प्रयोगकर्ता वार्ता:Yout Society Nepal
विषय थप्नुहोस्युवा समाज नेपाल नारायणगढ युवा समाज नेपाल नारायणगढ, चितवन एक गैर राजनैतिक, गैर नाफामूलक एवं गैर सरकारी सामाजिक संस्था हो । यस संस्थाको उद्देश्यहरूमा वातावरण संरक्षणका क्रियाकलाप प्रवर्द्धन गर्ने, सामाजिक विकास, मानव अधिकार, खानेपानी तथा सरसफाइ कार्यक्रम, महिला तथा बाल अधिकार, एकिकृत विकास कार्यक्रमहरुको सञ्चालन, जनमुखी विकासका क्रियाकलाप सञ्चालन, संस्थागत विकासमा प्राविधिक सेवा उपलब्ध गराउने,युवा वर्गलाई सामाजिक क्षेत्र र पेशागत विकासमा परिचालन, सचेतना अभिवृद्धि क्रियाकलाप सञ्चालन तथा क्षेत्रीय, राष्ट्रिय, अन्तराष्ट्रिय संघ संस्था वा दातृ निकायसँग मिली परियोजना सञ्चालन गर्ने गराउने, आदिवासी जनजाति दलित तथा विपन्न समुदायको विकास र उत्थानको लागि कार्यक्रम गर्ने गराउने रहेको छ । बाल विकास खुत्रुके परिचय
यो कार्यक्रम केवल सुरक्षित रुपमा पैसा जम्मा गर्नकालागि मात्र होइन, यसले त पैसाको प्रयोग गर्न योजना बनाउन सिकाउछ . नेत्रित्व प्रदान तथा कार्यहरुलाइ व्यबस्थित रुपमा सन्चालन गर्न सहायता गर्दछ . साथे बाल्बालिका आफैले यस कार्यक्रमलाई कसरी सॅचालन गर्ने भन्ने बारेमा पनि सिकाइन्छ जुन सिकाई जीवन भर अन्यत्र पनि काम लाग्दछ . भाई बहिनीलाई बजेट कसरी बनाउने, कुन कुन कुरामा पहिले खर्च गर्ने, कुन कुरालाई पछि राख्ने भन्ने प्राथमीकिकरण सीप पनि सिकाइन्छ . जस्तै आम्दानि खर्च खाता, व्यक्तिगत बचत खाता, पास बुक, पेश्कि (एडभान्स) लगानी तथा असुली, आदी कसरी भर्ने भन्ने बारेमा पनि सिकाइन्छ . जुन कुरा बालश्रमिकहरुलाई सिक्न र जान्न आवश्यक कुराहरु हुन् . सदस्यहरुलाई कारोबारको योजना बनाउन र सदस्यलाई कोषबाट पेश्कि सापटी आवेदन फारमको अध्ययन गरी प्राथमीकिकरण गर्न पढाई (कापि,कलम,शुल्क तिर्न, उपचार गर्न, आफ्नो घर फर्कन चाहनेलाई पेश्कि दिन सिकाइन्छ .
बाल विकास खुत्रुके सन्चालित स्थान बाल विकास खुत्रुके नेपालको चितवन (तोरिखेत, जुटपानी, पिप्ले तथा नारायणगढ) र पोखरामा, भारतको दिल्ली,चेन्नाई(तमिलनाडुमा)मुजफरपुर (विहारमा), कलकत्ता (पश्चिम बन्गालमा) लेह (जम्मु कस्मिरमा),भुवन्नेश्वर (उडिसामा), तेस्तै बॅगला देशको ढाका र चिट्गाउ, अफ्गानिस्थानको काबुलमा, श्रीलङ्काको कोलम्बोमा र किर्किस्थानको विश्केस भन्ने स्थानमा चलिरहेको छ . यसलाई युवा समाज नेपाल नामक गैर सरकारी संस्था मार्फत नेपालका अरु भागहरुमा पनि विस्तार गर्ने योजना रहेको छ .
बाल विकास खुत्रुके कर्यक्रमको सिध्दान्तहरु Principles of children's development khazana
१) बाल विकस खुत्रुके बालबालिकाको सहभागिता र पूर्ण नियन्त्रणमा संचालन हुन्छ .
२) बाल विकस खुत्रुकेका लागि आवश्यक नीति नियम बालबालिकाले नै बनाउंछन् .
३) यो केवल बालबालिकाको विकासको लागि तय गरिएको कार्यक्रम हो .
४) सडकमा रहने, सडकमा ब्यापार गर्ने, एवं अन्य श्रमिक बालबालिकाले बचत जम्मा गर्न सक्ने र चाहिएको बेलामा निकाल्ने सरल प्रक्रिया हुन्छ .
५) हरेक बालबालिकाले आफुले चाहेको सकरात्मक व्यवशाय छान्न र संचालन गर्न पाऊछन् .
६) यसले उनिहरुकै विकासको लागि काम गर्न प्रोत्साहित गर्दछ . जस्तै : शिक्षा,तालिम, नेत्रित्व विकास र सामुहिक छलफल, निर्णय प्रक्रिया, खोज....
७) बालविकास खुत्रुके कर्यक्रमले बालबालिकाको भविष्यको योजना सफल बनाउन मद्दत गर्दछ .
८) बालविकास खुत्रुके कार्यक्रम एक प्रजातान्त्रिक नियन्त्रण हुने र पारदर्शी क्रियाकलाप सञ्चालन हुन्छन् र यसले हरेक बालबालिकाको आत्म सम्मान गर्द्छ .
९) बालविकास खुत्रुके एउटा जीवन्त संगठन हो जसले हमेशा बालविकसका लागि , लागि रहन्छ .
१०) भविष्यको सही प्रयोगका लागि पैसा बचत गर्न संयन्त्रको रुपमा कर्य गर्दछ .
११) बालविकास खुत्रुकेले बालबालिकाको व्यक्तित्व विकासको लागि समन्वयकारी भूमिका निर्वाह गर्दछ
बाल विकास खुत्रुके कर्यक्रममा सदस्यता (Criteria forMembership)
१ बाल विकास खुत्रुके कर्यक्रममा सडकमा रहने, सडकमा व्यपार गर्ने, एवम् अन्य श्रमिक र दुर्गमतथा गाऊंका गरिव बालबालिका मात्र सदस्य हुन पाऊंछन् .
२ बाल विकास खुत्रुके कर्यक्रममा सदस्य हुनकालागि कम्तिमा ९ वर्ष र बढिमा १७ वर्ष उमेर भित्रको हुनु पर्दछ .
३ बालक या बालिका भनि भेदभाव गरिदैन दुबैलाई एउटै नियम लाग्छ बरु बालिकालाई प्राथमिकता दीइन्छ .
४ खराव आचरण भएका पकेटमार,चोर, नशालु पदार्थ सेवन गर्ने लाई सदस्य बनाइदैन यदी तिनिहरुले आफ्नो बानि सुधारेमा भ्ने सदस्य बनाउन सकिन्छ . --------------------------------------------------------------------------------
कल्याणकारी तथा विकास ऋण सापटीका नियमहरु (Criteria for applying for welfare & Development Advance)
१)यसमा जम्मा भएको पैसा बालबालिका स्वयंको हुने भएकाले यहाबाट बचत भन्दा बढी झिक्ने रकम ऋण नभई पेस्किइ वा सापटी हो . त्यसैले बुझ्न सजिलोको लागि यहां ऋण सापटी भनि उल्लेख गरिएको छ .
२)ऋण सापटी लिन चाहने सदस्यले रीतपूर्वक आवेदन फारम भर्नु पर्दछ, र के का लागि ऋण लिन चाहेको हो खुलाउनु पर्दछ .
३) ऋण लिने सदस्यले बिगत ६ महिना देखि नियमित बचत गरेको हुनु पर्दछ .
४)सदस्यले लिन चाहेको कुल रकमको २० प्रतिशत बचत रकम जम्मा भएको हुनु पर्दछ .
५)व्यक्तिगत व्यवशाय गर्न व्यक्तिको र समुहिक व्यवशाय गर्न सामुहिक एउटा मात्र आवेदन दर्ता गराउनु पर्दछ .
६) कल्याणकारी ऋण सापटी लिन चाहनेको उमेर ९ देखि १७ वर्ष सम्म र विकास ऋण सापटी लिन चाहनेको उमेर १४ देखि १७ वर्ष भित्र को हुनु पर्दछ .
७)विकास ऋण सापटी लिन चाहनेले बालविकास खुत्रुके शाखा समितिले तोकेको प्रतिशत व्याज पनि बुझाउनु पर्दछ . ८) विकास ऋण सापटी लिन चाहनेले आफुले गर्न चाहेको व्यवशायको पूर्ण विवरण सहितको परियोजना प्रस्ताव बुझाउनु पर्ने छ . ९) ऋण चुक्ता गर्ने तालिका र किस्ता समेत खुलाउनु पर्नेछ .
१०) ऋण सापटी लिनेले कम्तिमा २ जना सदस्यहरु मध्येबाट जमानी राख्नु पर्नेछ, जसको बचत रकम कुल ऋण सापटी रकमको ५ प्रतिशत हुन आवश्यक छ .
११) बाल विकास खुत्रुके (सि.डि.के.) सदस्य बाहेक अरु साथी-भाई, इष्ट-मित्र, घर-परिवार कसैलाई पनि ऋण लि इदिन पाइने छैन
१२) व्यवशायमा पनि चुरोट,रक्सी,नशालु पदार्थ र अवैध कारोवारका लागि ऋण लिन पाइने छैन .
युवा समाज नेपाल एक परिचय[Youth Society Nepal(YSN)]
युवा समाज नेपाल Youth Society Nepal(YSN)नारायणगढ चितवन -समाजमा रहेका विध्यमान समस्याहरुलाई आधिकारमा आधारित रहेर समाजको उत्थान गर्न परिवर्तनका लागि युवा भन्ने मूल मन्त्रकासाथ अगाडि बढेको छ . युवा समुदायको महत्वपूर्ण भूमिका रहने हुनाले युवाको जोश जांगर र उनिहरुको समयको सही सदुपयोग गरी राष्ट्र निर्माणमा लाग्ने एक गैर राजनैतिक,गैर नाफामूलक एव् गैर सरकारी सॅस्था हो . यसको संस्थाको उदेश्यमा -महिला तथा बाल अधिकार,मानव अधिकार,खानेपानी तथा सरसफाइ,वातावरण संरक्षणका क्रियाकलाप प्रर्वधन गर्ने, सचेतना अभिविर्द्धि जस्ता क्रियाकलाप सन्चालन क्षत्रीय , राष्ट्रिय, अन्तराष्ट्रिय,संघ संस्था वा दात्री निकाय संग मिली परियोजना सञ्चालन गर्ने-गराउने, आदिवासी जनजाति, दलित, तथा विपन्न सदमुदायको विकास र उत् थानको लागि कार्यक्रम सञ्चालन गर्ने, उद्देश्यले बिक्रम संम्बत् २०५१ साल फाल्गुण १० गते तदनुसार सन १९९५ फेब्रुअरी २२ (A.D. 1995 februari 22)तारिखमा संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रसाशन कर्यालय चितवनमा दर्ता नं. ३०/२०५१ र समाज कल्याण परिषदमा दर्ता नं. २४६३/२०५१ मा दर्ता भई विभिन्न कर्यक्रमहरु सञ्चालन गर्दै आइ रहेको छ साथै विभिन्न स्थनीय तथा राष्ट्रिय संजाल (network)हरुमा समेत संलग्न रहंदै नेत्रुत्व प्रदान गर्दै आएको छ .
Yout Society Nepalसँग छलफल सुरु गर्नुहोस्
वार्ता पृष्ठहरू त्यस्ता हुन् जहाँ मानिसहरूले कसरी विकिपिडियामा सामग्री बनाउन सकिन्छ भनेर छलफल गर्छन्। Yout Society Nepalसँग जडान गर्न र सहकार्य गर्न नयाँ छलफल सुरु गर्नुहोस्। तपाईंले यहाँ के भन्नुहुन्छ अरूले हेर्नको लागि सार्वजनिक हुनेछ।