प्रयोगकर्ता वार्ता:89.211.86.161
विषय थप्नुहोस्मकरमेला हर्न मुलुक भित्रका मात्र नभै विभिन्न हिन्दु धर्मालम्वी लगायत भारतका हिन्दु धमालम्वीहरु यहा आउने गर्दछन । प्रत्येक बाह्र वर्षमा मकर संक्रान्तिमा पनौतीमा मकर मेला लाग्छ । यस मकर मेला यस अघि २०५४ सालको माध महिनामा भएको थियो । माघ महिनाभरि लाग्ने यो मेलामा नेपालभित्रका भक्तजनहरू मात्र नआई भारत उत्तर प्रयागबाट समेत तीर्थालुहरू आउँछन् । मेलाको प्रमुख स्थान त्रिवेणीघाट क्षेत्र तथा गोरखानाथ र इनद्रेश्वर मन्दीर हो । त्रिवेणीमा नुहाई त्यहाँको जल उत्तरपट्ट कुञ्जगिरी पर्वतमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धारणा भक्तजनहरूको पाइन्छ । राजा प्रताप मल्लले वि।सं। १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्दा पनौती त्रिवेणीघाटको पनि जल ल्याई राखेको कुरा यहाँस्थित शिलालेखमा उल्लेख छ । पापीको रूपमा कहलिएका विरुपाक्षलाई ुने मुनिलेु पनौतीमा स्नान गर्न जानु भनेको ुपटनु भन्ने ठ्यासफूमा उल्लेख छ । त्रिवेणी भन्नाले तीन नदीको संगमस्थल भन्ने बुझिन्छ । भारतको प्रयागमा गंगा र यमुनाको संगममा गुप्तरूपले सरस्वती मिसिन आएझैं रूद्रावती ९रोशी० र लिलावती ९पुण्य० नदी बाहेक गुप्त रूपमा ब्रम्हायणी मन्दिरको तलबाट दूध बग्ने पद्मावती नदी बगेकी छन् । त्रिवेणी संगममा जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप गरिन्छ । यसका साथै हरेक वर्ष माघ महिनामा साँखु र भक्तपुरका माधवनारायण देवता त्रिवेणीमा ल्याई दुई दिनसम्म राखिन्छ । मकर मेला चिरकालदेखि चलिआएको मेला हो । स्कन्दपुराणअन्तर्गत हिमवत खण्ड ९नेपाल महात्म्य० मा वर्णन गरिएको छ- परापूर्वकालमा श्रृष्टिकर्ता परब्रम्हाले ुअहिल्याु नाम गरेकी सुन्दरी सिर्जना गरी सुरक्षित राख्नका लागि दश इन्द्रीयहरू बसमा राख्न सक्ने गौतम ऋषिलाई नासोका रूपमा सुम्पेका थिए । यो कुरा ब्रम्हा र ऋषिमा मात्र सीमित थियो । देवराज इन्द्र सुन्दरी अहिल्याको रूपबाट मोहित भई कामातुर भएर गौतम ऋषिको भेषमा गई अहिल्याको सतीत्व हरण गरे । यो कुरा स्नान गरी फर्केका गौतम ऋषिले थाहा पाई रिसले चुर भई सतीत्व हरण गर्ने देवराज इन्द्रलाई ुजुन वस्तुमा बढी लालसा राख्यो, त्यही वस्तु शरीरमा उत्पन्न होस् भनी श्राप दिए ।ु नभन्दै हजारौं योनीहरू पाप चिह्नका रूपमा शरीरमा देखापरे, पत्नी अहिल्या पत्थरझंै विवेकरहित भएकाले शिला हुने श्राप दिए । त्रेतायुगमा मर्यादा पुरुष रामचन्द्रको जन्म हुने र उनकै पाउ स्पर्श पश्चात् अहिल्याको श्राप मोचन हुने भयो । श्री इन्द्रेश्वर मन्दिरको उत्तरपूर्व कुनामा अवस्थित शिलालाई अहिल्या मानिएको छ । काठमाडौंको काष्ठमण्डपपछि पुरानो कला कौशलयुक्त मन्दिरको रूपमा यो गनिएकोछ । शरीरभरि योनी भएका देवराज इन्द्र पनौतीमा आई १२ वर्षसम्म श्री महादेवको भक्ति गरी पापमुक्त भएकाले सोही बेलादेखि मकर मेला निरन्तर रूपमा चल्दै आएको जनविश्वास छ । त्यस्तै अर्को धारणा पनि जनमानसमा प्रचलित छ । पाटन र पनौतीको पहिलेदेखि सम्बन्ध बिग्रेको इतिहास छ । लामो समयसम्म वर्षा नभई खडेरी र ठूलो अनिकाल भएपछि पनौती र पाटनका तान्त्रिकहरू दिनहुँ फूलचोकी माईकहाँ गई पूजा पाठ गर्थे र पानी माग्थे । यो ठाउँ पनौतीबाट पश्चिम र पाटनबाट दक्षिणपूर्व पर्छ । यी दुई क्षेत्रबीच पानी लाने कुरामा होडबाजी चलेको थियो । एक दिन फूलचोकी माई प्रशन्न भई जसले पहिला सुन र चाँदीको फूल चढाउन ल्याउँछ त्यसलाई वरदान दिने कुरा बताउनुभएछ । यसबाट पनौतीका तान्त्रिकहरू चिन्तित अनुहार लिई घर फर्के भने पाटनकाले खुसी हुँदै सुन र चाँदीको फूल बनाउन कालीगढलाई अह्राए । पनौतीका तान्त्रिकले आफ्नो ठाउँमा जान्ने कालीगढ नभएको कुरा बताई तोरी र मुलाको फूल ९सुन र चाँदीको जस्तो देखिने० चढाए । सुन चाँदीको निम्ति प्रख्यात पाटनलाई भन्दा तोरी, मुला र साग खेती गर्ने पनौतीलाई नै पानी चाहिने फूलचोकी माईले सोची खुसी भई पनौतीतिर पानी पठाइदिइन् । पाटनका तान्त्रिकले ६ वर्ष लगाएर सुन र चाँदीको फूल ल्याई चढाए र आफूलाई पनि बरदान मिल्नुपर्ने कुरा बताएपछि फूलचोकी माईले मूलको आधा पानी गोदावरीतिर पठाइदिइन् । जुन गोदावरी खोलाको नामले प्रख्यात छ । यी दुवै खोलामा ६-६ वर्षको अन्तरमा गोदावरीमा श्रावण महिनाभर १२ वर्षे मकर मेला र माघ महिनामा पनौती त्रिवेणीघाटमा १२ वर्षे मकर मेला लाग्छ । र कालान्तरमा यो दुवै खोलामा छ छ वषको फरकमा मकर मेला लान् गरेको छ ।
यस वार्ता पृष्ठमा स्वागत छ
वार्ता पृष्ठहरूमा मानिसहरूले कसरी विकिपिडियामा सामग्री बनाउन सकिन्छ भन्ने कुराको बारेमा छलफल गर्छन्। यस आईपी ठेगानाबाट गरिएका सम्पादनहरूको बारेमा छलफल सुरु गर्न यो पृष्ठ प्रयोग गर्नुहोस्। तपाईंले यहाँ के भन्नुहुन्छ अरूले हेर्नको लागि सार्वजनिक हुनेछ। धेरै आईपी ठेगानाहरू आवधिक रूपमा परिवर्तन हुन्छन्, र प्रायः धेरै व्यक्तिहरूद्वारा साझेदारी गरिन्छ।
यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।
यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्