प्रयोगकर्ता वार्ता:Bhumisaugden

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृष्ठभूमिः

नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृतिका लागि एक सम्पन्न राष्ट्रको रूपमा विश्व माझ परिचित छ । नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने विभिन्न आदिमूलवासी जातिहरू मध्ये याक्थुङबा लिम्बू पनि एक हो । याक्थुङबा लिम्बू जातिको मौलिक संस्कार, संस्कृतिको संरक्षण, सम्बद्र्धन एवं विकासका लागि यस जातिले अक्षुण्ण रूपमा अनुसरण गरिल्याएका सनातनी (परापूर्वकालदेखि मानिल्याएका धर्म), संस्कृति र संस्कारहरू नै समग्रमा युमा धर्म हो । युमा धर्म मान्ने सम्पूर्ण याक्थुङ लिम्बूहरूको धर्म दर्शन अहिलेसम्म मौखिक परम्परा (यचब ितचबमष्तष्यल) मा आधारित साम्जिक मुन्धुम (आध्यात्मिक मुन्धुम) हो ।

साम्जिक मुन्धुमको शुरुवातमा नावा चइःत मुन्धुम (सृष्टि मुन्धुम) ताधक्मा (गायन) गरिन्छ । सृष्टि मुन्धुममा सम्पूर्ण ब्रम्हाण्ड, ग्रह, नक्षत्र, जूनघाम, तारामण्डल, अन्तरिक्ष, ईश्वर, देवीदेवता, भूतप्रेत, सोघा, सेसेन्तरदेखि पृथ्वी, पहाडपर्वत, डाँडाकाँडा, खोलानाला, नदीसमूद्र, वनस्पति, जीवजन्तु, चराचुरुङगी, किटपतंग र मानिस आदिको सृष्टि भएका वर्णनहरू समावेश छन् । उहिल्यैदेखि अविच्छिन्न रूपमा गाउँदैल्याइएको नावा चइःत मुन्धुममा वर्णन भए अनुसार डाँडाकाँडा, पहाडपर्वतहरुका नामहरू आजसम्म पनि जस्ताका तस्तै पुकार्ने गरिन्छन् । यहाँनेर मुन्धुममा उल्लेख हुने र हिजोआज खस भाषाबाट समेत चिनिने केही नामहरू यसप्रकार दिइएका छन् । जस्तै–ंफक्ताङलुङ (कुम्भकर्ण), सेसेलुङ (कन्चनजंघा), सेवालुङ (मानाभरा), सिदिङ कोक्मा (सिदिङबा डाँडा), मेन्छ्यायेम कोक्मा, (मेन्छ्यायेम डाँडा), इम्बिरी याङ्धाङवा (तमोर नदी) आदि । त्यसरी नै फेदाङमा, साम्बा, येबा–येमाहरू (पेगि फाङसाम)द्वारा मौलिक मुन्धुम ताधक्मा (विधिपूर्वक गायन) गर्दा प्रसङ्गवश पाथिभरा स्थापित सिङ्गो पहाडको प्राचिन नाम सेमुक्तु मुक्ति कोक्मा भनी पुकारिने गरिन्छ ।

याक्थुङ जातिले अनादिकालदेखि अभ्यास गरेको आध्यात्मिक ज्ञान साम्जिक मुन्म्धुम, त्यसबाट निर्देशित धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, आस्था, विश्वास, मूल्य–मान्यताहरू याक्थुङ जातिसँग सम्बन्धित अमूल्य सम्पदाहरू हुन् । याक्थुङ जातिका धार्मिक पुजारीपुरोहितहरू पेगिफाङसाम (फेदाङमा, साम्बा, येबा÷येमा, सिङसाङगे फेरेङगे, युमासामहरू) आदिले अविच्छिन्न रूपमा गाउँदै सिकाउँदै पुस्ता हस्तान्तरण गरेको साम्जिक मुन्धुममा वर्णन गरिएका डाँडापाखा, खोलानाला, पहाडपर्वतहरूका नामहरू आजपर्यन्त जस्ताको त्यस्तै पुकार्ने गरिन्छ ।

सर्वप्रथम फक्ताङलुङ पेम्बेनलुङ पर्वत (कुम्भकर्ण) मा युमा माङको अवतरण भएपछि वहाँले विभिन्न स्थानहरूको भ्रमण गर्नुभयो । फक्ताङलुङ पेम्बेनलुङ पर्वतमा युमा माङको अवतरण भएपछि त्यहाँदेखि क्रमशः इसाङलुङ (फालेलुङ), केहुक्सो काङवामा, पोरोक्लुङ यभत्लुङ फावामा हुँदै सेमुक्तु मुक्ति कोक्मामा आवागमन भएको वर्णन मौलिक याक्थुङ मुन्धुमहरूमा पाइन्छ । युमा (इष्टदेवी, आराध्यदेवी) ले भ्रमण गरेका, खेलेका डुलेका स्थानहरू मध्ये तेस्रो महत्वपूर्ण स्थानका रूपमा सेमुक्तु मुक्ति कोक्मालाई मानिन्छ ।