प्रयोगकर्ता वार्ता:Krishna Kumar Saiju

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

झाडापखाला, लक्षण र रोकथाम[सम्पादन गर्नुहोस्]

झाडापखाला, लक्षण र रोकथाम

अन्य सरूवा रोग जस्तै झापखाला पनि एक बिनासकारी सरूवा रोग हो। झाडापखाला सामान्यतया गर्मी मौसममा फैलने रोग हो ।दैनिक ३/४ पटक वा त्यसभन्दा बढी पानीजस्तो पातलो दिसा लाग्नु नै झाडापखाला हो । हाम्रो नांगो आँखाले देख्न नसकिने जीवाणुबाट खाना र पानी संक्रमित हुन्छ त्यो खाना, पानी हाम्रो फोहोर हातको माध्यमबाट निरोगी मानिसमा सर्छ । झाडापखाला विषाणु, जीवाणु र परजीवीका कारणबाट लाग्छ । भाइरसभन्दा ब्याक्टेरिया र ब्याक्टेरियाभन्दा परजीवीबाट हुने झाडापखाला लामो समयसम्म रहने र उपयुक्त औषधि प्रयोग नगरे बेहोस हुने हुन्छ । झाडापखालाको धेरै समयसम्म उपचार नगरे मृत्युसमेत हुन्छ । शरीरका प्रणालीका रोग, एन्टिबायोटिक औषधि र अन्य केही औषधिले पनि पखाला गराउन सक्छ ।

झाडापखालाले प्रकोपको रूप लिनु र महामारी बनेर फैलिनु राम्रो होइन । हामी सबै नागरिकले स्वच्छ खानेपानी पिउने र सरसफाइमा विशेष ध्यान पुर्याउनु पर्छ । झाडापखाला सबै उमेर समूहका मानिसलाई लाग्दछ । विशेषगरी बालबालिकालाई यसले बढी सताउँछ । पटकपटक पानीजस्तो पातलो दिसा लाग्नुको साथै वाकवाकी लाग्ने र वान्तासमेत आउने हुन्छ ।

झाडापखालाका लक्षणहरू: झाडापखाला हुँदा दिसामा नपचेको खानाका टुक्रा आउने, दिसा धेरै गन्हाउने, पेट गड्याङगुडुङ गर्ने र दुख्ने, हातखुट्टा र मांसपेशी दुख्ने, बाउँडिने र गल्ने, बच्चा हो भने झर्को मान्ने, तिर्खा बढी लाग्ने, रिंगटा लाग्ने, कमजोरीको महसुस हुने, मुख सुख्खा र फोहोरी हुने, आँखा गाडिने, पिसाब कम हुने, रुँदा आँसु नै नआउने, बच्चाहरूमा आँखा सुख्खा हुन्छ, शरीर चिसो हुन्छ । पेटको छाला तन्काएर छोड्दा मुजा परिराख्ने समस्या हुन्छ । नाडीको गति कम, मन्द र पत्ता लगाउन गाह्रो हुने, रक्तचाप कम, श्वासप्रश्वास तीव्र र आलस्य हुने पनि झाडा पखालाका लक्षण हुन् । झाडापखाला हुँदा घरमा नै उपचार गर्न पनि सकिन्छ । प्रशस्त मात्रामा घरेलु गेगागुडीको झोल अन्य झोल पदार्थका खानेकुराहरू खुवाउने गर्नुपर्छ । यदि आमाको दूध खान बच्चा हो भने अरू समयमा भन्दा बढीपटक खुवाउनुपर्छ । अलिकति ठूलो बच्चा भए प्रशस्त मात्रामा झोलिलो खानेकुराहरू (दालको झोल, मसला कम भएको तरकारी, गेडागुडीको झोल, केरा, माछामासु, फलफूलको रस, भातको माड, अन्न पातलो लिटो) खुवाउनुपर्छ ।

यस्तो समयमा पानी प्रशस्त मात्रामा खानुपर्छ । झाडापखाला हुँदा हाम्रो शरीरबाट नुन र पानी खेर गएको हुन्छ त्यसैले यसको लागि पुनर्जलीय झोल बनाएर प्रशस्त खानुपर्छ । झाडापखाला मात्रै नभएर शरिर स्वस्थ राख्नका लागि पनि हामीले सधैँ राम्रो खानेकुरा खानुपर्छ । सधैँ साबुन पानीले राम्रोसँग हात धोई सफा गरेर मात्रै खानेकुरा खानुपर्दछ । पखाला लाग्दा पुनर्जलीय झोल एकदमै महत्वपूर्ण हुन्छ ।

जतिपटक पखाला लाग्छ, त्यति नै पटक खाँदा यसले राम्रो हुन्छ । घरेलु उपचार गर्दा झाडापखालाको अवस्था सुध्रिँदै जान्छ र ठीक हुन्छ । यदि २/३ दिनसम्म राम्रो भएन भने, दिसा धेरै पातलो गरे, तारन्तार वान्ता गरे, ज्यादै तिर्खाए, खाना खान नसके, ज्वरो आयो वा कम्पन (कामज्वरो)आउन थाले, मुख खुट्टा सुन्निए, नाडी कमजोर र छिटो–छिटो चलिरह्यो भने तुरुन्त चिकित्सकलाई देखाउनु पर्दछ ।

रक्तचाप कम भएमा र दिसामा रगत देखिएमा, नजिकको स्वास्थ्य संस्था वा चिकित्सककहाँ लैजानुपर्छ ।सरुवा रोग मध्येको एक रोग हो झाडापखाला यो गर्मीमा हुन्छ । झाडापखालाको प्रमुख कारण खानेकुरा हो र यससँगसँगै पानीको कारण पनि झाडापखाला लाग्दछ । हरेक वर्ष झाडापखाला लाग्ने भनेको खानेपानी र खानेकुरामा भएको संक्रमणले गर्दा हो ।

अस्पतालमा दिनहुँ झाडापखालाका बिरामी आउने जाने क्रम चलिरहेको हुन्छ । डिस्चार्ज भएर जाने र भर्ना हुन आउने बिरामीको संख्या लगभग उस्तै–उस्तै देखिन्छ तर कुनै ठाउँमा धेरै बिरामी भएर २०/३० जना भर्ना भएका हुन्छन् ।

झाडापखालाबाट बच्न हाम्रो बानी परिवर्तन गर्न जरुरी छ । पानी र खानेकुराबाट नै झाडापखाला हुने भएकाले पानीलाई राम्रोसँग उमालेर मात्रै खानुपर्दछ । त्यस्तै बासी खानेकुरा खानुहुँदैन यो नै झाडापखालाबाट बच्ने मुख्य उपाय हो । गर्मीमा खानेकुरालाई फ्रिजमा राखेर खानु उपयुक्त हुन्छ । धेरै समयसम्म बाहिर राखेर खाँदा असर गर्छ, यसले गर्दा (फुटप्वाइजिङ-> खाना बिषाक्त हुनु) झाडापखाला हुन्छ ।

कसै–कसैलाई धेरै चिसो पानी खाँदा पनि घाँटी दुख्ने समस्या हुन्छ तर सबैलाई यस्तो हुन्छ भन्ने हुँदैन । झाडापखाला बढी भएर बेहोस हुन सक्ने र अझ उपचार ढिलो गर्यो भने मृत्युसमेत हुने भएकाले यसलाई सामान्य रूपमा लिनुहुँदैन । खानेपानीमा समस्या, प्रदूषण र सरसफाइमा समस्याका कारण झाडापखाला निम्तिने गर्दछ । झाडापखालाकै कारण बर्सेनि हजारौँ बच्चाको अकालमै मृत्यु पनि हुने गरेको छ ।

नेपालका लागि चुनौतीको रूपमा रहेको झाडापखाला गर्मी मौसमको सुरुआतसँगै गर्मी र वर्षातको समयमा झिंगाहरू धेरै हुने हुँदा झाडापखालाको सम्भावना बढी हुन्छ । आफ्नो शरीर र वातावरणीय सरसफाइमा पर्याप्त ध्यान नपुग्दा झाडापखाला हुने हुनाले यसमा ध्यान दिनुपर्दछ । अहिले वर्षातको समय छ, पानी परिरहन्छ यसले गर्दा ठाउठाउँमा बाढी आउने हुन्छ । बाढीले जीवजन्तुहरू मर्ने र पानी प्रदूषित भई वातावरणसमेत फोहोर हुन्छ त्यसले झाडापखालाको महामारीसमेत फैलिन सक्छ् ।

भाइरल–रोटा, ब्याक्टेरिया–भी कोलेरी, सालमोनेला, क्लोस्ट्रोडियम आदि, प्रोटोजोबल–इ.हिस्टोलाइटिका, जियारडिया लाम्बलिया आदि र विषाक्त खाना (फुड प्वाइजनिङ) बाट हुने पखाला एक्कासि हुने झाडापखाला हो ।दीर्घकालीन हुने झाडापखाला मधुमेह, पाकस्थली वा ठूलो आन्द्रामा सुजन (सुन्निनु), पित्तशयमा सुजन, पित्तथैलीमा पत्थरी, शरीरमा भिटामिन ‘बी’ को कमी, क्षयरोग, क्यान्सर आदिमा देखिन्छ ।

जलश्रोत मा विस्वमै दोस्रो धनि भएता पनि काठमाडौं लगायत अधिकांस सहर हरूमा पानीको एकदमै समस्या छ जारको शुद्दीकरण गरियको भन्ने पानिमा समेत धेरै समस्या आइरहेको हुन्छ । एक बोटल मिनिरल वाटर किन्नको लागि २० देखि २५ रुपैँया लाग्छ तर जारको पानी ६०-७० रुपैयाँमा नै आउँछ यति सस्तो कसरी भयो ? उत्पादक बाट बितरक हुदै उपभोक्ता सम्म आइपुग्दा बिचको बिचौलिया ले त झनै कति स्सतोमा लिन्छन। यसको बारेमा जानकारी लिन जरुरी छ । एक बोतल पानी र एक जार पानीमा धेरै फरक हुन्छ त्यसैले जारको पानी पनि कतै ट्यांकरको त होइन ? अशुद्द त छैन ? शंकाको विषय पनि हो । अस्ति मात्रै २/३ अस्पतालमा जारको पानीमा फोहोर भेटिएको थियो ।

यस्तो त कति भएको छ कति लेखाजोखा नै छैन । त्यसैले हामीले पानी उमालेर मात्रै पिउनुपर्दछ । बाहिर धुलोमा हिँड्दा माक्सको अनिवार्य प्रयोग गर्नुपर्दछ । गर्मीको समय छ जहाँपायो त्यहि र जे पायो त्यहि खान हुँदैन । गर्मी भयो भनेर धेरै कोल्ड ड्रिंक्स खानु हुँदैन । त्यसले घाँटीमा समस्या ल्याउँछ । हामीले आफ्नो शरीरलाई स्वस्थ राख्न मीठो होइन राम्रो र पौष्टिक खानेकुरा खानुपर्दछ ।

चासो किन आवश्यक छ ? नेपालमा अहिलेसम्म झाडापखाला उपचारको भरपर्दो निर्देशिका बनेको छैन। चिकित्सकले अनुभव, शंका वा लक्षणका आधारमा एकभन्दा बढी एन्टिबायोटिकको प्रयोग गरिरहेको पाइन्छ। यसले अनावाश्यक एन्टिबायोटिकको प्रयोग हुने र दीर्घकालीन रुपमा औषधिको प्रभाव कम हुँदै जाने अवस्था आउँछ। यस्तो प्रवृत्तिले बिरामीमाथि अनावश्यक आर्थिक भार पारेको देखिन्छ। यदि, झाडापखाला कुनै नौलो जीवाणूको (जुन पहिले त्यस स्थानमा थिएन) कारणले भएको भए त्यसले प्रकोप या महामारी ल्याउन पनि सक्छ। झाडापखाला गराउने जीवाणू विरुद्धको खोप पनि उपलब्ध भएकाले त्यस्ता जीवाणूको पहिचान गरी जोखिम हेरी प्रयोग गरेमा यसबाट सम्भावित प्रकोप वा महामारीबाट सुरक्षित हुन सकिन्छ। जस्तै, रोटा भाइरसको कारणले हुने झाडापखालाबाट बच्न यस विरुद्धको खोप अहिले विश्वभरि उपलब्ध छ। पाँच वर्षमुनिका बालबालिकामा झाडापखालाका कारण मृत्यु गराउने प्रमुख भाइरस रोटा हो। यी सबै समस्याको एकमुष्ट सम्बोधन गर्न जीवाणू पहिचान अति आवश्यक हुन्छ। त्यस्तै, राष्ट्रियस्तरको उपचार निर्देशिका तयार पार्न पनि जीवाणू पहिचान आवश्यक छ। यस्ता निर्देशिकाबाट ग्रामीण इलाकामा ठूलो सहयोग पुग्नेछ, जहाँ प्रयोगशाला परीक्षणको नतिजा द्रूत गतिमा आउँदैन। नेपालमा हाल झाडापखाला गराउने प्रमुख जीवाणू के–के छन् भनेर राष्ट्रियस्तरको आधारभूत तथ्यांकको आवश्यकता छ। टेकु अस्पतालमा साल्मोनेला, सिगेला तथा हैँजाको कल्चर गर्ने गरे पनि अस्पताल भर्ना हुने ९५ प्रतिशतभन्दा बढीमा झाडापखालाको कारण पत्ता लाग्ने गरेको देखिँदैन। हैँजा फैलिने समयमा पनि औसतमा ५ देखि १० प्रतिशतको हाराहारीमा मात्र हैँजाको कारणले भर्ना भएको देखिन्छ भने बाँकी कुन जीवाणूहरुले यति धेरैलाई झाडापखाला गराइरहेको छ भन्ने कुरा किटान हुँदैन। यसर्थ झाडापखाला नेपालमा अझै अज्ञात रोगका रुपमा रहेको छ। सामान्य धरेलु उपचार: १. कुपोषणबाट जोगाउने, साविककै जस्तो खानेकुरा दिने गर्नुपर्छ । २. प्रशस्त मात्रामा घरेलु झोल कुराहरू खुवाउनु पर्दछ । आमाको दूध खाने बच्चा भए साविकको भन्दा बढी पटक दूध खुवाउनुपर्छ । बच्चा ६ महिनाभन्दा कम उमेरको भए ५–६ पटक आमाको दुध र नपुग्ने भए गाईभैंसीको वा बट्टाको दूधमा आधा पानी मिसाई खुवाउनुपर्छ । बच्चा ६ महिनाभन्दा बढी उमेरको भए वा ठोस आहार खाने बच्चा भए बिरामीलाई प्रशस्त मात्रामा झोलिलो खानेकुराहरू जस्तै दालको झोल, तरकारी (मसला कम भएको) गेडागुडीको झोल, केरा, माछामासु, फलपूलको रस, फिका चिया, भातको माड, अन्न पातलो लिटो यी समेत नभएमा सादा पानी प्रशस्त मात्रामा दिनुपर्छ । समुदायमा झाडा पखाला लाग्दा पानी पिउन नदिने अत्यन्त गलत धारणा छ, जसले गर्दा खेर गएको पानी आपूर्ति नभई जलवियोजन हुन्छ । ३. झाडा पखालाबाट खेर गएको लवण, पोषक तत्वहरू र पानी क्षतिपूर्ति गर्न पुनर्जलीय झोल बनाएर खुवाउनुपर्दछ । यसरी घरेलु उपचार गरेमा सामान्यतः तीनचार दिनमा झाडापखालाको अवस्था सुध्रिंदै जान्छ र ठीक हुन्छ । तर तीन दिनसम्म सुधारोन्मुख नभएमा, धेरै पातलो दिसा गरेमा, तारन्तार बान्ता गरेमा, ज्यादै तिर्खाएमा राम्ररी खान पिउन नसकेमा, ज्वरो आएमा कम्पन हुन थालेमा, मुख खुट्टा सुन्निएमा, नाडी कमजोर र छिटो–छिटो चलिरहेमा, रक्तचाप कम भएमा, दिसामा रगत देखिएमा, मुखबाट पुनर्जलीय उपचार गर्न नसकिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा वा स्वास्थ्यकर्मी वा चिकित्सककोमा लैजानुपर्छ । यसो गर्दा धनजनको क्षतिमा न्यूनीकरण गर्न सकिन्छ । Krishna Kumar Saiju (कुरा गर्ने) ०७:०१, १४ अगस्त २०१९ (युटिसी(UTC))

छाला समस्याले मिलिया[सम्पादन गर्नुहोस्]

छाला समस्याले मिलिया

के तपाईँको आँखा, नाक, गाला वरपर भागमा पिप नभएको सेतो, पहेंलो बिमिराजस्तै कडा दाना आएका छन् ? खासै दुःख नदिए पनि यसले तपाईंको सौन्दर्यमा असर गरेको अनुभूति हुन्छ ? यस्ता बिमिरालाई अंग्रेजीमा ‘मिलिया’ भनिन्छ ।

यसको कुनै खास नेपाली नाम छैन । यो छालाको समस्याका कारण आउने गर्छ । यसलाई मिल्क स्पट र आयल सिडसमेत भनिन्छ । यो धेरैजसो आखाँको तल, नाक, गाला, निधार र छातीमा आउने गर्छ ।

‘मिलिया खतरनाक स्थिति होइन, यो स्वास्थ्य समस्या नभई सौन्दर्य समस्या हो,’ धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, यो आउँदैमा आत्तिनु पर्दैन । न त यसको कुनै उपचार नै आवश्यक हुन्छ । तर सौन्दर्य प्रभावित हुन लाग्दा केही चिकित्सकीय प्रक्रिया अपनाउन सकिन्छ । मिलियाले तैलीय छाला भएकाको दाँजोमा सुक्खा छाला भएकालाई बढी प्रभावित गर्छ ।

यो करिब १ देखि २ मिलिमिटरको सेतो छालाको दाना हो । यो सेतो दाना (बिमिरा) जस्तै छालामा देखिन्छ । यो केराटिनको कारणले हुन्छ । अर्थात् यो केराटिनले भरिएको सिस्ट हो । जो छालाको सतहभन्दा मुनि फस्छ । यो हाम्रो स्वास्थ्यका लागि घातक हुँदैन ।

केराटिन मानव शरीरमा पाइने यस्तो प्रोटिन समूह हो, जसले रौं, छाला र नङको निर्माण हुन्छ । सामान्य भाषामा भन्ने हो भने, जब छालाको मृत कोषिका छालामाथि आउँछ तब यसैले मिलियाको रूप लिन्छ ।

‘मिलिया अनुहारमा देखिने हाइट हेड हैन । यो हाइट हेडभन्दा फरक हुन्छ । हाइट हेडमा पिप हुन्छ तर यो पिपले भरिएको हुँदैन,’ डा.कर्ण भन्छन्, ‘यो डन्डीफोर वा छालाको संक्रमणजस्तो समेत हैन, यो सामान्य छालामा देखिने सेतो, पहेंलो दाना हो ।’ दानाजस्तै हुने यो बिमिरा कुनै पनि उमेरमा हुन सक्छ । तर यो समस्या सबैभन्दा बढी बच्चा र त्यसपछि युवामा देखिन्छ ।

हेर्दा अनुहार भद्दा लाग्ने, यो समस्या उपचारबिना समेत समाप्त हुन्छ । तर यदि तपाईं मिलियालाई आफ्नो अनुहारको लागि समस्या नै भएको ठान्नुहुन्छ भने छाला रोग विशेषज्ञसँग परामर्श लिने सल्लाह डा.कर्ण दिन्छन् । उनी मिलियालाई बिमिरा, डन्डीफोर, दाना आदिको श्रेणीमा राख्न नसकिने बताउँछन् । यो मृत कोषिकाले गर्दा हुने भएकाले आफैं केही सातामा निको हुन सक्छ ।

केही साताको उपचार प्रक्रियाबाट समेत मिलिया निको नहुँदा डर्मेटोलजिस्टले एक विशेष चिकित्सकीय प्रक्रियाअन्तर्गत यसलाई सुईको माध्यमले छालाबाट बाहिर निकाल्ने गरेका छन् । यति मात्र नभई मिलियालाई हटाउन क्रायो थेरापी (उपचार प्रक्रियाअन्तर्गत अत्यन्त चिसो उपयोग गर्नु) समेत गरिन्छ । यसलाई चिथोर्ने वा आफैंले निकाल्ने प्रयास गर्नु हुँदैन । चिथोर्दा यसले समस्या दिन सक्छ । चिथोर्दा, कोट्याउँदा यसले छाला पोल्नुको साथै चिलाउने समस्या वा संक्रमणसमेत हुन सक्छ । यति मात्र नभई यसले गर्दा छालामा दागसमेत बस्न सक्छ ।

करिब आधा जति नवजात शिशुको अनुहारमा मिलिया विकसित हुन्छ तर यो जन्मको केही सातापछि आफैं निको हुने औंल्याउँदै डा.कर्ण भन्छन्, ‘वयस्कमा छालाको कुनै पनि प्रकारको चोटको परिणमस्वरूप मिलिया हुन सक्छ । यो छालालाई निको पार्न विकसित भएको हुन सक्छ ।’

मुख्यरूपमा युवामा मिलियालाई त्यसैछोड्दा समेत आफैं निको भएर जान्छ । धेरैजसो व्यक्तिमा मिलिया हुने कुनै चिकित्सकीय कारण हुँदैन । यसको उपचारका लागि मिलिया हुने कारण खुट्याउनुपर्छ । छाला रोग विशेषज्ञले तपाईंको शरीरमा मिलिया हुने कारण पत्ता लगाएर यसबाट उन्मुक्ति दिन सघाउने छ ।

डा.कर्णका अनुसार सबैभन्दा सामान्य प्रक्रिया निर्मलीकरण गरिएको सुईको माध्यमले यसलाई झिक्नु हो । तर यो इलेक्ट्रोकोटरी (विद्युत्को माध्यमले डढाउनु) को माध्यमले समेत हटाउन सकिन्छ । ट्रपिकल रेटिनोइडस यसको उपचारमा उपयोगी मानिएको छ । तर यसको अतिरिक्त अन्य कुनै छाला स्याहार गर्ने अवयव (इनग्रिडियेन्ट) वा फर्मुलेसन मिलियामा प्रभावकारी हुने कुनै प्रमाण छैन । हालसम्म मिलियाबाट बचाउको कुनै प्रभावकारी उपाय पत्ता नलागेको समेतडा.कर्ण बताउँछन् ।

प्रत्यक्ष घामबाट अनुहार जोगाऔं खासै बढी वैज्ञानिक प्रमाण नभए पनि सूर्यको हानिकारक किरणले मिलियाको समस्यालाई झन् बढाउने स्थिति देखिएको छ । मिलिया प्रभावितले अनुहारलाई सूर्यको हानिकारक किरणबाट जोगाउने फायदाजनक हुन सक्छ ।

मेकअप बढी नगरौं मिलियाग्रस्त महिलाले यसलाई लुकाउन अनुहारमा बढी कस्मेटिकको उपयोग गर्ने गरेको देखिन्छ । कस्मेटिक उत्पादनले अनुहारको छालाको रोम छिद्रलाई बन्द गर्छ । यसले छाला बढी प्रभावित हुनुको साथै मिलियामा समेत वृद्घि देखिनुको साथै छालाको अन्य समस्यासमेत देखिन सक्छ ।

अनुहारलाई न्यानो तौलियाले सेकौं तातो पानीमा तौलियालाई भिजाएर यसलाई निचोरेर अनुहार छोप्दा फाइदा पुग्छ । यो अनुहारमा बाफ लिनु जत्तिकै फायदाकारी हुन सक्छ । यसले गर्दा अनुहारको छालाको बन्द भएकोरोमछिद्र खुला हुन्छ र अनुहारको छालाको मृत तहसमेत निस्किन्छ ।

छाला सफा राखौं मिलिया तैलीय छालाको दाँजोमा सुक्खा छालालाई बढी प्रभावित गर्ने पाइएको छ । सुक्खा छालाको कोषिका सहजै छालाको माथिल्लो तहसम्म आउँछ । यसैले दिनहुँ अनुहारलाई पानीले सफा राख्नुपर्छ । यसले छाला ‘हाइड्रेटेड’, रहनुको साथै सफासमेत हुन्छ । Krishna Kumar Saiju (कुरा गर्ने) १५:२२, १४ अगस्त २०१९ (युटिसी(UTC))

nice Krishna Kumar Saiju (कुरा गर्ने) १५:२३, १४ अगस्त २०१९ (युटिसी(UTC))

भिरिङ्गी कस्तो रोग हो ? कसरी सर्छ ?[सम्पादन गर्नुहोस्]

भिरिङ्गी कस्तो रोग हो ? कसरी सर्छ ?

नेपालका सहरी क्षेत्रदेखि गाउँगाउँसम्म सबैतिर यौन सम्पर्कका माध्यमबाट सर्ने रोग व्याप्त छ। मानिसको यौन आदतमा निर्भर रहने भएकाले यस्ता रोग कुनै वर्ग वा समुदायमा सीमित नरहन सक्छ। यौन सम्पर्कका क्रममा अथवा असुरक्षित यौन सम्पर्कका कारणले सर्ने रोगलाई हामी यौनरोग भनेर चिन्ने गर्छौं। सिफिलिस नेपालमा व्याप्त रहेको यौनरोग हो। यसलाई नेपालीमा भिरिङ्गी भनिन्छ। प् रायः घुमिरहने र छाडा यौन स्वभाव भएका व्यक्तिलाई यसको संक्रमण ज्यादा हुन्छ। सिफिलिस लागेको व्यक्तिसँगको यौन सम्पर्कपछि केही दिनमा पुरुषको लिंगमा घाउजस्तो देखापर्छ। केही दिनमा कतिपयको आफैँ निको भएर जान्छ भने कतिपयले एन्टिबायोटिक औषधि खाए पुग्छ। पुरुषका कारणले महिलामा पनि भिरिङ्गी सर्छ। उनीहरुको यौनांग वरपर घाउ देखिन्छ। प्रारम्भिक चरणमा आए एक दिनको एन्टिबायोटिक वा इन्जेक्सन लगाएपछि रोग नियन्त्रणमा आउँछ। भिरिङ्गीको सुरुमा उपचार नभए जटिलता देखिने हुन्छ। उपचार नभएमा कतिपय गर्भवती महिलाको रोग शिशुहरुमा सर्न सक्छ। तर, तुलनात्मक रुपमा पुरुषहरुलाई भने समस्या हुँदैन। यो रोग लाग्नासाथ असुरक्षित यौनसम्पर्क राखे सर्ने जोखिम निकै उच्च हुन्छ। घाउ नै छ भने जोखिम ज्यादा हुन्छ। Krishna Kumar Saiju (कुरा गर्ने) १५:२५, १४ अगस्त २०१९ (युटिसी(UTC))

कोलेस्ट्रोल[सम्पादन गर्नुहोस्]

कोलेस्ट्रोल नियन्त्रण गर्ने अत्यन्त उपयोगी कुरा, जान्न सबैको लागि अनिबार्य।

> जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस.. तपाईलाई काम नलागे पनि तपाईका आफन्त वा साथीभाईहरुको लागि धेरै महत्व पूर्ण हुन सक्छ !


कोलेस्ट्रोल हाम्रो शरीरमा पाइने एक किसिमको बोसो हो। हामी धेरैलाई थाहा नहुन पनि सक्छ, रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा आर्टरीहरूलाई साँघुरो वा बन्द गराउन सक्छ। यदि मुटुमा रगतको आपूर्ति गर्ने आर्टरी बन्द भएमा हृदयाघात हुन सक्छ र दिमागमा रगतको आपूर्ति गर्ने आर्टरी बन्द भएमा स्ट्रोक हुन सक्छ। हामीले खाने खानामा तयारी कोलेस्ट्रोल करिब २० प्रतिशत रहन्छ भने बाँकी ८० प्रतिशत शरीरले बनाउँछ। कलेजोले हरेक दिन शरीरलाई पूरै पुग्ने करिब एक ग्राम कोलेस्ट्रोल बनाउँछ। तर हाम्रो शरीरको कोलेस्ट्रोलको परिमाणमा परिवर्तन हुन नसक्ने वंशाणुगत प्रभाव पनि पर्छ। कोलेस्ट्रोल हाम्रो शरीरका लागि अति जरुरी हुन्छ। यसले हाम्रो शरीरलाई बाएल, भिटामिन डी, सेल मेम्ब्रेन, सेक्स हार्मोन, नर्भ सेयथ बनाउन सहयोग गर्छ। शरीरले प्राकृतिक रूपमा आफैं कोलेस्ट्रोल बनाउँछ। हामीले खाने मासु, दूध, घिउ, चीज आदिबाट प्राप्त हुने कोलेस्ट्रोल हाम्रो शरीरलाई आवश्यक पर्दैन तर शुद्ध शाकाहारी खानाबाट अतिरिक्त कोलेस्ट्रोल प्राप्त हुन्छ। कसैले धेरै परिणाममा खाना खाए पनि उनीहरूमा रगतको तह साधारण रहन्छ। कोही मान्छेहरू धेरै कम खान्छन् तर रगत उच्च कोलेस्ट्रोल हुन्छ। यसको कारण जीवनशैली, वंशाणु, लिंग र शरीरले कोलेस्ट्रोललाई कसरी प्रोसेस गर्ने प्रक्रियामा भर पर्छ। रक्तकोशिकामा ओहोरदोहोर गर्नलाई कोलेस्ट्रोल मोलिक्युलहरू आफैंमा लिपिड बोक्ने प्रोटिन या लिपोप्रोटिनसँग आबद्ध हुन्छन्। दुई किसिमको लिपोप्रोटिन मुख्य कोलेस्ट्रोलको वाहक हुन्। तीमध्ये लो डेन्सिटी लिपोप्रोटी (एलडीएल)ले दुई तिहाइ बोक्ने गर्छ। बाँकी भएको हाई डेन्सिटी लिपोप्रोटिन (एचडीएल)सँग आबद्ध हुन्छ। एलडिएलले कोलेस्ट्रोल कोरनिरी आर्टरीको भित्ताहरूमा जम्मा गर्ने गर्छ र बोसो जम्मा भई मुटु रोग लाग्ने जोखिम बढाउँछ। यसको विपरीत एचडीएलले कोलेस्ट्रोल आर्टरीहरूको भित्ताबाट र अझ तन्तुहरू पनि जम्मा पार्छ र कलेजोमा लगी प्रोसेस गरी शरीरबाट निकाल्छ। त्यसैले एलडीएललाई 'नराम्रो कोलेस्ट्रोल र एचडीएललाई 'राम्रो 'कोलेस्ट्रोल भनिन्छ। तेस्रो किसिमकोलाई भेरी लो डेन्सिटी लिपोप्रोटिन (भीएलडीएल) भनिन्छ जसले थोरै परिमाणमा कोलेस्ट्रोल र ट्राइग्लिसराइड लैजाने गर्छ। ट्राइग्लिसराइड हामीले खाएको खानाबाट आउँछ। हामीले खाएको खानामा बनेको क्यालोरी बोसोको रूपमा ट्राइग्लिसराइडमा परिणत हुन्छ। चिल्लोबारे जानकारी कोलेस्ट्रोल बढी हुनु वंशाणु पनि हो तर पनि जीवनशैली, खानपिनले पनि योगदान पु:याउँछ, सबैले स्वस्थकर, कम स्याचुरेटेट फ्याट र पोषणयुक्त खाना खानुपर्छ। हाम्रो खानामा विभिन्न रसायन हुन्छन्। जो निम्न छन् : १. स्याचुरेटेट : यो सम्भव भएसम्म नखाने। यसको मुख्य स्रोत घिउ, बोसो, बोसोयुक्त मासु, चीज र दूधका अरू परिकार, केक बिस्कुट आदि। २. मोनो अनस्याचुरेटेट : यो थोरै परिमाणमा खाए हुन्छ। यसका स्रोतहरू ओलिभको तेल, तोरीको तेल, जाम, बदाम, ओखर र बियाँहरू। ३. पोली अनस्याचुरेटेट : यो थोरै परिमाणमा खाए हुन्छ, घटीमा एक पोर्सन चिल्लो खानुपर्छ। यसका लागि सातामा एकपटक माछा खाँदा हुन्छ। ओमेगा ३ ले मुटुरोगसबन्धी जोखिम कम गर्छ। यसका स्रोतहरू सोयाबिन तेल, सूर्यमुखी तेल, मकैको तेल, तेलयुक्त माछाहरू सालमान, सार्डिन, म्याक्यारेल आदि। ४. ट्रान्स फ्याट : यो हार्डन फ्याट हो। यो बन्ने प्रक्रियालाई हाइड्रोजेनेसन भनिन्छ। यसले वनस्पति र जनावरका तरल तेललाई ठोस चिल्लोमा बदल्छ। यसको अन्तिम प्रक्रियालाई हाइड्रोजेनेरेटेट फ्याट (जस्तै डाल्टा घ्यू) भनिन्छ। यसलाई अरू खानाजस्तै बिस्कुट, चकलेट, केक बनाउन प्रयोग गरिन्छ। ट्रान्स फ्याट प्राकृतिक रूपबाटै दूधको चिल्लोमा र बाख्रा, भेडाको बोसोमा पाइन्छ। स्याचुरेटेटमा ट्रान्स फ्याट ले कोलेस्ट्रोल बढाई मुटुको रोग लाग्ने जोखिम बढाउँछ। स्याचुरेटेट फ्याटभन्दा ट्रान्स फ्याट हाम्रो शरीरका लागि बढी हानिकारक हुन्छ। कोलेस्ट्रोल परीक्षणले रगतमा भएको कोलेस्ट्रोलको मात्रा नाप्छ। बेलायतमा यसको नाप मिनिमोल्स (एमएमओएल)मा एक लिटर कोलेस्ट्रोलको प्रस्तुत गरिन्छ। प्राय: रगत परीक्षणमा जम्मा कोलेस्ट्रोलको मात्र नापिन्छ। जम्मा कोलस्ट्रोल ४.५ एमएमओएलभन्दा कमलाई ठीकै मानिन्छ। यदि जम्मा कोलेस्ट्रोल ५०.१ एमएमओएलभन्दा बढी भए, एलडीएल र एचडीएलको लेभल फरक फरक नापिन्छ। एलडीएल लेभल तीन एमएमओएलभन्दा कम हुनुपर्छ, ३.९ लाई धेरै सीमाभित्रको र चारभन्दा बढीलाई कोरोनरी मुटुरोग र हृदयाघात हुने बदी सम्भावना भएको ठानिन्छ। एचडीएल लेभल कम्तीमा १.२ एमएमओएल हुनुपर्छ। मुटु रोगको जोखिम हिसाब गर्दा डाक्टरहरूले एलडीएल र एचडीएलको अनुपातलाई एचडीएल को नम्बरद्वारा जम्मा कोलेस्ट्रोललाई भाग गर्छन्। सन्तोषजनक अनुपात चार हो यदि ४.५ भन्दा बढी भएमा आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ। खानेकुराले गर्ने मद्दत हाम्रो खानामा बोसोयुक्त मासु, दूध र दूधका परिकार, ट्रपिकल तेल (जस्तै पाल्म तेल) कम खाने गरेमा कोलेस्ट्रोलमा सुधार हुन सक्छ। स्याचुरेटेट फ्याट र ट्रान्स फ्याट कम गर्नलाई कम मात्रामा बिस्कुट, व्यापारिक हिसाबले बनाइएका खानाहरू क्रिप्स, जाम, वटर आदिमा पनि कडाइ गर्नुपर्छ। हामीले खाने खानाले कोलेस्ट्रोलको मात्रामा फरक पार्न सक्छ। विभिन्न अध्ययनअनुसार स्याचुरेटेट फ्याट बढी भएको खाना खाए कोलेस्ट्रोलको तह बढ्छ र यसको विव्रीत धेरै चोकरयुक्त खाना, फलफूल र सब्जी खाएमा कोलेस्ट्रोल कम हुन्छ। धूमपान त्याग्नुपर्छ। धूमपान गर्ने र वरिपरि बस्नेलाई स्वास्थ्यवर्धक अक्सिडेन्ट जस्तै भिटामिन सी कम हुने कारण बन्नसक्छ। धूमपानले पाचन प्रक्रियामा एलडीएल बढाउन मद्दत गर्छ। यस्तै सातामा पाँच दिन आधा घन्टाको व्यायाम राम्रो हुन्छ। हामीले खाने खानाले कोलेस्ट्रोलको मात्रामा फरक पार्न सक्छ। विभिन्न अध्ययनअनुसार स्याचुरेटेट फ्याट बढी भएको खाना खाए कोलेस्ट्रोलको तह बढ्छ र यसको विव्रीत धेरै चोकरयुक्त खाना, फलफूल र सब्जी खाएमा कोलेस्ट्रोल कम हुन्छ। परिवारमा मुटुरोगको इतिहास भएका मान्छेहरूले कोलेस्ट्रोल बढाउने र घटाउने दुवै खानाबारे पहिले नै जानकरी राख्नु उपयुक्त हुन्छ। कोलेस्ट्रोल कम गर्ने खाना - चोकरयुक्त खाद्यान्न : फापर, नफलेको चामल, तोफु, सोया, होलेमिल पाउरोटी, ओलिभ, सूर्यमुखी तेल, तोरीको तेल, भटमासको तेल आदि। - सागसब्जी : प्याज, लसुन, सिमी, बोडी, गेडागुडीजस्ता कोसेदार तरकारी। - ताजा फलफूलहरू : स्याउ, सुन्तला, आरु, केरा। - नट्सहरू : ओखर, हाडेबदाम, तील। कोलेस्ट्रोल बढाउने खानाहरू : - बिस्कुट, केक, चकलेट, पूरा चिल्लो भएको दूधका परिकारहरू जस्तै- चिज, क्रिम, बटर। - खसी, कुखुराको छाला, सुँगुर, राँगाको चिल्लो मासु र बर्गर आदि। - हाइड्रोजेनेरेटेट फ्याट तेल प्रयोग गरिएको क्रिप्स, चिप्स, फास्ट फुड, घिउ आदि। खानामा कडाइ - शाकाहारी खाना खान कोसिस गरौं : कम चिल्लो खाना (दस प्रतिशतभन्दा कम क्यालोरी) ले एलडीएल कोलेस्ट्रोललाई धेरै मात्रामा कम गर्छ। - खाना खाँदा कोलेस्ट्रोल कम गर्ने खाऔं

आफूले के नखाने भन्नाका साथसाथै कस्तो खाना खाए कोलेस्ट्रोल कम गर्छ भन्ने पनि जान्नु उपयुक्त हुन्छ। सुन्तला वर्गमा पर्ने फलफूल जस्तै- सुन्तला, कागती, ज्यामिर अनि प्याजले स्वस्थ कोलेस्ट्रोल राख्न मद्दत गर्छ। सोलुबल फाइबर पनि कोलेस्ट्रोलविरुद्ध अर्को हतिहार हो। यो खासगरी फापर, गेडागुडीमा पाइन्छ। स्याउ र अरू फलफूलमा हुने पेक्टिनले पनि कोलेस्ट्रोल कम गराउँछ। साथै सोया प्रोटिनले पनि कम गर्छ। दैनिक रूपमा गाँजर खाँदा पनि एलडीएल कोलेस्ट्रोल तह कम गराउन सक्छ।

- ओमेगा ३ का लागि तेलयुक्त माछा खाऔं : जस्तै सालमान, सार्डिन, म्याक्यारेलले हृदयाघात र स्ट्रोकको जोखिमलाई कम गर्छ। सोया प्रोटिनसँगको खाना खाऔं : कम चिल्लो खानाका साथै सोया प्रोटिन भएको खानाले खराब कोलेस्ट्रोलको तहलाई घटाउँछ र त्यसैले मुटुका अरू रोगलाई पनि कम गर्छ। सोया प्रोटिन पाइने खानामा भटमास, तोफु आदि खानुपर्छ।

- स्टेरोइस वनस्पति : स्वस्थकर सन्तुलित खानाको मागमा जब स्टेरोइस वनस्पति राखिन्छ, यसले कोलेस्ट्रोल कम गर्न सहयोग पु:याउँछ। यिनीहरू प्राकृतिक रूपमा सानो परिणाममा सूर्यमुखी तेल, तोरीको तेल, तिल, सोया र अरू कोसे तरकारीमा पाइन्छ। पहिला केही समयमा बढी मात्रामा पोली अनस्याचुरेटेट जस्तै- सूर्यमुखी तेल, तोरीको तेल, तिल, सोयाले कोलेस्ट्रोल कम गर्छ भनिन्थ्यो तर अध्ययनले के पत्ता लगाएको छ भने बढी परिमाणमा यी तेल खानाले सुरक्षित एचडीएलको तह कम गराउन सक्छ साथै एलडीएललाई पनि कम गराउँछ। जे भए पनि मोनो अनस्याचुरेटेट पाइने ओलिभ, आभाकाडो आदिले एलडीएललाई सुरक्षित एचडीएलको लेभललाई केही नगरी नै कम गराउन सक्छ। कति चिल्लो खाने ?

हाम्रो क्यालोरी ३५ प्रतिशत चिल्लो खानाबाट आउनुपर्छ र त्यसमा १० प्रतिशतभन्दा कम स्याचुरेटेट फ्याट (ट्रान्स फ्याट)बाट हुनुपर्छ। यसको मतलब औसत महिलाले दिनमा दुई हजार क्यालोरी उपभोग गर्नुपर्दा ७० ग्रामभन्दा बढी फ्याट खानु हँुदैन र यसमा २० ग्राम स्याचुरेटेट फ्याटभन्दा बढी दैनिक खानु हुँदैन। औसत मान्छेले (पुरुष) दिनमा दुई हजार पाँच सय क्यालोरी खानेमा ९५ ग्राम चिल्लोभन्दा बढी हुनु हुँदैन। त्यसमा ३० ग्रामभन्दा कम स्याचुरेटेट फ्याट हुनुपर्छ।

यदि वजन घटाउनु छ भने स्याचुरेटेर फ्याट कम गर्नुका साथै खाने मात्रा पनि कम गर्नुपर्छ। खाना एकै चोटि बारेर वजन घटाउनुभन्दा विस्तारै विस्तारै घटाउँदै जानुपर्छ। एक दिनमा पाँच सय क्यालोरी कम गरी खाएमा र अरू शारीरिक क्रियाकलाप बढाएमा वजन कम गर्न सकिन्छ। कम्मर वरिपरि धेरै मोटो हुनु अथवा भनौं स्याउको जस्तो शरीरको बनोट भएमा यसले स्वास्थ्यमा धेरै जोखिम पैदा गर्छ। यसबाट मुटुको रोग, मधुमेह, पक्षाघात, क्यान्सरजस्ता रोगबाट धेरै मान्छे पीडित हुने क्रम जारी छ।

समग्रमा भन्नुपर्दा आफूले खाने चीजहरूमा विचार पु:याई सन्तुलित रूपमा सधैं खाने बानी बनाई शारीरिक कामहरू हरेक दिन गरेर अनि धूमपान त्यागेर स्वस्थकर हुन सकिन्छ। एउटा सानो खाने बानीको परिवर्तनले जीवनमा धेरै फाइदा गर्छ। ब्रिटिस मुटुरोग संघले जो मान्छेलाई रगतमा उच्च कोलस्ट्रोल छ, उनीहरूलाई साताको तीनवटाभन्दा बढी अन्डा खाने सल्लाह दिँदैन। अरू उपाय व्यायाम बढाउने, वजन घटाउने र चिन्ता कम गर्ने। यी सबैले एलडीएल र एचडीएलको अनुपात कोलेस्ट्रोललाई कम गर्न या सुधार्न मद्दत गर्छ। मदिरापान पनि धेरै कम गर्नुपर्छ। रातो वाइनमा हुने एन्टिअक्सिडेन्टले फाइदा पुर्‍याउँछ तर यो थोरै परिमाणमा सेवन गर्नुपर्छ। मदिरापान पुरुषले दिनमा तीनदेखि चार युनिट र महिलाले दुईदेखि तीन युनिटमात्रै गर्नुपर्छ। एक युनिटमा बियर तीन सय एमएल, ह्विस्की २५ एमएल र वाइन एक सय एमएल मानिन्छ। खानपिनका साथै अरू जीवनशैली परिवर्तन गरेर पनि कोलेस्ट्रोल कम नभएमा डाक्टरको सल्लाहमा औषधि खानुपर्छ।

ज्ञान बाढ्नु सबै भन्दा ठुलो धर्म हो त्यसैले लाइक र शेयर गर्न नभुल्नु होला Krishna Kumar Saiju (कुरा गर्ने) १५:२७, १४ अगस्त २०१९ (युटिसी(UTC))

दमका कारण, लक्षण र उपचार[सम्पादन गर्नुहोस्]

दमका कारण, लक्षण र उपचार

विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा २३ करोड मानिसमा दम रोग छ। दम रोगका कारण बर्सेनी हजारौंले अकालमै ज्यान गुमाउनुपर्ने स्थिति छ। विश्वमा दमका कारण हुने जम्मा मृत्युमा असी प्रतिशत नेपाल जस्ता अति कम र विकासोन्मुख देशमा हुने गरेको छ। दमबारे सचेतना फैलाउनका लागि ‘ग्लोबल इनिसिएटिभ फर आस्थमा’ नामक संस्थाले प्रत्येक वर्षको मे महिनाको पहिलो मंगलबारलाई विश्व दम दिवसका रुपमा मनाउने गरेको छ। दम श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग हो। जसले बालबालिकादेखि वृद्ध–बृद्धासम्मलाई समान रुपमा असर गर्न सक्छ। सामान्यता यो रोग पुरुषको तुलनामा महिलामा बढी देखिन सक्छ। समयमै निदान र उपचार हुन नसकेको खण्डमा यसले सबै उमेर समूह र लिंगका मानिसलाई दीर्घ प्रभाव पार्न सक्छ। दमका कारण हुने अस्वस्थता र मृत्युदरलाई न्यूनीकरण गर्न समयमै निदान र प्रभावकारी उपचार विधि जरुरी हुन्छ।

खोकी र दममा फरक सम्पादन खोकी र दम फरक-फरक स्थिति हुन् भन्ने बिषेशज्ञ हरूको राय छ। तापनि दमबाट पीडितहरूलाई सामान्य रूपमा सास फेर्न असजिलो हुन्छ। र, उनीहरू प्रायः धेरै खोकिरहन्छन्।स्थायी खोकी दमको एउटा लक्षण हुन सक्छ। खोकी फोक्सोबाट हानिकारक कण निकाल्न सहयोग गर्ने शरीरको सामान्य क्रिया हो। यो कण सामान्य रूपमा धुलो, ब्याक्टेरिया, भाइरस, सा्राव हुन्छ। यदि निरन्तर बढी नै खोकी लागिरहने गरेको छ भनेचाहिँ यो फोक्सोमा समस्याको संकेत हो।

दम यस्तो स्थिति हो, जसले फोक्सोको हावा भित्र-बाहिर गर्ने नलीलाई प्रभावित गर्छ। दममा हावाको नलीको चारैतिर भएको मांसपेशी संकुचित हुन्छ र खुम्चिन्छ। यसले सास फेर्न गार्‍हो हुन्छ। यसले हावाको नलीमा जलनसमेत हुन्छ। कहिलेकाहीँ टाँसिने पदार्थ कफ बन्छ जसले हावाको नलीमा जम्मा भएर सास फेर्नमा समस्या उत्पन्न गर्छ। छातीबाट प्रायः घ्यारघ्यार निस्कन्छ। दममा फोक्सोमा भएको हावाको नली धेरै सम्वेदनशील हुन्छ र त्यसले चुरोटको धुवाँ, चिसो, परागकणजस्ता थुप्रै इरिटेन्ट प्रति प्रतिक्रिया गर्छ। यसलाई चिकित्सकीय भाषामा ट्रिगर भनिन्छ। जसले दमको स्तिथि पैदा गर्छ |

दमका लक्षण दमका बिरामीलाई सास फेर्न अप्ठ्यारो महसुस हुनेगर्छ। साथै सास फेर्दा छातीबाट घ्यार–घ्यार आवाज आउँछ। सुरुसुरुको अवस्थामा यस्तो लक्षण हप्तामा वा दुई हप्तामा या महिना–दुई महिनामा एक पटक हुने गर्छ। तर, रोग जटिल हुँदै गएको खण्डमा दिनहुँ यस्तो समस्या आइपर्छ। धेरैजसो दमको समस्या राति वा बिहानीपख वा धुवाँधुलोको सम्पर्कमा आएको बेला देखिन्छ। त्यसका अलावा सामान्य रुघाखोकी भएको बेला वा भाइरल इन्फेक्सन भएको अवस्थामा पनि दम जटिल बन्दै जाने हुन्छ। घ्यार–घ्यारजस्तै खोकी पनि दमको एउटा मुख्य लक्षण हो। लामो समयसम्म खोकिरहेमा दमको परीक्षण गराउन जरूरी छ।र कसैकसैलाई भने दमको समस्या नभई खोकी मात्र लाग्ने पनि हुन्छ। दम एक किसिमको एलर्जिक रोग भएका कारण बिरामीलाई रुघा लागिरहने र शरीर चिलाउने पनि हुन सक्छ।

दमका कारण दम लाग्नुको ठ्याक्कै कारण ‘मेडिकल साइन्स’ले पत्ता लगाउन सकेको छैन। तर, वंशाणुगत जोखिम र वातावरणीय प्रभावले यो रोग हुने सम्भावना बढी हुन्छ। सामान्यता परिवारका कुनै सदस्यलाई दम छ भने अरुलाई पनि देखिन सक्छ। साथै, वातावरणीय प्रदूषणलाई पनि दम हुने कारण मानिन्छ। धुवाँधुलो, व्यायाम र विभिन्न औषधि (जस्तैः एस्पिरिन) पनि दमका कारक हुन्। दम भइसकेकाहरुलाई घरभित्र एलर्जी गराउने (उपियाँ, उडुस, साङ्ला, कार्पेट वा सिरकको धुलो, धुवाँ, घर पालुवा जनावरका रौं आदि) कुराले झन् समस्या निम्त्याउँछ। यसैगरी धूमपान, वातावरणीय प्रदूषण र तनावले पनि दम बढाउँछ।

दमको शंका लागेमा के गर्ने? दम भएको खण्डमा डाक्टरको परामर्श लिइहाल्नुपर्छ। सुरुको अवस्थामा दमका बिरामीलाई रोगका लक्षणहरू मात्र बढी हुने र ल्याब टेस्टमा कुनै गडबडी नदेखिने हुन सक्छ। रोग बढ्दै गएमा ‘पल्मोनरी फङ्सन टेस्ट’ (पिएफटी) गरेर यो रोगको निदान गर्न सकिन्छ। विशेषतः पिएफटी गर्दाको औषधिले श्वासको प्रवाहमा सुधार भएको देखिएमा दम रोगको निदान गर्न सजिलो हुन्छ। यसका अलावा छातीको एक्स–रे र रगतमा ‘एओसिनोफिल’को जाँच गरेर पनि यो रोग भए/नभएको यकिन गर्न सकिन्छ। केही बिरामीलाई छातीको सिटी स्क्यान पनि गर्नुपर्ने हुन सक्छ। दम भएकाले के गर्ने? दमका बिरामीलाई ‘इन्हेलर’ विधि (जसमा औषधिलाई यन्त्रको मद्दतले सिधै फोक्सोसम्म पुर्याइन्छ) बाट उपचार गरिन्छ। इन्हेलरबाट लिइने औषधिले द्रूत गतिमा मात्र काम गर्दैन। बढी प्रभावकारी पनि हुन्छ। औषधिको नगन्य मात्रा मात्र रक्तसञ्चारमा पुग्ने हुँदा यसले शरीरमा गर्ने ‘साइड इफ्फेक्ट’ पनि कम हुन्छ। त्यसैले इन्हेलर विधिलाई श्वासप्रश्वासको उपचारका लागि सर्वोत्तम मानिएको छ्र। दमका बिरामीले प्रयोग गर्ने ब्रोङ्कोडाइलेटर र स्टेरोइड औषधिहरू इन्हेलरबाट दिइन्छ। सामान्यतः इन्हेलर यन्त्र तीन प्रकारका छन्।

१. एमडिआई (मिटर डोज इन्हेलर)

२. डिपिआई (ड्राइ पाउडर इन्हेलर)

३. नेबुलाइजर

(नेबुलाइजरको प्रयोग धेरैजसो जटिल र अस्पताल भर्ना भएको अवस्थामा गरिन्छ)। एमडिआई र डिपिआई सजिलोसँग बोक्न र प्रयोग गर्न सकिने भएकाले घरमै प्रयोग गरिन्छ। मिटर डोज इन्हेलरमा औषधि ‘स्प्रे’को रुपमा राखिएको हुन्छ। त्यस्तै ड्राइ पाउडर इन्हेलरमा औषधिको धुलो क्याप्सुलमा राखिएको हुन्छ। जुन इन्हेलर यन्त्रद्वारा लिइन्छ। यसका अलावा एमडिआईसँग श्वासको राम्रो संयोजन गर्न नसक्ने बिरामी र वृद्धावस्थाका व्यक्तिले ‘स्पेसर’ पनि सँगै प्रयोग गर्न सक्छन्।

यी यन्त्रहरुको प्रयोग ठीक तरिकाले गर्न जरुरी छ। त्यसो भएमा मात्रै यिनीहरुको प्रभावकारिता बढी हुन्छ। इन्हेलर प्रयोग गर्दा ध्यान दिनुपर्ने मुख्य कुरा भनेको इन्हेलर औषधि फोक्सोको भित्री भागसम्म पुर्‍याउनुपर्छ। यस प्रविधिको सफलता यसैमा निर्भर हुन्छ। इन्हेलर लिने सही तरिका चिकित्सकबाट सिक्नु जरूरी छ। औषधि दिने फर्मासिस्टले पनि औषधि दिँदा बिरामीलाई इन्हेलर लिने तरिका सिकाउनुपर्छ। ठूला र व्यस्त श्वासप्रश्वासका क्लिनिकहरूमा भने यी औषधि लिने विधि सिकाउने छुट्टै इन्हेलर एजुकेटरको व्यवस्था गरिएको हुन्छ।

दम र क्रोनिक अप्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडी) पनि मधुमेह र उच्च रक्तचापजस्तै दीर्घकालीन रोग हुन्। जसले दीर्घ रूपमा फोक्सोलाई क्षति पुर्याउँछ। लामो समय औषधि लिनुपर्ने हुनाले सबभन्दा प्रभावशाली र सबभन्दा कम साइड इफेक्ट गर्ने इन्हेलर विधि नै यसको सर्वोत्तम उपचार हो।

दमबाट जोगिने उपाय दमको कारक तत्व पत्ता नलागिसकेको हुनाले यसबाट पूर्णरुपमा जोगिने उपाय विकास हुन सकेको छैन। तथापि रोग लागिसकेकाहरूले समयमै यसको निदान र उपचार गरेमा फोक्सोमा हुने दीर्घ प्रभावलाई न्यूनीकरण गर्न सकिन्छ। त्यस्तै, यसका जोखिमहरूबाट बच्नेतर्फ सोच्नुपर्छ। जस्तै, धुवाँधुलोको वातावरणबाट टाढा रहेर र मास्कको प्रयोग गर्ने, रुघाखोकीको समयमै उपचार गर्ने, तनावलाई न्यूनीकरण गर्ने जस्ता उपायले दम बल्झिनबाट जोगिन सकिन्छ। Krishna Kumar Saiju (कुरा गर्ने) १५:२८, १४ अगस्त २०१९ (युटिसी(UTC))

रोग र मृत्यु दर घटाउन शाकाहारी बनाै[सम्पादन गर्नुहोस्]

रोग र मृत्यु दर घटाउन शाकाहारी बनाै

तपाईं कुनै रेष्टुरेन्टको मेनुमा आँखा दौडाउनुहोस्, ननभेज परिकारको सूची लामो देख्नुहुनेछ । कुनै भोज-भत्तेरमा पुग्नुहोस्, मासुकै परिकारले प्लेट भरिभराउ हुनेछ । कम्तीमा पनि सप्ताहन्त मासु खानैपर्ने प्रचलन हाम्रो समाजमा छ । यी पृष्टभूमीलाई हेर्ने हो भने ठोकुवा गर्न सकिन्छ, हामी मांशहारी छौं ।

चाडपर्व, जमघट, उत्सवलाई रसिलो बनाउन हामी मासुको साथ खोज्छौं । मीठो-मसिनो खानेकुराको प्रसंग आउनसाथ हाम्रो भान्सामा मासुजन्य परिकार पाक्ने गर्छ । पशुपंक्षीको मासु नै हाम्रो लागि मीठो परिकार हो ।

अब हिसाब-किताब गरौं, हामी दिनहुँ कति मासु उपभोग गर्छौं ? हामीले उपभोग गर्ने मासुका खातिर कति पशुपंक्षी मारिन्छ ? यत्तिका पशुपक्षीको हत्या र त्यसको सेवनबाट मानव स्वास्थ्य एवं पर्यावरणमा कस्तो असर परिरहेको छ ?


यो कुरामा किनपनि सोच्नुपर्ने बेला भएको छ भने, मासुजन्य परिकारको सेवन मानव स्वास्थ्यका हिसाबले हानिकारक मात्र छैन, पर्यावरणका लागि पनि । पछिल्लो समय जसरी जलवायु परिवर्तन र पर्यावरण दुषित हुँदै गएको छ, त्यसमा मासुजन्य उपभोगलाई पनि एक प्रमुख कारक मानिएको छ ।

त्यसो त अहिले एकाथरीले शारीरिक रुपमा पोषक तत्व आपूर्तिको लागि मासु अनिवार्य भनी तर्क गर्ने गरेका छन् । प्रोटिन, फ्याट, आइरन जस्ता पोषक तत्वको स्रोत हो मासु । अन्नपात एवं सागसब्जीको अभाव टार्न समेत मासु खानुपर्ने अवस्था पनि छ ।

तर, जब तपाईं कुनै रोगको उपचार गर्न अस्पताल पुग्नुहुनेछ, चिकित्सकले कतिपय खानेकुरा नियन्त्रण गर्न सुझाव दिन्छन् । र, अक्सर यस्ता खानेकुरामा मासुजन्य परिकार पर्छ । खासगरी रातो मासु । जबकी हामीले उपभोग गर्ने मासुको प्रकारमा धेरैजसो रातो मासु नै पर्छ । यसमा खसी, बोका, रागा, भैंसी, सुँगुर आदि पर्छ ।

चिकित्सकहरु के पनि भन्छन् भने, मासुबाट जुन पोषक तत्व प्राप्त हुन्छ, त्यो अन्य सागसब्जीबाट पनि प्राप्त गर्न सकिन्छ । अर्थात मासु निर्विकल्प स्रोत होइन । त्यसैले सन्तुलित भोजनका लागि मासुमै निर्भर हुनुपर्छ भन्ने छैन ।

अब रह्यो स्वादको कुरा । मासुजन्य परिकार मात्र स्वादिलो हुन्छ भन्नु आफैमा भ्रम हो । स्वादमा विविधता खोज्ने र जिब्रोलाई नयाँ स्वादमा अभ्यस्त गर्ने हो भने अनेकथरी सागसब्जी फेला पर्छ ।

शारीरिक स्वास्थ्यका लागि मासु त्यती उपयोगी नहुने त पुष्टि नै भइसकेको छ । धेरैजसो रोगमा तपाईंले मासुको उपभोग कटौती गर्नै पर्छ ।

अझ महत्वपूर्ण कुरा त के भने, हाम्रो शरीरको संरचना मासुको लागि अनुकुल नभएको बताइन्छ । मासु पचाउन पाचन यन्त्रले धेरै भार व्यहोर्नुपर्छ । मासु लामो समयमा मात्र पच्छ । त्यसमाथि मासुका लागि जनवारको छनौट गर्ने, बध गर्ने, भण्डारण गर्ने, पकाउने कुरामा हामी अस्वस्थ्यकर विधी अपनाउँछौं । यसले गर्दा मासु हाम्रो लागि रोगको भण्डार बन्ने गर्छ ।

मासुको खपत पूर्णत ठप्प भयो भने मुटुको रोगी, मधुमेह, स्ट्रोक र केही किसिमको क्यान्सर पनि पटक्कै हुनेछैन । यस्तो अवस्थामा विश्वभरबाट स्वास्थ्य उपचारका लागि जति खर्च हुन्छ, त्यो बचत हुनेछ ।

यी भए, शारीरिक स्वास्थ्यको कुरा । मासुजन्य परिकारको उपभोगले पर्यावरणमा पनि नकारात्मक असर परिरहेको छ । एउटा आलेखमा के दावी गरिएको छ भने, ‘यदि सन् २०५० सम्म विश्वका मानव समुदाय शाकाहारी भए भने हरेक बर्ष ७० लाख कम मृत्यु हुनेछ । त्यसैगरी पशुसँग जोडिएको उत्पादन पूर्णत खपत गर्न छाडियो भने हरेक बर्ष ८० लाख कमको मृत्यु हुनेछ ।

अक्सफोर्ड मार्टिन स्कुल फ्युचर अफ फुड प्रोगामको एक रिसर्चबाट यो तथ्यांक तयार गरिएको छ । रिसर्चर मार्को स्पि्रगम्यानका अनुसार खाद्य सामाग्रीसँग जोडिएको उत्सजनमा ६० प्रतिशतको गिरावट आउनेछ । यो रेड मिटबाट मुक्तिको कारण हुनेछ । किनभने रेड मिड मिथेन ग्यास उत्सर्जित गर्ने पशुबाट प्राप्त हुन्छ ।


कोलम्बियामा इन्टरनेशनल सेन्टर फर ट्रपिकल एगि्रकल्चरमा काम गर्ने एन्ड्र्यु जर्विस भन्छन्, ‘विकसित देशमा शाकाहारी हुनु निकै फाइदाजनक छ । यो पर्यावरण र स्वास्थ्य दुबैका लागि फाइदा छ ।’

चार सदस्य भएका मांशहारी परिवारले दुई वटा कारले भन्दा बढी ग्रीन हाउस ग्यास छोड्छ । उदेगलाग्दो चाहि के छ भने, जब ग्लोबल वार्मिङको कुरा गरिन्छ, तब कारलाई दोष दिइन्छ, मासु खानेहरुलाई होइन । यही कारण ग्रीन हाउस ग्यास उत्सर्जन बढी हुन्छ । बि्रटेनका फूड सेक्युरिटी विज्ञ टिम बेन्टन भन्छन्, ‘हाम्रो खानपानको प्रवृत्तिले हाम्रो माहौलमा असर पर्छ । तर, यसमा कसैको ध्यान जाँदैन ।

हामीले पूर्ण रुपमा मासु छाड्न सकेनौ भने पनि यसको खपत कम गर्न सकिन्छ । यसले पक्कै सकारात्मक नतिजा दिनेछ । Krishna Kumar Saiju (कुरा गर्ने) १५:३७, १४ अगस्त २०१९ (युटिसी(UTC))

नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्।

नमस्ते!
Krishna Kumar Saiju ज्यू
समस्त विकिपिडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपिडियामा हार्दिक स्वागत छ। विकिपिडिया एउटा खुला विश्वकोश हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।

  • हालसम्म नेपाली विकिपिडियामा ३३,०५९ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।

  • विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा पहिले देखि नै भएका लेखमा सामग्री थप्न सक्नुहुन्छ, तर विकिपिडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबैभन्दा पहिले दुईवटा लेख प्राय सोधिने प्रश्नहरूस्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपिडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकीको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपिडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • परीक्षणको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईँले एउटा विकिपिडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठको लिङ्क र मिति थपिने छ।
  • यदि तपाईँलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क राख्न सक्नुहुन्छ।

धन्यवाद!

Nawaraj Ghimire (कुरा गर्ने) ०८:०२, १५ अगस्त २०१९ (युटिसी(UTC))

जनै खटिरा भनेको के हो ? अन्धविश्वास र समाधान[सम्पादन गर्नुहोस्]

जनै खटिरा (हर्पसजोस्टर) एक प्रकारको भाईरल ईन्फेक्सन हो । यसलाई पीडादायक समस्याको रुपमा लिन सकिन्छ । किनभने छालामा देखिने यो रोगमा स–साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने किसिमको हुन्छ । चिकनपोक्सको जिवानु (भेरिसेला जोस्टर) भाइरसको संक्रमणले यो रोग लाग्दछ । चिकित्सकिय भाषामा यसलाई हर्पसजोस्टर भनिन्छ भने गाउँघरमा जनैखटिरा पनि भन्ने गरेको पाइन्छन् । जनै खटिरा सबै उमेरका मानिसलाई हुन सक्छ । प्रायःगरी यो रोग त्यस्ता व्यक्तिलाई हुन्छ, जसलाई पहिला ठेउँला (चिकेनपोक्स) भएको वा चिकेनपोक्सको एक्सपोजर भएको होस् । त्यस्ता व्यक्तिलाई हर्पसजोस्टर हुने संभावना प्रबल हुन्छ । कारण के भने भेरीसेला जोस्ट नामक भाईरस शरीरमा एक पटक प्रवेश गरिसकेपछि चिकेनपोक्स ठीक भइसकेपश्चात् पनि यो भाइरस नर्वस सिस्टम जान्छ र जीवनपर्यन्त सुषुप्त अवस्थामा शरीरभित्रै रहिरहन्छ । आफ्नो अनुकूल परिस्थतिमा वा शरीरको प्रतिरोधक क्षमता कम भएमा यो पुनः देखापर्ने गर्दछ । मधुमेह, मुटुको रोगी, एड्स रोगी, किड्नीको रोगी र क्यान्सरलगायतका पुराना रोगीहरुमा उनीहरुको आन्तरिक शारीरिक क्षमता कमजोर हुन्छ । यसबाहेक लामो समयसम्म उपचारको क्रममा स्टेराएड्स जस्तै प्रेडनिसोन औषधिको सेवन गर्नेमा पनि हर्पसजोस्टर हुने खतरा बढी रहन्छ । यो रोग किन हुन्छ यसको कारण स्पष्ट त छैन, तर चिकित्साविद्हरु (छालारोग विशेषशज्ञ)को भनाईअनुसार जब हाम्रो शरीरको प्रतिरोधक क्षमता कमजोर हुन्छ । जसले गर्दा शरीर कमजोर हुन जान्छ । त्यसबेला यसको भाईरस नर्वस पथ–वे अर्थात् स्नायुमार्गको बाटो हुँदै हाम्रो छालासम्म पुग्छ । सामान्यतया यो रोग बढ्दो उमेर तथा पचास वर्षभन्दा बढी उमेर भएका मानिसहरुमा लाग्ने संभावना बढिरहन्छ । यसबाहेक अन्य कारणहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुनु, शारीरिक तथा मानसिक तनाव बढी हुनु, निन्द्राको अभाव आदीलाई लिन सकिन्छ । दाना निस्किनुभन्दा अगाडि प्रभावित पाटामा दर्द हुनु यस रोगको प्रमुख लक्षण हो । दर्द भएको केही दिनपश्चात् त्यस ठाउँमा रातो–रातो डाबर आउन सुरु हुन्छ । सुरुमा छालामा मसिनो डाबर आउनु । पछि खटिराको रुपमा विकास हुनु । खटिरा घाउको रुपमा परिणत हुनु । सो घाउ वरिपरिको क्षेत्रको छाला अति नै संवेदनशील हुनु र छुँदा पनि साह्रै दुख्नु । ज्वरो आउनु । खटिरा आउने ठाऊँमा धेरै दुख्ने । चिलाउनु, पोलेकोजस्तो अनुभव हुनु । झस्का हानेको जस्तो दुख्ने । पानीका ससाना फोका आउने । शरीरको कुनै पाटोमा खटिरा आउने । हात, पाखुरा, छाती, पेट, पिठ्युँ, खुट्टा वा कुनैपनि ठाँउमा आउन सक्छ । तर, अधिकांश रुपमा डाबरहरु शरीरको माथिल्लो भागमा नै निस्किन्छ । यसको अलावा कसै–कसैलाई ज्वरो आउनुकोसाथै शरीरका जोर्नीहरु दुख्नु, टाउको दुख्नु, बढी लाईट सहन न हुनु, थकान महसुस हुनु आदि जस्ता शिकायतहरु पनि देखिन्छ । समयमा नै जनैखटिराको औषधोपचार गरिएन भने यसरोबाट प्रभावित व्यक्तिको आखाँको दृष्टि कमजोर हुने । बिरामीको मुख बांगो हुने । ब्रेन हेमरेज भई बिरामीको मृत्यु पनि हुन सक्छ । हर्पसजोस्टरको बारेमा गाउँघरमा एकप्रकारको अन्धविश्वास वा भ्रम रहेको देखिन्छ । के भने, जनै खटिरा भएपछि यो रोग निको हुँदैन । ब्यक्तिको मृत्यु हुन्छ । जुन एकदमै गलत कुरा हो । जनैखटिरा आएपछि कसैलाई दुई–तीन हप्तामा ठीक हुन्छ भने कतिपय दीर्घरोगबाट पीडित बिरामीलाई एकरदुई वर्षसम्म यसले दुस्ख दिइरहन्छ । यसकारण बेलामै संबन्धित (छालारोग विशेषज्ञ) लाई कन्सल्ट गरी यस समस्यको उपचार गराउनु पर्दछ । होमियोप्याथिक उपचारः होमियोप्याथिक चिकित्सामा रोगीको शारीरिक एवं मानसिक अवस्थालाई ध्यानमा राखेर ऊपचार गर्ने गरिन्छ । हर्पसजोस्टर (जनै खटिरा)को उपचारमा रोगीको लक्षणअनुसार प्रयोग हुने केही होमियोप्याथिक औषधिहरु निम्न लिखित छन् । जसको प्रयोग आफ्नो नजिक कुनै योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सक सँग परामर्श लिई प्रयोग गर्नु उचित हुन्छ । औषधिहरुः डल्कामारा, रसटक्स, टरेन्टुलाक्युबेन्स, मेजेरियम, आर्से्निकएल्ब, सिकोटा विरोसा, थुजा, आईरिस भर्स, रेनन्क्युलस, केन्थरिस, परुनस स्पाईनोसा, सोरिनम आदी । संक्रमण अवस्थामा भएको रोगीको ऊचित हेरविचार र सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यसका साथै बिरामीको लुगा, बेडसिट, तौलिया, रुमाल, काँइयो आदिलाई तातोपानीले धोएर जीवाणुरहीत बनाउने । डाबर चिल्लाएको अवस्थामा नङले वा कुनै प्वाईन्टेट वस्तुले कन्याउनु हुँदैन । साह्रै नै चिलाएको छ भने सफा नरम कपडाले माथिबाट हल्का किसिमले सुमसुम्याने गर्नाले पनि चिलाउनमा राहत मिल्छ । आवश्यकता अनुसार पर्याप्त मात्रामा निदाउनु पर्छ । चर्को घाममा लामो समय बस्नु हुँदैन । शारीरिक एवं मानसिक तनाव सकभर कम गर्नुपर्छ । यस रोगको उपचारको क्रममा बिरामीले आफ्नो खानपानमा समेत ध्यान दिनुपर्छ । उचित खानपानले पनि रोगलाई निको पार्नमा मद्दत गर्दछ । यस रोगबाट पीडित बिरामीले आफ्नो खानामा माछा, मासु, गेडागुडी, दूध, चिज, मुंगको दाल, लसुन, हरियो सागपात समावेश गर्नु पर्छ । बदाम, पेश्ता, काजू, ओख्खर, चक्लेट, मिठाई, जौ, गहुँबाट बनेका परिकार भटमास आदि जस्ता खाद्य पदार्थहरुको सेवनले भाईरसलाई वृद्धि गर्ने हुँदा यसलाई नखानु नै वेश हुन्छ । Krishna Kumar Saiju (कुरा गर्ने) ००:४६, १७ अगस्त २०१९ (युटिसी(UTC))