सामग्रीमा जानुहोस्

प्रसूतिकालीन हेरचाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रसूतिकालीन हेरचाह
एक चिकित्सकले प्रसवपूर्व स्वास्थ्य परीक्षण गर्दै।

प्रसूतिकालीन हेरचाह, जसलाई प्रसवपूर्व हेरचाह पनि भनिन्छ, गर्भवती महिलाहरूका लागि गरिने एक प्रकारको प्रतिरोधात्मक स्वास्थ्य सेवा हो। यो गर्भवती व्यक्तिको स्वास्थ्य जाँच र स्वस्थ जीवनशैलीका लागि दिइने सल्लाह-सुझावहरूको रूपमा प्रदान गरिन्छ। प्रसवपूर्व हेरचाह अन्तर्गत गर्भवती महिला वा किशोरीलाई गर्भावस्थामा आउने शारीरिक र जैविक परिवर्तनहरूका साथै प्रसवपूर्वको पोषण बारे शिक्षित गराउने कार्य पनि पर्दछ। यी सबै कुराहरूले गर्भावस्थाभरि हुन सक्ने सम्भावित स्वास्थ्य समस्याहरूलाई रोक्न र आमा तथा भ्रूण दुवैको राम्रो स्वास्थ्यलाई बढावा दिन मद्दत गर्दछन्।[][] जन्मपूर्व स्क्रिनिङ र निदान सहितको नियमित प्रसूतिकालीन हेरचाहको उपलब्धताले मातृ मृत्यु, गर्भस्राव, जन्म दोष, कम जन्म तौल, नवजात शिशुको सङ्क्रमण, र अन्य रोकथाम गर्न सकिने स्वास्थ्य समस्याहरूको दर कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

स्वास्थ्य जाँच

[सम्पादन]

उच्च आय भएका देशहरूमा परम्परागत प्रसूतिकालीन हेरचाह अन्तर्गत सामान्यतया निम्न अनुसारका स्वास्थ्य जाँचहरू हुने गर्दछन्:

  • पहिलो दुई त्रैमासिक (१ हप्तादेखि २८ हप्तासम्म) मा महिनाको एक पटक
  • गर्भावस्थाको २८औं हप्तादेखि ३६औं हप्तासम्म महिनाको दुई पटक (हरेक १५ दिनमा)
  • ३६औँ हप्तापछि शिशुको जन्म नहुञ्जेलसम्म (३८औं हप्तादेखि ४२औं हप्तासम्म) हप्ताको एक पटक
  • आमाबाबुको आवश्यकता र पारिवारिक स्थितिको मूल्याङ्कन

विश्व स्वास्थ्य सङ्गठन ले गर्भवती महिलाहरूलाई समस्याहरू पत्ता लगाउन, उपचार गर्न र खोपहरू उपलब्ध गराउनका लागि कम्तीमा आठ पटक जन्मपूर्व स्वास्थ्य जाँच गराउन सिफारिस गर्दछ। आमा र बच्चा दुवैको स्वास्थ्यमा सुधार ल्याउन जन्मपूर्वको हेरचाह महत्त्वपूर्ण भए तापनि धेरै महिलाहरूले सिफारिस गरिएका आठ पटकका स्वास्थ्य जाँच भ्रमणहरू प्राप्त गर्न सक्दैनन्।[] गर्भवती महिलाहरूले कति पटक जन्मपूर्व स्वास्थ्य जाँच गराउनुपर्छ र प्रत्येक भ्रमणमा कस्तो प्रकारको हेरचाह र जानकारी दिइन्छ भन्ने कुराको पछाडि पर्याप्त वैज्ञानिक प्रमाणहरू छैनन्।[] कम जोखिम भएका गर्भवती महिलाहरूको हकमा कम पटक मात्रै जन्मपूर्व जाँच गराए पुग्ने सुझाव दिइएको छ।[] यद्यपि, जब यसको परीक्षण गरियो, कम पटक स्वास्थ्य जाँच गराएका महिलाहरूबाट जन्मिएका शिशुहरू नवजात गहन हेरचाह एकाइ (एनआइसियु) मा भर्ना हुने र त्यहाँ लामो समय बस्नुपर्ने सम्भावना बढी देखियो (यद्यपि यो एउटा संयोग मात्र पनि हुन सक्छ)।[]

गर्भावस्थामा कम्तीमा एक पटक जन्मपूर्व स्वास्थ्य जाँच गराउने आमाहरूको हिस्सा
गर्भावस्थामा कम्तीमा चार पटक जन्मपूर्व स्वास्थ्य जाँच गराउने आमाहरूको हिस्सा

खानपान

[सम्पादन]

प्रसूतिकालीन हेरचाह शिशुलाई गर्भमा राख्ने आमाका लागि मात्र नभई शुक्रकीट दाताका लागि पनि उत्तिकै लागू हुन्छ। शुक्रकीटले भ्रूणको राम्रोसँग विकास हुने क्षमतालाई असर गर्छ, र यसका लागि सही पोषण एक प्रमुख कारक हो।[] उदाहरणका लागि, जस्ता (जिङ्क) को कमीले शुक्रकीटको बनावट बिग्रन सक्छ र शुक्रकीटको गतिशीलता कम हुन सक्छ, जसका कारण बाँझोपन हुन सक्छ वा डिम्बको सही निषेचन नहुन सक्छ। यसले गर्दा गर्भपतन हुने वा भ्रूणमा जन्मजात विकृति देखिने सम्भावना रहन्छ।[] भ्रूणमा हुने यस्ता विकृतिहरू र पोषणको कमीका लक्षणहरूलाई रोक्नका लागि महिलाहरूलाई नियमित रूपमा जन्मपूर्व खाइने भिटामिन लिन प्रोत्साहन गरिन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "WHO recommendations on antenatal care for a positive pregnancy experience", www.who.int (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-०४
  2. David, Rodreck; Evans, Ruth; Fraser, Hamish SF (२०२१-०१-०१), "Modelling Prenatal Care Pathways at a Central Hospital in Zimbabwe", Health Services Insights (अङ्ग्रेजीमा) 14, आइएसएसएन 1178-6329, डिओआई:10.1177/11786329211062742, पिएमआइडी 34880627, पिएमसी 8647229 |article-number= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "WHO recommendation on antenatal care contact schedules", WHO, World Health Organization, अन्तिम पहुँच जुलाई ३०, २०२०[मृत कडी]
  4. 1 2 3 Dowswell, T; Carroli, G; Duley, L; Gates, S; Gülmezoglu, AM; Khan-Neelofur, D; Piaggio, G (१६ जुलाई २०१५), "Alternative versus standard packages of antenatal care for low-risk pregnancy.", The Cochrane Database of Systematic Reviews 2015 (7), डिओआई:10.1002/14651858.CD000934.pub3, पिएमआइडी 26184394, पिएमसी 7061257 |article-number= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. 1 2 Fallah, Ali; Mohammad-Hasani, Azadeh; Colagar, Abasalt Hosseinzadeh (२०१८), "Zinc is an Essential Element for Male Fertility: A Review of Zn Roles in Men's Health, Germination, Sperm Quality, and Fertilization", Journal of Reproduction & Infertility 19 (2): 69–81, आइएसएसएन 2228-5482, पिएमआइडी 30009140, पिएमसी 6010824
  6. Freedman, Robert; Hunter, Sharon K.; Hoffman, M. Camille (जुलाई २०१८), "Prenatal Primary Prevention of Mental Illness by Micronutrient Supplements in Pregnancy", American Journal of Psychiatry 175 (7): 607–619, आइएसएसएन 0002-953X, डिओआई:10.1176/appi.ajp.2018.17070836, पिएमआइडी 29558816, पिएमसी 6984656