प्रयोगकर्ता वार्ता:Sukdev Chamling Rai
विषय थप्नुहोस्खम्बुवान राज्इका केही आधार
- सुकदेव चामलिङ राई
खम्बुवान स्वायत्त राज्य किन ?
प्राचीन इतिहास सिला खोज्दै अध्ययन गर्दा खम्बुवान विशाल साम्राज्य रहेको आभाष मिल्दछ । यसको स्पष्ट प्रमाण वैदिककालीन ग्रन्थहरुमा किरातीको उल्लेख भेटिनु पनि हो ।
इतिहासमा जित्नेको वर्णन हुन्छ । इतिहासमा अपवादबाहेक हार्नेको अस्तित्व स्वीकार हुँदैन । त्यसैले अभैmसम्म खम्बूको तथ्यगत इतिहास खोज्ने क्रम यथावत् छ । तर, खम्बूवंशीको पछिल्लो सुदृढ सत्तानै यलाखोम (काठमाडौ उपत्यका) मानिएको छ । जसलाई राजा यलम्बरले स्थापना गरेका थिए । जुन आधुनिक इतिहासमा किरात शासनकालको रुपमा समाविष्ट छ । यलाखोममा ३२ पुस्तासम्म यलम्बरका सन्तानहरुले शासन गरेको थियो । यद्यपि, यस विषयमा विद्धानहरुबीच मतान्तर देखिन्छ । तर, यलाखोममा यलम्बरका सन्तानले शासन गरेको कुरामा सबै एकमुख छन् ।
यलाखोमका अन्तिम खम्बू जातिका राजा योग्नेहाङ थिए । उनका दुई छोरामध्ये जेठा लिलिमहाङ र कान्छा खाम्सोहाङ थिए । खाम्सोहाङ बनेपा छाडी पूर्वतिर लागे । जसको मूलकारण यलाखोममा लिच्छवीहरुको राजनैतिक हस्तक्षेप थियो । जेठा लिलिमहाङले अगाडि नै यलाखोमको राज्यसत्ता परित्याग गरी पूर्व गइसकेका थिए । लिच्छवीको आगमनपछि खाम्सोहाङले पनि बनेपा छोडे र दूधकोशी किनारको मुग्लीदेरेपुमा ‘खम्बुक यक’ किल्ला खडा गरी खम्बुवान राज्यसत्ता सञ्चालन गरी बसेको खम्बुवानका विद्धानहरुको भनाई छ । प्राचीन खम्बुवान विशाल भए तापनि विभिन्न उतारचढावका कारण यसरी सीमित हुन पुगेको थियो । अझ विविध कारणले खम्बू जातिबाट लिम्बू छुट्टिएर गएपछि तिनै खाम्सोहाङका वंशज र प्रजामात्रै मौलिक नाम खम्बूबाट चिनिन पुग्यो । खम्बुवानको अघिल्लो केन्द्रीय सत्ता यलाखोम लिच्छवीले चोइटाइदिएपछि र खम्बुवानबाट टुक्रिएर लिम्बुवान राज्य गठन भएपछि नै खम्बू र खम्बुवानको सीमाना साँगुरिएको थियो ।
यसरी खम्बुवान खुम्चिएको थियो । खम्बुवान खुम्चिएर सीमित हुन पुगे तापनि स्वतन्त्र अस्तित्वमा रहेकै थियो । लिम्बुवानका इतिहासकार इमानसिंह चेम्जोङको ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’मा ‘गोर्खा गणराज्यका राजा पृथ्वीनारायण शाहले युद्ध आक्रमण गरी स्वतन्त्र अस्तित्वमा रहेको स्वशासित खम्बुवान राज्यलाई नेपालमा मिलाए । उनले लामो संघर्ष र सैनिक क्षतिका बाबजुद १८३१ सालमा खम्बुवानको सार्वभौमसत्ता खोसेका थिए ।’ यसपछि खम्बू र खम्बुवानको अस्तित्वमाथि षड्यन्त्र सुरु भएको थियो । परिणामस्वरुप खम्बूवंशीको ऐतिहासिक दस्तावेज सबै ध्वस्त पारियो । साँस्कृतिक अतिक्रमणका अलावा आप्mनै ऐतिहासिक भूमिमा पराश्रित हुनु प¥यो । अब यस्तै ऐतिहासिक तथ्यको न्यायसंगत छानबिन गरी खम्बुवान स्वायत्त राज्य बनाइनु पर्छ । ऐतिहासिक भूगोलको निरन्तरता र पहिचानलाई सम्बोधन गर्न नयाँ आन्तरिक राष्ट्रियता खम्बुवान नै हुनुपर्छ । जसले मात्रै खम्बुवानलाई न्याय गरेको ठहर्छ । अन्यथा यस मुद्दाले पूर्वी नेपालमा नयाँखाले आदिवासी जनजातीय द्वन्द्व सिर्जना नहोला भन्न सकिन्न ।
प्रजातन्त्र पुनःस्थापनापछि खम्बुवान संघर्ष :
नेपालको माझकिरातले परिचित मध्यपूर्वी इलाकामा माओवादीले विद्रोह थाल्नुअघि खम्बुवान राष्ट्रिय मोर्चा (खरामो) जन्मेको थियो । खरामो २०४९ साल भदौं ७ गते जातीय स्वशासनको नारा उराल्दै गठन भएको थियो । यसबेला माओवादी नेपालमा कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै थियो । अझ स्पष्ट भन्नुपर्दा वैचारिक, राजनैतिक, संगठनात्मक, प्राविधिक र संघर्षको आन्तरिक तयारीमा व्यस्त थियो । माओवादीले २०५२ साल फागुन २ गतेदेखि सर्वहारा वर्गको अधिनायकत्व स्थापनाको निम्ति सशस्त्र संघर्ष सुरुवात गरेको थियो ।
खरामोका तत्कालीन अध्यक्ष गोपाल खम्बू (हाल गोपाल किराती)ले २०५७ सालको मध्यतिर स्वशासित खम्बुवान राज्यसत्ता स्थापना प्राप्त गरी छाड्ने दृढता व्यक्त गरेका थिए । अन्यथा, खम्बुवान स्वायत्त जनसरकार गठन गरी श्री ५ को सरकारको समानान्तर सत्ता सञ्चालन गर्ने तत्कालीन राजा वीरेन्द्रलाई चुनौतीसमेत अध्यक्ष खम्बूले दिएका थिए । आप्mनो शान्तिपूर्ण माग कतैबाट सुनुवाई नभएपछि २०५४ सालदेखि खरामो पनि भूमिगत हुन बाध्य भयो ।
तत्कालीन प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा र कृष्णप्रसाद भट्टराईसमक्ष शान्तिपूर्ण ढंगले खरामोको माग राख्दा कुनै सुनुवाई नभएपछि सशस्त्र विद्रोहको लागि बाध्य पारिएको थियो । खम्बुवानको भाषिक र साँस्कृतिक अतिक्रमण गर्ने भोजपुरस्थित तीन संस्कृत विद्यालयमा बम विस्फोट गरी सशस्त्र विद्रोहको संकेत दिइयो । भोजपुरको सल्यान, कटुन्जे र दिङ्लामा रहेका तीन संस्कृत विद्यालयमा बम विस्फोटन गरिएको थियो । यसपछि विभिन्न छापामार कार्वाही, सामन्त र जातीय एकाधिकारवादको विरोधमा सशक्त सशस्त्र संघर्षमा खम्बुवानको आन्दोलन रुपान्तरण भएर गयो ।
Sukdev Chamling Raiसँग छलफल सुरु गर्नुहोस्
वार्ता पृष्ठहरू त्यस्ता हुन् जहाँ मानिसहरूले कसरी विकिपिडियामा सामग्री बनाउन सकिन्छ भनेर छलफल गर्छन्। Sukdev Chamling Raiसँग जडान गर्न र सहकार्य गर्न नयाँ छलफल सुरु गर्नुहोस्। तपाईंले यहाँ के भन्नुहुन्छ अरूले हेर्नको लागि सार्वजनिक हुनेछ।