प्रयोगकर्ता वार्ता:Nylamichhane
विषय थप्नुहोस्राष्ट्रिय सहकारी बैंक National Co-operative Bank Ltd
[सम्पादन गर्नुहोस्]पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]नेपालमा सहकारीको शुरुवात भएको ६ वर्षपछि अर्थात वि. स. २०२० सालमा सहकारी बैंकको स्थापना भएको थियो । २०१९ सालमा सहकारी ऐन आएपछि सोही ऐनको आधारमा सहकारी बैंक स्थापना भएको हो । तर सहकारी सम्बन्धी ठोस नीतिको अभावमा २०२४ सालमा सहकारी वैंक, कृषि विकास बैंकमा परिणत हुन पुग्यो । २०४८ सालमा सहकारी ऐन र ०४९ सालमा सहकारी नियमावली आउनुका साथै राष्ट्रिय सहकारी संघ र सहकारीका अगुवाहरुको चाहना र पहलवाट २०५७ सालमा सहकारी ऐन २०४८ लाई संशोधन गरी सहकारी बैंक स्थापना सम्बन्धि व्यवस्था गरियो । नेपाल सरकारको १ करोड शेयर रकम र सहकारी संघ संस्थाहरुको सहभागितामा २०६० असार २५ गते राष्ट्रिय सहकारी बैंक लिमिटेड विधिवत रुपमा दर्ता भयो । बैंकले आफ्ना सदस्य सहकारी संघरसंस्थाहरू बीच २०६१ श्रावण १९ गते देखि कारोवार शुरु गरेको हो । सहकारी विभागको मातहतमा सञ्चालन हुदै आएको बैकले २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ्ग कारोवार गर्न स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि अर्को नियमनकारी निकायको मातहतमा सञ्चालन भएको छ । यो बैकमा नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ लिमिटेड, केन्द्रीय सहकारी संघहरू, जिल्ला सहकारी संघहरू, बिषयगत सहकारी संघहरू, विभिन्न प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरू आबद्ध छन् ।
उद्देश्य
[सम्पादन गर्नुहोस्]राष्ट्रिय सहकारी बैंक लिमिटेडको स्थापना हुनुको मुख्य उदेश्य सदस्य सहकारी संघ वा संस्थालाई थोक कर्जाको रुपमा वित्तीय तथा अन्य आवश्यक सहयोग उपलब्ध गराई त्यस्ता संघ÷संस्था मार्फत जनताको आर्थिक तथा सामाजिक स्तर माथि उठाउन सहयोग पुर्याउने हो । यसका साथै नेपाल सरकार तथा राष्ट्र बैंकको नीति निर्देशन र ऐनको अधिनमा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी संघ संस्थाहरुसंग आवश्यक समन्वय कायम गरी सहकारी आन्दोलनलाई सहयोग पुर्याउने यसको अर्को महत्वपूर्ण उदेश्य हो । यस्तै पूँजि अभाव भएका सहकारी संघ÷संस्थाहरुलाई कर्जा स्वरुप पूँजि सहयोग गरी व्यवसायिक बनाउने र क्रमशः पूँजिमा आत्मनिर्भर गराउंदै लैजाने लगायतका उदेश्य लिएर यो बैंक स्थापना भएको हो ।
वर्तमान अवस्था
[सम्पादन गर्नुहोस्]राष्ट्रिय सहकारी बैंक लि.मा हाल ७५ जिल्लाका करिब ७ हजार ३ सय सहकारी संघ संस्था शेयर सदस्य छन् । ३३ शाखा र १ केन्द्रीय कार्यालय गरी ३४ स्थानबाट ६६ करोड भन्दा बढी शेयर पूँजि संकलन, ८ अर्ब निक्षेप संकलन, करिब ५ अर्व कर्जा लगानी र करिव १० अर्बको कारोबार भैरहेको छ । बैंकले पछिल्लो समय कृषि र विपन्न वर्ग कर्जामा विशेष प्राथमिकता दिदै आएको छ । यो क्षेत्रमा करिब २ अर्ब लगानी रहेको छ । आइसीए, नेडाक अक्कु लगायतका सहकारीका अन्तर्राष्ट्रिय संस्थाहरु तथा नेपालको सहकारी अभियानका शिर्ष निकाय राष्ट्रिय सहकारी संघ लि।मा बैंकको आवद्धता रहेको छ । यो आर्थिक वर्षको अन्त्यसम्म बैंकले ७० करोड शेयर पूँजि, १७ करोड जगेडा तथा कोषहरु, ९ अर्ब ६६ करोड निक्षेप र ८ अर्ब लगानी पु¥याउने लक्ष्य लिएको छ । सहकारी संघ संस्थाहरुलाई वित्तिय सहयोग सहकारी बैंकको स्थापनासंगै सदस्यता विस्तार, शाखाहरु मार्फत कारोबार सञ्चालन हुन थालेपछि देशभरका सहकारी संघ संस्थाहरुले यो बैंकबाट वित्तिय सहयोग, वित्तिय व्यवस्थापन लगायतको अपेक्षा राखेका थिए । निश्चय नै सहकारीहरुको सहभागितामा बनेको बैंकबाट सदस्य संस्थाहरुले अपेक्षा गर्नु स्वभाविक नै छ । दुर्गम तथा ग्रामिण क्षेत्रमा, महिला, दलित तथा कमजोर आयस्रोत भएका जनताको सहभागितामा सञ्चालन भएका, कृषि, पशुपालन, जडिबुटी, विद्युत उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा काम गरीरहेका तथा शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका सेवा, बचत तथा ऋण लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका सहकारी संघ संस्थाहरुले राष्ट्रिय सहकारी बैंकबाट वित्तिय सहयोग प्राप्त गरेका छन् । निजी बैंकहरुले संस्थागत रुपमा सहकारीहरुलाई कर्जा प्रवाह नगर्ने र सहकारी बैंक उनीहरुको प्रवद्र्धनका लागि स्थापना भएकाले पनि यस्ता खाले सहकारीहरुलाई सर्वसुलभ रुपमा थोक कर्जा प्रवाह गरी सहकारी संघ संस्थाहरुको सबलीकरणका साथै जनताको आयस्तर माथि उठाउन बैंकले सहयोग पु¥याउदै आएको छ ।
बैंकको आगामी रणनीति
[सम्पादन गर्नुहोस्]यो बैंक सहकारी संघ संस्थाहरुको केन्द्रीय बैंक र भरोसा योग्य सहयात्रीका रुपमा विकास हुदै गएको छ । सदस्य सहकारी संघ संस्थाहरुको व्यवस्थापनका लागि बैकले आगामी ५ वर्षका लागि आफ्नो रणनीति तयार गरेको छ । सहकारी क्षेत्रको प्रवद्र्धन, विकास र वित्तिय आवश्यकताहरु परिपूर्ति गर्ने यसको मुख्य लक्ष्य हो । लक्ष्य प्राप्तीका लागि बैंकले समयानुकुल प्रविधिको प्रयोग गरि सदस्यहरुमा गुणस्तरीय सेवा प्रदान गर्ने, क्षमता अभिबृद्धिका लागि विभिन्न किसिमका शिक्षा, तालिम, गोष्ठि आदीको ब्यवस्थापन गर्ने, पूँजी, निक्षेप एवं कर्जा परिचालन क्षमता अभिबृद्धि गर्ने, दक्ष जनशक्ति, आन्तरीक ब्यवस्थापन र प्रभावकारी नियन्त्रण प्रणालीको विकास गर्ने, सहकारी क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने, समय सापेक्ष ऐन, नियम, नीति निर्माण परिमार्जनका लागि पहल गर्ने, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निकायहरुसँग समन्वय तथा सम्बन्ध विस्तार गर्ने, आयमूलक ब्यवसाय मार्फत रोजगारी सिर्जना तथा गरिवी न्यूनिकरण गर्ने, उत्पादन तथा सेवा क्षेत्रको विकास र प्रवद्र्धनका लागि कर्जा तथा वित्तिय सेवा प्रदान गर्ने, देश भरका संघ÷संस्थालाई आवद्ध गराउने, छरिएर रहेको पूँजी, श्रोत तथा साधनहरुलाई सहकारी संघ÷संस्था मार्फत परिचालन गर्ने गराउने काम गर्ने योजना अगाडि बढाएको छ । पाँच वर्षभित्र १५ हजार सहकारी संघ संस्थालाई सदस्य बनाउने, शाखा र ब्रान्चलेस गरी १ सय स्थानाबाट कारोबार गर्ने, २ अर्ब शेयर पूँजि, ३० अर्ब निक्षेप, २५ अर्ब कर्जा लगानी गर्ने लक्ष्य लिइएको छ । कर्जा लगानी मध्ये १७ अर्ब रुपैया उत्पादनमुखी, आयमुलक र जलविद्युत क्षेत्रमा लगानी गर्ने लक्ष्य छ । सहकारी बैंक ऐन निर्माणका लागि पहलकदमी गर्ने तथा सहकारीका ७ वटा अन्तर्राष्ट्रिय निकायको सदस्यता लिने योजना बैंकले अगाडि बढाएको छ ।
तत्कालिन कार्ययोजना
[सम्पादन गर्नुहोस्]राष्ट्रिय सहकारी बैंक लिमिटेडले तयार पारेको ५ वर्षे रणनीति अनुसार अगाडि बढ्नका लागि तत्कालिन कार्ययोजना समेत तयार पारिएको छ । आगामी आर्थिक वर्षका लागि बैंकले उत्पादन र उत्पादकत्वमा वृद्धि गरी दिगो, उच्च र फराकिलो आर्थिक वृद्धिको आधारशिला बनाउन पहल गर्ने, कृषिको व्यवसायीकरणका लागि लगानीको मात्रा बढाउदै लैजाने, शाखा विस्तार गर्ने, सेवा विस्तार गर्ने, युवा स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गर्ने, सञ्चालक, लेखा समिति र कर्मचारीको क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रमहरु सञ्चालन गर्ने, आन्तरिक नियन्त्रण प्रणालीको थप विकास गर्दै कार्य सम्पादनलाई थप व्यावसायिक र व्यवहारिक बनाउने, सहकारी बैंक ऐन ल्याउन पहल गर्ने लगायतका कार्ययोजना तयार पारेको छ । बैंकलाई थप प्रभावकारी बनाउदै लैजानका लागि तत्कालिन र दिर्घकालिन कार्यक्रमका साथ बैंकका गतिविधिलाई अगाडि बढाउन सबैको सहयोग आवश्यक छ ।
अन्त्यमा, सहकारी संघ संस्थासंग कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंक लि.का बारेमा केही टिका टिप्पणीहरु सार्वजनिक भएका छन् । निश्चय नै एउटा गतिशिल संगठनका बारेमा सकारात्मक नकरात्मक विषय उठान हुनु स्वभाविक नै हो । सहकारी विभाग अन्तरगत दर्ता भएर सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार चल्नु पर्ने एउटा दायित्व छ भने नेपाल राष्ट्र बैंकबाट सिमित वैकिङ कारोबारको अनुमति प्राप्त गरेकोले राष्ट्र बैंकको निर्देशनलाई पनि यसले पालना गर्नु पर्ने हुन्छ । सहकारी विभागले सहकारीको भावना अनुसार र राष्ट्र बैंकले आफ्नो नियमानुसार निर्देशन दिने हुनाले कतिपय विषय दुवैले भने अनुसार नहुन सक्छन् ।
नेपाल राष्ट्र बैंकले सिमित बैंकिङ कारोबारको अनुमति दिएपछि विभिन्न समयमा सुपरीवेक्षण गरी प्रतिवेदन दिएको छ । राष्ट्र वैंकले उल्लेख गरेका विषयहरु सहकारी मापदण्ड भन्दा बाहिर नजाने गरी बैंक व्यवस्थापनले सच्याउदै लगेको छ । २०६८, २०६९ र २०७० मा गरी राष्ट्र बैंकले सहकारी बैंकलाई सुधार गर्न निर्देशन गरिसकेको छ । राष्ट्रबैंकको निर्देशन बमोजिम सहकारी बैंकले धेरै कुरा सुधार गरिसकेको छ । सहकारी बैंकलाई २०७१ असार मसान्तसम्म ६४ करोड शेयर पु¥याउन राष्ट्र बैंकले निर्देशन अनुरुप विभिन्न योजनाहरु बनाएर असार मसान्तसम्म ६१ करोड २३ लाख ९३ हजार र हालसम्म ६६ करोड पु¥याएको अवस्था छ । कर्जा लगानीका सम्बन्धमा राष्ट्रिय सहकारी बैंकले सञ्चालकहरुलाई लगानी गरेको विषयमा टिका टिप्पणी हुने गरेका छन् । यो बैंकका सदस्यहरु सहकारी संघ संस्था भएका र तिनका प्रतिनिधि बैंकको सञ्चालकमा निर्वाचित हुने भएकाले सदस्य संस्थाहरुलाई लगानी गर्न सकिने अवस्था छ । सदस्यता, सञ्जाल, पूँजि, योजना, रणनीति, व्यवस्थापन लगायत धेरै क्षेत्रमा सहकारी बैंकले वृद्धि, सुधार र व्यवस्थापन गरेकोले नै सहकारी बैंकमा सदस्य संस्थाहरुको आकर्षण बढेको छ । व्यवस्थापनका क्रममा भएका कमी कमजोरी सुधार गर्दै बैंकलाई अगाडि बढाउदा सहकारी क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ र सहकारी क्षेत्रको प्रवद्र्धन बिना मुलुकको आर्थिक समृद्धि संभव छैन । यसका लागि सबैको सहयोग र समन्वय आवश्यक छ ।
सम्पर्क
[सम्पादन गर्नुहोस्]फेसबुकमा
[सम्पादन गर्नुहोस्]फेसबुकमा खोज्न यहाँ क्लिक गर्नुहोस् ।
फोनबाट
[सम्पादन गर्नुहोस्]01-5011782 01-5011783 01-5011784 01-5011785
फ्याक्सबाट
[सम्पादन गर्नुहोस्]01-5555687
इमेलबाट
[सम्पादन गर्नुहोस्]info@coopbank.com.np
अंग्रेजीमा
[सम्पादन गर्नुहोस्]National Cooperative Bank Limited (NCBL) was established in 2003, as the only bank in the cooperative movement of Nepal at national level, in exercise of the power conferred by the sub-section 4 of section 26 under the Cooperative Act, 1992 (first amendment, 2000) and from the recommendation of Nepal Rastra bank (Central bank of Nepal) as an umbrella institution to provide banking and financial services to all its member cooperatives following the long and continuous demand and efforts of cooperators. Assessing the importance of setting up a separate bank to exclusively support the cooperatives in the country, Nepal Government had amended the Cooperative Act, 1992 and released NPR10 million as equity participation in the fiscal year 2000 /2001. It has been successfully carrying out cooperative banking business since seven years.
NCBL is primarily established with the objective to meet the financial needs and launch different promotional activities to support its member cooperatives to be more professional and competitive. The establishment of NCBL, therefore, has a special implication for the development of cooperative movement of Nepal since the promotion and strengthening the cooperatives address the country’s major socio-economic deprivations, poverty, unemployment and inequality etc. At present, the bank with about 6575 member cooperatives situated at 71 districts out of 75 districts and with rapidly growing number day by day, has already extended its network in 34 different places nationwide and will be going to be expanded to 40 places in the current fiscal year to better serve the member cooperatives.
Vision
"Provide complete financial services to promote & strengthen cooperatives for the ultimate benefit of the members"
Objectives:
Formulate the policy for the operation of financial activities in the cooperative sector aiming at uplifting the economic and social life standard of members of cooperative societies and unions by providing financial assistance. Make efforts to balance the cooperative banking at loan investment areas. Strengthen areas of cooperative banking and loan investment in accordance with the policy and direction of the Nepal Rastra Bank (Central bank of Nepal). Explore the financial sources and obtain it from unions and societies at the national and international levels.
Functions:
Recognizing cooperatives the vital means in promoting modern technology, raising the level of specialization and promoting commercialization, NCBL has been extending its promotional services to its member cooperatives for enhancing their efficiency, viability and upgrade human resource development through its 24 different units throughout the country. The major functions of the bank is, therefore, to develop cooperative sector as a strategic means to reap the benefits of market to 1.8 million members who are incorporated in over 25000 cooperatives with around 60 billions of resources at disposal. In order to achieve the above mentioned objectives, the bank undertakes the following functions.
Invest institutional loan in all the sectors of cooperative economy especially on agriculture, rural development, industries, trade etc. Obtain loan and assistance from the international financial institutions and International Co-operative Institutions. Develop cooperative sector through the maintenance of relation with the Nepal Rastra Bank and other banks and financial institutions. Act as liaison between the Nepal Rastra Bank and cooperative unions and societies. Purchase credit bond issued by the government and financial institutions on behalf of the members and depositors. Buy, construct and maintain the land and building for the purpose of use by the Bank. Make education, training, survey, research, evaluation and consultancy services in the areas of cooperative banking and finance. Provide wholesale loan to cooperative unions and societies. Undertake functions to promote cooperative unions and societies, and hence, the cooperative movement at large. Undertake other banking functions in order to achieve its objectives.
Share Capital:
Authorized capital of National Cooperative Bank is 640 million. At present it has NRs 271 million paid up capital. The share capital is increasing day by day. Value of per share is NRs 1000.00
Membership:
Being a bank to exclusively support the cooperative institutions in the country, cooperatives of all types and at all levels may obtain the membership of the bank. The byelaws of the bank have been granted eligibility to be the member to the following institutions.
National Cooperative Federation Central Cooperative Unions District Level Cooperative Unions District Level Subjective Cooperative Union Primary Cooperative Societies. Nepal Government International Cooperative Institutions
Composition of the Board
The Board of Directors of the bank is composed of 11 members; nine of them elected among the member cooperatives, one from National Cooperative Federation of Nepal (the apex body of cooperatives of all types and at all levels), and the Registrar of Department of Cooperatives (Nepal government) .
(राष्ट्रिय सहकारी बैंक लि. का संचालक श्री रामबहादुर जि. सि. ज्यू को प्रस्तुत लेख सहकारी समाचारपत्रको वर्ष २ अंक ९ मा प्रकाशित भएको छ)