प्रयोगकर्ता वार्ता:Ram mukarung
विषय थप्नुहोस्स्वरूप
विज्ञान, प्रविधि र अर्थ
राम मुकारुङ
अबको विकासोन्मुख मुलुक विज्ञान तथा प्रविधि र यसको प्रत्यक्ष प्रभावको समय हो। विज्ञान तथा प्रविधिलाई नअपनाई अबको विश्व कदापि कुनै पनि क्षेत्रको यात्रामा अगाडि बड्नै सक्दैन। यद्दपि नेपाल पनि, आर्थिक सामाजिकताको तिब्रोत्तर गति आंक्न वा यसको उपयोगिताकोलागि विज्ञान,प्रविधिलाई साथमा नराखे नेपाल तथा विश्वका सतप्रतिशत भाग सायदै अर्थतन्त्रमा ठुलो नकारात्मक असर पर्न सक्छ, जो ओझेलमा गति झेल्न बाध्य हुन्छ।
आजको युगमा विज्ञान र प्रविधिलाई आर्थिक विकासको यन्त्र (देन) मानिन्छ, वा यसो भनौ वैज्ञानिक एवं प्राविधिक क्षमताको उचित विकास नगरि उच्च आर्थिक विकासमा अघि बड्न खोज्नु कोरा कल्पना सिद्ध हुनेछ त्यसैले विकासकालागि विज्ञान प्रविधिको विकास र प्रयोगको उपभोग पूर्ण माध्यम बन्न सक्छ। आर्थिक विकासमा वैज्ञानिक क्षमतालाई अत्यन्तै बुझेर नै अहिलेको विकसित राष्ट्रहरू विश्व अर्थतन्त्रमा उदाउदै गरेको नयाँ मुलुकसंग सफलतापुर्पक प्रतिस्पर्धा गर्न आफ्नो देशले निरन्तर वैज्ञानिक क्षमता विकास गर्दै लैजानु पर्ने र यसकालागि विधालयदेखि विश्वविधालयसम्म विज्ञान शिक्षा बढाउनु पर्नेमा तिब्र जोड दिन्छन्। भरखरैमात्र एम व्यत्तिको रुपमा विश्वको सबैभन्दा अर्थले सवल बन्दै पहिलो स्थान हावि गरिरहन सफल माईक्रोफ्ट कम्पनिका प्रणेता (मालिक) विल गेट्स विश्व अर्थतन्त्रमा संयूत्त राज्य अमेरिका बारे अग्रस्थान ओगट्न सफल हुनुमा मूलतः आफ्नो देशको वैज्ञानिक क्षमता प्रमुख जिम्मेदार भएको र भविश्यमा पनि सो स्थान कायम राख्न विज्ञान तथा प्रविधि विकास र प्रयोगलाई निरन्तरता दिनु पर्ने बताउदै आएका छन्, हाल गेट्स आफ्नो कमाइको केहि हिस्सा अर्थ विश्वका अविकसित राष्ट्रको निम्ति खर्च गर्ने समयको निम्ति विदामा छन्। विश्व प्रसिद्ध नोवेल पुरस्कार विजेताद्धय सीभि रमन तथा अव्दुस सलामले सन २००७ मा विचार राखेका छन् कि विश्वका गरिब मुलुकका आर्थिक र सामाजिक रुपान्तरणमा विज्ञान तथा प्रविधिको क्षमता विकासले मात्र गति लिन सक्ने बताएका थिए। तर यता नेपालको बार्षिक आंकडा भने नेपाल सन २००५को विज्ञान प्रविधिस्तर आंकडामा १२६औं स्थानमा थियो, अहिले त्यो भन्दा त थुप्रै स्थानले पछि पर्दै १५०आंै स्थानमा परेको दुख्खद खबर छ। भारत, चिन, दक्षिण कोरिया, सिंगापुर, ताईवान, मलेशिया लगायत थुप्रै मुलुक आर्थिक विकास र विज्ञान प्रविधिको अन्तर-संबन्धलाई राम्ररी बुझेर यो उपयोगितालाई द्रुतत्तर विकास गर्दै रहेका छन्। विज्ञान तथा प्रविधि आर्थिक विकासको प्रमुख मेरुदण्ड त छंदै हो तर यसले विश्व भूमिमा सामाजिक तथा सांस्कृतिक सकारात्मक नकारात्मक घटना प्रतिघटनाको विध्वंसात्मक चरमोत्कर्षको खेल पनि चाल्नेछ, जसले गर्दा विश्व जनसंख्यामा अनुकुल प्रतिकुल असर पार्ने डर लाग्दो किसिमको अस्त्रात्मक आंणविक होडवाजि पनि हंदैन भन्नेमा संका छ। तर त्यो भन्दा दोव्बर गुणामा आर्थिक विकास वृद्धिमा सहयोग गरिरहेको वास्तविकतालाई गहन मनन गर्न भुल्नु हुंदैन। विश्वका औधोगिकरणले भरपुर राष्ट्रहरूमा आर्थिक वृद्धिको कुल मध्ये ६० प्रतिशतले सकारात्मक रुपमा अंशियारको तारिफ विज्ञान तथा प्रविधिलाई दिईएको छ। विश्वको औधोगिकरणले पूर्ण मुलुकहरू विज्ञान तथा प्रविधिको लागि लगानिलाई प्रशस्त बढाउदै जान्छन्, गईरहेका पनि छन्, तथापि उनिहरूले लगानिको मुनाफा पनि त्यसको गुणाङ्कमा लिईरहेका छन्। तर यता नेपालले भने त्यसको उदाहरणार्थ उत्त सूचांकलाई भने अवलम्बन गर्नभने खोजिरहेको कदापि छैन। हुनत भौगोलिक प्राकृतिक विकटतालाई मध्यनजर गर्नु पर्ने पनि तात्पर्यतालाई बुझ्दै सो सुहाउदो कार्यक्रम अख्तियार गर्दै जानु पनि जरुरी छ। भौगोलिक अवश्थीति सापेक्ष तरिकाले विज्ञान तथा प्रविधिलाई प्रयोग गर्दै जानु पर्ने हुन्छ ताकि त्यसको आर्थिक वृद्धिको गुणात्मक विकास तय गर्नु वा मुनाफा प्राप्त गर्न सकियोस। तर यहाँको वस्तविकता विल्कुलै असोभनिय र काम नलाग्ने किसिमको छ। जसको मतलव हुन्छ यहाँको सरकारी निकायबाट नेपाली वैज्ञानिक वा विज्ञान तथा प्रविधिको क्षेत्रमा अत्यन्तै न्यून गर्ने गर्छ वा यसो भनौ यस क्षेत्रको लागि ध्यान र लगानि सुन्य बराबर नै छ। सन् १९६६ मा यूनेस्कोका राष्टि्य आयोगले राष्टिरय विज्ञान नीतिको आवश्यक्ता महसुस गरि प्रधान मन्त्रिको अध्यक्षतामा बरिष्ठ वैज्ञानिकहरूको राष्टि्रय विज्ञान वोर्ड गठन गर्न आग्रह गरेको थियो तर विडम्वना त्यसको दश बर्ष पछिमात्र सन् १९७६ मा विज्ञान तथन प्रविधि क्षेत्रका समन्वय गर्न र नीति तथा कार्य तर्जुमा गर्नको निमित्त राष्टि्रय विज्ञान तथा प्रविधि परिषद तयार भयो तर त्यसले पनि मात्र यसका लागि राष्टि्रय विज्ञान तथा प्रविधि नतिको कार्यपत्र तयार गर्यो अझ यसले मुर्त सार्थकता भने पाउन सकेन र पुन अर्को नेपाल राष्टिरय विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिस्ठान (रोनाष्ट) हाल नाष्टले राष्टि्रय विज्ञान तथा प्रविधि नीति प्रस्तुत गरि तत्कालिन सरकारको तर्फबाट आधिकारिक रुपमा स्वीकृति प्राप्त पनि गर्यो अझै त्यसको सिमा पुरा नभईरहेको अवश्था छ, यसरि शुरु भएको यो निकायले सहि रुपमा फल प्राप्त गर्न भने सकेन,अर्थको सार्थकता दिन सकेन journalistram@gmail.com
Ram mukarungसँग छलफल सुरु गर्नुहोस्
वार्ता पृष्ठहरू त्यस्ता हुन् जहाँ मानिसहरूले कसरी विकिपिडियामा सामग्री बनाउन सकिन्छ भनेर छलफल गर्छन्। Ram mukarungसँग जडान गर्न र सहकार्य गर्न नयाँ छलफल सुरु गर्नुहोस्। तपाईंले यहाँ के भन्नुहुन्छ अरूले हेर्नको लागि सार्वजनिक हुनेछ।