सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Uniquepuru

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रातो मत्स्येन्द्रनाथको भोटो

[सम्पादन गर्नुहोस्]

रातो मत्स्येन्द्रनाथको जिम्मामा रहेको भन्ने लोककथन रहेको मणि, माणिक आदि बहुमूल्य वस्तुहरू जडित ऐतिहासिक भोटो यो वर्ष २०७० साल जेष्ठ २४ गते शुक्रबार जावलाखेलमा देखाइयो । मत्स्येन्द्रनाथकै जिम्मामा राखिएको भनिने त्यस भोटो दुरुस्तै छ भनी देखाउन प्रत्येक वर्ष राष्टा«यक्ष राष्ट्रपति रामवरण यादवको उपस्थितिमा सार्वर्जनिक रूपमा देखाउने चलन छ । भोटो प्रदर्शनीमा ललितपुरमा जीवित देवीका रूपमा रहेकी कुमारीलाई पनि उपस्थित गराइएको थियो भने सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई छत्रले ओढाई राजकीय सम्मानका साथ ल्याई मत्स्येन्द्रनाथको रथमा राखिएको थियो । कार्यक्रममा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, कायममुकायम प्रधानन्यायाधीश दामोदर शर्मा, मन्त्रीहरूलगायत उच्चपदस्थ व्यक्ति सहभागी थिए । गुठी संस्थान, ललितपुर शाखा कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले नेपालभाषामा ुपचिं म्हिचाु भनिने सिलबन्दी कपडाको थैलीको सिल तोडेर मणि, माणिक आदि बहुमूल्य वस्तुजडित भोटो निकालेर रथको विमानखटबाट दाहिने घुमेर चारै दिशामा तीन पटक देखाएका थिए । भोटो देखाइसकिएपछि मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी सांस्कृतिक बाजागाजाका साथ बुङमती लगिएको थियो । गत वैशाख १३ गते लगनखेलमा महास्नान गराइएपछि वैशाख २७ गते पुल्चोकमा रथारोहण गराई सुरु भएको जात्रा शुक्रबार सकिएको हो । यो जात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । किंवदन्तीअनुसार भक्तपुरका कुनै ज्यापू वैद्यले कर्कोटक नागकी पत्नीको दुखेको आँखा औषधि गरी निको पारिदिएकाले खुसीमा उपहार दिएको उक्त भोटो खेतमा फुकालेर राखेको बेलामा भूतले लगेको थियो । त्यही भोटो लगाएर मानिसको वेशमा भूत जावलाखेलमा मत्स्येन्द्रनाथको जात्रा हेर्न आउँदा भोटोको मालिक ज्यापू वैद्य र मानिस वेशधारी भूतका बीचमा भोटोको विषयमा लिएर ुतेरो र मेरोु भनी चर्को विवाद परेको थियो । वैद्य र मानिस वेशधारी भूत दुवैमध्ये कसैले पनि उक्त भोटो आफ्नै हो भनी यकीनसाथ सबुत दिन नसकेपछि जसले सबुत प्रमाणसहित दाबी गर्दछ उसलाई दिने र दाबी गर्न नआएसम्म मत्स्येन्द्रनाथकै जिम्मामा राख्ने भनी राखिएको थियो । प्रत्येक वर्ष जावलाखेलमा मत्स्येन्द्रनाथको जात्रामा त्यो भोटो अहिलेसम्म सबुत छ भनी सबैलाई देखाउने तत्कालीन राजाज्ञाअनुसार त्यसरी भोटो देखाउने गरिएको हो । करिब १४ सय वर्ष पहिले राजा नरेन्द्रदेवको राज्यकालमा देशमा लामो खडेरी परेको र भोकमरी र महामारीबाट जनता अकालमा मर्न थालेपछि त्यसलाई रोक्न काठमाण्डौ, ललितपुर र भक्तपुरका तान्त्रिकले भारतको कामरुपकामाक्षबाट मच्छिन्द्रनाथलाई नेपाल ल्याएको इतिहासमा उल्लेख छ ।