सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Surendra chapain amalachaure

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: ३ वर्ष अघि नेपाली विकिपिडिया स्वागतद्वारा विषय विकिपिडियामा स्वागत छ!मा

विकिपिडियामा स्वागत छ!

[सम्पादन गर्नुहोस्]
नमस्ते, Surendra chapain amalachaureज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौँ!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) ०७:५८, ६ मार्च २०२२ (नेपाली समय)जवाफ


                                                                     “ सुनखौली गुफा ” एक परिचय
                                                                                                                                                       

बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर तल्ला सरङ्गीको पश्चिम पट्टिको खोँचमा रहेको यो गुफा प्राकृतिक रुपले आकर्षक रहेको छ । प्राचीन काल देखि ऐतिहासिक धार्मिक सांस्कृतिक महत्व बोकेको सुनखौली गुफा बागलुङ सदरमुकाम देखि करिब १४ कि.मि. दक्षिणमा कालीगण्डकी नदी देखि ५०० मिटरको उचाईमा रहेको छ भने कालीगण्डकी करिडोर सडक देखि १०० मिटर तल पैदल यात्रा गरेपछि पुग्न सकिन्छ ।यस गुफाको लम्बाई करिब ३०० मिटर रहेको छ। गुफा भित्र सानो खोला बगिरहेको छ। यस गुफाबाट बगेको पानी गुफा प्रवेशद्वार देखि ५० मिटर तल झरना खसेको देख्‍न सकिन्छ । यस गुफाको बारेमा विभिन्न जनश्रुतिहरू रहेका भए पनि पञ्‍च पाण्डवहरू वनबास, गुप्तबासको समयमा यही बसेको हुनसक्ने अड्कल स्थानीयहरूको रहेको छ । यस गुफा सिँहमरमर जस्तो रुपले सिँगारिएको छ । गुफाभित्र शिवलिङ्ग , शिव पार्वतीका आकृतिहरू ,ढिंकी , जाँतो लगायतका विभिन्न अवशेषहरू रहेकोले पाण्डवहरू गुप्तबास बसेको किंवदन्तीलाई सहज रुपमै ग्रहण गर्ने बलियो आधार प्राप्त गर्न सकिन्छ । गुफा भित्रका अन्य विभिन्न अवशेषहरू हेर्न स्थानीय मानिसहरू गुफामा जाने गरेका छन् भने गुफालाई अवलोकन गर्न वरिपरिका विद्यालयहरूले आफ्ना विद्यार्थी भाइबहिनीहरूलाई भ्रमणमा ल्याउने गरेका छन् । गुफा कालो र डरलाग्दो पनि छ । भित्र कतै बसेर हिड्न मिल्ने छ भने कतै सुतेर हिड्नु पर्ने पनि छ । गुफाभित्र एकैचोटि १०/१२ जना पनि सजिलै अट्न सकिन्छ । गुफामा विशेष गरी सद्‍बीज छर्ने दिन सद्‍बीज छर्ने भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । गुफा भित्र पहिला पहिला सुनका पैसा पाइन्थ्यो भन्ने जनश्रुति पनि सुन्न पाइन्छ । सुन पाइने खौलो बाट नै अपभ्रंश हुँदै गुफाको नामाकरण सुनखौली रहन गएको हो भन्ने तथ्य स्व. देवी प्रसाद चापागाई र स्व. डिल्ली प्रसाद लामिछानेको भनाइ अनुसार स्थानीयहरूले भन्ने गरेको ,सुनाउने गरेको पाइन्छ । गुफाको उचित प्रचार प्रसार हुन नसकेकोले ओझेलमा परेको स्थानीयले बताउने गरेका छन् । गुफा भन्दा ३०० मिटर तल एक मालुवा ओडार पनि हेर्न लायक रहेको छ जहाँ शिव पार्वतीले क्रिडास्थल बनाएको बुझ्न सकिन्छ भने काली गण्डकी नदीको किनारमै एउटा शिवलिङ्ग स्वरुपको लिङ्गेढुङ्गा जसलाई लेडढुङ्गा भन्ने गरिएको छ । त्यस लेडढुङ्गामा स्व. धनपति पौडेलले गाईको दूध चढाउने , पाठ पुजा गर्ने गरेको प्रत्यक्ष देख्‍ने स्थानीयहरूले बताएका छन् ।यस्ता पुरातात्विक महत्वका विषयलाई उचित रेखदेखको प्रबन्ध मिलाउन सकेमा र प्रचार प्रसार गर्न सकेमा प्रशस्त आम्दानी गर्न सकिन्छ भने आन्तरिक पर्यटकको चहल पहल भई पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्छ। यिनको संरक्षण र उचित व्यवस्थापन मिलाउन स्थानीय तह , स्थानीय तहका राजनीतिककर्मी , आमनागरिक, बुद्धिजीवी ,पत्रकार र सरोकारवाला सबैमा हार्दिक अपिल गर्दछु ।

                                                                              -सुरेन्द्र चापागाई 
                                                                          पृथ्वी हिरण्य मा.वि. अमलाचौर 
                                                                               ( मा.वि. शिक्षक)