प्रयोगकर्ता वार्ता:Ram Prasad Joshee/पुरालेख 10

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्कार ! मेरो वार्ता पृष्ठमा तपाईंलाई स्वागत छ । यहाँ तपाईं मलाई आफ्नो सुझाव र सल्लाह दिन सक्नु हुन्छ अथवा मलाई सन्देश छोड्न सक्नु हुन्छ । मलाई नयाँ सन्देश छोड्नको लागि यो पृष्ठको साइडमा भएको "विषय थप्नुहोस्" भन्नेमा थिचेर अथवा "(+)" चिन्हमा थिच्नुहोला । नयाँ सन्देश पुरानो सन्देशको मुनी राख्नुहोला । वार्ता पृष्ठमा लेखे पछि चारवटा वक्र (~~~~) राखेर आफ्नो हस्ताक्षर गर्न नबिर्सीनु होला ।

मेरो वार्ता पृष्ठका पुराना अभिलेखहरू
:-
Archive
अभिलेख
अहिलेसम्म कुनै अभिलेख छैन (सिर्जना गर्नुहोस्)
          यो पृष्ठलाई अन्तिम सम्पादन Ram Prasad Joshee (वार्तायोगदान) द्वारा (४ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण)

Your feedback matters: Final reminder to take the global Wikimedia survey

WMF Surveys, ००:२७, २० अप्रिल २०१८ (युटिसी(UTC))

Enjoy your new laptop!

Thanks for your contributions! Kind regards from Italy, --Elitre (WMF) (कुरा गर्ने) १६:५७, ७ मे २०१८ (युटिसी(UTC))

Gracias por su dedicacion! NRuiz (WMF) (कुरा गर्ने) १७:१६, ७ मे २०१८ (युटिसी(UTC))

Thank you for all the edits! Let us know if you have any questions about using the laptop. Greetings, Mutante (कुरा गर्ने) २१:१७, ७ मे २०१८ (युटिसी(UTC))

नये लेपटाप के लिये बधाई

नमस्कार। मेरा नाम निहारिका है। मैं विकिमेडिया के लिए काम करती हूँ। असाफ ने आपकी कहानी के बारे में सबको बताया। जानकर बहुत खुशी हुई। लेपटाप का अच्छे से प्रयोग करना। किसी भी तरह की मदद चाहिए हो तो मैं उपस्थित हूँ। बहुत बहुत बधाई। -- NKohli (WMF) (कुरा गर्ने) १७:२१, ७ मे २०१८ (युटिसी(UTC))

नमस्कार

नमस्कार Ram Prasad Joshee जी, तपाईले मेटाउन "the user who added db-multiple did not specify any supported speedy deletion criteria" यो भनेको मैले बुझिन, twinkle अपुरो भएकोले मैले दिएको कारण प्रष्ट भएन मलाई ठ्याक्कै थाह भएन तर मैले त्यस् लाई बिज्ञापन को लगि मेटाउन हालेको होला, तर मेटाउन को उचित कारण दिने काम प्रबन्धक को हो किनभने लगमा त्यो नै कारण बस्ने गर्छ र पछी त्यो नै कारण देखिन्छ त्यसकारण यस किसिमको कारण बाट मेटाउनु उचित हुँदैन जस्तो लाग्छ र यदि उचित नलागे नमेट्न र उचित कारण सोध्न अनुरोध छ।-BRP ever १३:५१, १३ मे २०१८ (युटिसी(UTC))

छलफलमा सहभागी हुन अनुरोध!

नमस्ते,
नेपाली विकिपिडियाको चौतारीमा निम्नलिखित विषयहरूमा भइरहेको छलफलमा कृपया आफ्नो मत राखिदिनुहुन अनुरोध गर्दछु ।

  1. लेख र लिगेसी सम्बन्धी छलफल
  2. प्रमुख लेख सम्बन्धमा
  3. सम्भावित अनुलिपि पृष्ठहरू (२)
  4. क्याट-अ-लट टुल (ग्याजेट स्क्रिप्ट) असक्षम बनाउने सम्बन्धमा

धन्यवाद--Biplab Anand ०४:०५, ३ जुलाई २०१८ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१८

विकी लभ्स मोन्युमेन्ट्स
विकी लभ्स मोन्युमेन्ट्स

विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।

उल्था गर्नुपर्ने लेखहरू बारे

नमस्कार मित्र !
उल्था गर्नुपर्ने लेखहरू बारे चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्दछु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०९:३६, ३ अगस्त २०१८ (युटिसी(UTC))

साइडबारमा गृह पृष्ठ रहेको सम्बन्धि

नमस्ते मित्र !
साइडबारमा गृह पृष्ठ रहेको सम्बन्धित चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्द छु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०९:२७, ४ अगस्त २०१८ (युटिसी(UTC))

खुला-स्रोत टिकट अनुरोध प्रणाली

नमस्ते !
खुला-स्रोत टिकट अनुरोध प्रणाली विषय सम्बन्धमा चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्दछु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) २३:४४, १७ अगस्त २०१८ (युटिसी(UTC))

Results from global Wikimedia survey 2018 are published

१९:२५, १ अक्टोबर २०१८ (युटिसी(UTC))

धन्यवाद रामप्रसाद जोशी जी

प्रमुख लेख आवेदन समीक्षा

आदरणिय सम्पादक साथीहरू,

मार्च, २०१९ को प्रमुख लेखको लागि आवेदक हिमाल सुबेदी बाट डकडकगो लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/डकडकगो मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - Biplab Anand (वार्ता) १०:४२, १४ जनवरी २०१९ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा

आदरणिय सम्पादक साथीहरू,

आवेदक हिमाल सुबेदीले निम्नलिखित लेखहरूलाई प्रमुख लेख बन्नको लागि आवेदन गरेको हुनाले प्रमुख लेख समन्वय समिति बाट सो लेखहरू प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, निम्नलिखित लेखहरूमा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -Biplab Anand (वार्ता) १०:२९, १६ जनवरी २०१९ (युटिसी(UTC))

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रिया

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रियाबारे भइरहेको टिप्पणीमा सहभागी हुन् हार्दीक अनुरोध छ । धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) ०५:५०, २५ जनवरी २०१९ (युटिसी(UTC))

पृष्ठमा ठुटो जोड्ने सम्बन्धमा

राम प्रसाद जोसी ज्यु, नमस्कार तपाईले मैले बनाएको पृष्ठमा ठुटो जोड्नु भएको रहेछ। उक्त सेवा याहुले भर्खरै ल्याएको हुदाँ पृष्ठमा मैले हालेको जानकारी पुर्ण जस्तै नै हो त्यसकारण पृष्ठमा ठुटो नथपिदिनुहुन अनुरोध गर्दछु। पर्वत सुबेदी (कुरा गर्ने) ०५:४९, २९ जनवरी २०१९ (युटिसी(UTC))

@पर्वत सुबेदी:जी त्यो लेख सानो भएकोले मैले ठुटो जोडेको हुँ । लेखलाई ठुलो पार्न सकिन्छ । फेरी यो सेवा याहूले भर्खरै ल्याएको हो भने त अझै विस्तार हुन बाँकी छ । यसैमा पनि याहु टुगेदरलाई कसरी प्रयोग गर्ने?, कसरी प्राप्त गर्ने अथवा भेटाउने?, यसको प्रयोग गर्नाले प्रयोगकर्ताहरूलाई कस्तो लाभ हुन्छ? आदी जानकारीहरू थपेर ठुलो पार्न सकिन्छ । अपूर्ण लेख भएकै कारण ठुटो राखेको हुँ । अर्को कुरा तपाईंले बनाएका प्राय: सबै नयाँ लेखहरू श्रेणी रहित हुन्छन् त्यसैले कुनै पनि नयाँ लेख बनाएमा लेख कुन श्रेणी अन्तर्गत पर्दछ त्यो पनि राख्नुहोला धन्यवाद ।  वार्ता  २२:४०, २९ जनवरी २०१९ (युटिसी(UTC))

पृष्ठकै सम्बन्धमा

मैले बनाएका कतिपय पृष्ठहरूमा तपाईले ठुटो जोड्नु भएकै हुन्छ सो गर्नाले मलाई के लाग्छ भने (सम्पादन बनाउनमा ध्यान केन्द्रीय भएको जस्तो लाग्छ) मैले मेरो पृष्ठमा सामग्री थपि नै रहन्छु तसर्थ मेरो पृष्ठ सानै भएपनि ठुटो नडोडिदिनुहुन अनुरोघ गर्दछु अनि श्रेणीमा मैले त्यति धेरै ध्यान दिने गरेको छैन वा मलाई राम्रो श्रेणी भेटाउन गाह्रो पर्छ। हाल पृष्ठ सुधार गर्ने वा लेख थप्ने प्रयोगकर्ताको अभाव हुदाँ सो काम जो कोहीले पनि गर्न सक्ने भए। र अस्ट्रेलिएन अभिनेत्री नामक श्रेणीलाई अस्ट्रेलियाली अभिनेत्री मा परिवर्तन गरिदिनुहोला।पर्वत सुबेदी (कुरा गर्ने) ०१:५९, ३१ जनवरी २०१९ (युटिसी(UTC))

चौतारी प्रस्ताव सम्बन्धमा

राम प्रसाद जोसी ज्यु, नमस्कार हाल नेपाली विकिपिडियामा स्थानिय कलेज र विद्यालय मेटाउने सम्बन्धमा चलिरहेको छलफलमा सहभागी भई टिप्पणी (समर्थन, असमर्थन वा छलफल) गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। पर्वत सुबेदी (कुरा गर्ने) ०२:१०, ४ फेब्रुअरी २०१९ (युटिसी(UTC))

अन्तिम चेतावनी

राम प्रसाद जोशी ज्यु, नमस्कार तपाईंले गर्नुभएको सम्पादन विभिन्न वेबसाइटबाट कपी पेस्ट भएको मैले फेला पारेको हु। तपाईंले भर्खरै गर्नुभएको सम्पादन एडल्फ हिटलर नामक पृष्ठ अनलाइन खबर नामक एक नेपाली वेबसाइटबाट दुरुस्तै कपी पेस्ट गर्नुभएको रहेछ। यो हेर्नुहोस्। विकिपिडियाका नीति नियम अनुसार यस्तो कार्य गर्न गैर कानुनी हुन्छ र तपाईंको सामग्री मेटिन्छ र अब आइन्दा यस्ता गैरकानुनी काम कार्य नगर्नुहुन् अनुरोध छ, धन्यवाद -हिमाल सुबेदी (कुरा गर्ने) २३:०१, १४ फेब्रुअरी २०१९ (युटिसी(UTC))

@हिमाल सुबेदी:जी त्यो लेखमा पहिले जो सम्पादन भएको थियो त्यो कपि गरेर नै राखिएको थियो । मैले सन्दर्भमा वेब साइटको नाम राखेको हो । सन्दर्भ खुलाएर कुनै पनि वेब साइइटको सामाग्रीलाई हस्तलेखन गरेर किन राख्न पाइन्न ? मैले कुनै पनि वेब साइटमा भेटेका सामाग्रिहरूलाई हस्त लेखन नगरेर जस्ताको तस्तै कपि गरेर विकिपिडियामा राख्दैन । पहिले लेख्ने मान्छेसँग सम्पर्क गर्छु अनिमात्र सन्दर्भ खुलाएर विकिपडियामा हस्तलेखन गरेर राख्छु । हस्तलेखनको लागि त्यहाँ भएको सामाग्रीलाई पहिले आफ्नो नोट प्याडमा उतारेर तयार भए पछि आफ्नो नोट प्याडबाट कपि गरेर राख्ने गर्छु । हिटलरको लेखमा त पहिले कसैले कपि गरेर सन्दर्भ बिना नै हालेको थियो । त्यसरी सन्दर्भ बिना राखेको देखेर सन्दर्भ जोडेको हो । त्यसरी कपि गरेर सबै लेख राखेको रहेछ । केही जानकारी छुटेको थियो मैले त्यो पनि हस्त लेखन गरेर नै राखेको हो । त्यो भन्दा पनि पहिलेको सम्पादन कर्ताले जस्ताको तस्तै कपि गरेर पेष्ट गरेकाले फन्टहरू मिलेका थिएनन् त्यो नमिलेका फन्टहरूलाई पनि मैले मिलाएको हुँ । सुझावको लागि धन्यवाद । शुभ सम्पादन  वार्ता  ०१:०८, १५ फेब्रुअरी २०१९ (युटिसी(UTC))
  • तपाईंले जे भनेतापनि त्यो वेबसाइट र तपाईंले गरेको सम्पादन दुरुस्तै थियो अनि मैले कसरी मान्न सक्छुकी यो तपाईंले आफैले लेख्नुभएको थियो। एक प्रबन्धकको नाताले तपाईंले पृष्ठ सुधार गरेको सुहाउँछ नकी कतैबाट कपी पेस्ट गरेको धन्यवाद -हिमाल सुबेदी (कुरा गर्ने) ०२:०९, १५ फेब्रुअरी २०१९ (युटिसी(UTC))
@हिमाल सुबेदी:जी मैले त त्यो लेखमा हिजो मात्र सम्पादन गरेको छु । त्यो भन्दा पहिले त्यो लेख कस्तो थियो त्यो हेर्नु तब थाह हुन्छ । यदी विश्वास लाग्दैन भने हेर्नु मैले सम्पादन गर्नु भन्दा पहिले कस्तो थियो देखिन्छ ।  वार्ता  ०२:३६, १५ फेब्रुअरी २०१९ (युटिसी(UTC))
यत्रो समयसम्म सन्दर्भ न दिएर जस्ताको तस्तै कपि गरेर राखेको कसैले देखेन । जब मैले सन्दर्भ खोजेर राखें तब आपत्ती ?  वार्ता  ०३:०३, १५ फेब्रुअरी २०१९ (युटिसी(UTC))


ढाँचा: सम्बन्धमा

नमस्कार सर

कृपया कुनै पनि पृष्ठमा आवश्यक ढाँचा:… प्रयोग गर्दा त्यस पृष्ठको सन्दर्भ सामाग्री वा बाह्य कडी भन्दा तल प्रयोग गरिदिनु होला, नकि यो पनि हेर्नूहोस् तल बिल्कुलै प्रयोग नगर्नु होला कृपया यसले पनि पृष्ठको अवलोकन तथा गुणस्तर भनौ पृष्ठको एक सजावट केही असर पर्दछ ।

नोट: धेरै ढाँचाःदिवसहरू का सम्बन्धित पृष्ठहरूमा यस्तो देखिएकाले

धन्यवाद !

( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' १७:१८, १५ फेब्रुअरी २०१९ (युटिसी(UTC))

बाह्य स्रोतहरूबाट पाठ कपीपेस्ट गरेको सम्बन्धमा

नमस्ते रामप्रसाद ज्यू,
तल बुँदागत रुपमा उल्लेख गरिएका लेखहरूमा तपाईद्वारा गरिएका सम्पादनहरूको पाठ्य/सामग्रीलाई जाँच गर्दा सो लेखहरूमा प्रयोग गरिएका पाठ्य/सामग्रीहरू बाह्य स्रोतबाट कपी पेस्ट भएको देखिन्छ। विकिपिडियाको नीति बमोजिम प्रतिलिपि अधिकार उल्लङ्घन हुने कुनै पनि सामाग्रीलाई यहाँबाट हटाइने हुँदा मैले ती लेखहरूमा कपीपेस्ट ट्याग समेत लगाएको छु जसलाई प्रबन्धकवर्गले पुन: जाँच गर्नेछन् साथै आशा गर्दछु तपाईले भविष्यमा यस किसिमको कार्य दोहर्‍याउनु हुनुहुनेछैन।

धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:३२, १९ फेब्रुअरी २०१९ (युटिसी(UTC))

@बिप्लब आनन्द:जी महेन्द्रबहादुर शाहीशंकर पोखरेल त म सम्पादन गरिरहेको छु । कुन पाठ कपि भएर पेष्ट भएको छ त्यो सबै मलाई थाह छ । म तिललाई हस्तलेखन गर्दै छु । तर एडल्फ हिटलर मा मैले कुनै कपि पेस्ट गरेको छैन । लेख पहिले देखीनै भरिएको थियो केही सामाग्रीहरू मैले कपि पेस्ट गरेकोलाई हस्त लेखन गर्न बाँकी छ । तपाईंले म सम्पादन गर्दै गरेको लेखमा ट्याग लगाउन हतार गर्नु भएछ । म सम्पादन गर्दै छु । एडल्फ हिटलर मेटाइ दिनुहोला मलाई कुनै मर्का छैन । बाँकिका दुईटा लेखमा म हस्तलेखन गर्दैछु । लेखहरू पुरा भएकै छैनन् ।  वार्ता  ०५:५८, १९ फेब्रुअरी २०१९ (युटिसी(UTC))
रामप्रसाद ज्यू,
बाह्य स्रोतबाट सामग्रीलाई हुबहु कपी पेस्ट गर्नुभन्दा अगावै त्यस सामग्रीलाई सुधार गरेर मात्र त्यस लेखलाई प्रकाशित गरेको भए मैले तपाईलाई सन्देश पठाउनु पर्ने थिएन। जहाँसम्म कुरो छ मैले हतार गरेको, त्यो पक्कै पनि हैन। यहाँ नेपाली विकिपिडियामा कपीपेस्ट समात्ने बोट नभएर मात्रै हो अङ्ग्रेजी विकिपिडिया लगायत केही विकी परियोजनाहरूमा सो काम बोटले नै गर्ने गर्छन्। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:२७, २० फेब्रुअरी २०१९ (युटिसी(UTC))

मलाई Wikipedia मा स्वागत गर्नु भएकोमा धन्यवाद

तपाइँले मलाई Wikipedia मा स्वागत गर्नु भएको थियो त्यसकोलागी तपाइँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४९, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:५१, ३ अप्रिल २०१९ (युटिसी(UTC))