प्रयोगकर्ता वार्ता:Ishwordkl
विषय थप्नुहोस्सौरपानी, गोरखा
[सम्पादन गर्नुहोस्]सौरपानी गाबिसको संक्षिप्त चिनारी परिचय । गोरखा जिल्लाको सदरमुकाम पोखरी थोक बाट उत्तर तर्फ करिव ३५ किलोमिटरको दुरीमा यो गाबिस पर्ने गर्दछ । उत्तरमा सिम्जुङ्ग, घ्याच्चोक र बारपाक, पूर्वमा स्वारा, दक्षिणमा ताकुकोट, दक्षिण पश्चिममा ताकुमाझ लाँकुरीबोट र उत्तर पश्चिममा मुच्चेक गा बि ससँग जोडिएको छ सौरपानी गाबिस ।
धार्मिक, पर्यटकीय र शैक्षिक थलोको रुपमा परिचित छ सौरपानी । त्यस्तै उत्तरबाट दक्षिण पश्चिम मोहडा परेको यो गाबिस आसपासका गाबिसको तुलनामा धेरै अन्य उत्पादन हुने ठाउँको रुपमा निकै अघि देखी परिचित छ ।
शिक्षाको हिसावले यो ठाउँ अन्य छिमेकी गाबिसहरु भन्दा निकै आगाडी छ । यस ठाउँमा २०१७ सालबाटनै बिद्यालय स्थापना गरेर पठनपाठक सुरु गरिएको पाईन्छ । २०१७ सालमा स्थापना भएको श्री हिमालय स्क’ल हाल उच्च मा बिको रुपमा सोही स्थिानमा छ ।
जातीगत बनोट ।
सौरपानी गाबिसमा बसोबास गर्ने मुख्य जातिहरुमा क्षत्री, ब्राह्मण, गुरुङ, तामाङ, मगर, परियार, विश्वकर्मा, नेपाली, बारम लगायत पर्दछन् । जे जति जाजजातिहरु रहे पनि एक आपसमा घनिष्ट सम्बन्ध राखि सहयोगको वातावरणमा मिलेर बसेको पाईन्छ । संकलक : ईश्वर ढकाल