प्रयोगकर्ता वार्ता:120.89.124.47

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कृपया सम्पादन कार्य सकिएको छैन । त्यसमा अझै संशोधन बांकी छ । 202.70.67.41 (कुरा गर्ने) ०८:०६, २ फेब्रुअरी २०१६ (युटिसी(UTC)) brgewali

चाणक्यको नाम र यस सम्बन्धी मत


कौटिलीय अर्थशास्त्रका रचनाकारको वास्तविक नाम, जन्म स्थान र जन्म मितिबारे विद्वान्हरूमा विवाद पाइन्छ । कसैले उनलाई पंजाबको चणक क्षेत्रमा जन्मेको मानेका छन् भने कसैले दक्षिणको ब्राह्मण कुलमा जन्मेको मान्दछन् । बौद्ध साहित्यले उनलाई तक्षशिला निवासी मानेको छ । उनको शिक्षा दीक्षा तक्षशिलामा भएको र पछि उनी त्यहीं अर्थशास्त्रका आचार्य भएकोले यो मत बढी मान्य पनि छ । (अमत्र्य सेन,अन इथिक्स एण्ड इकोनोमिक्स, (लन्दन ः अक्सफोर्ड यूनिवर्सिटी प्रेस, सन् २००१), पृ. ५) अर्थशास्त्र ग्रन्थका रचयितालाई कौटिल्य, कौटिल्य, विष्णुगुप्त, चाणक्य आदि अनेक नामले उल्लेख गरिएको पाइन्छ । तर अर्थशास्त्र ग्रन्थको तन्त्रयुक्ति अध्याय अनुसार रचनाकारको नाम विष्णुगुप्त हो । आप्टेको शब्दकोशमा कौटिल्य शब्दको प्रयोग गरिएको छ र यसको व्युत्पत्ति कुटिल शब्दबाट भएको उल्लेख गरेका छन् । (वामन शिवराम आप्टे, संस्कृत–हिन्दी कोश, (दिल्ली ः न्यू भारतीय बुक कर्पोरेशन, सन् २००९), पृ. ३०७) गणपति शास्त्रीका अनुसार इकारयुक्त कौटिल्य शब्द अशुद्ध हो र शुद्ध शब्द कौटल्यः हो । ( कौटलीयं अर्थशास्त्रम्, त. गणपति शास्त्री, (त्रिवेन्द्रम् ः गभर्नमेन्ट प्रेस, सन् १९२४), पृ. ४) कामन्दकका अनुसार कुटल वंशमा जन्म भएकोले उनको गोत्र नाम कौटल्य भएको हो । ( कौटिल्य इति गोत्र निबन्धा विष्णुगुप्तस्य संज्ञा, तथा विष्णुगुप्त इति सांस्कारिकसंज्ञा, चाणक्यः कौटिल्य इति द्वे जन्भूमिगोत्रनिबन्धने । (कौटिल्यको अर्थशँस्त्र, अनु. केशवराराज अर्याल सम्पा. पं. सोमनाथ शर्मा, (काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान,वि.सं.२०२४, प्राक्कथन पृ. ञ)

चाणक्य र कौटिलीय अर्थशास्त्र+

आचार्यको नामबाट चाणक्य नीति, अर्थशास्त्र, लघु अर्थसूत्र लगायतका ग्रन्थ पाइन्छन् । तर उनको विश्व प्रसिद्ध अर्थशास्त्र ग्रन्थबाट भएको छ । त्यस ग्रन्थको रचनाको पनि विशेष घटना बताइन्छ । आचार्यका जीवनीकारहरूका अनुसार, मगधका राजा नन्दको व्यवहारबाट सामान्य मानिसहरू अत्यन्त असन्तुष्ट थिए । नन्दबाट अपमानित भएका र नन्द वंश समाप्त पार्ने शपथ लिएका आचार्य विष्णुगुप्त चाणक्यले चन्द्रगुप्त मौर्यलाई शिष्य बनाई एउटा संगठन खडा गरे । आफूले यो महान कार्य गरेको उल्लेख उनले यसरी गरेका छन्– येन शास्त्रं च शस्त्रं च नन्द राजगता च भूः । अमर्षेणेद्धृत्यांन्याशु तेन शास्त्रमिदं कृतम् । (जसले असह्य भएर शस्त्र, शास्त्र, र नन्दको हातमा परेको भूमि उद्धार गर्यो, उही चाणक्य विष्णुगुप्तद्वारा यो शास्त्र रचना गरिएको हो ।) (कौटिल्यको अर्थशँस्त्र, अनु. केशवराराज अर्याल सम्पा. पं. सोमनाथ शर्मा, (काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान,वि.सं.२०२४, १५.१.१८० )

चन्द्रगुप्त मौर्य, कौटिल्य र सम्राट अशोक

चन्द्रगुप्त मौर्य राजा भएपछि एक विशाल र बलियो साम्राज्य मगधको स्थापना भयो ।( सत्यकेतु विद्यालंकार, अनु. विनोद प्रसाद धिताल, आचार्य विष्णुगुप्त चाणक्य, (काठमाडौ“ ः साझा प्रकाशन, वि.सं.२०५७), पृ. च ) जसको सीमा पूर्वमा आसामदेखि, पश्चिममा अफगानिस्तानसम्म र उत्तरमा कश्मीरदेखि दक्षिणमा कलिंग (वर्तमान तमिलनाडु) सम्म फैलिएको थियो । यस राज्य विस्तारलाई छोरा बिन्दुसार र इतिहास प्रसिद्ध मौर्य शासक र चन्द्रगुप्तका नाति सम्राट अशोकले निरन्तरता दिएका हुन् । तर अशोकका सन्तानहरुले यस राज्यलाई निरन्तरता दिन सकेनन् । उनीहरू विभाजित भए पछि यो विशाल साम्राज्य पनि विभाजित भयो । वि.पू. ३२१ मा स्थापना भएको यो विशाल साम्राज्य १८० वि.पू. लगातार तीन पुस्तासम्म निष्कण्टक विशाल साम्राज्यको रुपमा रहेको यो विशाल साम्राज्य कौटिलीय अर्थशास्त्रका नीतिहरूको जगमा स्थापित भएको थियो भन्नुमा अत्युक्ति हुने छैन । (रोमिला थापर, अशोका एन्ड द डिक्लाइन अफ् मौर्या इम्पायर, देल्ही ः अक्सफोर्ड युनिवर्सिटी प्रेस, सन् १९९७, पृ. ५६, ८०) आर एस त्रिपाठीले चन्द्रगुप्त मौर्य नेपालको तराईमा रहेको कुनै सानो गणराज्यको मुखियाको सन्तान रहेको विश्वास गर्दछन् । ( आर एस त्रिपाठी, हिस्ट्री अफ् एन्शेण्ट इण्डिया (बनारस ः मोतीलाल बनारसीदास, सन् १९७७), पृ. २७) चन्द्रगुप्त मौर्यको शासनलाई सुदृढ तुल्याउनका लागि राजनीति, अर्थ, सैन्य प्रशासन, न्याय प्रशासन आदिको ज्ञान दिलाउने ग्रन्थ अर्थशास्त्र लेखी आचार्यले भावी राजाको रूपमा चन्द्रगुप्तलाई प्रशिक्षित गरेका हुन् । त्यसैले कौटिल्यलाई पाश्चाŒय दार्शनिक एरिस्टोटलको समकक्षी मान्न सकिन्छ । जसले एलेक्जेन्डरलाई विश्व सम्राट बन्न शिक्षा दिएका थिए । कौटिल्यद्वारा दिइएको प्रशिक्षणको महŒव के कुरामा पनि छ भने चन्द्रगुप्तको बलियो साम्राज्य र सैनिक शक्तिले विश्वविजय गर्न निस्केको एलेक्जेन्डरको शक्तिशाली सेनाको प्रभाव नियन्त्रण गरी राज्य विस्तार रोक्न सफल भएको थियो । एलेक्जेन्डरको उत्तराधिकारी सेल्युकसलाई चन्द्रगुप्तले पराजित नगरेको भए भारतीय महाद्वीपको वर्तमान सांस्कृतिकस्वरुप आजको जस्तो हु“दैनथ्यो भन्ने इतिहासकारहरूको भनाई रहेको छ । तीव्र वैदेशिक आक्रमणहरूलाई सजिलै परास्त गर्नुमा उसको सुदृढ राज्यव्यवस्था नै थियो भन्ने कुरामा सबै इतिहासकारहरू एक मत छन् । भारत विजय गर्न नसकेका सेल्युकसले एलेक्जेन्डरका दूतको रुपमा मेगास्थनीजलाई चन्द्रगुप्त मौर्यको दरबार पाटलीपुत्र (वर्तमान पटना) मा राखेको थियो । मेगास्थनीजका वृत्तान्तहरूमा चन्द्रगुप्तका राज्यको वर्णन पाइन्छ । यसका अतिरिक्त एरियन र कोर्टियस जस्ता विद्वान्हरूले पनि हिन्दु राजनैतिक व्यवस्थाहरूको वर्णन गरेका छन् ।

कूटनीतिक योगदान

मंगोलियाको सम्राट चङ्गेज खा“ले मंगोलियन संस्कृतिलाई यूरोपको संस्कृतिस“ग जोड्न योगदान गरेका थिए भने चन्द्रगुप्तले गंगाजमुनाका मैदानको वैदिक सभ्यतालाई सिन्धुघाटीको सभ्यतास“ग जोडेर विशेष सामाजिक सांस्कृतिक योगदान गरेका छन् । ( एल आर स्मिथ, अर्थशास्त्र एन्ड हिन्दु इक्विलिब्रियम, इकोनोमिक्स इन् अर्थशास्त्र, आर के सेन एन्ड आर एल बसु, (न्यु देल्ही ः दीप एन्ड दीप, सन् २००६), पृ. ६५ ।) यसरी गान्धारसम्म फैलिएको ग्रीक साम्राज्यस“ग सम्बन्ध राख्ने पहिलो कूटनीतिज्ञ कौटिल्य थिए भन्नेमा कुनै अत्युक्ति छैन ।/http//www.yumpu.com.economcisofkautilyasuhukraandbrihaspati/


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्