प्रहार क्रेटर

कुनै पनि तीव्र गतिमा चल्ने वस्तु वा प्रक्षेपणले ठूलो वस्तुमाथि प्रहार गरेर बनेको गोलो आकारको खाल्डो प्रहार क्रेटर हो। खगोल विज्ञानमा, त्यस्ता क्रेटरहरू हाम्रो सौर्यमण्डलका धेरै ग्रह, उपग्रहहरू र क्षुद्रग्रहहरूमा उल्कापिण्ड झर्दा बन्छन्। उदाहरणका लागि, भारतको महाराष्ट्र राज्यको लोनार ताल यस्तै एउटा प्रहार क्रेटरमा पानी भरिएर बनेको थियो। हाम्रो चन्द्रमा र अन्य ग्रहहरू र उपग्रहहरूमा यस्ता असंख्य क्रेटरहरू छन्।
यी क्रेटरहरूको निर्माण ज्वालामुखी क्रेटरहरू भन्दा फरक हुन्छ। ज्वालामुखि क्रेकरको निर्माण ज्वालामुखी विस्फोटबाट हुन्छ। [१] प्रहार क्रेटरको भित्ता वरपरको जमिनको सतह भन्दा माथि हुन्छ। केही प्रहार क्रेटरहरू साधारण कचौराहरू जस्तै हुन्छन्, जबकि अरू क्रेटरहरूमा एक को भित्र एक सकेन्द्रित वृतहरू बनेका हुन्छन् ।
क्रेटर निर्माण
[सम्पादन गर्नुहोस्]आर्थिक महत्व
[सम्पादन गर्नुहोस्]पृथ्वीमा, प्रहार क्रेटरहरूले उपयोगी खनिजहरू सिर्जना गरेका छन्। पृथ्वीमा प्रहारबाट उत्पादित केही खनिजहरूमा फलाम, युरेनियम, सुन, तामा र निकेल पर्छ। प्रहार संरचनाहरूबाट उत्खनन गरिएका सामग्रीहरूको मूल्य उत्तर अमेरिकामा मात्र प्रति वर्ष पाँच अर्ब डलर छ भन्ने अनुमान गरिएको छ।[२] प्रहार क्रेटरहरूको अन्तिम उपयोगिता धेरै कारकहरूमा निर्भर गर्दछ, विशेष गरी प्रहार हुने वस्तुको प्रकृति। केही अवस्थामा, खनिज तत्वहरू पहिले नै पृथ्वीमा हुन्छन् र प्रहारबाट यी तत्वहरू बाहिरा सतहमा आउँछन्।
पृथ्वीका केही प्रहार क्रेटर
[सम्पादन गर्नुहोस्]- ब्यारिन्जर क्रेटर, (एरिजोना, संयुक्त राज्य अमेरिका)
- चेसापीक खाडी क्रेटर (भर्जिनिया, संयुक्त राज्य अमेरिका)
- चिक्सुलब, (मेक्सिको)
- क्लियरवाटर ताल (क्युबेक, क्यानडा)
- गोसेस ब्लफ क्रेटर (उत्तरी क्षेत्र, अष्ट्रेलिया)
- हटन क्रेटर (नुनाभुट, क्यानडा)
- काली क्रेटर (इस्टोनिया)
- काराकुल क्रेटर (ताजिकिस्तान)
- लोनार क्रेटर (भारत)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Basaltic Volcanism Study Project. (1981). Basaltic Volcanism on the Terrestrial Planets; Pergamon Press, Inc: New York, p. 746. http://articles.adsabs.harvard.edu//full/book/bvtp./1981//0000746.000.html अभिलेखिकरण ३ मार्च २०१२ वेब्याक मेसिन.
- ↑ Grieve, R. A. F.; Masaitis, V. L. (फेब्रुअरी १९९४), "The Economic Potential of Terrestrial Impact Craters", International Geology Review (अङ्ग्रेजीमा) 36 (2): 105–151, आइएसएसएन 0020-6814, डिओआई:10.1080/00206819409465452।