प्रयोगकर्ता वार्ता:Tulsiram pandey
विषय थप्नुहोस्विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौँ!
- Nirmal Dulal ०६:४०, ३१ मार्च २०११ (UTC)
यो देशमा राजनीति पनि बडो गजबसँग गर्छन् । भर्खरैमात्र देशले लामो समयको सरकारविहीनताको स्थितिबाट मुक्ति पाएको छ । संक्रमणकालीन अवस्थामा सरकार पटक-पटक फेरिनु र सत्तामोह सबैमा देखिनु राम्रो होइन । देशमा जो सरकारमा गए पनि जनतालाई के कुरामा राहत मिलेको छ त ? देशमा अन्याय, अत्याचार उस्तै छ, भ्रष्टाचार उस्तै छ, युवा जमातमा बेरोजगारी उस्तै छ, राजनीति राजनीतिजस्तो भएन, यो देशमा राजनीति त जनता जसरी भए पनि लुट्ने नीतिजस्तो भयो । जसले जनतालाई फकाएर सत्तामा उक्लिन सक्यो, त्यही अहिलेको समयमा राजा भएर शासन जमाउन सक्यो । आखिर राजा भनेको त पहिलेका श्रीपेच पहिरिएका मात्र होइन, यहाँ नयाँ राजा हुन खोज्नेहरू धेरै छन् । खोजेर बनुन्, त्यसमा जनतालाई कुनै आपत्ति छैन । तर देश र जनतालाई कति सुखसुविधा दिए, त्यो महत्त्वपूर्ण सवाल हो । कोही सत्रौं पटकसम्मको कुर्सीमा उक्लिने आशा गल्र्याम्म ढल्दा विक्षिप्त बनेका छन् । कोही कुर्सीमा जसरी भए पनि उक्लिनसकेकोमा खुसी भएर मुस्कुराउँदैछन् भने कोही आफ्नो भागमा कुन मन्त्रालय पर्ला भन्ने आशले बसेका छन् । कोही भने म जान पाए कस्तो जिन्दगी बन्थ्यो भन्दै र्याल चुहाएर बसेका छन् । राजनीति गर्नेहरूको सत्तामा पुग्ने ध्याउन्न पनि स्वाभाविकै हो । किनभने राजनीति गर्नुको अर्थ एक न एकपटक सत्तामा पुगेर शासन जमाउनु नै हो । तर त्यो शासनचाहिँ कसको हितमा जमाउने भन्ने कुराचाहिँ मूल चुरो हो । विश्वका राजनीतिक इतिहास हेर्दा कसैले देश र जनताको हितका खातिर राजनीति गरेका छन् । कसैले आफ्नो व्यक्तिगत स्वार्थको खातिर राजनीति गरेका छन् । कसैले आफ्नो वर्ग, जात, धर्मको खातिर पनि राजनीति गरेका छन् । नेपालको राजनीतिमा पनि यही देखिन्छ ।
नेपालको राजनीतिलाई कसैले डोर्याइदिनुपर्ने देखिन्छ । हाम्रा राजनीतिकर्मीहरू आफ्नो देशको महत्त्वपूर्ण निर्णय गर्न सक्दैनन्, अरूलाई गुहार्छन् । यो उनीहरूको लाचारीपन हो । छिमेकी देशको साथ, सहयोग, सल्लाह हामीलाई पर्याप्त मात्रामा चाहिन्छ । तर उनीहरूले पनि आफ्ना हित र स्वार्थ अनुकूल साथ, सहयोग र सल्लाह दिन्छन् भन्ने कुरा खोई हाम्रा देशका राजनीतिकर्मीहरूले बुझेका ? अहिले वाम पार्टीको समीकरण बनेर झलनाथ खनाल प्रधानमन्त्रीको कुर्सीमा उक्लिन सफल भए । यो उनको सफलतालाई पर्तिरको छिमेकीले मनपराएको छैन । छिमेकीले पनि आफूअनुकूल भए मनपराउँछ । तर उनीहरूले अनुकूलभन्दा यो नेपालको अनुकूल बन्नुपर्छ । नयाँ प्रधानमन्त्रीले कति आफ्नो देशअनुकूल नीति लिन सक्नेहुन्, त्यो हेर्न बाँकी छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई समर्थन गरेर सरकार बन्न सघाउँदै भने- 'हामी आफ्नो बारेमा आफैं निर्णय गर्न सक्षम छौं भन्ने आज प्रमाणित भएको छ ।' उनको भनाइ साँच्चै व्यवहारमा कायर्ान्वयन भए कति जाती हुन्थ्यो ? हाम्रा नयाँ राजाहरूको चाला हेर्दा लाग्छ, नयाँ नाम फेरिए पनि काम गर्ने शैली पुरानै लाग्छ, ढर्रा पुरानै । पुराना राजाहरूलाई खुट्टामा भेटी राखेर ढोग्नुपथ्र्यो । अहिलेका राजाहरूलाई त्यो गर्न नपरे पनि व्यवहारमा भने त्यही शैली फेरिएको छैन । किनभने यिनीहरू आफूलाई शासक ठान्छन् र जनतालाई दबेकै हेर्न चाहन्छन् । जबसम्म हाम्रा राजनीतिकर्मीहरू सत्तामा पुग्नासाथ आफूलाई अलौकिक शक्ति प्राप्त नयाँ राजा ठान्छन्, तबसम्म देश र जनता न्यूनतम सेवा र सुविधा पाउनबाट वञ्चित हुन्छन् । किनभने राजनीतिले राज्यको नागरिकहरूका लागि सुहाउँदो नीति बनाउनेमात्र होइन, नागरिकको हितमा शासन गर्ने नीति बनाउने हो । तर हाम्रो देशको राजनीति त जो सत्तामा पुग्यो, त्यसको स्वार्थअनुरूप राजनीति गरिँदै आएको छ । त्यसैले देशमा न्यूनतम आधारभूत सेवा-सुविधाबाट पनि वञ्चित रहेका छन्, जनता । र नेपालमा जति राजनीतिको खिल्ली पनि अन्त कतै उडाएका छैनन् होला मान्छेले, यसतर्फ नयाँ सरकार बेलैमा सचेत र सजग हुनसकोस्, ताकि भोलि फेरि नयाँ सरकारको विरुद्धमा जनता सडकमा नउत्रिउन् । शान्ति, अग्रगमन, संविधानको सुनिश्चितता गरियोस् । अनि देशमा भइरहेका अराजकता, विकृति, विसंगतिका घटनाहरू रोक्न विशेष कदम चालियोस् ।
sampark tulsirampandey48@yahoo.com or tulsirampandey48@gmail.com
Using sandbox
[सम्पादन गर्नुहोस्]please use Sandbox for testing. Thank you.--राजेश १६:४९, २१ एप्रील २०११ (UTC)
GaneshBot लाई समर्थनको लागि अनुरोध
[सम्पादन गर्नुहोस्]तुल्सीरामजी,
सवितायै नमः" गाडीभित्रैबाट हामीले दुई हात जोडेर सूर्य भगवानलाई नमस्कार गर्यौँ । पूर्वबाट आगोको फिलिङ्गो जस्तै रातो डल्लो आकाशमा उकालो लाग्दै थियो । हामीलाई केही न्यानो महसुस हुँदै थियो, सूर्यको होइन गाडीभित्रको हिटरको । सूर्य पूर्व आकाशमा उकालो लाग्दै गर्दा हामी पश्चिमबाट पूर्वतिर हान्निँदै थियौँ । देवहरिजीले भन्नुभयो -"हामी आउँदाभन्दा जाडो निकै बढ्यो हगि !"
"हो" मैले सही थापेँ ।
हामी यात्रामा थियौँ र धनगढीबाट नेपालगञ्जका लागि रवाना भएका थियौँ । सूर्यको किरणले धरती चुम्नुपूर्व नै हामीले अतरिया छिचोलिसकेका थियौँ । ड्राइभर आफ्नो हातले स्टेरिङ्गमा चलाउँदै थियो र गोडाले एक्सिलेटर दबाउन व्यस्त थियो । लाग्दथ्यो, ऊ एक्सिलेटर थिच्ने माहिर खेलाडी हो, गाडीको गति देखाउने सियोले एक सयको अङ्क स्पर्स गरेको थियो । हामी बाहिरको दृश्य अवलोकनमा व्यस्त थियौँ । गाडीमा हामी तीन जना सवार थियौँ, देवहरिजी, म र ड्राइभर । देवहरिजी र म पछिल्लो सिटमा बसेका थियौँ ।
बाहिरको दृश्य हेर्दै देवहरिजीले भन्नुभयो - "गोरुलाई खेत जोत्ने कार्यमा प्रयोग गरिँदैछ, जहीँतहीँ खेत जोत्न गोरु नै प्रयोग गरेको देखिन्छ, गोरुजस्तै गाईलाई प्रयोग गर्न मिल्छ कि मिल्दैन ? "
"गाई नारेको मैले अहिलेसम्म देखेको र सुनेको छैन तर जताततै समानताको कुरा उठिरहको बेला यस्तो हुन पनि सक्छ" मैले जवाफ दिएँ ।
देवहरिजीले पुनः थप्नुभयो -"राँगोलाई नारेर जोतेको थाहा छ तपाईंलाई ? "
"गाडा तानेको चाहिँ थाहा छ, जोतेको चाहिँ थाहा छैन," मैले भनेँ ।
ड्राइभरले प्रष्ट्यायो - "राँगोलाई पनि जोत्न प्रयोग गर्न सकिन्छ ।"
"भैंसीलाई नि ?" देवहरिजीले पुनः प्रश्न राख्नुभयो । यस पटक ड्राइभरको उत्तरको प्रतीक्षामा म मौन बसेँ । ड्राइभरलाई पनि राम्रो जानकारी रहेनछ "देखेको छैन" मात्र भन्यो ।
देवहरिजीले पुनः अर्को प्रश्न राख्नुभयो - "एउटा गोरु र एउटा राँगो नारेर जोत्न मिल्छ ?" मैले "मिल्दैन" भनेँ । "किन ?" देवहरिजीले पुनः अर्को जिज्ञासा राख्नुभयो । "व्यालेन्स मिल्दैन" मैले यतिमात्र भनेँ र चुप लागेँ । "उत्रैउत्रै भयो भने त मिल्छ होला नि !" उहाँले पुनः अर्को जिज्ञासा तेस्र्याउनु भयो । "भेँडा भेँडासित बाख्रा बाख्रासित भन्ने उखानै छ नि" मैले उहाँको जिज्ञासा टुङ्ग्याउने आशयले भनेँ ।
"आइमाईले गोरु जोत्न हुँदैन भनेको होइन ?" देवहरिजीले पुनः अर्को आशय राख्नुभयो । ड्राइभरले "हो" भन्यो । यसपालि मेरो बोल्ने पालो आएन ।
"ऊ त्यहाँ हेर्नोस् त" देवहरिजीले पर खेतमा देखाउनु भयो । हामीले हेर्यौँ । एउटी आइमाई हलो जोत्दै थिइन् ।
"स्वास्नी मानिसको शरीर कोमल हुन्छ, गोरु जोत्ने काम कष्टकर छ, गाह्रो काम कोमल शरीरबाट हुन सक्तैन । पुरुषको शरीर महिलाको दाँजोमा कडा हुन्छ, त्यसैले गोरु जोत्ने काम पुरुषबाट गरिनु पर्छ भनी हाम्रा पूर्वजहरूबाट नियम बनेको हो । आजको समानताको युगमा सक्नेले जे गरे पनि हुन्छ ।" मैले भनेँ ।
गाडीको गति चलिरहेको थियो । गाडी चलाउँदै ड्राइभर बोल्यो -"जोतिन्छ गोरु, गाई जोतिँदैन । गाडा तान्छ राँगो, भैंसीले तान्दैन । काटिन्छ खसी बोका, बाख्रा होइन । बलि दिइन्छ भाले, पोथी होइन । के यो पक्षपातपूर्ण छैन ?"।
"अचेल त्यस्तो कठोर नियम छैन गुरुजी ! काठमाडौँमा प्रायः मम भैंसीको बन्छ, राँगोको होइन ।" मैले प्रतिकार गरेँ । उसले मानेन प्रतिवाद गर्यो- "झुक्याएर काट्ने अलग कुरा हो, खानेले राँगो सम्झेर खान्छ, भंैंसी सम्झेर खाँदैन । काट्ने कुरा गर्ने हो भने त काठमाडौँमा खसीको नाममा बूढी बाख्री पनि काटिन्छ तर भन्दा त खसी नै भन्छन् नि होइन र ?"
"समानताको सिद्धान्त अङ्गकिार गरेको होला" ठट्यौलो पारामा देवहरिजीले भन्नुभयो ।
तर ड्राइभरलाई अझै चित्त बुझेको रहेनछ, पुनः थप्यो - "जहीँतहीँ नारी समानताको कुरा उठाइन्छ, समावेसीको कुरा उठाइन्छ, तर मार्ने काट्ने कुरामा किन कसैले समानता अथवा समावेसीको कुरा उठाउँदैन ? अब त ३३ प्रतिशत पोथी जनावर काटिनु पर्ने होइन ? छ/सात वटा खसी, राँगा काटिँदा तीन/चार वटा बाख्रा, भैँसी काटिनु पर्यो नि !"
ऊ बोल्न छोडेपछि मैले भनेँ -"कहाँको तथ्याङ्क पेस गर्दै हुनुहुन्छ गुरुजी ? तपाईंको घरको अथवा ससुराली घरको ? त्यसो हो भने त तपाईंको तथ्याङ्क मिलेको होला, अन्यथा सहर बजार मात्र होइन, सहर बजारको हावा लागेका गाउँबस्तीहरूसमेतमा कुन जनावर काटिन्छ, कसलाई के थाहा ! म त भन्छु त्यहाँ ३३ प्रतिशत होइन ६७ प्रतिशत बाख्रा, पाठा र भैँसी काटिन्छन् र काट्ने काम सकेपछि लिङ्ग परिवर्तन गरिन्छ । परिवर्तनपछिको लिङ्ग तपाईं हेर्नुहुन्छ र स्त्रीलिङ्गीलाई पुलिङ्गी सम्झेर स्वाद लिएर आहार गर्नुहुन्छ ।"
ड्राइभर फेरि बोल्यो - "तपाईंको कुरा गलत हो भनेर म भन्दिन सर ! तर कटु सत्यतर्फ पनि ध्यान दिनु उपयुक्त हुन्छ बाराको वरियारपुरमा २० हजार राँगा काटिए, एउटा भैंसी काटेको सुन्नुभो, लाखौँ बोका काटिए, बाख्रा काटेको सुन्नुभो ? खै कहाँ हरायो समानताको आवाज, कहाँ बिलायो समावेसीे नारा ?"
गाडी गुड्दै थियो र निकै अघि बढिसकेको थियो । गाडीभित्र एकछिन शान्ति छायो अर्थात् हामी तीनै जना चुपचाप थियौँ । मुख थकाई मार्न व्यस्त भए पनि आँखा र मन थकाई मार्न मञ्जुर थिएनँ । बाहिरको दृश्य निहार्न हामी व्यस्त थियौँ । सडक किनारमा लहरै छाप्राहरू देखापरे । सानो छाप्रोको छानामाथि, छाप्रोभन्दा ठूलो परालको कुन्यू देखेर हामी छक्क पर्यौँ । कुन्यूको बोझले कतै त्यो छाप्रो भत्किने त होइन ? हामीलाई यस्तो लाग्यो । कथंकदाचित कुन्यूको बोझले त्यो नर्कटको छाप्रो भत्क्यो भने त्यसभित्र गुजारा चलाउँदै गरेका मानव शरीरको के हविगत होला ! हामी सम्भावित दुर्घटनाको चिन्ताले त्रसित भयांै ।
"यस्तो नहोला भगवान्को दृष्टि नपुगेको कहाँ छ र ?" देवहरिजीले नजानिँदो किसिमले उनीहरूको सुरक्षित जीवनका लागि भगवान्सित प्रार्थना गर्नुभयो ।
मैले भने - "वास्तविक नेपालको तस्बिर त हामी भर्खर देख्दैछौँ" ।
ड्राइभरले थप्यो- "वास्तविक नेपाल होइन सर तपाईंले आधा नेपाल देख्नुभयो । वास्तविक नेपाल हेर्न त तपाईंले त्यो छाप्रोभित्र छिर्नुपर्छ । त्यो छाप्रोभित्रको अभाव अनिकाल भोकमरी अथवा नाङ्गा शरीरहरू भोका पेटहरू जब तपाईंको दृष्टिमा अटाउँछ तब मात्र वास्तविक नेपाल देख्नुहु्नेछ ।"
देवहरिजी बोल्नुभयो - "के मिलेको छैन हाम्रो नेपालमा ? विदेशी सहयोगको बाढी उर्लेको उल्र्यैछ, ग्रामीण विकासका लागि नेताहरूमार्फत लाखौँ रकम गाउँ भित्रेको भित्र्यै छ । गरिबी निवारण कोष ग्रामीण विकास परियोजनालगायत विभिन्न एनजीओ आईएनजीओ क्रियाशील छन् तर पनि नेपालीको जीवनस्तर जहीँको तहीँ छ ।"
"एकातिर यस्तो छ भने अर्कोतिर तपाईं हामीले हेर्दा हेर्दै हिजो एक छाक खान नपाउनेहरू पाँच तारे होटलमा लन्च खाने भइसके, हिजो चप्पल लाउन नसक्नेहरू आज गाडी चढ्ने भइसके, गाउँमा झुप्रा नहुनेहरू सहरमा हवेली ठड्याउने भइसके । विकास नभएको कहांँ हो र, दुई चार टाठाबाठाहरूको व्यक्तिगत विकास भएको छ सामूहिक विकास भएन हुन सकेन, समानुपातिक विकास योजना लागू हुन सकेन । गरिब र गरिबीको नाममा टाठावाठाहरूले हसुरे, राष्ट्र र राष्ट्रियता बन्धक राखे आफ्नो झोली भरे व्यक्तिगत विकास गरे, सहरमुखी बने, गाउँ जस्ताको तस्तै रह्यो । निरीह ग्रामीण जनता जहीँको तहीँ रहे ।" ड्राइभरले थप्यो ।
गाडी गुड्दै थियो, गुडिरह्यो । हाम्रा आँखाहरू गाडीको सिसाबाट परपर देखिने परिवर्तित दृश्यहरू निहार्न व्यस्त थिए । यतिबेला हाम्रा आँखाले जङ्गल मात्र देखिरहेका थिए । अर्थात् गाडी बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र गुड्दै थियो । देवहरिजी र म आरामसाथ गाडीको सिटमा अडेस लागेर करिब करिब सुतेको अवस्थामा बस्यौँ । एकछिन गाडीभित्र सुनसान छायो । जङ्गल नै जङ्गल हेर्दा हेर्दै अनायास केही छाप्राछुप्रीको सानो बस्ती देखियो । ड्राइभरले गाडी साइड लगायो । गाडीको चक्काले सडक नाप्नबाट विश्राम लियो ।
ड्राइभरले भन्यो- "चिया पिऊ सर ! भूरीगाँउ आइपुग्यो ।"
हामी चियाको प्रतीक्षामा बस्यौँ । एउटा बस आइपुग्यो र रोकियो । २०/२५ जना उत्रिए बसबाट । कोही हामी बसेको होटलभित्र छिरे कोही अर्को होटलतिर लागे । उनीहरूले आ-आफ्नै किसिमले खानेकुराको अर्डर गरे । आ-आफ्नो ग्रुपमा बाँडिएर बसे । आ-आफ्नै किसिमले गफको प्रसङ्ग सुरू गरे । कतै पढाइको गफ, कतै प्रेमको प्रसङ्ग, कतै राजनीतिक गफ । एउटा मान्छेले साहूलाई झण्डै खाउला जस्तो गरी हपार्यो र एक प्लेट चना माग्यो । साहूले तत्काल चना उसको अगाडि राखिदियो । उसले एक चम्चा चना मुखमा हाल्यो । चपाएर निल्न पनि भ्यायो भ्याएन, तत्काल प्रतिक्रिया देखायो - "छ्या ! कस्तो चना, यस्तो पनि कहीँ तरकारी हुन्छ, उसिनेर राखेको हो कोही बिरामीलाई खुवाउन ?"
बोल्दा बोल्दै ऊ जुरुक्क उठ्यो, चनाको प्लेट बोक्यो, बाहिर निस्क्यो र प्लेटैसमेत चना हुत्याइदियो । उसले चना नखाए पनि साहुलाई पैसा चुक्ता गर्नु पर्ने हो हाम्रो विचारमा, किनकि साहुले पनि किनेरै ल्याएको हो तर उसले पैसा दिने त कुरै पर जाओस्, पैसाको विषयमा एक शब्द पनि बोलेन । आफ्नै शुरमा हिँड्यो, सरासर गयो, अर्को होटलमा छिर्यो । साहुले पनि ऊसित केही बोलेन, बोल्ने आट गरेन । उसको यो हर्कत देखेर हामी तीनछक् पर्यौँ ।
"एक प्लेट चना उत्पादन गर्न एक वर्ष कुर्नु पर्छ एकातिर भने अर्कोतिर कैयन गरिब जनता एक छाक खान नपाएर भोक भोकै छन्, यहांँ यसरी मिल्किन्छ, सिरियसली सोच्ने हो भने यो राष्ट्रिय क्षति भयो कि भएन । यस्तो किसिमले खानेकुरा फाल्नेलाई यस्तो सजाय हुन्छ भन्ने कुनै कानुन छैन । अनि जसले जे गरे पनि भै हाल्यो ?" कसैको प्रतिक्रियाको आश नगरी म एक्लै बड्बडाएँ ।
देवहरिजीले अप्रत्यासित मेरो सहमति जनाउनु भयो तर त्यहांँ उपस्थित जमातलाई मेरो कुरा चित्त बुझेनछ, ममाथि खनिए - "सम्झनोस् कानुन छ, त्यो गर्न पाइन्न, गरेमा सजाय हुन्छ, नगद जरिवाना हुन्छ, कैद हुन्छ । अब भन्नोस् कसले गर्ने सजाय उसलाई ? मैले, तपाईंले, उसले, कसले ? त्यो काम गर्नु हुँदैन । नैतिक हिसाबले पनि हुँदैन तपाईंलाई थाहा छ, मलाई थाहा छ, हामी सबैलाई थाहा छ तर उसको कर्तुत हामी सबैले देख्याँै, हेर्यौँ मूकदर्शक बनेर, कोही केही बोल्यौँ ? अह ! तपाईं बोल्नुभयो, त्यो पनि ऊ गइसकेपछि । प्रत्यक्ष असर पर्ने विचरा साहू त बोल्न सकेन । के हुन्छ त्यस्तो कानुनले । अहँ ! केही लछारपाटो लगाउँदैन ।" एउटाले बोल्यो ।
"कानुन बनाउनेले आफैँ कानुन मिच्दा त कसैले केही बोलेन, केही गर्न सकेन, के हुन्छ यो देशमा । लाग्छ नेपालको कानुन शक्ति हुनेहरूका लागि होइन, निरीहहरूका लागि मात्र हो" अर्कोले थप्यो ।
"हो त जिल्लाभरिको शान्ति सुरक्षा कायम गर्ने कर्तव्य बोकेर जिल्ला पुगेको प्रमुख जिल्ला अधिकारी आफ्नै सुरक्षा गर्न सक्तैन, कसले कसको सुरक्षा गर्छ यहाँ !" अर्कोले पुनः समर्थन गर्यो ।
"के कानुन निर्माताहरूले कानुन अर्काका लागि मात्र निर्माण गर्ने हो, आफूले बनाएको कानुन आफूले नमाने पनि हुन्छ ? त्यसो हो भने कानुन बनाउँदा सांसदका लागि यो कानुन लागू हुँदैन, मन्त्रीका लागि यो कानुन लागू हुँदैन, यो कानुन निरीह जनताका लागि मात्र हो भनेर प्रष्ट उल्लेख गरिदिनु नि ।" अर्कोले थप्यो ।
"मन्त्रीले सीडीओ कुट्न पाइन्छ भनेर नयांँ कानुन निर्माण गरे भै हाल्यो नि । कानुन पास गर्ने अरूले होइन क्यार उनीहरू आफँैले हो ।" अर्कोले समर्थन गर्यो ।
"सबैतिरबाट कारबाहीको माग भैरहँदा पार्टीको तर्फबाट वकालत हुन्छ, जे भएको छ ठीक भएको छ त्यो कुटिनै पर्ने व्यहोराको सीडीओ हो कुटियो ठीक भो । सरकार भने यो सब हेर्छ सुन्छ र कानमा तेल हालेर बस्छ । यसको अर्थ, बल हुनेले निर्धालाई जे गरे पनि हुन्छ भन्ने हो ?" अर्को बोल्यो ।
"चिया लिनोस्," हाम्रो हातमा चियाको गिलास आइपुग्यो ।
"तातो तातो समोसा पाकिरहेछ एक/एक वटा समोसा खाने हो कि ?" देवहरिजीले आफ्नो मनसाय राख्नुभयो ।
मैले स्वीकृति दिए । समोसा आइपुग्यो । हामीले एक हातमा चियाको गिलास समातेका थियाँै, अर्को हातले समोसा समात्याँै । मैले समोसा एक पटक टोकँे र चपाउन थालँे । एउटा झिङ्गा उड्दै आयो र मेरो हातको समोसा टोकेको भागमा बस्न खोज्यो । मैले झिङ्गा नबसोस् भनेर समोसा समातेको हात हल्लाएँ, हात हल्लाउँदा मेरो हात देवहरिजीको हातमा ठोक्कियो । मेरो हातको समोसा भूइँमा खस्यो ।
"कृष्णार्पण !" मैले भनेँ "मेरो भागमा रहेनछ खस्यो ।"
"त्यसो भनेर पाइन्छ ? अघि चना फालिँदा राष्ट्रिय क्षति भयो, भन्दै हुनुहुन्थ्यो अहिले समोसा मिल्किँदा राष्ट्रिय क्षति भएन ? एक प्लेट चना, एउटा समोसा गर्दै कति खाद्यान्न मिल्किन्छ, हिसाब किताब छ तपाईंसित, अहिले एकछिनमा हाम्रा आँखा अगाडि यति मिल्किन्छ भने दिनभरिमा कति मिल्किन्छ ? अझ देशभरिको तथ्याङ्क सङ्कलन गर्ने हो भने कति जनाले कति दिन खान पुग्ने खाद्यान्न मिल्किन्छ ? यो राष्ट्रिय क्षति हो कि होइन ?" मेरो एकछिन अगाडिको भनाइलाई देवहरिजीले च्याप्प समात्नु भयो ।
मैले फालुँ भनेर फालेको त होइन, नचाहँदा नचाहँदै हातबाट खस्यो, देवहरिजीको भनाइप्रति विमति हुने मेरो मनसाय पनि होइन, त्यसैले चुपचाप चिया सुर्काई रहेँ । देवहरिजीले अर्को समोसा मागेर खान मलाई आग्रह गर्नुभयो, तर मैले आवश्यक ठानिनँ ।
हामी चिया सुर्काउदै थियौँ । एक आपसमा चल्दै दसवाह्र वर्ष जतिका दुई बाल अनुहार हाम्रा अगाडि देखा परे । हेर्दा दुवैको अवस्था उस्तैउस्तै देखिन्थ्यो । चरचर फुटेका हातगोडा, मयल कट्कटिएको अनुहार र जीऊ । जिग्रिङ्ग परेको कपाल । जाडोको मौसममा ठाउँठाउँमा च्यातिएको नाम मात्रको कपडा उनीहरूको शरीरमा थियो । दुवै हाम्रा अगाडि एकछिन उभिए, यताउति आँखा दौडाए । एउटाले अघि फ्याकिएको चना टिपेर मुखमा हाल्न थाल्यो, अर्को मेरो अगाडि खसेको समोसा टिपेर टोक्न थाल्यो । देवहरिजी र म एक आपसमा हेराहेर मात्र गर्याँै ।
ड्राइभर बोल्यो - "काठमाडाँैमा बसेर कहांँ वास्तविक नेपाल देखिन्छ सर ! वास्तविक नेपाल त यो हो र वास्तविक नेपाली यिनीहरू हुन् ।"
"काठमाडौंँमा पनि यस्ता बालबालिका प्रसस्त छन् गुरुजी ! नभएका होइनन्, तपाई हाम्रो हेर्ने आखा मात्र नभएको हो ।" मैले प्रष्ट्याएँ ।
काँधमा गर्हौँ लाग्ने झोला भिरेको एउटा युवक टुप्लुक्क देखापर्यो हाम्रा अगाडि । झोलाबाट केही पत्रिका निकाल्यो र "कान्तिपुर सर!" भन्दै हामी तिर तेस्र्यायो ।
"कहिलेको हो? " मैले प्रश्न गरे ।
"आजको " उसले तत्काल जवाफ दियो ।
"यति चाँडै आजको पत्रिका!" मैले आश्चर्य प्रकट गरें ।
"नेपालगञ्जमा छापिन्छ सर" उसले मेरो उत्सुकता मेटायो ।
देवहरिजीले पँाच रुपियाँ दिनुभयो र एउटा पत्रिका लिनुभयो । ऊ अर्कोतिर लाग्यो हेर्दाहेर्दै उसले पाँचसात वटा पत्रिका बिकायो । पत्रिका किन्नेहरू पत्रिका फिँजाएर पढ्न व्यस्त देखिए ।
"रुकुममा गाँजा खेती फस्टायो" एउटा करायो ।
नजिकै बस्ने साथीले थप्यो- "कम गार्हो छ गाँजा खेती गर्न, एक दुई वर्ष मैले पनि गरेँ ।"
पत्रिका पढ्दै गर्ने मान्छे बोल्यो - "कहाँ हुन्छ गार्हो, यहाँं त 'गाँजा खेती अन्न नहुने जग्गामा पनि फस्टाउँछ । अन्न बालीभन्दा खेती गर्न सजिलो हुने भएकाले कृषकहरू गाँजा खेतीतर्फ आकृष्ट भएका छन्,' भनेर लेखेको छ ।"
साथीचाहिँले अझ प्रष्ट पार्दै भन्यो - "सही कुरा हो, गाँजा खेती जहांँ पनि फस्टाउँछ, अरू बालीमा जस्तो मिहिनत पनि गर्नु पर्दैन तर..... "
"तर के ?"
"तर के भने गाँजा खेतीको सत्रुजीव धेरै छन्, आज एउटा आउँछ, यो अवैध धन्दा हो, तलाई थुनिदिन्छु, भन्छ पैसा झार्छ, भोलि अर्को आउँछ, सबै खेती काटेर निमिट्यान्न पार्नुपर्छ, यो अवैध हो, भन्छ पैसा झार्छ, पर्सी अर्को आउँछ, यो पुरै जलाउनुपर्छ, यो खेती गर्ने अनुमति छैन भन्छ, पैसा धुत्छ, जान्छ । यसरी खेती सुरू भएदेखि बाली कटान गरेर बिक्री नगरुञ्जेल पाइला पाइलामा पैसा बिछ्याउनु पर्छ । पसलबाट हुने फाइदाको आधा हिस्सा त पुलिस प्रशासनलाई थाम्पुरो लगाउनमै सिद्धिन्छ ।"
पत्रिका पढ्दै गरेका मान्छेहरू आफ्नो रुचिअनुसार समाचार पढ्दै थिए र नजिकैका साथीलाई सुनाउँदै थिए ।
"आकस्मिक लाभ, मलाई त आज लाभ हुने भयो , तेरो राशि के हो ? " एउटा पत्रिका पढ्दा पढ्दै बड्बडायो ।
"सुन तोलाको ३५ हजार नाघ्यो रे ।" अर्को मान्छे पत्रिका पढ्दै करायो ।
"तोलाको ३२ हजार भए पनि बिक्री कम भएको छैन । पैसा कहांँबाट आउँछ मान्छेलाई? ग्रामीण जनताहरू बाँच्नका लागि सङ्घर्ष गर्दैछन्, चाउरी परेको पेट बोकेर भारी खेप्दैछन्, खेत जोत्दैछन्, वनपात गर्दैछन्, कोही भने बत्तीस हजार तोला सुन किन्न पछि पर्दैनन् ।" सँंगै बसेको उसको साथीले जिज्ञासात्मक प्रतिक्रिया पोख्यो ।
अर्काले पुनः थप्यो- "यो त एउटा नमुना मात्र हो, तपाई काठमाडौँको मालपोतमा एक घण्टा मात्र बस्नोस देख्नुहुन्छ । करोडाँैको कारोबार हुन्छ, राजस्व मात्र लाखाँै उठ्छ, आनाको १० लाख, २० लाखमा जग्गा खरिद/बिक्री हुन्छ, दलाली भन्नेहरूले कमिसन मात्र लाखौँ लाख कुम्ल्याउँछन् । कहांँबाट आउँछ पैसा, कहिल्यै कसैले एक निमेष पनि सोचेको छ ?"
अर्कोतर्फ पत्रिका पढ्दै गरेको मान्छे ठूलो स्वरमा पढ्न थाल्यो -
"शान्ति सम्झौताको तीन वर्ष बितिसक्दा पनि यसको मूल कार्यसूचीअनुसार काम हुन सकेन, माओवादी लडाकुको समायोजन तथा पुनः स्थापना, संविधान निर्माण र पीडितलाई न्याय दिने प्रमुख तीन प्रतिवद्धता अलपत्र ।"
अर्को मान्छे अर्कोतर्फ अर्को समाचार पढ्दै थियो-
"नागरिक सर्वोच्चता, राष्ट्रपतिको कदम र राष्ट्रिय सरकारको विषय प्याकेजमा टुङ्गो लगाउनु पर्ने माओवादी निष्कर्ष ।"
"कोइराला सिङ्गापुरबाट उपचारपछि आइतबार र्फकने रे ।" अर्काले अर्को समाचार पढ्यो ।
समाचार पढ्नेहरू पढ्दै थिए, विश्लेषण गर्नेहरू गर्दै थिए । एउटाको विश्लेषण यस्तो थियो
"जीवनजल नपाएर जाजरकोटलगायतका विभिन्न क्षेत्रमा दैनिक सयौंँ नेपालीले ज्यान गुमाएको समाचार सुन्दासुन्दा हामी आजित भयौँ । राष्ट्रको आलो घाउमा राम्ररी खाटा बस्नै सकेको छैन, मुठ्ठीभर मान्छेहरू रूघा लाग्दा, सिङ्गापुर, बैङ्कक, दिल्ली, युरोपका विभिन्न मुलुकका महँगा अस्पतालहरूमा उपचार गराउन व्यस्त छन् । पानी पँधेरो छ यिनीहरूका लागि विदेशका महँगा सहरहरूको भ्रमण । यति मात्र कहांँ हो र विदेशी अस्पतालको बेडमै वार्ता पनि हुन्छ रे समस्या समाधानको तर वार्ता के हुन्छ, निचोड के निक्लिन्छ, अनभिज्ञ छन् जनता । हुनसक्छ वार्ता सत्ताको हुन्छ, संविधान निर्माणको होइन । हुनसक्छ वार्ता भागवण्डाको हुन्छ, शान्ति सुरक्षाको होइन । वार्ता जनताको आँखामा छारो फाल्ने हुन्छ, देश निर्माणको होइन । वार्ता वार्ताका लागि हुन्छ, निष्कर्षका लागि होइन, समाधानका लागि होइन । उपचारका नाममा साँच्चिकै उपचार हुन्छ अथवा अरू केही हुन्छ ? विदेश भ्रमण पक्का हुन्छ, राजनीति हुन्छ, दाउपेच हुन्छ र अनि एउटा कुरा पक्का हुन्छ, जनताले तिरेको करको केही हिस्सा विदेशिन्छ ।"
अर्कोले अर्को समाचार पढ्यो -
"पर्साका सरकारी कार्यालयहरू पूरै बन्द । कर्मचारीहरूले सबै कार्यालयमा ताल्चाबन्दी गरे ।"
विश्लेषण सुरू भयो -
पहिलो विश्लेषक - "स्यावास कर्मचारी वर्गहरू ! तिमीहरूको आँटका लागि । एउटा बहालवाला मन्त्रीले शान्ति सुरक्षाको सिपाहीलाई हातपात गर्ने, पाइन्छ यस्तो गर्न ? कानुन बनाउनेले कानुन हातमा लिने, ठीक गर्यौ तिमीहरूले । अन्यायीलाई कारबाही नहुन्जेल निरन्तर आवाज उठाउनुपर्छ, हड्ताल गर्नुपर्छ ।"
दोस्रो विश्लेषक- "च.च.. दया लागेर आउछ सीडीओप्रति । आफ्नो कार्यकक्षमा आफूमाथि हातपात हँुदा चुप लागेर बस्यो । तत्काल थुन्ने अधिकार थियो, गोली ठोक्ने अधिकार थियो तर केही गरेन । जनताजस्तै अन्याय सहेर बसिरहृयो । हरे शिव ! "
तेस्रो विश्लेषक - "त्यसो होइन सीडीओले जे गर्यो ठीक गर्यो । उसले प्रतिवाद गरेको भए अथवा अधिकारको प्रयोग गरेको भए आज मन्त्री विरुद्ध उर्लेको आवाज सीडीओ विरुद्ध उर्लिने थियो । उसले खाएको पिटाई गौण हुन्थ्यो । आफ्नो सरकार ढल्ने डरले अन्यायी मन्त्रीलाई कारबाही गर्न अग्रसर नहुने सरकार सीडीओ विरुद्ध खनिन्थ्यो र ऊ कारबाहीको भागिदार बन्थ्यो । सीडीओलाई कारबाही गर्दा सरकार कसैले ढाल्दैनथ्यो र विचरा सीडीओ भनेर कसैले भन्दा पनि भन्दैनथ्यो ।"
चौथो विश्लेषक - "उनका लागि भोट हाल्ने हातहरूले साइकलको हान्डिल समात्न पाएका छैनन्, उनीलाई गाडी चढ्न पाएर नपुग्ने, चिल्लो गाडी चाहिने, के जनताले चिल्लो गाडी चढ्ने आशीर्वादको भोट दिएका हुन् उनका लागि अथवा संविधान निर्माणको भोट हालेका हुन् ?"
पाँचौ विश्लेषक - "गाडी थोत्रो भयो भनेर एउटी मन्त्रीले मुड्कीले हानेर गाडी फुटालेको समाचार पढेको धेरै दिन भएकै छैन, फेरि अर्की मन्त्रीले गाडी पुरानो भयो भनेर सीडीओ कुटेको समाचार पढ्न पाइयो । के मन्त्रीहरू गाडी चढ्नकै लागि जन्मिन्छन् अथवा राष्ट्रियताको क्लेस मात्र पनि भाव बोकेका हुन्छन् ?"
हातमा नेपाल पत्रिकाको नयाँ अङ्क बोकेको मान्छेको विश्लेषण- "गुदी कुरो त अर्कै रहेछ, मन्त्रीको श्रीमान् भन्ने मान्छे रक्सोल, वीरगञ्ज निकासीपैठारी व्यापार गर्दोरहेछ, सीडीओले उसको व्यापारमा सहयोग गरेन रे त्यसैले पिटेको रे ।"
यता मन्त्री र सीडीओको विश्लेषण हुँदै थियो, अर्को एकजनाले कराएर समाचार पढ्यो -
"सचिवहरू महँगा गाडीमा । ८० प्रतिशत सचिवहरूसँंग दुईवटा गाडी । सञ्चार, ऊर्जा र भौतिक योजना सचिवको गाडीको मूल्य डेढ करोड । प्रधान न्यायाधीश र मुख्यसचिवका पनि दुईवटा गाडी । अतिरिक्त गाडी परिवारको प्रयोगमा । भौतिक योजना तथा निर्माण सचिवले डेढ करोड पर्ने गाडीका अतिरिक्त तीन वटा छुट्टै गाडी राखेका छन् । सरकारी नम्बर प्लेट गैह्र कानुनी रूपमा परिवर्तन गरी निजी नम्बर प्लेट राख्ने सचिवको सङ्ख्या पनि कमी छैन ।"
"ओहो ! गरिब देशका धनी सचिवहरू बधाइ तिमीहरूलाई । देश धमिरा लागेको घरजस्तै खोक्रो भैसक्यो, कुन दिन ढल्ने हो थाहा छैन, तिमीहरूलाई डेढ करोड पर्ने गाडी चढ्न पुगेको छ, त्यो पनि तीन चार वटा । त्यसका लागि इन्धनमा कति खर्च लाग्ने हो ! तलवले पुग्छ तेल हाल्न गाडीमा, अथवा त्यसका लागि पनि सरकारी ढुकुटीमा धमिरा थपिने हो । जनता नुन खान नपाएर अलिनो खाँदैछन्, हाम्रा सचिवहरू लाखौँको नाजवाफको चर्तिकलामा छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई यतिबेला हामीले सहानुभूति प्रकट गर्नु सिवाय अरू के गर्न सक्छाँै, उसको आँखा बन्द भएकोमा । पशुपतिनाथले रक्षा गरेको देश । यसरी नै रक्षा भै रहोस् । शुभकामना ।"
हामीले चिया पिई सकेका थियौँ । हाम्रो यात्राको कोषाध्यक्ष देवहरिजीले चिया, समोसाको पैसा चुक्ता गर्नु भयो । हामीलाई समयले लखेटिसकेको थियो । यात्राको नियमितता प्रदान गर्न हामीलाई हतारो भैसकेको थियो । राष्ट्र - राष्ट्रियताको वहसलाई चटक्क छोडेर हामीले हाम्रा पाइला गाडीतर्फ बढायौँ । पाइला चाल्दाचाल्दै मेरो कानमा ठोकियो -
"सरकारी दलालहरू !, दैनिक भ्रमणभत्ताको नाममा सरकारी ढुकुटीको रकम खाएर, सरकारी गाडी चढेर, देश दर्शनमा हिँडेका छन् ।"
मैले पुलुक्क मुण्टो फर्काएर आवाजतिर हेरेँ । बोल्दै गर्ने मानिसको चोरऔँलो हामीतिर ठडिएको थियो । मैले देखेर पनि नदेखेझँैं
गरेँ, सुनेर पनि नसुनेझँैं गरें । चुपचाप गाडीभित्र छिरें, सिटमा बसेंँ । देवहरिजीले पनि त्यसै गर्नुभयो । ड्राइभर पहिल्यै सिटमा बसिसकेको थियो । उसका हात पहिलेजस्तै स्टेरिङ्गमा सल्बलाउन थाले, गोडा एक्सिलेटर थिच्न व्यस्त देखिए । हाम्रो सेतो नम्बर प्लेटको गाडी बेजोडले हुइकियो पश्चिमबाट पूर्वतिर हामी यतिबेला आरामपूर्वक गाडीको सिटमा लेटिरहेका थियौँ । तुल्सिराम् पाण्डे;रान्ग्बास् पचासे सिमिचौर् ८ गुल्मि नेपल्
ठूलो संसारमा बस्ने हामी होचा मान्छेहरू
[सम्पादन गर्नुहोस्]"हजुरबुवा यत्ति ठूलो संसार कसरी सानो भयो ?"
उमेशको प्रश्नले धनप्रसाद झस्किए । "अब नातिले सताउने पर्यो कसले यसलाई के भन्दियो कुन्नि मैले पुष्टि नगरी हुन्न फेरि चित्त बुझ्दो उत्तर नपाएसम्म छाड्दै छाड्दैन ।" धनप्रसादको मनले मनसँगै कुरा गरिरह्यो ।
"हजुरबुवा किन चुप रहनुभएको भन्नुस् न हामी कसरी होचा मान्छे भयौँ " उमेशको अर्को प्रश्न तेसर्ियो ।
धनप्रसाद चुपचाप रहे । गम खान थाले ।
"बाबू सानो र होचो कुरा कसले गर्यो ?"
धनप्रसादले प्रतिप्रश्न गर्नासाथ उमेशको प्रश्न ठडियो, "के सानो संसारका हामी होचा मान्छे हौँ भन्ने कुरा नै गलत छ ?"
धनप्रसाद हैरान भए । उनको अनुहारमा चिटचिट पसिना आयो । "केही बोलौँ त प्रश्न माथि प्रश्नको खात लाग्छ चित्त बुझ्दो जवाफ नभए इज्जत नै लिलाममा पार्छ । हाम्रो हजुरबुवालाई यो पनि आउँदैन त्यो पनि आउँदैन भुस्कोल हुनुहुन्छ भनेर चारैतिर झ्याली पिट्न थाल्छ । त्यस्तै मौका परेमा मेरै सामु मलाई पनि भुस्कोल हजुरबुवा भनेर नामाकरण गर्न बेर लगाउँदैन । यसका हरेक प्रश्नको जवाफ दिनलाई मसँग ज्ञान पनि हुनुपर्यो नि त ।" धनप्रसादको मनमा कुराहरू तँछाडमछाड गर्दै आए ।
उमेशले झकझकाई रह्यो । धनप्रसाद मौन रहँदा भए । घरिघरी उमेश अर्कै थरीका प्रश्न प्रहार गर्न थाल्थ्यो । "पख पख उत्तर दिन्छु" भन्न वाध्य थिए धनप्रसाद । "सानो संसार र होचा मान्छे" उनको दिमाखमा यही कुरा घुमिरहेको थियो । त्यत्तिकैमा उमेश कोठाभित्र पस्यो प्रधानाध्यापक सन्तोष पनि टुप्लुक्क देखापरे । दुबैका बीच अभिवादन साटासाट भयो । शनिवारको दिन भएकोले आफ्नो गाउँघर घुमफिर गरुँ कि भनेर बाहिरिएको हुँ भन्ने कुरा सन्तोष सरले गरे । नातिले प्रश्न माथि प्रश्न तेसा्रएर हैरान पारेको र उसका ती प्रश्नको जवाफ आफूसँग नरहेको कुरा गर्न पनि धनप्रसादले भ्याए ।
"यो संसार सानो भयो र हामी मान्छे कसरी होचा भयौँ उसको प्रश्न यही हो ।" उनले कुरा राखे ।
"कुरा ठीक हो संसार सानो भयो हामी होचै छौ ।" सन्तोषले मुख खोले ।
"उसो भए कसरी " धनप्रसाद उत्साहित देखिए ।
"विज्ञान-प्रविधि साचार-यातायात आदिले एक ठाउँको सूचना अर्को ठाउँ सजिलै र क्षणभरमै पुग्छ । एक ठाउँको मान्छे अर्को ठाउँ सजिलै र क्षणभरमै पुग्छ । वर्षौँ वर्ष लगाएर तय गर्नु पर्ने यात्रा घण्टामा परिणत भएको छ । लण्डनमा घटिरहेका घटना हामी आफ्नो कोठामा तत्कालै हेर्न सक्छौँ । कतारमा लेखेको कुरा कास्कीमा बसेर तत्कालै पढ्न भेट्छौँ । पेरिसमा बोलेको कुरा तत्कालै ग्रहण गरी जवाफ फर्काउन सक्छौँ । खै कहाँ संसार ठूलो छ संसार त कोठामा कैद भइसक्यो ।" सन्तोष सरको कुरा सिद्धिन नपाउँदै धनप्रसादले लामो श्वास फेरे ।
त्यत्तिकैमा सन्तोष सरलाई उमेश नमस्कार गर्दै देखा पर्यो । सन्तोष सरले पनि नमस्कार गर्दै मेरो कुरा सुन्यौ भनेर प्रश्न राखे । "सुनेँ सर म झ्यालबाट सुनिरहेको थिएँ ।" उसले जवाफ फर्कायो ।
"उसो भए मान्छे कसरी होचो भयो त्यो पनि बुझ्न चाहन्छौ हैन ?" सरको प्रश्नको जवाफस्वरुप उसले मुण्टो हल्लायो ।
"संसारलाई सानो त मान्छेले नै बनायो तर आफू भने होचाको होचै रह्यो । मान्छे ठूलो हुनुपर्थ्यो हुनसकेन । यही त दुर्भाग्य हो हाम्रो ।"
उमेश र धनप्रसाद जिज्ञासु भएर सुनिरहेका थिए । सन्तोष सर अगाडि भन्दै गए "आजका मान्छेका मनमा लोभपाप, जालझेल, षड्यन्त्र, स्वा,र्थ तेरो-मेरोको निकृष्ट भावना, क्षद्रता, अहङ्कार, इर्ष्या, पापाचार, दुराचार, अनाचार, कामेच्छा, मात्स,र्य दुष्टता जस्ता कुभावना आए र आजका मान्छेमा मानवता नै हराएको छ । आजका हामी ढोँगी स्वार्थी संकीर्ण आडम्वरी भयौँ । स्वावलम्वी तथा स्वनिर्भर संस्कृतिका कुराहरू भुसुक्कै बिर्सियौँ । लुच्चा लफंगा स्वार्थी कामचोर दलाल भ्रष्टाचारी द्रव्यपिपासु मात्र भयौँ । त्यसैले हामी अग्लो हुन सकेनौँ ।"
उमेश र धनप्रसाद छक्क पर्छन् । सन्तोष सर अगाडि थप्छन् "हामीले अग्लो मान्छे बन्न सगरमाथाजस्तै ठूलो छाती पार्नुपर्छ । संसारलाई दिने काम मात्र गर्नुपर्छ लिने काममा लिप्त हुनुहुन्न । विज्ञान-प्रविधि साचार-यातायात आदिले ल्याएको प्रगतिलाई व्यक्तिगत स्वार्थको तराजुमा तौलनुहुन्न संसारको उन्नतिमा लगाउनुपर्छ । यसो भएमा मात्र हामी अग्लिन सक्छौँ ।"
"लक्ष्मी रिजाल म्याडमले निबन्ध लेख्न दिनुभएकोले मैले जिज्ञासा राखेको थिएँ । अब मलाई धेरै जानकारी भयो । अब म निबन्ध लेख्न गएँ ।" यत्ति भन्दै नमस्कार गर्दै उमेश बाहिरियो । धनप्रसाद र सन्तोष सर मुखामुख गर्न थाले ।
विकिपेडियाको सही प्रयोग
[सम्पादन गर्नुहोस्]तुलसीजी, तपाईलाई विकिपेडियाको बारेमा राम्रो जानकारी नभएमा सोध्ने बानी बसाल्नु होस तर विकिपेडियाको सही सदुपयोग गर्नु होला । - Nirmal Dulal ०८:२८, २८ एप्रील २०११ (UTC)
Please support me
[सम्पादन गर्नुहोस्]Tulsiram pandey जी,support me here भवानी गौतम १५:३६, १४ मे २०११ (UTC)
ब्युरोक्रेट एक्सेसका लागि समर्थन बारे
[सम्पादन गर्नुहोस्]तुलसीजी नमस्ते,
नेपाली विकिपीडियाको ब्युरोक्रेट एक्सेसका लागि मैंले आवेदन गरेको छु। यहाँ गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद। --Ganesh Paudel ०६:०१, १९ मे २०११ (UTC)