सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Dshahwiki68

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: ९ महिना पहिले Dshahwiki68द्वारा विषय मनकामना माता संवन्धि तथ्य र जनश्रूतिहरूमा

विकिपिडियामा स्वागत छ!

[सम्पादन गर्नुहोस्]
नमस्ते, Dshahwiki68ज्यू
हालसम्म नेपाली विकिपिडियामा २९,८९३ लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्नुहोस्) ०१:३१, १९ मार्च २०२५ (नेपाली समय)जवाफ

मनकामना माता संवन्धि तथ्य र जनश्रूतिहरू

[सम्पादन गर्नुहोस्]

१२औ सताब्दीको अन्ततीर हाल भारतको उत्तराखण्ड राज्यको कुमाऊबाट राज्य बिस्तारको क्रममा  गडवालमा आएका  सुर्यबंसी राजा विनय पालका बंसज एवं  भुजंगदेबका सन्तति, कश्यप गोत्रिय  शिबराज शाह, आफ्नोराज्यकालमा गडवाल राज्यबिस्तारको क्रममा बि.सं १४९० सालमा अर्घासम्म आई  तत्कालिन राजा “जिल्ल हराई” लाईकब्जागरी तहि राज्य गरिबस्न थालेका थिए । अर्घा राज्य  अनेकौ देब देबिको पबित्र भुमि, कृषिको लागि उपयुक्त क्षेत्र, हिमाल-तराई को मध्ये भाग र बुद्ध जन्मभुमि लुम्बिनिको नजिकको भुमि एबं सामरिकदृष्टिले पनि महत्वपुर्ण थियो ।त्यसैताका उत्तरमा सिन्जा प्रान्त तथा दक्षिण-पश्चिममा  चितौर एबं गरवाल, पुर्वमा नेपाल एबं कास्कि राज्य सक्रिय थिए ।  तत्कालिन अर्घा राज्य गडवालबाट आएका सेनाबाट स्तापित राज्य भएकोले सामरिक र युद्ध कलाको दृष्टिले सबभन्दा मजबुत थियो । सो को प्रभाब र घमण्ड अर्घा दरबार र परिबारमा पनि थियो ।  शिबराज शाहको देहबसान पछि उनका  छोरा मेघासीराज शाह अर्घाका राजा भए । उनका ३ भाई छोरा भएकोले बुबाको मृत्यु पछि अर्घामा कस्ले राज्य गर्ने भन्नेसंबन्धमा बिबाद भएकोले  आफु धार्मिक मानिस समेत भएकोले मेघासी राजले  आफु ज्युंदो हुंदै राज्य त्यागि जेठा छोरा जयन्तराज शाहलाई अर्घा राज्यको राजा बनाई बि सं १४९२ मा  माहिलो छोरा खड्गराज शाहलाई धुर्कोट र कान्छा छोरा विरेन्द्रराज शाहलाई खांची राज्यको जिम्मेवारी दिई आफु चुत्रबेसीमा गई तपस्या गरी समाधिस्त भएका थिए । त्यसैले यो अर्घा, खांची र धुर्कोटलाई विकिपेडिया बिश्वशब्दकोषले “ Three Meghasi Kingdom” भनि उल्लेख गरेको छ । उनै मेघासी राजका सातौ सन्तान ध्वजनसिंह शाह बिसं १६६० तिर अर्घाका  राजा भएका थिए  ।

ध्वजन सिंह शाहका  छोरी, राजकुमारी लिलावती देवत्व गुण भएकी थिइन् । उनि  अभिध्येय लिई ब्रह्रमाचारीणि बनेर आजिबन बिबाह नगर्ने भनि देब-देबिको पुजा आराधनामा रहने गर्थिन । तर पछि बुबाले गोर्खाका तत्कालिन राजा राम शाहसंग बिबाह गराई  गोर्खा पठाउने निर्णय गरे । आफ्नो बिबाह नगरि बस्ने इच्छाबिपरित जबरजस्ति बिबाह गराउने निर्णयमा उनी असहमत थिइन् तर राजाको निर्णयको अगाडी कसैकोकेही नलाग्ने भए पछि उनको बिबाह जबर्जस्ति गोर्खाका राजा राम शाहसंग भयो र अर्घाबाट मानिसहरु डोला छाड्न गोर्खा गएका थिए ।  उनको डोला छाड्न गएका डोलेहरु गोर्खा दरबार पु-याई  फर्कने बेलामा बिदा माग्न जांदा लिलावति रानिले “आंखा चिम्लि पछिल्तिर फर्कि  “ के बिदा माग्छौ तिमिहरु ?, मलाई नै बिदा गरि पठायौं, यो कुरा मलाई मन परेको छैन, अबदेखि मलाई कुनै माइतिले  भेट्न  नआउनु , आएमा कुभलो होला “ भन्ने आदेश दिई  डोलेहरुलाई घर फर्काइन  भन्ने भनाई छ ।

राजा राम शाहको मृत्यु पश्चात तत्कालिन धर्म संस्कार अनुसार सती जानु पर्ने भयो ।  गोर्खादरबारका मुल पुजारी  एबं उनका भक्त सिद्ध लखन थापालाई उनको दैवि सक्ति र चरित्र बारे  सबै थाहा थियो ।  सति जाने बेलामा सिद्ध लखन थापाले हजुर भगबान हुनु हुन्छ , सति नजानुस्, जान पर्देन , हाम्रो रक्षा गरीबस्न पर्छ भनि अनुरोध गर्दा सति-चितामा बसी आफ्ना सिद्धभक्त  लखन थापालाई “तिमि पीर नगर्नु म काफेकमा अर्को रुपमा आउने छु, मेरो ब्यबस्था गर्नु “ भनि सति गइन् । त्यसको केही समय पछि काफेकमा  एक जना किसानले हलो जोत्दा बारीमा फालि अड्किई हेर्दा ढुंगामा फालि अड्किएको र एकछेउंबाट दुध जस्तो पदार्थ देखिएकोले सबै गाउले भेला जम्मा गरि देखाए । सो कुरा केही दिनमा गोर्खा दरबारसम्म पुगि सिद्ध लखन समेतले थाहा पाए ।  रानी लिलावतीबारे सबै कुराको जानाकार गोर्खा दरबारका सिद्धभक्त लखन थापामगरले रानी लिलावति साक्षात देबि भगवति थिइन् र हुन्  । यो ढुंगा उनैको रुप हो भन्ने कुरा स्थापित गरी सो स्थान गोर्खाको  काफेकमा  मनकामना देबिको नाममा मन्दिर स्थापना गरी पुजा आराधना गर्न शुरु गरे ।

मनकामना मन्दिर नेपाल मात्र नभएर भारतमा समेत प्रसिद्ध छ । माता मनकामनाको दर्शन गरे आफ्नो मनोकामना पुरा हुने , नबनेका अपुरो कामहरु पुरा हुने जन बिश्वास छ । त्यसैले कतिपय मानिसहरु कुनै काम शुरु गर्दा माता मनकामनालाई संझने प्रचलन छ । सोहि जनश्रुति अनुसार हाल सम्म पनि अर्घाराज्यका तत्कालिन  राजा मेघासिराज शाहका  सन्तान पछि अर्घा, खांचि र धुर्कोटराज्यमा बिभाजन भएर शासन गरेकाहरु , मनकामना देबिको मन्दिर दर्सन गर्न नजाने प्रचलन छ । पहिले पहिले  अन्जानमा मन्दिरमा गएका तत्कालिन अर्घाराज्यका राजा मेघासीराजका सन्तानहरुमा शारिरिक एबं आर्थिक क्षति भएका कयौ घटनाहरु छन् ।  खांचिका राजपुत्रि लिलादेबि र मनकामना भगबतिको बारे गोर्खा र आसपासमा हालसम्म पनि अनेकौ किंबदन्तिहरु सुन्न पाइन्छ । मनकामना मन्दिरका हालका पुजारी सिद्ध लखन थापाका सन्तान एबं बंसज हुन् । हालसम्म पनि थापामगरहरु नै सो मन्दिरका पुजारी हुने चलन छ । देबि मनकामना माताका बुबा राजा ध्वजन शाहले छोरीको संझनामा खांचिमा पनि सुपादेउराली भगबतिको मन्दिर स्थापना गरेको इतिहांसमा उल्लेख छ । सुपादेउरालि भगवति मन्दिर धार्मिक एबं पर्यटकिय हिसाबले सो क्षेत्र कै ज्यादै प्रसिद्ध मन्दिर हो । Dshahwiki68 (कुरा गर्नुहोस्) १९:०२, १९ मार्च २०२५ (नेपाली समय)जवाफ