सामग्रीमा जानुहोस्

प्रसूति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रसूति
पर्यायबाचिहरूप्रसूति वा प्रसव, जन्म दिनु, बच्चा जन्माउनु, जन्म[][]
आमाको साथ शिशु
विशिष्टताप्रसूति विज्ञान, प्रसूतिविद्या
जटिलतारोधक प्रसव, प्रसवोत्तर रक्तस्रवण, इक्लेम्प्सिया, नवजात सङ्क्रमण, शिशु श्वासावरोध, शिशु हाइपोथर्मिया[][][]
प्रकारयोनी प्रसव, शल्य प्रसव[][]
कारकगर्भावस्था
सुरक्षासन्ततिनिरोध, गर्भपतन
बारम्बारता१३.५ करोड (सन् २०१५)[]
मृत्युप्रत्येक वर्ष ५,००,००० मातृ मृत्युदर []

प्रसूति भनेको सामान्य अर्थमा बालक जन्माउने क्रिया हो। यसलाई प्रसवको रूपमा पनि चिनिन्छ।[] यो गर्भावस्थाको पूरा हुनु हो, जहाँ एउटा वा धेरै भ्रूण आमाको आन्तरिक वातावरणबाट योनि माध्यमबाट वा शल्य प्रसव प्रक्रियाबाट बाहिर निस्कन्छ र संसारमा नवजात बन्दछन्। सन् २०१९ मा, विश्वभर लगभग १४.०१ करोड शिशुहरूको जन्म भएको थियो।[] विकसित देशहरूमा, धेरै प्रसव अस्पतालमा वा उपचार संस्थामा हुन्छन्,[१०][११] जबकि विकासशील देशहरूमा धेरैजसो घरमा प्रसव हुने गरेको पाइन्छ।[१२]

विश्वभर सबैभन्दा सामान्य प्रसव विधि भनेको स्त्रीको योनीमार्गबाट प्रसूति गराउने हो।[] यो चार चरणको प्रसवमा सामेल हुन्छ: पहिलो चरणमा पाठेघरको मुखको सङ्कुचन र फैलावट, दोस्रोमा बच्चाको जन्म, तेस्रोमा सालनालको निष्कासन र चौथो चरणमा आमाको र शिशुको पुनः स्वस्थ्य हुनु जसलाई नवजात अवस्था भनेर चिनिन्छ।[१३] पहिलो चरणको विशेषता पेट वा पछाडिको भागको दुःखाइ हो। यो सामान्यतया आधा मिनेटसम्म रहन्छ र प्रत्येक १० देखि ३० मिनेटमा हुन्छ। सङ्कुचन क्रमशः बलियो र पीडादायक हुन पुग्छ। प्रसूति पीडा सङ्कुचनसँग सम्बन्धित रहन्छ, यसैले प्रसूति हुँदै गर्दा पीडा नियमित र थप सशक्त हुन्छ।[१४] दोस्रो चरण तब समाप्त हुन्छ जब शिशु पूर्ण रूपमा बाहिर निकालिन्छ। तेस्रो चरण भनेको सालनालको निष्कासन हो।[१५] सबै स्वास्थ सङ्गठनहरूले सुत्केरी गरिसकेपछि, प्रसव विधि जुनसुकै होस्, शिशुलाई आमाको छातीमा राख्न (छालादेखि छाला सम्पर्क भनेर चिनिन्छ) सल्लाह दिन्छन्,[१६] र अन्य कुनै नियमित प्रक्रियाहरू कम्तीमा एकदेखि दुई घण्टासम्म वा बच्चाले आफ्नो पहिलो स्तनपान नगरेकोसम्म ढिलाइ गर्न सल्लाह दिन्छन्।[१७][१८][१९][२०][२१]

महिलाको प्रसूति लागि सामान्यतया यो एक प्राथमिक विकल्पको रूपमा पहिलो प्रसव विधि सिफारिस गरिन्छ। शल्यक्रियाबाट गरिने प्रसूतिले गर्दा जटिलताहरूको जोखिम बढ्दो हुन्छ र उल्लेखनीय रूपमा पुनःप्राप्तिमा ढिलाई हुन सक्छ। आमा र बच्चाको लागि योनीमार्गबाट प्रसूति गराउनुको धेरै प्राकृतिक लाभहरू पनि छन्।[१५] प्रसूतिको समयमा हुने हस्तक्षेपको मात्रा सीमित गर्न सबैभन्दा राम्रो अभ्यास हो। तथापि, केही अवस्थामा, आमाको सफल प्रसव र पुनःप्राप्तिका लागि एक अनुसूचित शल्य प्रसवको योजना बनाउनु पर्छ। योनीमार्गबाट प्रसूति गराउँदा अप्रत्याशित जटिलताहरू उत्पन्न भएमा, चिप्लो पदार्थहरू कम उत्पादन भएमा वा यमा कुनै प्रगति नभएमा आकस्मिक शल्य प्रसव सिफारिस गर्न सकिन्छ।

प्रत्येक वर्ष, गर्भावस्था र प्रसवबाट हुने जटिलताहरूले लगभग ५,००,००० प्रसव मृत्यु निम्त्याउँछ, ७० लाख महिलाहरूलाई गम्भीर दीर्घकालीन समस्याहरू हुन्छ, र ५ करोड बच्चा जन्माउने महिलाहरूको प्रसव पछि नकारात्मक स्वास्थ्य परिणामहरू देखिएका थिए,[] जसमध्ये धेरैजसो विकासशील देशमा हुने गरेका छन्। आमामा हुने जटिलताहरूमा अवरोधित प्रसव, प्रसवोत्तर रक्तस्राव, एक्लेम्पसिया र प्रसवोत्तर सङ्क्रमणहरू हुन्छन्। बच्चामा हुने जटिलताहरूमा जन्मको समयमा अक्सिजनको कमी (जन्ममा श्वासप्रश्वास), जन्म आघात र समयपूर्व जन्म समावेश छन्। [][२२]

सङ्केत एवं लक्षणहरू

[सम्पादन गर्नुहोस्]

प्रसवको प्रमुख सङ्केत भनेको जोडदार र निरन्तर रूपमा हुने पाठेघरको सङ्कुचन हो। यस्तो सङ्कुचनबाट हुने दुखाई रजस्वलाको समयमा पेल्भिस वरपर बाउँडिदा हुने दुखाइ जस्तै हुन्छ। जब शिशुको टाउको देखिन थाल्छ (क्राउनिङ्), त्यसबेला पाठेघरको मुखमा तीव्र विस्तार हुन्छ र आमालाई पीडा हुन्छ।

ब्याक लेबर यस्तो समस्या हो जसमा शिशुको टाउकोको भाग पहिले निस्कनुपर्नेमा खुट्टापट्टीको भाग पहिले निस्कन्छ।[२३] यसले पाठेघरको मुखको सङ्कुचन र ढाडको तल्लो भागमा दुखाई बढाउँछ किनकी बच्चाको टाउकाको अक्सिपिटल हाडद्वारा आमाको मेरूदण्डको स्याक्रम हाडमा दबाब पर्न जान्छ।[२४]

प्रसुतिको अर्को स्पष्ट सङ्केत झिल्ली फुट्नु हो जसलाई 'वाटर ब्रेकिङ्' पनि भनिन्छ। गर्भमा रहेको शिशुको शरीर 'एम्नियोटिक झिल्ली' भित्र घेरिएर रहेको हुन्छ। प्रसव सुरू हुँदा यो झिल्ली विस्फोट हुन्छ र योनीबाट विस्तारै वा तीव्र गतिमा तरल पदार्थको चुहावट सुरू हुन्छ। उक्त तरल पदार्थ सफा वा फिक्का पहेँलो रङ्गको हुन्छ। एम्नियोटिक झिल्ली प्राकृतिक रूपमा आफैँ नफुटेमा चिकित्सकद्वारा 'एम्नियोटमी विधिको प्रयोग गरी झिल्ली फुटाउन सकिन्छ।[२५] यदि एम्नियोटिक झिल्ली प्रसव सुरू हुनु अगावै फुट्छ भने यसलाई प्रसवपूर्व झिल्ली फुट्नु भनिन्छ। अक्सर झिल्ली फुटेको २४ घण्टा भित्र सङ्कुचन सुरू हुन्छ। तर त्यस्तो नभएमा चिकित्सकले २४–४८ घण्टाभित्र प्रसव सुरू गर्न सक्छ। यदि शिशु ३७ हप्ता भन्दा कमको भएमा चिकित्सकले प्रसवलाई केही ढिलो गराउन औषधी सिफारिस गर्न सक्छ।[२६]

प्रसव पीडा दुई प्रकारका हुन्छन् — आन्तरिक (विसरल) र बाहिरी (सोमाटिक)।[२७]

प्रसवको पहिलो र दोस्रो चरणमा गर्भाशय ग्रीवामा (सर्विक्स) सङ्कुचन र फैलावट हुन्छ। यसबाट गर्भाशय ग्रीवा र मेरूदण्डको तल्लो भाग भित्र दुखाई सुरू हुन्छ। बाहिरी पीडा पहिलो र दोस्रो चरण पछि देखिन्छ जब गर्भाशय ग्रीवाको योनीको भागको नसा तन्कँने र सङ्कुचन हुने हुन्छ।[२८] यो पीडा योनी, पेरिनियम र पेल्विक फ्लोरमा महसुस हुन्छ। यस प्रकारको पीडा हुँदा ओपिओइड औषधीहरूले खासै राहत दिन नसक्ने हुँदा अस्पतालहरूमा नाइट्रस अक्साइड जस्ता ग्यासहरूको उपयोग गरिन्छ।[२९] प्रसवका दौरान हुने दुखाईमा जैविक, सांस्कृतिक र मनोसामाजिक तत्वहरू पनि कारक हुन्छन्।[३०][३१][३२] अलग-अलग संस्कृतिमा दुखाइको अनुभव र दुखाई व्यवस्थापनका तरिका अलग अलग हुन सक्छन्। उदाहरणको लागि, केही संस्कृतिमा प्रसवको समयमा बुढी बुज्रुग आफन्त महिलाको उपस्थितिले दुखाई कम हुन सक्छ।[३३]

सम्भवतः डर कम हुने भएको कारणले दोस्रो बच्चाको जन्म हुँदा हुने प्रसव पीडा कम हुन्छ।[३४][३५]

प्रसव बेदनाबाट राहत पाउनको लागि एपिड्यूरल इन्जेक्सन् जस्ता औषधीको उपयोग गर्न सकिन्छ अथवा बिना औषधी केही अन्य तरीका अपनाउन सकिन्छ।[३६][३७]

मनोवैज्ञानिक

[सम्पादन गर्नुहोस्]

गर्भावस्थाको अन्तिम चरणमा अक्सिटोसिन हर्मोनको मात्रा बढ्छ। यो हर्मोनले व्यक्तिलाई शान्त, खुशी र कम चिन्तित महसुस गराउँछ।[३८]

प्रसवको दौरान जब शिशुले गर्भाशय ग्रीवा र योनीलाई उत्तेजित गर्छ, तब अधिक मात्रामा अक्सिटोसिन निस्कासन हुन्छ। यसले आमालाई आफ्नो शिशुसँग जोडिन र उसको रेखदेख गर्नको लागि तयारी अवस्थामा रहन मद्दत गर्छ। आमामा मात्र नभएर पितामा पनि शिशुलाई अङ्कमाल गरेपछि अक्सिटोसिनको मात्रामा बढोत्तरी हुन्छ। यसले आमाबाबु दुवैलाई शिशुसँगको सम्बन्धमा तालमेल कायम गर्न सहयोग गर्छ। स्तनपानको समयमा पनि अक्सिटोसिन निस्कन्छ जसले स्तनको टुप्पोबाट बच्चालाई आवश्यक पर्ने दूध अधिक मात्रामा निकाल्न मद्दत गर्छ।[३९][४०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "confinement – Definition of confinement in English by Oxford Dictionaries", Oxford Dictionaries – English, मूलबाट २३ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ नोभेम्बर २०१८
  2. "Confinement – meaning in the Cambridge English Dictionary", Cambridge Dictionary
  3. "The global burden of neonatal hypothermia: systematic review of a major challenge for newborn survival", BMC Medicine 11 (1), जनवरी २०१३, डिओआई:10.1186/1741-7015-11-24, पिएमआइडी 23369256, पिएमसी 3606398
  4. 1 2 Martin, Richard J.; Fanaroff, Avroy A.; Walsh, Michele C. (२०१४), Fanaroff and Martin's Neonatal-Perinatal Medicine: Diseases of the Fetus and Infant (अङ्ग्रेजीमा), Elsevier Health Sciences, पृ: ११६, आइएसबिएन 978-0-323-29537-6, मूलबाट ११ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित।
  5. 1 2 3 Education material for teachers of midwifery: midwifery education modules (2nd संस्करण), Geneva [Switzerland]: World Health Organization, २००८, आइएसबिएन 978-92-4-154666-9, मूलबाट २१ फेब्रुअरी २०१५-मा सङ्ग्रहित।
  6. 1 2 "Vaginal childbirth and pelvic floor disorders", Women's Health 9 (3): 265–77; quiz 276–77, मे २०१३, डिओआई:10.2217/whe.13.17, पिएमआइडी 23638782, पिएमसी 3877300
  7. 1 2 Martin, Elizabeth (२०१५), Concise Colour Medical l.p.Dictionary (अङ्ग्रेजीमा), Oxford University Press, पृ: ३७५, आइएसबिएन 978-0-19-968799-2, मूलबाट ११ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित।
  8. "The World Factbook", www.cia.gov, ११ जुलाई २०१६, मूलबाट २६ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुलाई २०१६ अभिलेखिकरण २६ जनवरी २०२१ वेब्याक मेसिन
  9. "Number of births and deaths per year", Our World in Data, मूलबाट १४ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०२२
  10. Co-Operation, Organisation for Economic; Development (२००९), Doing better for children, Paris: OECD, पृ: १०५, आइएसबिएन 978-92-64-05934-4, मूलबाट ११ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित।
  11. Olsen, Ole; Clausen, Jette A. (२०२३-०३-०८), "Planned hospital birth compared with planned home birth for pregnant women at low risk of complications", The Cochrane Database of Systematic Reviews 2023 (3): CD000352, आइएसएसएन 1469-493X, डिओआई:10.1002/14651858.CD000352.pub3, पिएमआइडी 36884026, पिएमसी 9994459
  12. Fossard, Esta de; Bailey, Michael (२०१६), Communication for Behavior Change: Volume lll: Using Entertainment–Education for Distance Education, Sage Publications India, आइएसबिएन 978-93-5150-758-1, मूलबाट ११ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०१६
  13. "What Are the Different Types of Contractions?", Parents (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०३-१६
  14. "Birth", The Columbia Electronic Encyclopedia (6 संस्करण), Columbia University Press, २०१६, मूलबाट ६ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुलाई २०१६ Encyclopedia.comद्वारा।
  15. 1 2 "Pregnancy Labor and Birth", Women's Health, २७ सेप्टेम्बर २०१०, मूलबाट २८ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०१६
  16. "Effect of timing of umbilical cord clamping of term infants on maternal and neonatal outcomes", The Cochrane Database of Systematic Reviews 7 (7): CD004074, जुलाई २०१३, डिओआई:10.1002/14651858.CD004074.pub3, पिएमआइडी 23843134, पिएमसी 6544813
  17. "Stages of Labor", www.bidmc.org (en-usमा), मूलबाट २७ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०२२
  18. Brimdyr, Kajsa; Stevens, Jeni; Svensson, Kristin; Blair, Anna; Turner-Maffei, Cindy; Grady, Julie; Bastarache, Louise; al Alfy, Abla; Crenshaw, Jeannette T.; Giugliani, Elsa Regina Justo; Ewald, Uwe; Haider, Rukhsana; Jonas, Wibke; Kagawa, Mike; Lilliesköld, Siri (११ मे २०२३), "Skin-to-skin contact after birth: Developing a research and practice guideline", Acta Paediatrica (अङ्ग्रेजीमा) 112 (8): 1633–1643, आइएसएसएन 0803-5253, डिओआई:10.1111/apa.16842, पिएमआइडी 37166443
  19. Phillips, Raylene, "Uninterrupted Skin-to-Skin Contact Immediately After Birth", Medscape, मूलबाट ३ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०१४
  20. "Care of healthy women and their babies during childbirth", National Collaborating Centre for Women's and Children's Health, National Institute for Health and Care Excellence, डिसेम्बर २०१४, मूलबाट १२ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०१४
  21. "Skin-to-skin contact", UNICEF Baby Friendly Initiative (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०२-१२
  22. World Health Organization, "Newborns: reducing mortality", World Health Organization, मूलबाट ३ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २०१७
  23. [(https://web.archive.org/web/20200925101207/https://www.babycenter.com/pregnancy/your-body/back-labor_1451580) "What is back labor? Signs, pain relief, and more"], BabyCenter (अङ्ग्रेजीमा), [(https://www.babycenter.com/pregnancy/your-body/back-labor_1451580) मूल]बाट २५ सेप्टेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०३-१७[स्थायी मृत कडी]
  24. [(https://americanpregnancy.org/healthy-pregnancy/labor-and-birth/back-labor/) "Back Labor"], American Pregnancy Association (en-USमा), २०२०-०४-२७, अन्तिम पहुँच २०२४-०३-१७
  25. [(https://web.archive.org/web/20180102225815/https://www.mayoclinic.org/healthy-lifestyle/labor-and-delivery/in-depth/water-breaking/art-20044142) "Labor and delivery, postpartum care"], Mayo Clinic, [(https://www.mayoclinic.org/healthy-lifestyle/labor-and-delivery/in-depth/water-breaking/art-20044142) मूल]बाट २ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मार्च २०२३
  26. [(https://web.archive.org/web/20230317034514/https://my.clevelandclinic.org/health/symptoms/24382-water-breaking) "Water Breaking"], Cleveland Clinic, [(https://my.clevelandclinic.org/health/symptoms/24382-water-breaking) मूल]बाट १७ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मार्च २०२३[स्थायी मृत कडी]
  27. Labor, Simona; Maguire, Simon (२००८-१२-०१), "The Pain of Labour", Reviews in Pain (अङ्ग्रेजीमा) 2 (2): 15–19, आइएसएसएन 2042-1249, डिओआई:10.1177/204946370800200205, पिएमआइडी 26526404, पिएमसी 4589939
  28. Lowe, Nancy K. (१९९६), [(https://onlinelibrary.wiley.com/doi/abs/10.1111/j.1552-6909.1996.tb02517.x) "The Pain and Discomfort of Labor and Birth"], Journal of Obstetric, Gynecologic, & Neonatal Nursing (अङ्ग्रेजीमा) 25 (1): 82–92, आइएसएसएन 1552-6909, डिओआई:10.1111/j.1552-6909.1996.tb02517.x, पिएमआइडी 8627407
  29. Rooks, Judith P. (२०१२), [(https://onlinelibrary.wiley.com/doi/abs/10.1111/birt.12009) "Labor Pain Management Other Than Neuraxial: What Do We Know and Where Do We Go Next?"], Birth (अङ्ग्रेजीमा) 39 (4): 318–322, आइएसएसएन 1523-536X, डिओआई:10.1111/birt.12009, पिएमआइडी 23281953
  30. Alehagen, Siw; Wijma, Klaas; Wijma, Barbro (२००१), [(https://obgyn.onlinelibrary.wiley.com/doi/pdf/10.1034/j.1600-0412.2001.080004315.x) "Fear during labor"], Acta Obstetricia et Gynecologica Scandinavica (अङ्ग्रेजीमा) 80 (4): 315–320, आइएसएसएन 1600-0412, डिओआई:10.1034/j.1600-0412.2001.080004315.x, पिएमआइडी 11264605
  31. Rooks, Judith P. (२०१२), [(https://onlinelibrary.wiley.com/doi/abs/10.1111/birt.12009) "Labor Pain Management Other Than Neuraxial: What Do We Know and Where Do We Go Next?"], Birth (अङ्ग्रेजीमा) 39 (4): 318–322, आइएसएसएन 1523-536X, डिओआई:10.1111/birt.12009, पिएमआइडी 23281953
  32. Lowe, Nancy K. (१९९६), [(https://onlinelibrary.wiley.com/doi/abs/10.1111/j.1552-6909.1996.tb02517.x) "The Pain and Discomfort of Labor and Birth"], Journal of Obstetric, Gynecologic, & Neonatal Nursing (अङ्ग्रेजीमा) 25 (1): 82–92, आइएसएसएन 1552-6909, डिओआई:10.1111/j.1552-6909.1996.tb02517.x, पिएमआइडी 8627407
  33. Callister, Lynn Clark; Khalaf, Inaam; Semenic, Sonia; Kartchner, Robin; Vehvilainen-Julkunen, Katri (२००३-१२-०१), [(https://www.sciencedirect.com/science/article/abs/pii/S1524904203000286) "The pain of childbirth: perceptions of culturally diverse women"], Pain Management Nursing 4 (4): 145–154, आइएसएसएन 1524-9042, डिओआई:10.1016/S1524-9042(03)00028-6, पिएमआइडी 14663792
  34. Lowe, N. K. (१९९२-०१-०१), [(https://www.tandfonline.com/doi/abs/10.3109/01674829209009197) "Differences in first and second stage labor pain between nulliparous and multiparous women"], Journal of Psychosomatic Obstetrics & Gynecology 13 (4): 243–253, आइएसएसएन 0167-482X, डिओआई:10.3109/01674829209009197
  35. Huang, Yue; Zhong, Yuehua; Chen, Qiaozhu; Zhou, Jun; Fu, Bailing; Deng, Yongfang; Tu, Xianfang; Wu, Yingfang (२०२४-०५-३१), "A comparison of childbirth self-efficacy, fear of childbirth, and labor pain intensity between primiparas and multiparas during the latent phase of labor: a cross-sectional study", BMC Pregnancy and Childbirth (अङ्ग्रेजीमा) 24 (1): ४००, आइएसएसएन 1471-2393, डिओआई:10.1186/s12884-024-06571-3, पिएमआइडी 38822235, पिएमसी 11143632
  36. Smith, Caroline A; Levett, Kate M; Collins, Carmel T; Armour, Mike; Dahlen, Hannah G; Suganuma, Machiko (२०१८-०३-२८), "Relaxation techniques for pain management in labour", Cochrane Database of Systematic Reviews (अङ्ग्रेजीमा) 2018 (3): CD009514, डिओआई:10.1002/14651858.CD009514.pub2, पिएमआइडी 29589650, पिएमसी 6494625
  37. Thomson, Gill; Feeley, Claire; Moran, Victoria Hall; Downe, Soo; Oladapo, Olufemi T. (३० मे २०१९), "Women's experiences of pharmacological and non-pharmacological pain relief methods for labour and childbirth: a qualitative systematic review", Reproductive Health (अङ्ग्रेजीमा) 16 (1): ७१, आइएसएसएन 1742-4755, डिओआई:10.1186/s12978-019-0735-4, पिएमआइडी 31146759, पिएमसी 6543627
  38. Uvnäs-Moberg, Kerstin; Ekström-Bergström, Anette; Berg, Marie; Buckley, Sarah; Pajalic, Zada; Hadjigeorgiou, Eleni; Kotłowska, Alicja; Lengler, Luise; Kielbratowska, Bogumila; Leon-Larios, Fatima; Magistretti, Claudia Meier; Downe, Soo; Lindström, Bengt; Dencker, Anna (९ अगस्ट २०१९), "Maternal plasma levels of oxytocin during physiological childbirth – a systematic review with implications for uterine contractions and central actions of oxytocin", BMC Pregnancy and Childbirth (अङ्ग्रेजीमा) 19 (1): २८५, आइएसएसएन 1471-2393, डिओआई:10.1186/s12884-019-2365-9, पिएमआइडी 31399062, पिएमसी 6688382
  39. [(https://web.archive.org/web/20140829220747/http://www.vivo.colostate.edu/hbooks/pathphys/endocrine/hypopit/oxytocin.html) "Oxytocin"], Hypertexts for Biomedical Sciences, १२ जुलाई २०१०, [(http://www.vivo.colostate.edu/hbooks/pathphys/endocrine/hypopit/oxytocin.html) मूल]बाट २९ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०१३[स्थायी मृत कडी]
  40. Scatliffe, N.; Casavant, S.; Vittner, D.; Cong, X. (२०१९), "Oxytocin and early parent-infant interactions: A systematic review", International Journal of Nursing Sciences 6 (4): 445–453, डिओआई:10.1016/j.ijnss.2019.09.009, पिएमआइडी 31728399, पिएमसी 6838998