सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Ramesh nepalo

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साँच्चै नै जीवन एउटा यात्रा हो र यस यात्रामा अनेक किसिमका उतार चडावहरु आइनै रहन्छन्। जसले यि उतार चडावमा स्थिर भएर आफुलाई सम्हाल्न सक्छ उसले नै जीवनको साचोँ महत्व बुझेको हुन्छ। यसरीनै जीवनको गोरेटोमा हिँड्दा हिँड्दै म यहाँसम्म आइपुगेको छु। मेरा जीवनमा पनि निकै उतार चडावहरु आए र गए पनि, र मैले आफुलाई कुनै बेला आफुलाइ सम्हाल्न पर्ने समय पनि आयो र कुनै वेला अरुलाई सम्हाल्न पनि म पछि परिन। कुनै बेला अत्यन्त एक्लोपनाले घेरेर अध्याँरो कुनामा बसेर रोँए पनि होला र कुनै वेला खुसीले उन्मत्त भएर बरालिदै पनि हिँडे होला। जीवनको यो मोडसम्म आईपुग्दा कति साथीहरु यात्रामा भेटिए र कति छुट्टिए पनि होलान्। कतिसँग कुरा न मिलेर वा एक अर्कालाई बुझ्न न सक्दा मनमुटाब पनि भयो होला। ति सबै कुराहरुलाई एकान्तमा बसेर सोच्दा हामी आफुले गर्न हुने र नहुने कुरावारे बुझ्न सक्छौ तर जब हामी समाजको परिबृत्त भित्र छिर्छौ, तब यि सबै कुरालाई बिर्सेर हामी सामाजिक प्रतिस्पर्धा तिर लाग्दछौ त त्यहिँबाट सुरु हुन्छ एक अर्काको खुट्टा तान्ने प्रबृति। हुनत यो जीवनमा प्रतिस्पर्धा नभएको भए मानव जातिको बिकासक्रम यहाँसम्म आईपुग्दैनथ्यो होला किनभने डार्बिनको विकाशसील सिद्दान्तले नै यो भन्छकी “जो प्रतिस्पर्धा गर्न सक्षम छ उ नै बाँच्नको लागी योग्य छ”, तर प्रतिस्पर्धा कसरी गर्ने र के का लागी गर्ने भन्ने कुरापनि यहाँ बुझ्न पर्ने हुन्छ। हामीले सामान्य मानव जीवनमा प्रतिस्पर्धाले केहि राम्रा उपलब्धिहरु देखेता पनि यहाँ राष्ट्र राष्ट्रबिच भइरहेको अनाबश्यक प्रतिस्पर्धाले मानव जातिको अस्तित्वनै सँकटमा रहेको पनि देखेका नै छौ। शक्तिशाली राष्ट्रहरुले आफ्नो धन र हतियारको रवाफमा कमजोर तथा निर्धन देशहरुलाई विना कारण दवाएर राखेको पनि हामीले देख्दै आएका छौ। त्यसैले प्रतिस्पर्धाको महत्व भएता पनि त्यसलाई कसरी लिने भन्ने कुरामा हामीले गहन विश्लेषण गर्न जरुरी छ। स्वच्छ प्रतिस्पर्धाले मानव जीवनमा साँच्चैनै राम्रो परिवर्तन ल्याउन सक्छ तथापी अस्वस्थ प्रतिस्पर्धाले मानव जगतको अस्तित्वनै सँकटमा पार्न पनि सक्छ। त्यसैले “बाँच र बाँच्न देउ” भन्ने कुरालाई हामीले मनन गर्न अत्यन्त जरुरी छ। जीवनमा बुझ्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि कुनैपनि ब्यक्तिले आफुले चाहेको १००% कुराहरु पूर्णरुपमा प्राप्त गर्न सक्दैन। कुनै न कुनै बेला र परिस्थितीमा मानिसले आफुलाई सम्झौता गरेकोनै हुन्छ। त्यसैले सम्झौता पनि जीवनको एउटा पाटो हो। हालसम्म जीवनका वारेमा धेरै कुराहरु लेखिएका छन् र पछि पनि लेखिदै जाने छन्। सायद जीवनलाई हेर्ने दृष्टिकोण ब्यक्तिपिच्छे फरक पनि हुन सक्दछ किनभने सबै ब्यक्तिहरु समान धरातलबाट हुर्केको हुदैन। कुनै धनाड्यय परिवारमा हुर्केको ब्यक्तिले जीवनलाइ धनसँग तुलना गर्न सक्छ भने कुनै मध्यम बर्गिय परिवारबाट आएको ब्यक्तिलाई आफ्नो सफलतानै प्यारो हुन सक्छ र साथै कुनै गरिव ब्यक्तिलाई साँझ र बिहानको छाक टार्नुनै जीवन हो भन्ने लाग्न सक्छ। यसरी जीवनलाई परिभाषित गर्नु पर्दा ब्यक्ति बिषेशको आफ्नै तर्क हुन पनि सक्दछ। तर सामान्य रुपमा हेर्ने हो भने र हामीले जीवनका पलहरुलाइ बाहेक छोड्ने हो भने जीवन जन्म देखि मृत्यसम्मको एक दुरीमात्र हो। यो दुरी कसैले छोटो र कसैले लामो समयमा पार गर्दछन्। तर जीवनको दौड छोटो समयमा पार गर्देमा कसैको जीत हुने र लामो समय लागेमा हार हुने हुदैन। किनभने जीवनको दौडमा मानिसले कति दुरीपार गर्नुपर्छ भन्ने निश्चित हुदैन, त्यसैले उसले दौडिएको दुरीको मापन ब्यक्तिद्धारा गरिएको असल कार्यबाट गरिन्छ अनायसै उब्जेका भावनाहरु!

Ramesh nepaloसँग छलफल सुरु गर्नुहोस्

छलफल सुरु गर्नुहोस्