprosy occurred. Well, even so when their wives vanished. Mali came to the grave great sorrow penalty, fearful desert without food and water bhatakdai m going. Night sleep did not believe, but Shiva was an eminent influence he must have knowledge of the first birth of memory. One day he was going through the sky to Markandey Rishi ashram reached, Markandey sage Brahma more than to grow old, and his ashram as brahmakai meeting. Mali hem of his feet had to go there.

If you saw him mararkandeya Bhandi What sin have this, you whose influence was the condition. Hem Mali, saying that the whole narrative. The hearing before the true word of sage bole definitely tamhile is my blood, so I have a fast thing for your salvation. If tamhile quarter of expiry of black elf named Ekadashi fast walk in the camp to destroy all your sins pass.

It is very pleasing to hear hem Mali run by prostration of below. Munile taken with affection for him. Elf states that the camp in Mali under the hem Ekadashi run fast. The influence of the fast came to his old image that was living happily with his wife. [1]

Lord Krishna, adding, O king! This elf Ekadashi fast 88 thousand Brahmins Most eat at the same fruit. The fast away from all sin, and finally get to heaven is through. Hare Krishna.

२०नु (कुरा गर्ने) ०६:१५, २३ जुन २०१७ (युटिसी(UTC))