सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Kumudpant

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हलिउडमा छिर्दै नेपाली टिठो

लण्डन । धैर्यता र लगाव भए असम्भव केही छैन भन्ने नेपाली युवक कुमुद पन्तले सिद्ध गर्दैछन् । नेपाली चलचित्रका नायक राजेश हमालबाट प्रभावित भएर कलाकारितामा होमिएका पन्त अहिले बेलायतमा अभिनय र मोडलिङमा ब्यस्त छन् ।

सन् २००४ मा साउथइस्ट लण्डन मोडल फेसटुफेस प्रतिस्पर्धा जितेर मोडलिङमा भाग्य अजमाएका पन्तले हालसम्म हलिउड र वलिउडका गरी २५ वटा फिल्ममा अभिनय गरिसकेका छन् ।

मनोरञ्जनसम्बन्धी वेवसाइट आइएमबीडी डटकमका अनुसार पन्तले अभिनय गरेका फिल्महरुमा क्युट लिटल बगर्स, अमर अकबर एण्ड टोनी, चेसिङ रोबर्ट बार्क, दी एनोमाली, किक, मर्सि, ही हु डेयर्स, टेन, आइम स्टील हिअ, हार्ड टाइम बस, इनिमी अफ इंग्ल्याण्ड, द होलिगन फ्याक्ट्री, द ह्वाइट रुम, टु डेज इन द स्मोक, एबी नेगेटिभ, भेङ्गाली, ह्वाइट कोलो होलिगान टु : इंग्ल्याण्ड अवे, जबतक हे जान, कन्ट्रयाक्टेड र फ्राइट अफ द डेड रहेका छन् । “त्यसमा लिस्टिङ हुन बाँकी अरु फिल्महरुमा पनि काम गरेको छु करिब २५ वटामा अभिनय गरिसकेँ हुँला” पन्तले भने ।

यसबाहेक उनले लण्डनमा नेक्स्ट, युनिक, सफारी स्टुडियो आदिमा मोडलिङ गरिसकेका छन् भने नेपालको साइबरसंसारडटकममा पनि मोडलिङ फोटो सुट गरेका छन् ।

सन् १९७१ मा दाङमा जन्मिएका पन्त १२/१३ वर्षको उमेरदेखि नै फिल्मका हिरो भनेपछि भुतुक्क हुन्थे । हिरोको पोस्टर कोठाका भित्तामा टाँस्थे । उनीहरुको अभिनय र सम्वादको नक्कल गर्थे । अनि राजेश हमाल बन्नलाई लामो कपाल पाल्थे ।

सन् १९९५ मा सपनाको सहर काठमाडौँ आएपछि उनको अभिनयको यात्रा शुरु भयो । दिनेश डिसीको ट्वाक्कटुक्कबाट पर्दामा पदार्पण गरेका पन्तले एकसाथ मोडलिङ र अभिनय यात्रा अघि बढाए । उनले जन्मभूमि, जन्मजन्म, चुनौती, गोठालोजस्ता ठूलो पर्दाको नेपाली फिल्ममा मौका पाए ।

हाल युकेका स्थानीय मोडलिङ र अभिनय एजेन्सीसित आवद्ध भएर हरेक हप्तामा दुई/तीन वटा सुटिङ गर्ने गरेका पन्त भन्छन्, “यहाँ आएर यसरी कलाकार भएरै काम गरिएला भनेर सोचेको थिइनँ ।” जबतक हे जानमा वलिउड सुपरस्टार शाहरुख खानसित काम गर्न पाएका पन्त अगाडि थप्छन्, “अब अरु काम छोडेर अभिनय र मोडलिङ गरेरै पनि बाँच्न सक्छु ।”

अहिलेसम्म ब्याकग्राउण्ड, साइड र क्यारेक्टर रोल गरेका पन्तको रहर लिड रोल गर्ने छ । अमेरिका निवासी अनु शाहले निर्माण गर्न लागेको नेपाली फिल्म सिमलको भुवामा नायकका लागि उनले सहमति पनि जनाएका छन् । तर हलिउडमा लिड रोल गर्ने लक्ष्य भने अलि परै छ । “लागिरहे केही गर्न सकिने रहेछ” भन्ने विश्वास पालेका पन्तको त्यो रहर एकदिन कसो पूरा नहोला ?


-नरेश खपाङ्गीमगर

Kumudpantसँग छलफल सुरु गर्नुहोस्

छलफल सुरु गर्नुहोस्