सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Guru.Nepal

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फाँडो नेपालको पुर्वि पहाडको एउटा स्थानिय पुर्व तयारी तरकारी हो । यो मासलाई पखालेर, घाममा सुकाएर, भुटेर जाँतो वा घट्टामा पिनेर पिठो बनाईन्छ जुन पिठोलाई आबस्यक्ता अनुसारको मात्रामा तातो पानि वा भातको माँड लगायतमा घोलिन्छ र नुन र बयारको धुलो या तोरिको गुन्द्रुक मिसाएर वा तेतिकै पनि तरकारी सुपको रुपमा खाइन्छ । घर गाउबाट गोठमा इक्लै भएको बेला थोरै परिवारको लागि तरकारिको सजिलो तरिका हो यो । यसको अनिबवार्य प्रयोग भनेको नुन र खाद्यसामाग्री ढाकरमा बोक्ने ढाक्रेहरुले गर्छन् । स्वास्थ र संग्रहको हिसावले सजिलो मानिने यो सार्है किफायति तरकारी हो । सामान्य कपढामा पोकोपारेर बोक्न मिल्छ २-३ तिन महिना सम्म प्रयोग गर्न सकिन्छ । रुघा लागेको बेला यसको सुपले स्वास्थ्यालाई राम्रो गर्छ भन्ने स्थानिय कहावत छ।