प्रयोगकर्ता वार्ता:182.50.66.254
विषय थप्नुहोस्अशक्त, अपाङ्ग र दिृष्टविहीन दाम्पतीको पिडा कमलेश ठाकुर नयाँ पाइला अपाङ्ग एक मानवीय अवस्था हो । यो शारिरिक भन्दा पनि सामाजिक रुपमा देखापरेको पाइन्छ । अशक्त, अपाङ्ग र दिृष्टविहीनको कुरा गर्दा प्राय व्यक्ति घृणाले हेर्ने गर्छ भन्दा अस्वभाविक हुँदैन । यसो हुनुको मुल कारण अपाङ्ग भएका व्यक्तिहरुमा अन्तर्निहित क्षमतालाई समाजले नबुझनु र त्यस्ता क्षमताहरुको प्रस्फुटनको अवसर नमिलनु हो । अपाङ्गको प्रकृति अनुसार कहिलेकाँही बिशिष्ट व्यवस्था गर्नुपर्ने हुन्छ । तर, सामान्यत बिद्यमान संरचना भित्रै केही सुधार वा परिमार्जन गरेर अपाङ्ग मैत्री वातावरण सृजना गर्न सकिन्छ । व्यक्तिको अवस्था, संभावना र क्षमताको स्पष्ट पहिचान भएसँगै जीवन निर्वाह, व्यक्तित्व तथा बृति विकासका ठोस कार्यक्रमहरु संचालन गरी सम्मानित जीवन बाँच्न सक्ने अधार तयार पार्न सकिन्छ ।
अपाङ्गहरुको कति पिडा छन् । कति समस्या छन् । कति सरकारले समाधान गर्छन, कति जनप्रतिनीधिले । कति अपाङ्गहरु आँफै समाघान गर्छन । अरुले जे गरे पनि अपाङ्गहरु प्राय समस्याहरुको बीचमा जीवन निर्वाह गरेका हुन्छन् । यस्तै बेथा छन मकवानपुर गढीं गाँउपालिका आँपटारमा रहेको ६० वर्षे बिर बहादुर लामा र उनकी श्रीमती ५५ वर्षीय साईली लामाकी । ती श्रीमान श्रीमती को जोडी वर्षौ देखी अशक्त, अपाङ्ग र दिृष्टविहीन छन्न । उनीहरु बैबाहिक जीवनमा बाँधिएको ४१ वर्ष भए तापनि निसन्तान छन् । बिर बहादुर अशक्त र दिृष्टविहीन छन् । उनकी श्रीमती अशक्त र जन्मै देखी शारिरको मुख्य अंङ दुइटै खुट्टा अपाङ्ग छ । ती असक्त, अपाङ्ग र दिृष्टविहीनको लागि चैत्र महिनामा नयाँ पाइला नाम गरेको संस्थाले खाद्ययान्न र राहत वितरणको लागि मकवानपुर गढीं गाउँपालिका स्थित रहेको ती दाम्पतीय अपाङ्गको घर पुगेको थियो । घर के भन्नु सानो झुप्रो । नयाँ पाइलामा म पनि एक सद्स्य भएको हुनाले ति खाद्ययान्न र राहत वीतरण कार्यक्रममा उत्साहको साथ समाबेश भएको थिए । तर, आँपटारको माथिल्लो डाडाको टुप्पामा जीवन निर्वाह गरिरहेको ती अपाङ्ग दाम्पतीय जोडीहरुको अवस्था देख्दा निरास भएर फर्कनु प¥यो । म अहिले पनि ती बाटो समझदा मेरो शरिरको सम्पुर्ण अंङ काप्न थाल्छ । ती अपाङ्ग दाम्पतीय जोडीहरु कसरी ती माथिल्लो डाडामा आफ्नो जीवन निर्वाह गरिरहेको होला ? भन्ने प्रश्न मेरो मनमा अहिले सम्म खेलिरहेको छ ।
दुबै जना अपाङ्ग भएपछी उनीहरुको जीवन कसरी चलिरहेको होला ? भने प्रश्न सबैको मनमा उठनु स्वभाविक हो । तर, ती प्रश्न सबैको मनमा उठे तापनि अहिले सम्म ती प्रश्न प्रभावकारी हुन सकेको छैन । साइली लामा नयाँ पाइलाको टोलीसँग गुनासो गर्दै भन्छिन सरकार म भन्दा पनि बढी पीडामा भएको हुनुपर्छ । त्यही भएर मेरो र श्रीमनको बृद्धा भत्ता, अपाङ्ग कार्ड अहिले सम्म बनेको छैन । उनी भन्छिन आफ्न्त र नातागोताको मान्छे सहयोग गर्नुको साटो डाह, घृणा र हेप्ने गर्छन । चिसोमा मेरो श्रीमान लाई हडडी दुख्ने रोग लागेको छ । मलाई दमको रोग छ । दिन धेरै पीडामा बितेको छ । गतवर्ष बिरामी परेर जसोतसो गरेर एक स्वास्थ्य केन्द्र पुग्यो । स्वास्थ्य केन्द्रले भन्यो ठुलो अस्पताल जाउ । ठुलो अस्पतालमा जान, उपचार गर्ने पैसा भए पो अस्पताल जानु ।
आरोह अनि अबरोहभित्र गुम्सिएको जीवनको भोगाइहरु सबैको आफ्ना आफ्नै नै हुन्छ । समय त्यो छाल हो जस्ले जीवनको कुनै पनि मोडहरुमा हुरी बतास ल्याई जीवन तहस नहस र अन्धकार बनाउन सक्छ । याहाँ सबैको आफ्नै कथा छन्, आफ्नै बेथा छन्, । बस अर्काको दुःखको कहानी सुन्ने कसैलाई फुर्सद छैन् । फरक यत्ति नै छ यहाँ कोही बितेको जीवनभित्रको दुःखमा पिल्सिएका छन्न । कोही माया गरेर मायाको त्यो पलभित्र पिल्सिएका छन् । तर, चोट जस्तो भए पनि दुखाई सबैको प्राय एउटै हुने गर्छ । किनकि सबै चोटहरु यो मुटुभित्र लाग्छ । सारै कमजोर अनी सारै निर्दय पनि यो मुटु रहेछ । अनी सबैभन्दा बढी दुखाइ पनि यसलाई नै पर्ने गर्छ । सपना अनी रहर सबैको जीवनमा हुन्छ । किनकि बिना सपनाको मानिसबिना आँखा नभए जस्तै हुन्छ रे । तर, सुखको सपना देख्दा देख्दै जीवनका खुशीहरु कसरी आँफुबाट हर समय टढा भएको हुन्छन, आँफूलाई नै थाहा हुदैन ।
भनिन्छ, अपाङ्गहरु जती दुखी भए पनि सधै खुशी हुन्छन रे । खोइ कसरी हो त्यो त मलाई पनि धेरै बयान गर्न आउदैन । तर, बुझदै जाँदा थाह पाए, किनकि अपाङ्गका कोही साथी हुदैनन । माया गर्ने मायालु हुदैनन अनि अपाङ्गको ठुलो बन्ने सपना हुदैनन रे । अनि सुखको कल्पना पनि गर्दैनन रे ।
यस वार्ता पृष्ठमा स्वागत छ
वार्ता पृष्ठहरूमा मानिसहरूले कसरी विकिपिडियामा सामग्री बनाउन सकिन्छ भन्ने कुराको बारेमा छलफल गर्छन्। यस आईपी ठेगानाबाट गरिएका सम्पादनहरूको बारेमा छलफल सुरु गर्न यो पृष्ठ प्रयोग गर्नुहोस्। तपाईंले यहाँ के भन्नुहुन्छ अरूले हेर्नको लागि सार्वजनिक हुनेछ। धेरै आईपी ठेगानाहरू आवधिक रूपमा परिवर्तन हुन्छन्, र प्रायः धेरै व्यक्तिहरूद्वारा साझेदारी गरिन्छ।
यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।
यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्