प्रयोगकर्ता वार्ता:Mahendra sapkota

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संरक्षणको पर्खाइमा ज्वाला क्षेत्र महेन्द्र सापकोटा÷दैलेख प्राकृतिकरुपले धनि जिल्ला दैलेख । ‘कृषि पर्यटन र पूर्वाधार समुन्नत दैलेखका तीन आधार’ यो शव्द कुनै व्यक्तिले वोलेको शव्द होइन मात्र दैलेख जिल्ला विकास समितिको कार्यालय जाने गेटको वोर्ड र जिविसको हलमामा लेखिएको शव्द हो । लेखाई र वोलाईमा सिमित यस्ता शव्दहरु केवल त्यसैमा सिमित रहेका छन् । पर्यटन क्षेत्रमा केहि गरौं कि भन्ने जिल्ला विकास समिति नै मौन रहे पछि पर्यटनको क्षेत्र दैलेख कहाँ पुग्ने हो ? दैलेख जिल्ला पर्यटनको भरपुर जिल्ला हो यसलाई सवैले संरक्षण सम्वद्र्धन गर्नु पर्छ भन्ने जस्ता राजनितिक स्वार्थका शव्दहरु पनि प्रयोग भए । जिल्ला विकास समितिको योजना तर्जुमा गोष्ठिमा पनि कुर्लिरहे तर, कसैले केहि गर्न सकेनन् । दैलेख सदरमुकामको दक्षिणी भेकमा पर्ने श्रीस्थानमा प्राकतिक रुपमा बलिरहेको ज्वाला झट्ट हेर्दा जो कोहीलाई पनि अचम्म लाग्ने गर्दछ तर, सदीयौं देखी पानीमाथि निरन्तर रुपमा आगोको ज्वाला बल्दै आएको श्रीस्थान ज्वालाको हालसम्म कुनै पक्षबाट ठोस रुपमा संरक्षण हुन नसक्दा संरक्षणको पर्खाइमा रहेको छ । यस ज्वाला मन्दिर भएको स्थलमा जथाभावी गाई वस्तुले भत्काउने उदिन्ने जस्तो समस्याले जिर्ण वन्दै गएको छ । सदियौदेखी निरन्तर रुपमा खोलाका छेउ छाउमा धपधपी आगोको रुपमा बलिरहेको उक्त स्थान श्रीस्थान खोला र नाभिस्थान खोलाको बीचमा पर्ने टापुको रुपमा रहेको छ, जसलाई पौराणीक कालदेखी धार्मिक रुपमा सत्तेदेवीको शिर पतन हुँदा शिर खसेर बनेको श्रीस्थानको ठूलो ज्वाला भनेर चिन्ने गरिन्नछ । यस्ता ज्वाला बल्ने ठाउँ दैलेखका पाँचवटै तिर्थस्थलहरुमा देखिन्छ जो अहोरात्र सदियौदेखी यसैगरी बल्दै आएका छन् । श्रीस्थान, नभिस्थान, धुलेश्वर, पदुका र कोटीला क्षेत्रको रुपमा रहेका सवै क्षेत्रमा ज्वाला बलिरहेको छ । धार्मिक दृष्टिकोण सँगै निकै ठूलो शक्ति पीठको रुपमा रहेको श्रीस्थान क्षेत्रमा बडादशैकामा नौ दिनसम्म शक्तिको उपासना समेत गर्ने गरिन्छ । सदरमुकामदेखी करिव ६ कि.मि.पश्चिममा अबस्थित यस श्रीस्थान मन्दिरमा धार्मिक आस्था राख्नेहरु दर्शन र पुजा गर्न समेत मन्दिरमा घुईचो लाग्ने गर्दछ । धार्मिक पर्यटनमा समेत निकै महत्व राख्ने यो क्षेत्रमा सुर्खेत, नेपालगंज, जुम्ला, हुम्ला लगायत काठमाण्डौं र भारतवाट समेत ज्वालाको दर्शन गर्न दर्शनार्थीहरु आउने गर्दछन् भने जिल्लामा मृत्यु भएका मानीसहरुको पनि त्यही ज्वालाको आगोवाट दाहा संस्कार गरेपछी स्वर्ग जाने भन्ने मान्यता अनुसार धेरैजसो मानीसहरुलाई अन्त्यष्टिको लागि पनि श्रीस्थान मै लिने चलन छ । निकै ठूलो शक्ति पिठका रुपमा रहेका दैलेखका ऐतिहासिक महत्वलाई नेपाल सरकारले काठमाण्डौं, लुम्बिनी पछिको तेस्रो स्थानमा राखेकोले यसको महत्व अन्तराष्ट्रिय स्तरमा पु¥याउनुपर्ने आवश्यकता रहेको स्थानीय बासिन्दाहरुको माग रहेको छ । धार्मिक रुपले यो निकै महत्व छ भने बैज्ञानिक रुपले समेत पेट्रोलियम पदार्थ रहेकोले निकै महत्वपुर्ण खनिज पदार्थखेर गईरहेको छ । यसलाई राज्यका विभिन्न तह र तप्काबाट उत्खनन् गर्न सकेको भए राज्यलाई समेत टेवा पुग्ने स्थानीय नितेस सुबेदीले बताउँछन । उनले भने, ‘श्रीस्थान मन्दिर वरिपरि खुल्ला रुपमा राखिएका मुर्तिहरु मध्ये कतिपय मुर्ति चोरी भैसकेका छन् यसको संरक्षण नभएकोले यसको अस्तित्व दिनप्रतिदिन ओझेलमा पर्दै गएको छ ।’ बि.स १९५० सालमा राणाहरुले यस मन्दिरको संरक्षण गरि मन्दिरको स्वरुप दिएर मन्दिरको स्थापना गराएको ढुंगामा लेखिएको शिलालेखमा देखिन्छ । जताततै ग्याँसको प्रवाह भैरहेको छ । यसबाट दैलेख भित्रको कुनै ठाउँमा पेट्रोलियम पदार्थरहेको अनुमान भैसकेको छ तर यसको कुनै उत्खनन् हुन सकेको छैन् यसलाई राज्यले मुख्य प्राथमिकतामा राखेर यसको उत्खनन् गर्नुपर्ने बेला आएको ज्वाला सरक्षण समतिका अध्यक्ष राम बहादुर थापाले बताए । उनले भने ‘ज्वाला हेर्न मानिसहरु आउने गरे पनि यहा बस्नको लागि समस्या छ, जिल्ला बिकास समिति ,नगरपालिकाले यस लाई सरक्षण गरेर बस्नको लागि ब्यबस्था गरिदिएको भए आन्तरिक देखी बाह्रय जिल्लाबाट पनि पर्यटकको संख्या वढ्ने थियो ।’ स्थानिय बिकास अधिकारी बिश्वप्रकाश अर्यालले भने, यसलाई सरक्षण र सम्बर्द गर्न ५ बर्ष पर्यटन गूरुयोजना टेकबहादुर खाणको सयोजकत्वमा गठन गरेको वताए । नेपालमा रहेका विभिन्न ऐतिहाँसिक, धार्मिक र पर्यकीय महत्वसँगै बैज्ञानिक महत्वका पर्यटकिय स्थलहरु सयौं बर्षदेखी खेर गईरहेको र, यिनको संरक्षण र सम्बद्र्धनमा राज्यका महत्वपुर्णनिकायहरुले समयमै सचेत भईदिएको भए नेपालको बिकासमा निकै ठूलो लाभ हुने पक्का थियो । तर, नारा र गफमा मात्र सिमित मात्र हुने भए । ज्वाला संगै दैलेखमा रहेका नाविस्थान पादुका, धुलेश्वर पंचदेवल,द्धारी झरना, नौतले गुफा, दैलेख कोतगडी लगाएत दर्जनौ पर्यटकिय स्थलहरुलाई संरक्षण गर्न आवश्यक छ । यसलाई एक पटक सवैले सोच्न जरुरी रहेको छ ।