प्रल्हाद लामिछाने

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सभासद् प्रल्हाद लामिछाने माओवादी राज्य समिति सदस्य हुनुहुन्छ। ०४४ देखि राजनीतिमा लाग्नभएका लामिछाने अखिल छैठौ मकवानपुर अध्यक्ष पनि हुनुभएको थियो। निम्न मध्यम वर्गीय भारतीय लाहुरेको परिवारमा जन्मनुभएका लामिछाने यूनडीपीमा अधिकृतको जागीर छाडेर ०५७ देखि पूर्णकालीन हुनुभएको थियो। उहाँ ०५७ मै जिल्ला समितिमा पुग्नुभयो। केही समयपछि सचिव हुनुभयो। जनयुद्धको समयमामा लामो समय उहाँले ललितपुर र सिन्धुलीमा काम गर्नुभयो। उहाँ १८ महिना जेल जीवन पनि बिताउनुभयो। राजनीतिक लेख लेख्न मन पराउने लामिछाने समाजशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ। उहाँको भाइ राज्यद्वारा बेपत्ता हुनुहुन्छ।

बेरोजगार र युवाका अधिकारलाई संविधानमा लेखाउन पहल गर्नु नै उहाँको पहिलो एजेण्डा हुनेछ। माओवादीको सही नैतिका कारण र आफूले जनताको लागि गरेका लगानीका कारणले पनि आफूलाई जिताएको उहाँको ठहर छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]