प्रयोगकर्ता वार्ता:Madhavaraj Acharya

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!--आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०४:५८, ११ जुलाई २०१० (UTC)

नयाँ पृष्ठ सम्पादन गर्ने बारे[सम्पादन गर्नुहोस्]

आचार्य ज्यृ तपाईले बनाएको लेख र लेख खोज्न अपनाएको तरिका ठिकै छ। नयाँ प्रयोगकर्ता भएकाले दु:ख पाउनु भयो तर तपाईले काम गर्दै जाँदा केही दुख छैन एक दम सजिलो छ। तपाईँले लेखेको लेखको सामाग्रीलाई यहाँ थप गरेर लेख मेटाउन सकिने छ। नयाँ पृष्ठ सम्पादनको लागी ध्यान दिनु पर्ने कुराहरु:-
  1. नयाँ लेख सम्पादन गर्न पहिले त्यो नाम भएको लेख छ छैन भने खोज्नु जरुरी छ। जसकोलागी तपाई
    यो बाकसको प्रयोग गर्न सक्नु हुनेछ। यसो गर्दा तपाईले खोज्न चाहेका लेखहरु यो विकिमा भए नभएको जानकारी तपाईले पाउनु हुनेछ। यदी तपाईले खोजेको लेख तथा त्यो शब्द संग मेल खाने लेखहरु भएको पनि थाहा पाउनु हुनेछ। यदी तपाईँको खोजसँग मेल खाने शब्दको लेख भेटिएमा सकभर त्यसै लेखमा सामाग्री थप गर्नुहोला। तपाईँलाई नयाँ पन्ना बनाउने मन लागेमा '(तपाईँले खोजेको लेख)' पृष्ठ सृजना गर्नुहोस् भने ठाउँमा क्लिक गरेर सिधै पृष्ठ सम्पादन गर्नु होला।
  2. नयाँ पृष्ठ सम्पादन गर्दा तपाईले त्यसमा लिँकहरु दिएर फेरी अरु नयाँ लेख लेख्ने बाटो बनाउन सक्नु हुनेछ यसको लागी शब्द दुबै तिर [[]] यस्तो चिन्ह लगाएमा नयाँ पृष्ठ सम्पादन गर्ने अथवा सम्बन्धित लेखसँग जोड्ने बाटो बन्ने छ। जस्तै मैले नेपाल नामको शब्दको दुबै तिर माथी देखाएका चिन्हहरु प्रयोग गर्दा नेपाल यस्तो भयो।

न बुझेको कुरा फेरी पनि सोध्नु होला म तपाईँलाई पुर्ण सहयोग गर्ने छु एक पटक यो लेख पनि पढ्नु होला। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०३:५८, १२ जुलाई २०१० (UTC)

नेपाली पाना[सम्पादन गर्नुहोस्]

आचार्य ज्यू तपाईँले कुन नेपाली पानामा हिन्दीमा लेखेको पाउनु भयो त्यो राम्ररी प्रष्ट्याउनु भएन विकिपीडिया एक खुला विश्वकोष हो यसमा कसैले पनि कहिँ पनि परिवर्तन तथा सम्पादन गर्न सक्छ यदी तपाईँलाई कुनै लेखमा केही गलत देखियो भने त्यसलाई सुधार्ने तपाईँसँग पुरा अधिकार छ। तपाई केही सुरक्षीत पानालाई छोडेर अन्य लेखहरूको गल्ती सुधार गर्न सक्नु हुनेछ।